Sunday, February 28, 2010

अहिलेको गतिरोधलाई अन्त्य गरौ ।

युवा कम्युनिस्ट, अंक २, फाल्गुन २०६६
पेज नं. २
सम्पादकीय
संविधानसभाको चनाव अत्यन्त ऐतिहासिक र प्रसंशनीय तथा महत्वपूर्ण राजनीतिक परिवर्तनीय परिणाम ल्याउने गरी सम्पन्न भएको थियो । त्यो त्यतिवेला सफल भयो जतिवेला मुलुकमा कार्यरत मुलत सामान्य सुधार देशको लागि आवश्यक छ भन्ने शक्तिहरु र आमुल परिवर्तनको दिशामा देशको राजनीतिक आन्दोनलाई घनीभुत बनाएर लैजानु पर्छ भन्ने सवै पार्टीहरुको निम्नतम विन्दुमा सहकार्य गर्न आवश्यक छ भन्ने बुझाई र त्यो प्रकारको कार्यरुपमा जाने तत्परताको कारण संभव भएको थियो । तत्कालिन राजा ज्ञानेन्द्रले “कू” गरेपछि निरंकुशताको विरूद्ध संघर्ष उठान गर्ने सवालमा विद्यमान राजनीतिक सबै आन्दोलनकारी शक्तिहरु बीच सहकार्य र त्यहि प्रकारले एकअर्का बीच अस्तित्वको सम्मान गरिएको थियो । संविधानसभाको चुनावसम्म पनि सहकार्यको सौहार्दता कायम नै थियो । त्यसताका कस्को आकार कति हुने हो वा छ भन्ने कुराले सहकार्यमा जटिलता देखिएको थिएन । तर अहिले जो आकारले तुलनात्मक ठूला भएका कसैलाई दम्भ त कसैलाई हिनताबोधको सिर्जना भएको तथ्य राजनीतिक वातावरणमा प्रस्फुटित भएको देखिन्छ । यो प्रश्नले पनि शक्ति सन्तुलनलाई निश्चित समिकरणमा लैजाने पहलकदमीमा धेरै हदसम्म निर्णायक असर पु¥याएको कुरा दिनको घाम झै छर्लङ्गै छ । जसले कयौ जटिलताहरु सिर्जना गर्दै लगिरहेको छ । तर राजनीतिक पार्टीहरुका यो प्रकारको गतिविधिले देशलाई निकास नदिने कुरा निश्चित छ । अहिलेको परिस्थितिमा सबै जिम्मेवार पार्टीहरु निम्नत्तम सहमतिमा जान आवश्यक छ । तर यसको मापदण्ड र आधार फेरी पनि संविधानसभाको चुनावको परिणाम र अग्रगमन नै सर्वमान्य र प्रस्थान विन्दु हुनुपर्छ र हुन आवश्यक छ ।

अहिलेको गतिरोध तुलनात्मक रुपमा साना पार्टीहरुको गठजोडले मात्र अन्त्य हुने संभावना छैन । यस्तो गठबन्धनले मात्र अहिलेको राजनीतिक संक्रमणतालाई डो¥याउने सामथ्र्य राख्दैन । यसको अर्थ सबभन्दा ठूलो पार्टीलाई यो प्रक्रियाबाट अलग राखेर अहिलेको राजनीतिक परिस्थितिलाई ठीक निकास दिन सकिदैन । त्यसो त माओवादी स्वयम् पनि सरकारमा रहनुपर्ने जीकिर गरिरहेको परिस्थितिमा उनीहरुको उपस्थिति र अस्तित्वलाई सामान्य प्रजातान्त्रिक मुल्यमान्यता अनुसार सम्बोधित गर्नु÷गराउनु र हुनु नै अहिले देखिएको गतिरोधलाई अन्त्य गर्नु हो । सबैले देशको लागि त्याग गरौ । अहिलेको गतिरोधलाई समयमा नै अन्त्य गरौ ।


मेची–महाकाली जनजागरण अभियान–०६६ र यसले उठाएका प्रश्नहरु–४

युवा कम्युनिस्ट, अंक २, फाल्गुन २०६६
पेज – ३
उदय राई
के गर्ने ? यो प्रश्नले जहिले पनि व्यवस्थित योजना खोज्छ । हाम्रो पार्टीको वर्तमान अवस्था र देशमा पैदा भएको क्रान्तिकारी संकटको बारेमा अत्यन्त गंभिरताको साथ सोचविचार गर्दैै निम्नत्तम आवश्यकतालाई चुम्ने गतिशिलताको माग अहिलेको बस्तुगत सामाजिक विद्यमानताले खोजेको छ । यदि यस्तो परिस्थितिमा हामी ठीक–ठीक योजना र कार्यान्वयन गर्ने साहस र सामथ्र्य राख्दैनौ भने हाम्रा गतिविधिहरुका परिणाम शुन्य प्राय हुन्छन् । यो सम्बन्धि लेनिनको चर्चित लेखकी “के गर्ने” भन्ने प्रसंगलाई चर्चा गर्न आवश्यक छ । यस लेखकीमा मुलतः निम्न महत्वपूर्ण पक्षलाई उनले उठान गर्न खोजेका छन्, १) अवसरवादी चिन्तनमाथि प्रहार (अर्थवादी दृष्टिकोणको विरोध), २) स्वतस्फुर्तवादी दक्षिणपन्थी दृष्टिकोणको विरोध (चेतना पक्षलाई गौण मान्ने प्रवृतिको विरोध, उनले ऐतिहासिक भौतिकवादलाई बुझ्ने सवालमा कार्लकाउत्स्कीले फिजाएको भ्रमको विरोध र एउटा देशमा समाजवादको प्रयोग गर्ने सवालमा दिइएको दृष्टिकोण), त्यो बेलामा यो सामान्य बुझाई थिएन, ३) योजनाबद्ध पार्टीको क्रान्तिकारीकरण र सत्ता प्राप्तिको संघर्षलाई तेज बनाउने कुरा हामी सबैले सहि ढंगले बुझ्न र त्यही दिशामा क्रमशः व्यवहारमा जान ढीला गरिनुहुन्न भन्ने निस्कर्ष दिन्छ । निश्चित उद्देश्य र त्यसलाई प्राप्त गर्ने निश्चित योजना नहुने हो भने त्यस्तो गतिविधि स्वतफुर्तवादको चौघेरामा कैद भइरहेको हुन्छ । हामी देख्न सक्छौ कि सहि बुझाइ र कार्यान्वयनको कारण सन् १९०१ पछिका रुसीजनवादी आन्दोलनले सशक्तता पाएको इतिहास । त्यसरी नै हामीले अहिले हाम्रो पार्टीमा उठिरहेका हरेक प्रश्नहरुको जवाफ र परिस्थितिको सामना गर्ने प्रश्न आधारभुतरुपले त्यस्तै सहि बुझाई र त्यहि अनुसारको कार्यान्वयनबाट नै संभव छ । यसको मतलब जडशुत्रवादी ढंगको बुझाइ होइन । हामी हरेक समस्याको समाधान खाली (मात्र खाली) सैद्धान्तिक र बैचारिक कोणबाट मात्र हल गर्न खोज्छौ भने त्यो गलत र एकांकी हुन्छ । त्यसैले माओको व्यवहार र सिद्धान्त बीचको अन्तरसम्बन्ध सम्बन्धि व्याख्या “सिद्धान्तविनाको व्यवहार अन्धो हुन्छ, व्यवहारविनाको सिद्धान्त ल¨डो हन्छ ।” लाई सामान्य तर हरपल ध्यान पु¥याउने विषयमा चुक्छौ भने हामी सहि बाटोमा छैनौ भन्ने सत्यतालाई यहा“नेर मनन गर्न आवश्यक छ ।
अहिले यो प्रश्नमा बहुदल आएपछि विशेषगरी आफुलाई कम्युनिस्ट भन्ने पार्टीहरुले कम्युनिस्ट आन्दोलनलाई शहरकेन्द्रीत, त्यसमा पनि सामान्य औपचारिकतामा सीमित हुने कार्यक्रमहरुलाई प्रश्रय दिएको देख्दा माक्र्सवादको प्रश्न गफ गर्ने प्रसंगमा परिणत भएको देखिन्छ । ग्रामीण वर्ग संघर्षलाई चर्काउदै नया“ जनवादी क्रान्तिको बाटोबाट नेपाली क्रान्तिको दिशा अगाडी बढ्छ र यो कार्यदिशा नै ठीक हो भन्नेहरु न त ग्रामिण वर्गसंघर्षमा व्यवस्थितरुपले होमिएको पाउछौ, न शहरी विद्रोह वा शहरी विद्रोह र ग्रामीण वर्गसंघर्ष बीचको समायोजनको कार्यदिशाबाट नेपाली क्रान्ति संभव छ भन्नेहरुले वर्गसंघर्षका कार्यक्रमहरु योजनाबद्ध उठाएको पाउछौ, जसले गर्दा कम्युनिस्ट आन्दोलनका आधारभुत वर्ग वा समुदाय अन्योल वा बुर्जुवा शक्ति र कम्युनिस्ट शक्ति बीच स्पष्ट भेद छुट्याउन नसक्ने स्थितिबाट भौतारिनु परेको छ । बरु निरंकुश पंचायतभित्रको कम्युनिस्ट आन्दोलनले वर्गसंघर्षका केहि पहलुहरुलाई व्यवहारबाटै उठान गरेको दृष्टान्त पाउछौ । केही मात्रामा भए पनि आधारभुतवर्ग प्रतिक्रियावादी वर्गसंग व्यवहारिक रुपबाटै निर्णयार्थ प्रस्तुत हुन खोजेको पाउछौ । यसको अर्थ अहिले केहि पनि भएको छैन त ? त्यस्तो पनि होइन । ०४६ सालपछि सैद्धान्तिकरुपमा आधारभुत कार्यदिशा ठीक बोकेका पार्टीहरु पनि कार्यक्रमिकरुपले अलग र व्यवस्थित ढंगले प्रस्तुत हुन सकेको देखिदैन । बरु उग्रवामपन्थी भड्काववादी कोणबाट कार्यान्वयन गर्न गएकोे छ । आज आएर यो शक्ति आत्मसमर्पणकारी दिशामा उन्मुख हुदै गएको छ । जसले गर्दा त्यहा“का आधारभुत वर्ग र क्रान्तिका लागि लडेका इमान्दार योद्धाहरु वितृष्णाको न्याउरोमुख लगाउनु पर्ने बाध्यताबाट वा बाध्यात्मक नीयतिबाट गुज्रनु पर्ने अवस्था सृजना भइरहेकोछ । यो प्रकारको अवस्थाले पनि क्रान्तिकारी आन्दोलनलाई घाटा र प्रतिक्रियावादीहरुलाई सहयोग पुग्ने छर्ल¨ छ । त्यसैले फेरि पनि कम्युनिस्ट आन्दोलनले पगड्नु पर्ने बाटो वर्गसंघर्षको बाटोलाई त्यो बाटोमा छुटेका तर छुटाउनै नहुने कडीलाई जोड्दै अगाडी बढ्नु पर्ने तड्कारो आवश्यकता छ । त्यो कडी, पंचायतकालमा जति मात्रामा त्यस्तो संघर्ष उठेको थियो (यसको मतलव आवश्यक मात्रामा थियो भन्ने होइन) त्यो बेलादेखि खाडल रहेको सा“च्चै वर्गसंघर्षका कार्यक्रम उठान गर्न विलम्ब नगर्दैै टुटेको कडीलाई ठीक ढंगले जोड्न सकेमा, त्यसमा पनि अहिले देखिएको कम्युनिस्ट आन्दोलनप्रतिको आकर्षणलाई कायम राख्दै सत्ता प्राप्तिको दिशामा अघि बढ्न सकिन्छ । नत्र वाद–प्रतिवाद, क्रिया–प्रतिक्रिया, पक्ष–विपक्ष वा तर्क–वितर्क गर्दै हामी सबै प्रतिक्रियावादीहरुले रुचाउने परिणामका हिमायतीमा परिणत हुनेछौ । त्यसैले “के गर्ने” भन्ने प्रश्न अझ हामी सबै क्रान्तिकारीहरुको लागि गंभिर बनेको छ । किनभने हामी लथालि¨ र केहि गर्न (यसको अर्थ सामान्य प्रसंगमा होईन ।) नसक्ने अवस्थामा छैनौ । तर यो शक्ति सन्तुलन कम्युनिस्ट सत्ता निर्माण त के, यो अवस्थालाई वामपन्थी दृष्टिकोणको समकक्षमा पनि परिणामको हिसाबले अवतरण गराउन सकिएन भने आत्मरत्तिको राजनीति हाम्रो हात लाग्ने परिणाम हुनेछ ।
हाम्रो पार्टीको एकताको सातौ महाधिवेशनले नेपाली क्रान्तिको बाटो नया“ जनवादी क्रान्ति हो, यो निकट आसन्न क्रान्ति बन्दै गएको छ । यो खाली प्रचारात्मक रणनीतिक प्रश्न मात्र होइन कि कार्यनीतिक राजनीतिक कार्यदिशाको चरणबाट वा अवस्थाबाट गुज्रिरहेकोछ । यसको लागि वस्तुगत परिस्थिति अनुकलत्तम वा क्रान्तिकारी संकटबाट गुज्रिरहेको छ भने सच्चा माक्र्सवादीको आत्मगत पक्ष बहस योग्य छ भन्ने सार निकालेको छ । यसको लागि ग्रामिण वर्गसंघर्षलाई जोडदिदै जनविद्रोहको ठीक समायोज हुन आवश्यक छ । अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थाको शासन–व्यवस्थामा, १) राष्ट्रियता, स्वाधिनता तथा सार्वभौमसत्ताको पक्षमा कठिन तर विजय प्राप्तिको लडाई, २) प्रतिक्रियावादी राज्यको ध्वंस्त, र ३) जनवादीसत्ता निर्माणको अभियानबाट नै क्रान्तिकारी आन्दोलनलाई अगाडी बढाउनु पर्ने भएकोले लेनिन र माओले भने झै विशेष योजनाका साथ प्रस्तुत र कामयाव हुनु पर्ने आवश्यकतालाई “मेची–महाकाली जनजागरण अभियान–०६६” सम्म आईपुग्दा हामी कति योजनाबद्धका साथ प्रस्तुत भएका छौ ? गंभिर समिक्षा गर्दै अगाडी बढेका छौ ? प्रश्नचिन्ह खडा भएको छ । तरबार हामीले ठीक ढंगले चलाएका छौ ? ताकि त्यो ठीक ठाउ“मा नै प्रहार भएको होस् । के हाम्रो गतिविधि आधारभुत वर्ग र समुदायको आकर्षणको केन्द्र बन्ने दिशामा छ कि विकर्षण वा न आकर्षण, न विकर्षणको विन्दुमा छौ ? गंभिर बन्न आवश्यक छ ।
यो जागरण अभियाने हाम्रो पार्टीको समस्याहरु, अवस्था , आवश्यकता, र वर्तमान परिस्थितिमा क्रान्तिकारीकरणको अबको दिशा बारेमा गंंभिर संस्थागत छलफल गरेर निस्कर्षमा पुग्नु पर्ने तितो सत्यलाई उजागर गरेको छ । यि सबै विषयमा संस्थागत छलफल, निस्कर्ष र कार्यान्वयनको तहमा जानु नै परिवर्तनकारीहरुको सही विकल्प हुन्छ । यसको अर्थ सामान्य नियम अनुसार र ठीक समयमा नै पहल हुन आवश्यकता छ । सामान्य नियम र ठीक समयमा नै समस्याहरुको हल र क्रान्तिकारीकरणको दिशामा नजाने हो भने त्यसले कयौ प्रकारका समस्याहरु पैदा गर्दै लैजान्छ, समस्याहरुले बहुआयमिक नकारात्मक परिणामहरु दिन थाल्छ । अव हामीले यि सबै पाटोहरुमा छलफल गर्न आवश्यक छ । समस्याहरुको सल्यक्रिया एकातिर छ ,तर अर्कोतिरबाट समस्याको समाधान गर्न खोजिन्छ भने त्यो व्यवहारिक र विज्ञान सम्बत हुनैसक्दैन । हामी त्यहि गोलचक्करमा फसिरहेका त छैनौ ? प्रश्न उठिरहेको छ । समसामयिक कार्यनीतिक प्रश्नमा जहिले पनि हामी चुकिरहन्छौ भने हाम्रा गतविधि बसिवियालो मात्र हुन्छ, क्रान्तिकारीकरण हुने छैन, हामी यस्तो महान अभियानमा हुनु र नहुनुको फरक क्रान्तिकारीकरणको कोणबाट के मा फरक रह्यो त ? भन्ने प्रश्नले गिज्याइरहनेछ ।
अब हामी कसरी क्रान्तिकरीकरणको दिशामा जाने ? हाम्रो पार्टीको अस्तित्व पश्चात हामीले के ग¥यौ ? कसरी ग¥यौ ? कति ग¥यौ ? हाम्रो शक्ति अनुसार यो पर्याप्त थियो कि थिएन ? भएका उपलब्धिहरु कसो गरेर प्राप्त भयो ? भन्ने कुराको यथार्थताको धरातलबाट हामी सबै गुज्रिसक्यौ । हाम्रो विगतको पाटो समिक्षा गर्दै वर्तमान र भविष्यको क्रान्तिकारी सुनिश्चिततालाई कसरी बढाउने भन्ने प्रश्नको हल हामीले तत्काल निर्धारण गर्दै हामी क्रान्तिकारीहरु अगाडी नबढ्ने हो भने हामी क्रन्तिकारी हौ भन्ने कुरा बकम्फुसे गफ मात्र हुनसक्छ । किनभने हामीले पू“जीवादीहरुले जतिको पनि गर्न सकिरहेका हुदैनौ । यि सबै पाटोहरुलाई केलाउदा निश्चय पनि हाम्रो बाटो निश्चित र ठोस रुपको बनाउन सक्छौ । यसको लागि हामी निम्न कुराहरुमा एक ठाउमा हुन आवश्यक छ ।
१) वर्गसंघर्षः– संघर्षको स्वरुपलाई “तलबाट” र माथिबाट” व्यवस्थित, ठीक कार्यान्वयनसाथ र आधारभुत वर्ग समावेश हुनसक्ने बनाउन आवश्यक छ । हाम्रो र सामन्त, पू“जीपति तथा दलाल नोकरशाहीहरुको बीच कडा र फरक संघर्ष तर ठीक कार्यक्रम दिन सक्नु पर्दछ । हामी र प्रतिक्रियावादी शक्तिहरु बीचको आन्दोलनमा तात्विक भिन्नता दिन नसक्ने हो भने क्रान्तिको आधारभुत वर्ग आकर्षित हुनै सक्दैन । यस्तो भयो भने र त्यसो गर्न नसकेको खण्डमा हामीद्वारा सृजित परिणामहरु पनि प्रतिक्रियावादी प्रकार कै हुने छ । यसो भयो भने न वर्ग संघर्ष, न त खुलाआम प्रतिक्रियावादी प्रकारको संघर्षमा नै रुमलिरहेने स्थिति हुने छ ।
२) कार्यदिशा र आवधिक योजनाः– “के गर्ने” भन्ने प्रश्नले जहिले पनि व्यवस्थित योजनामा जाने कुरालाई संकेत गर्दछ । त्यसको लागि तत्कालिन कार्यदिशा अनुसार आवधिक योजना तय गरी योजनालाई पछ्याउने प्रश्न प्रमुख बन्दछ । योजनाको मापदण्डमा जान सम्पूर्ण शक्ति होमिन सक्ने स्थिति सृजना गर्न सक्नु प¥यो । यसको लागि बैचारिक र मिलिटेन्ट शक्ति समायोजनमा जानु पर्दछ । यसो हुदा कति र त्यतिको प्रश्न होइन, कसरी र कहा“बाट शुरु गर्ने भन्ने प्रश्न प्रमुख हुन आउछ । यसको अर्थ आत्मगत पक्षको निर्माण स्वतस्फुर्तवादको आधारबाट होइन, योजनाको कार्यान्वयनबाट निर्माण गर्नु पर्दछ भन्ने सत्यताबाट गुज्रन आवश्यक छ । यो यतिबेला शुरुवात संभव छ जतिबेला हामी जतिभए पनि योजनामा जान साहस र आवश्यक ठान्दछौ । यसो गर्न हामीले धेरै चीज त्याग्न र नया“ निर्माण गर्न आ“ट गर्न सक्नुपर्दछ ।
३) मिलिटेन्ट पार्टीको निर्माणः– क्रान्तिकारी पार्टी बन्न पार्टीपंक्ति मिलिटेन्ट बन्न आवश्यक छ । तर पार्टी मिलिटेन्ट बन्दैमा क्रान्तिकारी नबन्न पनि सक्छ । मिलिटेन्ट पार्टीमा हमेशा दुई तत्व हुन आवश्यक छ, एक बैचारिक वा सैद्धान्तिक प्रश्नका साथै ठीक कार्यनीतिक योजना बनाउन सक्नु, दुई, नियमित वर्ग संघर्षको रणभुमिमा हुर्किएको शक्ति हुनु र नहुनुले निर्णायक अर्थ राख्दछ । यो पक्षले तीन पक्षलाई लगातार आक्रमण गरिरहेको हुन्छ र गर्दछ, एक, स्वतस्फुर्तवादी दक्षिणपन्थ प्रवृति, दुई, अराजकवाद र अन्यप्रकारका दक्षिणपन्थी प्रवृति र तेस्रो प्रतिक्रियावादी शक्तिहरु विरुद्ध निर्मम संघर्ष । यो पक्षहरुलाई ठीक ढंगले बुझ्न र कार्यान्वयन हुन नसक्दा हाम्रा गतिविधिहरु निरन्तर गोलचक्करमा फस्ने संभावना हुन्छ । त्यसैले यस्तो भद्रगोलबाट हामी उम्किन सक्नु पर्छ, त्यसको लागि कठोर र तितो यथार्थलाई पनि स्वीकार गर्दै अगाडी बढ्न साहस र तत्परता हुन पर्दछ । यस्तो संघर्षको रणभुमिबाटै विघटन र पुनर्गठन, मिलन र विछोड, सद्भाव र तिरस्कार, संम्बन्ध र विच्छेद सबै तहमा प्रबेश गर्न सक्नु पर्दछ, र मात्र हामी मिलेटेन्ट पार्टीको निर्माण गर्न सक्छौ ।
४) तत्कालिन कार्यक्रमहरुको तर्जुमा र संयुक्त संघर्षहरुमा जोडः–तत्कालिन कार्यक्रमहरुले पार्टी जीवनमा ठुलो महत्व राख्दछ । चाहिदो मात्रामा आन्दोलनलाई उठान गर्न तत्कालिन कार्यक्रमहरुको तर्जुमाले वर्ग संघर्षका आधारलाइ पगडेको हुनुपर्छ । यसो हुदा तय गरेका कार्यक्रमहरुलाई हामीले कार्यान्वयन गरेरै छाड्नुपर्छ । यसको अर्थ हामीले तय गरेका कार्यक्रमहरुले कार्यान्वयन गरेपछि अधिकतम परिणाम दिने गरि सम्पन्न गर्नु सक्नुपर्छ । यदि हामीले तय गरेका कार्यक्रमहरु सम्पन्न गर्न सकेनौ भने जनतामा के कार्यकर्ता पंंक्तिमा पनि ठुलो निराशा र वितृष्णा पैदा हुदै जाने छ । भड्कावहरु देखा पर्ने छ, पार्टी बिर्सजनको दिशातिर अघि बढ्ने छ । यसो हुन नदिन पार्टीभित्र रहेका सबै सक्रिय र अनुशासित पक्तिको योजनाबद्ध छनौट र समुह बनाएर निश्चित गरिएका योजना र कार्यक्रमहरुमा परिचालित गर्न र हुन आवश्यक छ । यसको अर्थ आङ्खनो समुह होईन काम गर्ने समुह बनाउन आवश्यक छ । आसेपासेहरुलाई जोगाएर क्रान्ति सम्पन्न हुदैन, बरु कार्यक्रमहरुको आधारबाट निर्माण गरिने. जनशक्तिको हामीले बढी मात्रमा विश्वास गर्न सक्नु पर्दछ ।
विना योजना हावामा तरवार चलाएर त्यसको केही परिभाषा निस्किदैन भने जस्तै कार्यनीति र रणनीतिका प्रश्नहरुलाई कसरी जोड्ने भन्ने कुरा व्यवहारत लागू गर्न सक्नुपर्छ । यसको अर्थ सिद्धान्त बुझनु एउटा पाटो हो भने त्यसलाइ वैज्ञानिक ढंगले परिणाममुखि बनाउनु कार्यान्वयनको अर्को पाटो हो ।
अहिलेको हाम्रो पार्टीको समस्या भनेको पार्टी सानो छ, हामी धेरै महत्वकांक्षी बन्नु हुदैन, ठुलो काम हाम्रो शक्तिले गर्न सक्दैन, सक्ने काम बिस्तारै गर्दै जानुपर्छ भन्ने बिर्सजनवादी, हिनतावोधी, कुण्ठाग्रस्त र आत्मसमर्पणकारी दृष्टिकोण नै हो । हाम्रो पार्टी सानो छ, शक्तिले हामी कमजोर छौ, यो यथार्थ हो । हामीले क्रान्तिकारी पार्टी निर्माण गर्ने अठोट लिएर नया“ शिराबाट अगाडी नबढी सुखै छैन भन्ने बुझाइबाट अगाडी बढिरहदा यो कुरा त्यतिखेरै सामान्यत सोचेको कुरा हो । तर हामीले हाम्रो आकार ग्रहण गरि सक्दा पनि योजनाबद्ध लाग्न नसकेको तथ्यलाई बस्तुगत समिक्षा गर्न सकिएको छैन ।
अब हामीले आजसम्म तय र कार्यान्वयन गरेका संघर्ष र कार्यक्रमहरुको प्रकारलाई दृष्टान्तको रुपमा चर्चा र बिश्लेषण गरौं । नेपाल र उपत्यका बन्द, सिंहदरवार घेराउ, कोणसभा, यही र यस्ता बिषयमा पर्चा वितरण, भित्तेलेखन, साइकल र मोटरसाइकल ¥याली, संविधानसभाको चुनावमा चुनाव जित्न प्रचारप्रसार आदी प्रकारका कार्यक्रमहरुमा हाम्रो पार्टी लागेको तथ्यहरु हाम्रो अगाडी आउछन् । त्यो पनि यी सबै कार्यक्रमहरुमा हाम्रो पार्टीसंग आबद्ध भएका (पार्टी रेकर्ड अनुसार) कति कार्यकर्ताहरु परिचालित भए र गराउन सक्यौ भन्ने पाटो एकातिर राखेर हेर्दा हामीले सम्पन्न र तय गरेका कार्यक्रमहरुबाट कति आधारभूत वर्ग आकर्षित हुन सके । यस्ता कार्यक्रमहरुले मात्र न्यून चेतना र क्रियाशिलता रहेका आधारभूत वर्ग आकर्षित हुने हुन्छन् कि हुदैनन ?, अब यो पाटोबाट बहस हुन आवश्यक छ । यस्तो मात्रा तथा संख्याका कार्यक्रम गर्न लागि हाम्रो पार्टी चाहिन्छ वा चाहिदैन, यस्ता कार्यक्रमहरु ठूलाठूला मात्रामा र प्रभावकारी ढंगले लागू गर्ने शक्ति र पार्टीहरु अरु नै छन् । यस्ता कार्यक्रमहरु सम्पन्न गरेर त्यही आधारलाई आकर्षण गर्ने अरु नै पार्टी सशक्त छन्, यथेस्ट विद्यमान छन् । तर हामी पनि यस्ता कार्यक्रमहरुबाट आकर्षित हुने आधारलाई मात्र सम्हाल्न कोशिस गरिरहेका त होइनौ वा छैनौ ? प्रश्न चिन्ह खडा भएको छ । तर हामी यसरी नै अगाडी बढ्न सक्ने स्थिति छैन, हामीले शक्ति आर्जन गर्न सक्ने स्थिति छैन । यस्ता कार्यक्रहरु वर्ग संघर्ष भन्दा बढी सम्झौतापूर्ण, हाम्रो नीति अनुसार परिणाममुखी नहुने दिशातिरै उन्मुख हुन्छन् । त्यसैले वर्गसंघर्षलाई अहिलेको परिस्थितिमा पनि शान्तिपर्ण तर शसक्त ढंगले कसरी परिचालित गर्न सकिन्छ र हामी कसरी होमिन सकिन्छ ? नेपाली क्रान्तिको चालक आधार कुन हो र त्यो कस्तो अवस्थामा छ र कहा“ छ ? भन्ने ठम्याईपछि त्यो आधारलाई क्रियाशिल बनाउन व्यवहारत लाग्न सक्नुपर्छ । त्यस्ता कार्यक्रम संचालन र उठानको क्रममा आवश्यकता र प्रकृति अनुसार संयुक्त संघर्षमा जोड दिन आवश्यक छ ।
यि सबै पक्षहरुलाई ध्यानदिन नसक्ने हो भने हाम्रो पार्टीको अलग अस्तित्व बारे सोचनीय बन्दछ । हामीले हाम्रो पार्टीको दार्शनिक मान्यता र कार्यदिशा अनुसार व्यवहारत अगाडि बढ्नु भन्दा अर्को विकल्प हामी सबै क्रान्तिकारीसंंग छैन । मेची–महाकाली अभियानले यिनै विभिन्न पाटाहरु बारे गंम्भिर भएर सोच्न बाध्य बनाएको छ ।

राष्ट्रिय स्वाधिनताको रक्षा, सार्थक संविधान निर्माण र नेपाली जनवादी क्रान्तिको दिशा

युवा कम्युनिस्ट, अंक २, फाल्गुन २०६६
पेज नं ७
ऋषि कट्टेल
अध्यक्ष, नेकपा (एकीकृत)
१) जनआन्दोलन ०६२÷०६३ मात्रात्मक परिवर्तन कै बाटोबाट अघि बढेको भएपनि विगतका आन्दोलनको तुलनामा गुणात्मक परिवर्तनको आभास दिने गरि ठुलो मात्रामा मात्रात्मक परिवर्तन गर्न सफल भएको छ । यसले नेपाली जनताको मुक्ति र राष्ट्रिय स्वाधिनताको रक्षाको संघर्षमा नया“ आयाम थपेको छ । संविधानसभाको निर्वाचनको परिणामले कम्युनिस्ट पार्टीहरुलाई संघर्षको नेतृत्व गर्ने जनादेश समेत प्रदान गरेको छ । इतिहासले सुम्पेको यो महान जिम्मेवारीलाई नेपाली कम्युनिष्टहरुले कुशलता पुर्वक पुरा गर्न सके थोरै क्षतिमै नेपाली जनवादी क्रान्तिले पूर्णता पाउने संभावना बढेर गएको छ । यसको निम्ति देशको क्रान्तिकारी शक्तिहरुले गुट र व्यक्तिगत प्रतिष्ठाभन्दा माथि उठेर सच्चा माक्र्सवादी दृष्टिकोणले मुलुकमा विकसित वस्तुगत अवस्थालाई हेर्ने, बुझ्ने र सोही अनुरुपका कार्यनीतिक योजना निर्माण गरेमात्र यो जिम्मेवारी पुरा गर्न सकिन्छ । यो सानो लेखमा नेपाली कम्युनिष्टहरुले वर्तमान अवस्थामा निर्वाह गर्नुपर्ने न्युनतम कुराहरुको चर्चागर्न प्रयत्न गरिएको छ ।
२) नेपाली जनवादी क्रान्ति पुरागरि समाजवाद, साम्यवाद स्थापना गर्ने रणनीतिक धेय लिएका कम्युनिष्टहरुले गन्तव्यमा पुग्नको लागि वस्तुगत अवस्थाको ठोस विश्लेषण गरेर तत्काल गर्नु पर्ने कार्यहरुको ठोस योजना निर्माण गर्न सक्नु पर्दछ । आज नेपाली जनसंघर्षको दिशा जुन ढंगले अगाढि बढ्दैछ त्यसलाई क्रान्तिकारीहरुले कुशलता पुर्बक ग्रहण गर्न सक्नुपर्दछ । जनआन्दोलन ०६२÷०६३ ले तत्काल दुईवटा परिणाम अगाडि ल्याएको छ । प्रथमत यसले २४० बर्षदेखि लगातार निरंकुश सत्ता चलाईरहेको शाही शासनलाई समाप्त गरेको छ र नेपाली जनताले संविधानसभा मार्फत संविधान बनाउने ऐतिहासिक अवसर प्राप्त गरेका छन् । जनसंघर्षले परम्परागत शक्तिलाई परास्त गर्दै गरेको र परिवर्तनकारी शक्तिहरुले देशको सत्ता पुर्ण रुपमा नियन्त्रणमा लिई नसकेको मौका छोपेर पराजय उन्मुख देशी प्रतिक्रियावादी शक्तिहरुको आडमा विदेशी प्रतिक्रियावादी शक्तिहरु खासगरि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद नेपाली जनताको परिवर्तनको चाहनालाई कुण्ठीत गर्दै आफ्नो कठपुतली सत्ता कायम गरेर नेपालको राष्ट्रिय स्वाधीनतामाथि नाङ्गो हस्तक्षेप कायम राखि छाड्ने दुस्प्रयास गर्दैछन् । यस्तो अवस्थामा देशलाई पूर्णरुपमा स्वाधीन नगराई अर्थात विदेशीको हस्तक्षेपबाट पूर्णरुपमा मुक्त नगराई न त सार्थक संविधान बन्नसक्छ न त नेपाली जनवादी क्रान्तिका दुश्मनहरुलाई परास्त गर्न सकिन्छ । त्यसैले अहिलेको प्राथमिक आवश्यकता भनेको मुलुकको अर्धऔपनिवेशिक अवस्थाको अन्त गर्न सवै देशभक्तहरुलाई गोलबन्द गर्दै संघर्षलाई उठान गर्नु पर्ने आवश्यकता अझ बढेर गएको छ । पछिल्लो समयमा भारतीय बिस्तारवादले नेपालको आन्तरिक मामिलामा नाङ्गोरुपमा हस्तक्षेप गर्दैै गैरहेको छ । सीमा अतिक्रमणदेखि अनाधिकृत तटबन्ध र बा“धहरु निमार्ण गर्दै नेपाली भु–भागलाई डुबान गराउने मात्र हैन उद्योग, ब्यापार लगायत देशको राजनीतिक क्षेत्रमा समेत व्यापक हस्तक्षेप बढाएको छ । यतिसम्म कि देशको सरकार निमार्ण गर्ने कुरासम्म पनि नेपाली जनताको नियन्त्रणमा छैन । भारत नेपाललाई आफ्नो सुरक्षा छाताभित्र जकडिराख्न चाहन्छ र नेपालको प्राकृतिक स्रोतसाधनहरु र खासगरी जलस्रोतमाथि आफ्नो एकाधिकार कायम राख्न चाहन्छ । त्यसको लागि अनेक हतकण्डाहरु प्रयोग गरिरहेको छ । मुलुकको संक्रमणकालबाट फाईदा उठाउन ऊ भरपुर कोशिस गरिरहेको छ । त्यसैगरि अमेरिकी साम्राज्यवाद एशियाका दुई विशाल उदयमान आर्थिक शक्तिहरुको बीचमा रहेको नेपाललाई उसको हितरक्षा गर्ने सामरिक केन्द्रको रुपमा राख्न चाहन्छ । खासगरी चीनले गरेको आर्थिक उन्नतिबाट भयग्रस्त बनेको अमेरिका चीनलाई घेर्ने नीति कार्यान्वयन गर्ने उपयुक्त थलोको रुपमा नेपाललाई प्र्रयोग गर्न नेपालको आन्तरिक मामिलामा गम्भिर ढंगले हस्तक्षेप गरिरहेको छ । यसको साथै विश्व साम्राज्यवादको नायके अमेरिका नेपालमा बढ्दो कम्युनिष्ट शक्तिहरुलाई नियन्त्रण नगरि आफ्नो अभिष्ट पुरा गर्न सकिदैन भन्ने ठानेर पनि आफ्नो गतिबिधिलाई तीब्रता दिईरहेको छ । भारतीय गतिविधिमा निगरानी गर्न पनि नेपालमा उसले आफ्नो उपस्थितिलाई महत्वपूर्ण ठानेको छ । फ्रि तिब्बतको मामिलालाई चर्काएर चीनमा गडबढी मच्चाउने अमेरिकी भारतीय योजना कार्यान्वयनको उपयूक्त थलो समेत उसले नेपाललाई वनाउन कोशिस गरिरहेको छ । यस्तो स्थितिप्रति चीनको पनि ध्यान गएको छैन भनि ठान्नु गलत विश्लेषण हुनेछ र उसले पनि आफ्नो हितरक्षाको निम्ति नेपालमा आफ्नो गतिबिधिलाई बढाउदै गईरहेको छ । यसरी विश्व महाशक्तिहरुको स्वार्थसंग जोडिएको विविध पक्षहरुका कारण आज राष्ट्रिय स्वाधीनताको रक्षाको संघर्षलाई गम्भीरता पुर्वक अगाडि बढाउन जरुरी भएको छ । स्वाधीन राष्ट्रले मात्र प्रभुत्ववाद र साम्रज्यवादको हरेक दुस्प्रयासलाई परास्त गर्न सक्छ र उसको स्वार्थको क्रिडास्थल बन्नबाट देशलार्इृ जोगाउन सक्दछ । त्यसकारण राष्ट्रिय स्वाधीनताको रक्षाको सवाल वर्तमानमा कम्युनिष्ट पार्टीहरुले मुख्य एजेण्डाको रुपमा उठाउनु अनिवार्य बनेको छ ।
३) दोस्रो महत्वपुर्ण प्र्रश्न भनेको सार्थक संबिधान निमार्ण हो । केहि क्रान्तिकारी मित्रहरु संविधान निर्माणमा लाग्दा जनवादी क्रान्तिको दिशा अबरुद्ध हुन्छ । अहिले बन्ने संविधान पू“जीवादी चरित्रको भन्दामाथि बन्न नसक्ने हुन्छ । यसमा अल्झिरहनु भन्दा जनवादीक्रान्ति सम्पन्न गरेर जनताको नया“ सविधान निर्माण गर्नु उपयुक्त हुने तर्क राख्दछन् । राजतन्त्रको अन्त्यपछि जनवादी क्रान्ति सम्पन्न गर्न सकिने संभावना बढेर गएको छ । प“ूजीवादी सुधारवादको अल्झनले क्रान्तिको दिशालाई अलमलमा पु¥याउन सक्दछ । यसप्रति सजग रहदै जनआन्दोलनको जनादेश र नेपालको कम्युनिष्ट पार्टीहरुले संविधानसभा मार्फत सविधान निर्माण गरेर सार्वभौमसत्ता जनतामा हस्तान्तरण गर्ने विषयलाई निरन्तर उठाएर संविधानसभाको निर्वाचन सम्पन्न गराउन खेलेको भुमिकालाई गौणरुपमा हेर्ने गल्ती पनि गर्न हुदैन । यसकारण आज परिणाम पु“जीवादी चरित्र बोकेको संविधान निमार्णमा सीमित हुने अवस्था भएपनि कम्युनिस्टहरुले जनताको संविधान निर्माणको मुद्दालाई उठाएर संविधान निमार्णमा सक्रिय रहनु पदर्छ । देशी विदेशी प्रतिक्रियावादी शक्ति देशलाई अस्थिरताको दलदलमा फसाएर जसरी आफ्नो स्वार्थ अनुकुल चलाउन कोशिस गरिरहेछन त्यसलाई परास्त गर्न पनि संविधान निर्माणको बिषयलाई मुद्दा बनाउन जरुरी छ । राष्ट्रिय स्वाधीनताको रक्षाको मुद्दास“ग सार्थक जनसंविधान निमार्णको मुद्दालाई जोडेर मात्र हामीले जनसंघर्षको नया“ चरणको आरम्भ गर्न सक्दछौ । राजतन्त्रको अन्त्य भएपनि सामन्तवाद कायमै छ । दलाल नोकरशाही पु“जीवाद र सामन्तवाद कायमै छ । यस्तो अवस्थामा वैधानिक बाटोबाटै यि तत्वहरुलाई कमजोर बनाउन पनि संविधान निर्माणको प्रश्नलाई हामीले गम्भिर रुपमा उठाउनु पर्दछ । सविधान निमार्णको मुद्दालाई जनसंर्घषको मुद्दाको रुपमा विकास गर्न सामन्त, दलाल तथा नोकरशाही पु“जीवादलाई प्रहार गर्ने ढंगले संविधान निमार्णका विषयवस्तुहरुको सुचीकृत गर्न जरुरी छ । जनअधिकार स्थापित हुन नदिने प्रतिक्रियावादी शक्तिहरुको षडयन्त्रलाई जनताकाबीच भण्डाफोर गर्दै शान्तिपुर्ण जनक्रान्तिको विकासको निम्ति सार्थक जनसंविधान निमार्णको मुद्दालाई आधार बनाउन सकिन्छ । त्यसकारण संविधान निर्माणको प्रश्न केवल वर्तमान संक्रमणकाललाई व्यवस्थापन गर्न मात्र नभएर जनवादीक्रान्ति सम्पन्न गर्ने जनसंर्घष उठानको निम्ति पनि सार्थक सविधान निर्माणको एजेण्डालाई उठाएर संर्घषमा जुट्नु अनिवार्य भएको छ ।
४) राष्ट्रिय स्वाधीनताको सर्घष र सार्थक नया“ संविधान निमार्णको संघर्ष दुवैले नया“जनवादी क्रान्ति सम्पन्न गर्ने न्युनत्तम रणनीतिक कार्यक्रमको सेवा गर्नु पर्दछ । अर्थात हाम्रो संघर्ष दलाल नोकरशाही पू“जीवाद तथा सामन्तवादको वर्तमान सत्तालाई ध्वंस्त गर्दै जनताको जनवादी अधिनायकत्व भएको जनवादी राज्य व्यवस्था स्थापना गर्ने दिशामा केन्द्रीत हुनु पर्दछ । आज कम्युनिष्ट आन्दोलनमा देखापरिरहेको दक्षिणपन्थी अवसरवादी अर्थात पू“जीवादी सुधारवादले क्रान्तिको दिशालाई दिग्भ्रमित गर्ने खतरा अत्यन्त बढेर गएको छ । राजतन्त्रको अन्त्यपछि एकथरीहरु जनवादीक्रान्ति सम्पन्न भैसकेकोले अव आर्थिक क्रान्तिलाई जोड दिनु पर्दछ भन्दै हिडिरहेकाहरु छन् भने अर्काथरी देशमा पू“जीवाद स्थापना भैसकेकोले समाजवादी क्रान्तिको निम्ति अघि बढ्नु पर्दछ भन्दै हिडिरहेका छन् । आफुलाई कम्युनिष्ट भन्न रुचाउने एमाले जस्ता शक्तिहरु पू“जीवादी सुधारवाद नै कम्युनिष्टको एजेन्डा बन्नु पर्दछ भन्दै जनवादी क्रान्तिको दिशारोक्ने कुतर्क गर्दैछन् । रुप बेग्लाबेग्लै भएपनि सारमा यि सबै पक्षहरु देशको वर्तमान राज्यसत्ताको चरित्रलाई ढाकछोप गर्दै यथार्थतामा दलाल नोकरशाही पू“जीवाद तथा सामन्तवादको नियन्त्रणमा रहेको राज्यसत्तालाई ध्वंस्तगर्ने कुरालाई ओझेलमा पार्न चाहन्छन र मुलुकको अर्धऔपनिवेशीक अवस्थालाई समाप्तगरी स्वाधीन राष्ट्र निर्माणको महान संघर्षलाई प्रकारान्तरले रोक्न चाहन्छन् । राजतन्त्रको अन्त्यलाई गुणात्मक परिवर्तन ठान्ने वा क्रान्ति सम्पन्न भएको ठान्ने दक्षिणपन्थी चिन्तनको विरुद्ध संघर्ष गर्नुपर्ने एकातिर खा“चो छ भने अर्कोतिर राजतन्त्रको अन्त्यलाई सामान्य घटनाको रुपलिदै सामन्तवाद कमजोर भएको अवस्थामा सामन्तवादलाई समुल नष्ट गर्ने संघर्षमा जोड नदिने पवृत्तिसंग दरो संघर्ष गर्नुपर्दछ । राजतन्त्रको अन्त्य हुनु मात्रात्मक परिवर्तन नै भए पनि यो विषय नेपालको सन्दर्भमा गुणात्मक परिवर्तनको चरित्र बोकेको अर्थात नया“ जनवादी क्रान्तिको मुख्य दुश्मनको केन्द्रमाथि निमर्म प्रहार भएको रुपमा बूझ्नु पर्दछ र त्यहि अनुरुप संघर्षका योजना तय गर्न जरुरी छ । नया“ जनवादी क्रान्ति भन्ने वित्तिकै एकाथरी मान्छेहरु सर्वसत्तावादको भुत ठानेर तर्सिने गर्दछन् भने अर्काथरीहरु प्रतिक्रियावादीहरुको होहल्लामा लागेर जनताको जनवादी अधिनायकत्वको प्रश्नलाई परित्याग गर्दछन् र वर्ग समन्वयवाद पतनमा हुनु पुग्छन । सा“चो अर्थमा जनताको लोकतन्त्र भन्नु नै बहुमत जनताको नेतृत्व स्थापित गर्नु हो । ९० प्रतिशत भन्दाबढि रहेको किसान, मजदुरहरुको राज्य सत्तामा नेतृत्व स्थापना नगरि लोकतन्त्र स्थापना हुनै सक्दैन र यिनै जनताले रक्षा नगरे राष्ट्रिय स्वाधिनताको रक्षा हुनै सक्दैन । यसकारण नया“ जनवादी क्रान्ति सम्पन्न गर्नु भनेको राष्ट्रिय स्वाधीनताको रक्षा र आम जनताको मुक्ति सहितको राज्यसत्ता स्थापना गर्नु हो । केवल मुठ्ठीभर दलाल नोकरशाही पू“जीवाद तथा सामन्तवादको स्वार्थ र सत्ता समाप्त गर्ने जनवादी क्रान्तिद्वारा स्थापित हुने राज्यसत्ता सर्वसत्तावादी हुनैसक्दैन । राज्यसत्ता वर्गीय स्वार्थ रक्षा गर्ने साधन भएकोले वर्गसंघर्षद्वारा वर्ग विरोधीहरुलाई परास्त नगरी सर्वहारावर्गको हित रक्षा गर्ने राज्य स्थापित हुनैसक्दैन । यसर्थ वर्तमान परिवर्तनलाई गम्भिरताकासाथ बुझ्ने, वस्तुगत परिस्थितिको ठोस बिष्लेषणको आधारमा संघर्षको योजना तय गर्नु र कार्यान्वयन गर्ने दिशामा नेपाली कम्युनिष्ट क्रान्तिकारीहरुले गम्भिर वहस थाल्नै पर्दछ र वर्गसंघर्षलाई उचाईमा पु¥याउने गरी जनसंघर्षको विकास गर्नै पर्दछ । राष्ट्रिय स्वाधीनताको रक्षा र सार्थक संविधान निर्माणको नारा वर्तमान जनसंघर्षको राजनीतिक नारा बन्न सक्दछ । यसै संघर्षको जगमा वर्गसंघर्षका अरु रुपहरुलाई पनि विकास गर्दै देशमा उठिरहेका जाति, भाषा, लिङ्ग र क्षेत्रका जनताले चलाइरहेको संघर्षलाई यो संघर्षको अधिनस्थ गर्न सकिन्छ ।

नेपालको राष्ट्रियता र आन्तरिक औपनिवेशिकरण

युवा कम्युनिस्ट, अंक २, फाल्गुन २०६६
पेज नं. ९
सीताराम तामाङ
पोलिटब्युरो सदस्य, नेकपा (एकीकृत)
अंंग्रेजी ल्बतष्यलबष्किm को रुपान्तरण “राष्ट्रियता” तथा “जातीयता” हुन्छ र यो दुई कुरामा अभिव्यक्त हुन्छः एक, मुलुकभित्रका (बहु) जातिका जनताका आकांक्षा र एकता, र दुई मुलुकको पूर्ण स्वाधीनता । यि दुई कसीहरुबाट मुलुकको राष्ट्रियता सुरक्षित छ कि छैन भन्ने जा“चिन्छ । यिनको अभावमा “राट्रियता खतरामा” पर्दछ ।
नेपालको सामन्ती हुकुमले राष्ट्रियताको प्रश्नलाई मुलुकको स्वाधीनतास“ग गा“स्ने “नारा” बनाएको थियो । वास्तवमा यो नारा उनीहरुको आÏनो दुनो सोझ्याउने भ¥या¨ थियो । उनीहरुले जातिय एकतालाई होइन बरु जातिय दमनलाई जोड दिए र आन्तरिक औपनिवेशिकरणलाई शासन परिचालनको मेरुदण्ड बनाए । कहिल्यै राष्ट्रियताको विषयमा नबोल्ने तर प्रजातन्त्रको सधै दुहाई दिने नेपाली का“गे्रसले पनि (२०३३ सालमा बी.पी. कोइरालाहरु नेपाल फर्कदा) “प्रजातन्त्र मात्र होइन, राष्ट्रियता समेत खतरामा परेको” नारा दियो । तर त्यो “राजा र नेपाली का“ग्रेस” मिल्नु पर्ने “राष्ट्रिय मेलमिलाप” को नीतिको रुपमा आएकोले त्यसले सामन्ती हुकुमको “घा“टी माथि आÏनो घा“टी” राख्ने काम नै गरेको थियो ।
नेपालको कम्युनिस्ट आन्दोलनमा पनि राष्ट्रियताको प्रश्नलाई मुलुकको स्वाधीनतास“ग मात्र गा“सेर हेर्ने दृष्टिकोण रहिआएको छ । यो एकांकी दृष्टिकोण हो । यसले राष्ट्रिय एकतालाई नजरअन्दाज गरेकोले वास्तवमा नेपालको राष्ट्रियता कमजोर बन्न मद्दत पुग्यो । सात राजनीतिक दल र माओवादीबीच गरिएको १२ बु“दे सहमतिको आधारमा भएको ०६२÷६३ को ऐतिहासिक जनआन्दोलनले राष्ट्रिय एकताको मुद्धा सतहमा ल्याइदियो । मुलुकका सबै वर्ग, जाति, भाषा, लिङ्ग र क्षेत्रको भेदभावको अन्त्य गर्न संविधानसभाले राज्यका केन्द्रीकृत र एकात्मक ढा“चाको अन्त्य गरी राज्यको समावेशी, लोकतान्त्रिक र संघीय शासन प्रणाली सहितको अग्रगामी पुर्नसंरचना गर्न सक्यो भने राष्ट्रिय एकता भई राष्ट्रियता बलियो हुनेछ । तर संविधानसभामा निर्वाचनले दिएको “राष्ट्रिय सहमति” को म्यान्डेटको विपरित सरकार गठन गर्ने सन्दर्भमा बहुमतीय प्रणालीलाई ठूला दलहरुले अंगिकार गरेपछि र राष्ट्रपतिको असंबैधानिक कमदबाट सैनिक सर्वोच्चता तर्फ मुलुकलाई धकेल्न खोजे पश्चातको उत्पन्न स्थितिबाट निर्धारित समयमा सार्थक संविधान निर्माण, शान्ति र राट्रियताको रक्षा तथा जनहितको कुराहरु पुरा हुनसक्ने देखिदैन । त्यसका लागि सशक्त र संयुक्त जनआन्दोलन मार्फत यथास्थितिवादी, प्रतिक्रियावादी र देशी, विदेशी सैन्यवादी ताकतलाई परास्त गर्न सक्नु पर्दछ ।
२) दुई प्रकारको औपनिवेशिकरण
क) आन्तरिक औपनिवेशिकरण अर्थात खस जाति अहंकारवाद
गोरखाका ठकुरी राजा पृथ्वीनारायण शाहले काठमाडौ उपत्यकामाथि विजय गरी (ई १७६८–६९) एक केन्द्रीय सामन्ती राज्यको जग बसालेदेखि नेपालमा एक केन्द्रीकृत र एकात्मक शासन प्रणाली शुरु भएको हो । अठारौ शताब्दीको उत्तरार्धमा नेपाललाई एकाधिकारवादी राज्य निर्माण गर्नुको कारण भारतीय मुगलहरुको डर र धम्कीको विरुद्ध हिन्दुहरुको आश्रयस्थलको रुपमा स्थापित गर्नु थियो (गुरुङ, १९९७) । भारतमा मुगलहरुको शासनलाई क्रिश्चयन धर्मावलम्वी अंग्रेजहरुले हत्याएपछि यसलाई अझै संवर्धित गरियो । विदेशी धर्मको विरुद्ध लड्न र हिन्दुधर्मको रक्षा गर्न ब्राहमण कट्टरतालाई उचाईमा पु¥याइयो । पृथ्वीनारायण शाहको राज्यको विस्तार अभियान नै एक जाति, एक देश र एक संस्कृतिको लक्ष्यबाट अभिप्रेरित थियो, (शर्मा, १९८८ः२) र उनले काठमाडौ उपत्यका जित्नासाथ घोषणा गरे “नेपाल असल हिन्दुस्थान हो ।” यसरी नेपालको अस्तित्व हिन्दुकरणमा अन्र्तनिहित गरियो भने यसको राष्ट्रिय पहिचान खस उच्च जातिहरुसंग सम्बन्धित प्रतिकमा र तिनका मातृभाषामा परिभाषित गरियो । नेपाली समाजलाई श्रेणीबद्ध जात प्रणालीको आधारमा संगठित गरियो (गुरुङ, २०६५ ) । ई १८५४ को “मुलुकी ऐन” त्यसको जिउदो प्रमाण हो, जसको आधारमा राणा ठकुरीहरुले १०४ वर्ष नेपाललाई एक फा“सीवादी जातिय राज्यको रुपमा शासन गरे । मुलुकी ऐन गोरखा राज्यदेखि प्रचलनमा रहेका सामाजिक नियमहरुको संगालो हो । यसले हिन्दु शासकहरुले भारतमा विकास गरेको ४ जातको शास्त्रीय हिन्दुवर्ण मोडेलमा आदिवासीहरुलाई समायोजन गर्न सिंगो नेपाली समाजलाई ५ जात भएको हिन्दु र्ण मोडेलमा ढाल्यो । ता. नं. १
यसरी शाहवंशीय राजाहरुले नेपालको राजनीतिक एकीकरण गरेपछि यसमा कट्टर हिन्दु सामाजिक वर्ण व्यवस्था लाद्ने काम थाले, जसलाई पछि सन् १८५४ मा जंगबहादुरले “मुलुकी ऐन” को रुपमा ढाले र देशभर लागू गरे । यो काम हिन्दुत्वको संरक्षण र विस्तारका निम्ति प्रतिवद्ध राज्यले सबै जात÷जाति, सांस्कृतिक र भाषिक समुदायलाई दिन्दु सामाजिक संरचनामा ढाल्नगरेको स्पष्ट प्रयास थियो (होफर, २००४) । मुलुकी ऐनले “शुद्ध” र अशुद्ध” को कर्मकाण्डी आधार बमोजिम विभिन्न जात÷जातिलाई वर्गीकरण र भेदभाव गर्ने चलन बसाल्यो । यसले सबै जात÷जातिलाई तागाधरी (जनै लगाउने) र मतवाली (जा“डरक्सी खाने) समुहमा वर्गीकरण ग¥यो । फेरी मतवाली समुहलाई पानी चल्ने र पानी नचल्ने, अनि मासिने र नमासिने भनि विभक्त ग¥यो । जंगबहादुृरको मुलुकी ऐनले प्रथम, तागाधारीहरुको सर्वोच्चता अटल रहने कुरा पक्कापक्की ग¥यो र दोस्रा,े आदिवासीहरुलाई मासिने मलवाली र अछुतलाई पानी नचल्ने जात (डुम) को स्तरमा राख्यो र एउटै अपराधमा पनि उच्च जातिकालाई जाति च्युतसम्मको सजा“य गरिन्थ्यो भने आदिवासी र अछुत मारिन्थे (शर्मा २००८) । यसरी नेपालमा एउटै जाति (बाहुन, क्षेत्री, ठकुरी) एउटै भाषा (खस) र एउटै धर्मसंस्कृति (हिन्दु) र एउटै लिङ्ग (उच्च पुरुष) को वर्चश्व कायम गरियो (तामाङ २०६५ः६७) । त्यसैले जंगबहादुर राणाले सन् १८६२ मा भनेका थिए “हामीसंगै हाम्रो आङ्खनै देश छ, हिन्दु अधिराज्य छ, जहा“ कानुनले गौवध निषेध गरेको छ, न त महिला औ ब्राहमणलाई मृत्युदण्ड नै दिइन्छ” (शर्मा, २००४ः२५) ।
शासक वर्गको मुख्य उद्देश्य आदिवासी र अछुतलाई राजनीतिक शक्ति र शिक्षा प्राप्त गर्ने अधिकारबाट बंचित गर्नु रहेको थियो । फलतः आदिवासी जनताको सामाजिक, आर्थिक स्तर गि¥यो भने अछुतको जीवन अझै उपेक्षा र गरिवीमा धकेलिन पुग्यो । राज्यसत्तामा नियन्त्रण भएपछि शासकवर्गले माथिदेखि तलसम्मको प्रशासन र सेना नामको रुपमा बाहुन, क्षेत्रीलाई स्थापित गरे । फतल नोकरशाहहरु एउटै हिन्दु आर्यसमुहबाट तयार हुन गयो । उच्च जात तथा उच्च वर्गको समिकरण भयो । यसले राज्य जमिनदारी (रैकर) ीबलमयिचमष्कm बाट राजपरिवार, सामन्त, प्रशासक, सेनापति, पुरोहित, देवीस्थान गुठी, जागिर आदिका नाममा खेतीयोग्य जमीनको ठूलो हिस्सा थोरै परिवारको हातमा केन्द्रित हुनपुग्यो भने साधारण जनता, पराजित जनजातिहरु र शुद्रहरु गरीवमा धकेलिए (प्रश्रित, १९९६) । त्यतिमात्र नभएर पृथ्वीनारायणले क्रिश्यन नेवारहरु र चन्द्र शमसेरले बौद्ध भिक्षुहरुलाई देश निकाला गरेबाट शासकवर्ग अन्य धर्मको उपस्थिति सहन गर्न सक्र्दैन थियो भन्ने प्रस्ट हुन्छ । यि सबै कुराको के परिणाम भयो भने इ. १८५४ देखि ई. १९५० कुनै पनि जनजाति (हिन्दु उच्च जातका नेवार बाहेक) र अछुत जातका मानिसहरु राज्य प्रशासनको कुनै पनि उच्चतहका पदमा स्थापित हुन सकेनन् (तालिक न. २)
उक्त तालिकाले १९५० सम्म जनजाति र अछुत “सत्ताधारी वर्ग संरचनामा” नपरेको देखाउछ भने १९९९ मा जनजाति ८.४ प्रतिशत पुगेको तर दलित अझै नपुगेको देखाउछ । यसबाट प्रष्ट हुन्छ बाहुन, क्षेत्री, ठकुरी समुहका मानिसले झण्डै अढाईसय वर्षदेखि नेपालको राजनीतिमा प्रभुत्व जमाएका छन् (शर्मा, १९८६) । खस सामन्ती राज्यसत्ताको एकात्मक शासकीय चरित्रको कारण बहु जाति र बहु भाषी, विविध धर्म–संस्कृतिले सम्बोधित हुन पाएनन्, बरु खस इतरकाले आन्तरिक उपनिवेशिकरणको अवस्थाबाट गुज्रनु प¥यो (ब्लांकी, १९८०ः२५, रेग्मी १९७८ः१७ र गुप्ता, २०६२ः३२४ ) । यसरी नेपालमा खस उच्च जातिको राज्यसत्ता कायम हुनपुग्यो (मिक्सेल, १९९०) ।
सन् १९५६ मा नेपालमा प्रथम पञ्चवर्षीय योजना लागू गरियो । त्यस यताको पा“च दशकमा अधिकांश बाहुन, क्षेत्री र नेवारीे (उच्च जात)ले मात्र आङ्खनो वर्चश्व असमानुपातिक रुपमा कायम गरिरहे भने बहुसंख्यक जात÷जाति शक्ति र श्रोतबाट बञ्चित भएका छन् (नेउपाने, २०००) ।
जहा“सम्म सेती–महाकाली बीचको खसान क्षेत्रको औपनिवेशिकरणको कुरो छ, यसलाई अलिक विश्लेषण गरेर हेरिनु आवश्यक छ । निश्चय नै आज खस जातिमा बाहुन, क्षेत्री, ठकुरी, दलित आदि आउ“छन् । तर इतिहास तर्फ फक्र्यौ भने खसमा केवल गडवाल, कुमाउको बाटो हुदै नेपाल प्रवेश गरेको जाति नै पर्दछ र यसमा दक्षिणबाट नेपाल प्रवेश गरेको बाहुन, राजपुत क्षेत्री, दलित आउदैनन् । भारतमै पनि यो जाति हिन्दु आर्यहरु भन्दा पहिले नै मध्ये एशियाबाट उत्तरी हिमालको बाटो हुदै प्रबेश गरेको थियो । हिन्दु ग्रन्थहरुले खस जातिलाई शुद्र, म्लेच्छ, राक्षस आदिका रुपमा चर्चा गरेकाले पनि यो जाति हिन्दु आर्यहरुसंग सम्बन्धित नभएको देखिन्छ । हिन्दुधर्मको प्रचार बढ्दै गएपछि उनीहरुले आफुलाई हिन सम्झिन थाले र हिन्दुधर्म अपनाउदै गए । उनीहरुले आÏनो थर बदल्दै गए ( सिंह, २०६३) ।
अहिले नेपालको सरहदभित्र पर्ने भौगोलिक क्षेत्रमा ककेसियाली समुहका मानिसहरु आइपुग्नु भन्दा पहिले यहा“ मंगोल समुहका मानिसहरु बसोबास गर्थे (शर्मा, २००८) । पछि खस जातिको सुदुरपश्चिम नेपालको पहाडमा प्रबेश भएको हो । १४ औ शाताब्दीसम्म यो क्षेत्रलाई उत्तरमा जडान (भोटे), मध्येमा खसान (खस) र दक्षिणमा थरुहट (थारु) भनेर छुट्याइन्थ्यो । आज खस भाषीहरु व्यापक कर्णाली क्षेत्रमा बसोबास गरेको पाईन्छन् जसले वर्तमान मध्यपश्चिम र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रका सम्पूर्ण पहाडी र हिमाली भागलाई समेटेको छ (विष्ट,१९७६) । यसरी सामान्यतया पूर्वमा भेरी नदी र पश्चिममा महाकाली नदीबीचको पहाडी भुमण्डललाई खसान प्रदेशमा राख्न सकिने देखिन्छ । यो प्रदेशमा १२ औंदेखि १४ औं शताब्दीसम्ममा (सन् ११५०–१३९१) खस जातिको प्रभुत्व थियो । खसहरु जा“ड, रक्सी पिउने, कुखुराको मासु खाने र मष्ट देवताको पुजा गर्ने गर्दथे । राज्यको धर्म बुद्ध धर्म थियो । १२ औं देखि १४ औं शताब्दीको बीचमा हिन्दु जात समुहहरुको (बाहुन, क्षेत्री, दलित आदि) प्रवेश यो प्रदेशमा भएको थियो ।
उनीहरुको बसा“ईं सराई खेतियोग्य जमिनको खोजि र मुलत भारतमा मुगल आक्रमणबाट बच्न आश्रयको खोजिले गर्दा भएको थियो । उनीहरु भारतमा सामन्तवादी चरम विकासको अवस्थाबाट बाहिरिएका थिए । त्यसैले उनीहरुको हिन्दु धर्म र शासन शैलीबाट खस शासकहरु दमित भए । खस शासकहरु बौद्ध धर्मबाट हिन्दु भएर उच्च ओहोदा प्राप्त खसहरु ‘क्षेत्री’ घोषित गरिए र बाहुनबाट “जनै” धारण गरी जात उचाल्ने कार्य भयो । यि नया“ क्षेत्रीहरुबाट ओहोदा नपाएका र गरिब खस समाजलाई “खस पावै” र “मतवाली खस” भनेर हेला गरिन थालियो । खस साम्राज्य टुटेर बनेका बाइसे–चौबिसे राज्यका (एचष्गअष्उबष्तिष्भक) खस राजाहरुले. पनि आफुलाई खस बताउनु हिनताबोध गरी “ठकुरी, शाह” आदिले सम्बोधन गर्न थाले । यसरी “क्षेत्री” बनेका र खसान प्रदेश छाडेकाहरुले आफुलाई खस नभनि “क्षेत्री” (भिन्दै जात) को दावा गर्न थाले । यहि पृष्ठभुमिमा प्रधानमन्त्री जंगबहादुरले आङ्खनो परिवार लगायत थापा, बस्नेत, कार्की आदिलाई पनि खस नभनेर क्षेत्री भन्नु भन्ने आदेश जारी गरेका थिए । यसरी खस जातिको औपचारिक अस्तित्व रहेन र खस भाषालाई पनि नेपाली भन्न थालियो ।
हाम्रो देशमा भएका बाहुन, क्षेत्री, ठकुरी, दलित मध्ये पश्चिम गढवाल, कुमाउबाट आएका खस हुन्, जबकी दक्षिणबाट नेपालमा प्रबेश गरेका बाहुन, राजपुत, क्षेत्रीहरु खस होईनन् (सिंह, २०६३) । यसरी बाहुन, क्षेत्री र दलितको कुल जनसंख्याबाट दक्षिणबाट आएका बाहुन, क्षेत्री, दलित आदिको संख्या घटाउदा नेपालमा खस जातिको संख्या एकदम न्युन हुन्छ । तैपति खस (बाहुन) सत्तामा रहेकाले राज्य शक्तिको आधारमा उनीहरुले सबै जातिहरुलाई दबाउदै आएका छन् । खस (क्षेत्री–बाहुन) शासक वर्गद्वारा स्वयं खस जातिभित्रका जनता र खसान क्षेत्र नै शोषित, उत्पीडित छ । “खोलो त¥यो, लौरो विस्र्यो” गरिएको छ । गोर्खाली सेनाले यो प्रदेश ई. १७९० (वि.सं. १८४६) मा जितेको थियो । त्यसैबेलादेखि खसान क्षेत्र पछाडी परेको छ । शासकवर्गले दुरदराजमा रहेका आÏनै दाजुभाइलाई समेत देख्न चाहेन । सन् १९५६ देखि धेरेै पञ्चवर्षीय योजनाहरु सम्पन्न भए तर यो क्षेत्रको विकासमा कुनै ध्यान गएन । खसान क्षेत्र पनि आन्तरिक औपनिवेशिकरणको शिकार बन्न पुग्यो । खसान प्रदेश एकताकाको खस राज्यको समद्धि, विकास र संस्कृतिले इतिहासमा गौरवपूर्ण स्थान ओगटेको थियो । नेपालको भाषा र संस्कृतिको उद्गम यहि प्रदेश हो । तर अहिले यो प्रदेश देश कै अविकसित र निर्धनताको प्रतिमुर्ति बनेको छ, (तामाङ २०६५.३६) ।
ख) बाह्य उपनिवेश अर्थात अर्ध–औपनिवेशिक नेपाल
ई. १८१४–१५ को एङ्लो–नेपाल युद्धले सामन्ती राज्य नेपाललाई १८१६ को सुगौली सन्धिमा हस्ताक्षर गर्न बाध्य पा¥यो । यो सन्धिले नेपालालाई व्रिटिस भारतको यद्यपी औपचरिक रुपमा स्वतन्त्र भनियो, (तापनि), राजनीतिक तथा आर्थिकरुपमा अर्ध–औपनिवेशिक दर्जामा राखिएको थियो (कभममयल, १९८६ः१८) । यो सन्धिबाट नेपालले मेची नदी पूर्व, दक्षिण तराई र महाकाली नदी पश्चिमका सम्पूर्ण भागहरु गुमाउनु परको थियो । काठमाडौमा व्रिटिस राजदुत राख्न, अंग्र्रेज भन्दा बाहिरका युरोपियन मुलुकहरुसंग सीधा सम्पर्क नगर्न र तिनलाई नोकरी नदिन बाध्ये गरियो । अंग्रेजसंग १९२३ मा अर्को सम्झौता भयो । यसले अंग्रेजको अनुमतिबिना नेपालको सुरक्षा सम्बन्धि (युद्धजन्य) सामाग्रीहरु आयत गर्न नपाउने भयो । नेपाललाई व्रिटिस भारतीय तयारी मालको सुरक्षित बजार बनायो । भारतमा भएको १८५७ को सिपाही विद्रोह दवाउन जंगबहादुर राणा आफैले नेपाली फांैजको नेतृत्व गरी अंग्रेजी साम्राज्यवादी शाक्तिको चाकर गरे वापत १८६० मा नेपालको बा“के, बर्दिया, कैलाली, कन्चनपर फिर्ता आएको थियो ।
१९४७ मा भारत अंग्रेज साम्राज्यवादी चंगुलबाट मुक्त भयो । तर नया“ भारतको सरकारले पनि नेपालसंग साम्राज्यवादी ब्रिटिश कै हैसियत खोज्यो । १९५० मा नेहरु सरकारले नेपालको राणा सरकारसंग असमान सन्धी ग¥यो । त्यो सन्धीले नेपालको सुरक्षालाई चाहने सरसमानहरु भारतबाट वा भारतको सल्लाहमा अन्य देशबाट झिकाउन पाउने, नेपालको प्राकृतिक श्रोतसाधनमा भारतलाई प्राथमिकता दिनुपर्ने र भारतका नागरिकलाई नेपालको नागरिक सरहको व्यवहार र अवसर दिनुपर्ने बाध्यकारी व्यवस्था ग¥यो । भारतले १९६२ देखि नेपालको उत्तरी सीमानामा “सैनिक चेकपोस्ट” राख्यो । त्यसमध्ये एक दार्चुलाको कालापानीमा अहिले पनि रहिरहेको छ । १९५० को असमान सन्धिपछि विस्तारवादी भारतले नेपालको कोशी, गण्डकी र महाकाली सम्झौता गरेर नेपालको प्राकृतिक श्रोतसाधनमाथि हस्तक्षेप गरेको छ । सुस्ता लगायत ५४ स्थानमा भारतले सीमा अतिक्रमण गरको छ । व्यापार तथा पारबहन क्षेत्रमा पनि भारतको हस्तक्षेप छ । नेपालको राजनीतिमा पनि दिल्लीले “मक्का मदिना” को काम गरको छ ।
३) रँष्ट्रियता र राष्ट्रिय एकताका अन्तरसम्बन्ध
नेपाल कम्युनिस्ट पार्टीको पहिलो घोषणापत्रले “नेपाली जनताको बाटो...विद्यमान सामन्ती व्यवस्था र नेपालीमाथिको साम्राज्यवादी पू“जीवादी आधिपत्यलाई पुरैसित खतम पार्नु र मजदुर वर्गको नेतृत्वमा मेहनतकस जनताको जनवादी राज्य स्थापना गर्नु हो भनेर किटान गरेको छ (१५ सेप्टेम्बर १९४९) । हाम्रो देशमा सामन्ती व्यवस्थाले एकातिर एकै जातिभित्र पनि उचनीचको भेदभावलाई बढाउने काम ग¥यो भने अर्कोतिर एक जाति विशेषले जातिगत विशेषाधिकार पाएको छ, त्यस जातिले धर्म, भाषा, संस्कृतिले विशेषाधिकार उपभोग गरिरहेको छ । बा“की जातिहरु, अरु भाषाभाषीहरु र अर्को धर्म मान्नेहरुले आफनो भाषा प्रयोग र आफ्नो भाषा संस्कृतिको विकास गर्न मुलभुत अधिकारबाट बंचित हुनु परेको छ । यसले गर्दा नेपाली नेपालीबीच, पहाडे र मधेशी, तागाधारी र मतवाली भन्ने जस्ता क्षेत्रीय र साम्प्रदायिक भावनाले विकास गर्ने मौका पायो । खस शासकवर्गका आन्तरिक उपनिवेशिकरणमा के जनाजाति, के मधेशी र के दलित सबै परे ।
नेपालको राजनीतिक मुलधारमा बर्चश्व राख्ने बाहुन, ठकुरी, क्षत्री समुहका मानिस भन्दा फरक भएका जनजातिहरुलाई मुलुकी ऐन बनाएर पानी चल्ने तर मासिने मतवालीमा वर्गीकरण गरी भेदभाव गरेको थियो भने खस जाति (पहाडका बाहुन, क्षेत्री) नेपाली राष्ट्रियताको “ध्वजावाहक” बनेकाले राज्यको शक्ति संचालन गर्नु तिनका आ“खामा तराई जात समुहको वफादारितामा सधै प्रश्नचिन्ह लाग्यो । तराईलाई नेपाल राज्यको अघोषित उपनिवेशका रुपमा लिइयो (शर्मा, २००८) । खस शासक वर्गले खसान क्षेत्रको पनि शोषण उत्पीडन गरेको छ । यसै कारण आज के पहाड, के मधेश सबैतिरका जनतामा व्यापक असन्तोष र आक्रोश बढेको छ । वास्तवमा खस अहंकारवाद राष्ट्रियताको बाधक बनेको छ । देशको निम्ति यो घातक हुन सक्छ । यस्तो प्रश्नलाई बेलैमा नसुल्झाएमा हाम्रो राष्ट्रियता, सार्वभौमिकता र प्रादेशिक अखण्डतामा नै आ“च आउन सक्दछ ।
नेपालको राष्ट्रियताको रक्षा गर्न नेपाली जनताको शुद्ध एकताको खा“चो छ । नेपाली जनताको एकता तब मात्र संम्भव छ, जब सबै जाति÷जात र क्षेत्रका जनताबीच समानता र समान अधिकार उपयोग गर्न पाउदछन् । देशको विभिन्न जाति÷समुदायका जनताबीच समानताका आधारमा भातृपूर्ण सहयोग नै हाम्रो देशको राष्ट्रियता, सार्वभौमिकता र स्वाधीनताको संरक्षण र सम्वर्धन गर्ने मुख्य आधार हो र लोकतन्त्रले दिनु पर्ने समानता सबै नागरिकहरुबीच समानता, सबै जातिको समानता, देशको सबै भाषा र सबै धर्मप्रति समान व्यवहार र समान अवसरको वातावरण । यसरी मात्र राष्ट्रियता बलियो हुन्छ र रक्षा हुन्छ । नेपालको कम्युनिस्ट आन्दोलनले राष्ट्रिय–एकतालाई बलियो बनाउदा मात्र राष्ट्रियताको रक्षा हुन्छ भन्ने दृष्टिकोणको विकास गर्नु जरुरी छ । यसरी मात्र नेपालको कम्युनिस्ट आन्दोलनले “विद्यमान सामन्ती व्यवस्था र नेपालमाथिको साम्राज्यवादी–पू“जीवादी आधिपत्यलाई पुरैसित खतम पार्न” सक्नेछ ।
४) संघीयताको आवश्यकता
नेपालको जातिय समस्या विगत अढाई शताब्दीदेखि थुप्रिदै आएको समस्या हो । शाहवंशीय राजाहरुले नपालको राजनीतिक एकीकरण गरेपछि यसमा कट्टर हिन्दु सामाजिक वर्ण व्यवस्था लाद्ने काम थाले, जसलाई पछि सन् १८५४ मा जंगबहादुर राणाले “मुलुकी ऐन” का रुपमा ढालेर देशभर लागुू गरे । यसको छाप वर्तमान नेपाली जातिय स्वरुपमा प्रष्ट र कठोर रुपमा कायमै छ । तसर्थ नेपालको जातीय र क्षेत्रीय समस्या मुलरुपमा पहिचान, असमानता र भेदभावको समस्या हुन् । नेपालमा असमानताको जातिय र क्षेत्रीय दुबै आयामहरु छन् (शर्मा, २००८) ।
यसबाट मुक्त हुन जनजाति र मधेशी समुदायले जात, भाषा–संस्कृति र क्षेत्रीय आधारमा राज्यको पुनःसंरचनाको माग गर्दै आएका छन् । लामो समयदेखि राज्यको एक धर्म, एक भाषा, एक जात र एक संस्कृतिको नीतिबाट आदिवासी जनजाति, मधेशीहरुका पहिचान नै हराउने सम्भावना बढकोले (कडेल २०६३) आफ्नो पहिचान जोगाउने तर्फ आदिवासी जनजाति र मधेशीहरुको बढ्दो सचेतना र त्यसका लागि आन्दोलन अघि बढेको अवस्था छ । सेती–महाकालीको बारेमा पनि यो सत्य हो । यस अवस्थामा केन्द्रीकृत र एकात्मक शासन चल्न सक्तैन । यसलाई संघीय राज्य प्रणालीले मात्र सम्बोधन गर्न सक्छ । संघीयताले तल्लो तहसम्म विकेन्द्रिकरण र शक्ति निक्षेपणको. संरचनात्मक प्रणाली अपनाउछ । प्रशासनिक विकेन्द्रिकरणको नेपालको सर्वाङगिण अनुभव, केन्द्रीय राज्यको तानाशाही प्रवृति र त्यसमा वर्चश्व राख्ने पुरानै जाति र वर्गको हालीमुहालीको इतिहासले एकात्मक व्यवस्थाबाट पहले कै अनुभवहरुको पुनरावृति शिवाय नया“ नेपालको मार्गचित्र कोर्ने खण्ड नै बन्दैन । यसैले संघीयताको मर्म ऐतिहासिक कालदेखि नै अति केन्द्रिकृत उच्च वर्गका बाहुन–क्षेत्रीको हितको रक्षा गर्न बा“की राष्ट्र (जाति) माथि उनीहरुका मुल्य र मान्यता थोपर्नका लागि बनाइएको राज्यको शासकीय संरचनाको बन्धन तोड्नु हो (शर्मा, २००८ ) ।
गोरखा राज्यको विस्तार भएको २४० वर्ष भइसक्दा पनि नेपाली समाजको भावनात्मक एकता हुन सकेको छैन । त्यसको कारण हिन्दुत्वको संरक्षण र विस्तार गर्ने शासक वर्गको खस जातीय अहंकारवाद र त्यसले गरेको अन्य जाति र क्षेत्रमाथिको आन्तरिक औपनिवेशिकरण नै हो । जबसम्म “बहुजातीय बहुभाषिक, विविध धर्म–संस्कृतियुक्त मुलुकमा (अन्तरिम संविधान, २०६३)” ती सबैका बीच भावनात्मक एकता हुने वातावरण बन्दैन तबसम्म राष्ट्रिय एकता बलियो हुदैन । त्यसका लागि पनि आत्मनिर्णयको अधिकारको सिद्धान्त र जातीय क्षेत्रीय स्वशासनमा आधारित राज्यको संघीय सरचना निर्माण गरी सबै वर्ग, आदिवासी, जनजाति, दलित, मधेशी, महिला आदि समुदाय र क्षेत्रको राज्य संचालन प्रक्रियामा समानुपातिक सहभागिता गराउन आवश्यक छ ।
(राष्ट्रियता संरक्षण मञ्चद्वारा सम्पन्न “सेती–महाकाली माथिको उत्पीडन” विषयक एक दिने विचार गोष्ठीमा प्रस्तुत कार्यपत्रबाट)

माओवादीस“ग पार्टी एकता कि अवसरवादी पलायन ?

युवा कम्युनिस्ट, अंक २, फाल्गुन २०६६
पेज नं. १४
रामसिंह श्रीष
महासचिव, नेकपा (एकीकृत)
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) बाट पार्टी एकताको नाममा पटक–पटक माओवादीमा जाने काम भएको छ । यो क्रम जीतवीर लमादेखि सुरु भएर अहिले नवराज सुवेदीको नेतृत्वमा भइरहेको छ । यसको पछाडि आखिर कुन कारणले काम गरेको छ ? यहा“ त्यसै विषयमा संक्षेपमा चर्चा गर्ने प्रयत्न गरिन्छ ।
संविधानसभाको निर्वाचन भन्दा पहिले नेकपा माओवादीसंग पार्टी एकता गर्नुपर्दछ भनेर हाम्रो पार्टीभित्र कसैले पनि प्रस्ताव ल्याएन । कतिपय कमरेडहरुले त फलानाले हाम्रो पार्टीलाई माओवादीमा लैजान सक्छ होशियार हुनुहोला कमरेड भनेर मलाई नै सल्लाह दिन्थे । तर जसले मलाई त्यस प्रकारको सल्लाह दिन्थे तिनै व्यक्ति संविधानसभाको चुनावपछि माओवादी पार्टीमा छिरे । माओवादी पार्टी र नेताहरुको निरपेक्ष आलोचना र विरोध गरेर नथाक्ने यहा“सम्म कि माओवादीहरुलाई जल्लादसम्म भन्ने कतिपय कमरेडहरु संविधानसभाको चुनावपछि सबभन्दा पहिले माओवादी पार्टीमा निशर्त प्रवेश गरे र गर्दैछन् । उनीहरुले त्यसबेला गरेका सार्वजनिक भाषण र लेखहरुले त्यो कुरा प्रमाणित गर्दछ । संविधानसभाको चुनावपछि पनि एमाओवादीलाई संशोधनवादी र अवसरवादी शक्तिको कित्तामा राख्ने र एमाओवादी पार्टी निम्नपू“जीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो भन्ने कतिपय व्यक्तिहरु अहिले पार्टी फुटाएर एमाओवादीमा जान लागिरहेका छन् । यसको पछाडि कुन कारणले काम गरेको छ ? यस विषयमा हामीले विभिन्न कोणहरुबाट विचार गर्नुपर्दछ ।
संविधानसभाको चुनावी परिणामले नेकपा (माओवादी) पार्टी संविधानसभामा सबैभन्दा ठूलो दलको रुपमा आयो भने हाम्रो पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाट दुई सीट मात्र प्राप्त ग¥यो । संविधानसभाको चुनावको यस प्रकारको परिणाम आएपछि हाम्रो पार्टीमा अब माओवादी पार्टीमा जानु पर्दछ भन्ने विचारहरु आउन थाले । संविधानसभाको चुनावको परिणामले माओवादी पार्टी चौथो वा पा“चौं स्थानमा आएको र हाम्रो पार्टीले अहिलेको भन्दा बढी सीट जितेको अवस्था भएको भए पार्टी एकताको नाममा माओवादी पार्टीमा जाने र जानुपर्दछ भन्ने ती कमरेडहरुको विचार कस्तो हुने थियो होला ? हामीले यो कोणबाट पनि सोंच्न जरुरी छ । किनभने जब माओवादी पार्टी संविधानसभामा सबैभन्दा ठूलो दलको रुपमा आयो तब माओवादीलाई उग्रवामपन्थी भड्कावबाट सच्चिएको छैन भन्नेहरु र दक्षिणपन्थी दिशा समात्यो भनेर ऊसंग पार्टी एकताको कुनै सम्भावना नदेख्ने व्यक्तिहरु नै माओवादी पार्टीमा जान थाले । उनीहरुले पार्टी एकताको नाममा सिंगो पार्टीलाई माओवादी पार्टीमा विलय गराउन चाहन्थे तर त्यो सम्भव नभएपछि फुटेर माओवादी पार्टीमा सामेल हुन पुगे र पुग्दैछन् ।
एउटा कम्युनिस्ट पार्टी क्रान्तिकारी छ कि छैन भन्ने कुरा उसले लिएको सिद्धान्त, रणनीति, कार्यनीति, कार्यक्रम र व्यवहारको आधारमा जाच्नु पर्दछ । समाजवाद र साम्यवादमा पुग्न उसले कस्तो प्रकारको सिद्धान्त, रणनीति र कार्यनीति अंगाल्दछ, त्यसलाई आधार बनाउनु पर्दछ । अर्थात सर्वहारा, मजदुर र किसानवर्गको मुक्तिको लागि कस्तो सिद्धान्त, रणनीति, कार्यनीति र कार्यक्रमको आधारमा अगाडि बढिरहेको छ त्यसको आधारमा मात्र कुन कम्युनिस्ट पार्टी सांच्चिकै क्रान्तिकारी कम्युनिस्ट पार्टी हो र कुन कम्युनिस्ट पार्टी गैरक्रान्तिकारी हो भन्ने कुरा छुट्याउनु पर्दछ । हड्ताल, सभा, प्रदर्शन, संसदमा प्रतिनिधिहरु पठाउनु वर्गसंघर्षका रुपहरु हुन । तर यी वर्गसंघर्षका रुपहरु सर्वहारा वर्गको मुक्तिका लागि तयारीका साधनहरु मात्र हुन्, निर्णायक साधन समाजवादी क्रान्ति हो । तर त्यसो नगरी प्रतिक्रियावादी सत्तामा भएको संसदीय निर्वाचनमा पार्टीले प्राप्त गरेको सफलता वा असफलतालाई मुख्य आधार बनाएर कुनै पार्टी क्रान्तिकारी छ वा छैन भनि मूल्यांकन गरिन्छ भने त्यो गैरमाक्र्सवादी कुरा हो । हाम्रो पार्टीभित्र पनि यस प्रकारको गैरमाक्र्सवादी चिन्तनहरु देखिए जसले पार्टी क्रान्तिकारी छ कि छैन भन्ने मुख्य आधार चुनाव परिणामलाई बनाउन थालियो । संविधानसभाको चुनावमा हाम्रो पार्टीले आशातित परिणाम ल्याउन नसकेपछि कतिपय व्यक्तिहरु एकातिर आप्mनो पार्टीलाई गैरक्रान्तिकारी देख्न थाले भने अर्कातिर संविधानसभामा सबैभन्दा ठूलो दलको रुपमा आएको माओवादी पार्टीलाई अब सही क्रान्तिकारी पार्टी देख्न थाले । सामान्य कार्यकर्तामा वा जनतामा यस प्रकारको दृष्टिकोण आउनुमा उनीहरुको ज्ञानको अभाव हो र त्यसलाई माक्र्सवादी दृष्टिकोणको जानकारी गराएर सुधार गर्न सकिन्छ । तर नेतृत्वदायी पंक्तिबाट त्यसप्रकारको सोंच आउ“छ भने त्यो एउटा भड्काव नै हो । निम्नपू“जीवादी चिन्तनबाट ग्रस्त व्यक्तिहरु जसले वर्गीय मुक्तिलाई होइन आप्mनो व्यक्तिगत मुक्तिलाई मुख्य आधार बनाएर सोंच्छन् र उनीहरुले आप्mनो अवसरको लागि पार्टी बदल्न चाहन्छन् । हाम्रो पार्टीको नेतृत्व तहमा यस प्रकारको जुन सोंच आयो त्यसमा पछिल्लो कारणले काम गरेको छ ।
कथित पार्टी एकताको नाममा माओवादीमा प्रवेश गर्ने प्रवृत्ति रहेकाले पार्टी एकता सम्बन्धी पार्टीको नीतिवारे पनि स्पष्ट हुन जरुरी छ । एकताको सातौं महाधिवेशन भन्दा पहिले पनि पार्टीले पार्टी एकता सम्बन्धी अवधारणा पारित गरेको थियो । उक्त पारित अवधारणामा भनिएको छ “पार्टी एकताका लागि आधारभूत सिद्धान्त, नीति र तात्कालिक कार्यक्रम क) मार्गदर्शक सिद्धान्त, माक्र्सवाद–लेनिनवाद–माओविचारधारा मान्ने, (ख) सर्वहारा अधिनायकत्वलाई स्वीकार गर्ने, (ग) अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद, साम्यवादी समाजको स्थापना गर्ने, (घ) नेपालमा आधारभूत न्यूनतम कार्यक्रम नया“ जनवाद मान्ने र जनताको जनवादी अधिनायकत्वलाई स्वीकार गर्ने, (ङ) नया“ जनवादी क्रान्ति स्थापना गर्न सशस्त्र संघर्षलाई बल प्रयोगको उच्चतम रुप मान्ने (च) वर्गसंघर्षलाई अपरिहार्य ठान्ने (छ) सर्वहारा सांस्कृतिक क्रान्तिलाई निरन्तर क्रान्तिको सिद्धान्तको रुपमा स्वीकार गर्ने (ज) संसदीय निर्वाचनलाई कार्यनीतिक सवाल मान्ने” पार्टी या संगठनहरुसंग पार्टी एकता गर्न सकिने अवधारणा अगाडि सारिएको थियो ।
हाम्रो पार्टीले अगाडि सारेको उपरोक्त अवधारणाले माओवादी पार्टीको नीति तथा कार्यक्रमसंग आधारभूत रुपमा भिन्नता राख्दथ्यो । माओवादी पार्टीको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद–प्रचण्डपथ भएको अवस्थामा हाम्रो पार्टीको पथप्रदर्शक सिद्धान्तले मौलिक रुपमा भिन्नता राख्छ । त्यसैगरी माओवादी पार्टीले एक्काइशौं शताब्दीको जनवादलाई अगाडि सारिरहेको अवस्थामा हाम्रो पार्टीले अगाडि सारेको नया“ जनवादी क्रान्तिले पनि आधारभूत रुपमा नै भिन्नता राख्छ । त्यसैगरी एक्काइशौं शताब्दीको जनवादको नाममा सर्वहारावर्गको नेतृत्वलाई अस्वीकार र जनताको जनवादी अधिनायकत्वको विकल्पमा बहुदलीय प्रतिस्पर्धाको नीतिको सट्टा हाम्रो पार्टीले सर्वहारावर्गको नेतृत्वमा जनताको जनवादी अधिनायकत्वको नीतिसंग आधारभूत रुपमा भिन्नता राख्दछ । यस वाहेक संगठनात्मक र कार्यनीतिक प्रश्नहरुमा पनि थुप्रै भिन्नताहरु छन् । त्यो अवस्थामा जीतवीर लामाहरुले पार्टीमा कुनै प्रकारको सैद्धान्तिक राजनीतिक छलफलहरु नचलाएर पार्टी एकताको नाममा लुसुक्क माओवादी पार्टीमा प्रवेश गर्नुको उद्देश्य मजदुर, किसान लगायत आम शोषित, उत्पीडित जनताको मुक्तिको लागि नभएर आप्mनो व्यक्तिगत लाभलाई प्रमुख स्थानमा राखिएको थियो ।
एकताको सातौं महाधिवेशनले पनि पार्टी एकताको लागि ठोस नीति तय गरेको छ । पार्टी एकताको सन्दर्भमा महाधिवेशनले भनेको छ “अहिले एमाले दक्षिणपन्थी अवसरवादमा पतन भएको छ भने माओवादी पनि दक्षिणपन्थी अवसरवादमा संक्रमित हुदै गइरहेको छ । यसरी अब नेपालमा दक्षिणपन्थी अवसरवाद अत्यन्तै हावी भएर गइरहेको छ । यो अवस्थामा दक्षिणपन्थी अवसरवादको विरुद्ध व्यापक भण्डाफोरको नीति अपनाउनु पर्दछ । बदलिएको नया“ राजनीतिक परिस्थितिमा एकातिर सच्चा माक्र्सवादीहरु र अर्कातिर अवसरवादीहरुको बीचमा ध्रुवीकरण तीव्र भएर जाने छ । यस प्रकारको ध्रुविकरणको चरणमा सच्चा क्रान्तिकारी माक्र्सवादीहरुलाई एकीकृत गर्ने कुरामा विशेष ध्यान दिनु पर्दछ । सच्चा क्रान्तिकारी माक्र्सवादी लेनिनवादी संगठन, समूह, पार्टी र व्यक्तिहरुसंग पार्टी एकताको लागि पहलकदमी गर्नुपर्दछ । तर पार्टी एकता सिद्धान्तनिष्ट पार्टी एकता हुनुपर्दछ । सिद्धान्तलाई गौण स्थानमा राखेर गरिने पार्टी एकताले अन्तत कम्युनिस्ट आन्दोलनलाई नै क्षतविक्षत बनाउ“छ । सैद्धान्तिक प्रश्नमा समानता, संगठनात्मक सिद्धान्तहरुमा समानता र न्यूनतम कार्यक्रम र कार्यदिशामा समानता पार्टी एकताका पूर्व शर्तहरु हुन् । यी प्रश्नहरुमा व्यापक छलफल गरेर एक ठाउ“मा नपुग्दै हचुवाको भरमा गरिने पार्टी एकताले अन्ततः कम्युनिस्ट आन्दोलनलाई क्षति पु¥याउ“दछ । त्यसकारण हामीले एकातिर सिद्धान्तनिष्ट सच्चा क्रान्तिकारी कम्युनिस्टहरुको बीचमा एकताको सम्भावना खोज्न चुक्न हुन्न भने अर्कातिर विभिन्न खाले अवसरवादसंग एकता होइन भण्डाफोरको नीतिलाई दृढतापूर्वक अगाडि बढाउनु पर्दछ ।” यहा“ पार्टी एकता सम्बन्धी पार्टीको नीति के हो भन्ने कुरा प्रष्ट होस् भनेर महाधिवेशनद्वारा पारित दस्तावेजबाट यति लामो उदाहरण गरिएको हो । महाधिवेशनले प्रष्टरुपमा भनेको छ कि “पार्टी एकता सिद्धान्तनिष्ट पार्टी एकता हुनुपर्दछ । सिद्धान्तलाई गौणस्थानमा राखेर गरिने पार्टी एकताको अन्तत कम्युनिस्ट आन्दोलनलाई नै क्षतविक्षत बनाउ“छ ।” महाधिवेशनले भनेको छ कि “सैद्धान्तिक प्रश्नमा समानता, संगठनात्मक सिद्धान्तहरुमा समानता र न्यूनतम कार्यक्रम र कार्यदिशामा समानता पार्टी एकताका पूर्व शर्तहरु हुन् । यी प्रश्नहरुमा व्यापक छलफल गरेर एक ठाउ“मा नपुग्दै हचुवाको भरमा गरिने पार्टी एकताले अन्तत कम्युनिस्ट आन्दोलनलाई नै क्षति बनाउ“छ ।” यसरी महाधिवेशनले कुनै पार्टीसंग पार्टी एकताको प्रस्ताव लैजानु भन्दा पहिले माथिका विषयहरुमा व्यापक छलफल गरेर उक्त विषयहरुमा एक ठाउमा पुगेपछि मात्र त्यस्तो पार्टीसंग पार्टी एकताको लागि प्रस्ताव अगाडि बढाउन निर्देश गरेको छ । तर नवराज सुवेदीले उपरोक्त विषयहरुमाथि कुनै पनि छलफल नगरीकन महाधिवेशन भएको लगत्तै एक महिना पनि नपुग्दै माओवादीसंग पार्टी एकता गर्नुपर्दछ भन्ने प्रस्ताव पार्टी केन्द्रमा दर्ता गर्नुभयो । केन्द्रमा उक्त प्रस्ताव दर्ता मात्र गर्नु भएन देशव्यापी रुपमा अभियान चलाउनु भयो । यहा“ एउटा प्रसंग उल्लेख गर्न सान्दर्भिक होला । उहा“ले एकताको सातौं महाधिवेशनमा आप्mनो फरक मत राख्नु भएको थियो । त्यो फरक मतमा भनिएको छ “नेपाललाई स्वशासित राज्यहरुको संघमा सीमित गर्नु उपयुक्त हुन्छ । यसको अर्थ हो बलियो केन्द्र सहित कार्यकारी र व्यवस्थापकीय अधिकार सम्पन्न स्वशासित राज्यहरुको संघ । यसको चरित्र पूर्ण संघात्मक नभएर नेपालीपनको अर्धसंघात्मक प्रकारको चरित्र हुनु वेश हुन्छ ।” त्यो भिन्न मतमा आत्मनिर्णयको अधिकार सम्बन्धमा उहा“ले भन्नु भएको छ “हामीले दस्तावेजमा आत्मनिर्णयको अधिकारको जुन कुरा गरेका छा,ैं नेपालको सन्दर्भमा अहिले संघराज्य निर्माणको प्रसंगमा त्यो वेठिक मात्र नभई यान्त्रिक नक्कल हुन जान्छ ।” यस विषयमा उहा“ले अरु अगाडि भन्नुहुन्छ “आजको नेपालको भौगोलिक अवस्था जाति समुदायको अवस्था, पू“जीवाद उन्मुख राज्य व्यवस्थामा सुधारद्वारा अधिकतम लोकतान्त्रिकरणको प्रयत्न र संक्रमणको समाधानका परिपे्रक्षमा जातिहरुको आत्मनिर्णय र त्यस अन्तरगत अभिन्न तत्वका रुपमा छुट्टीन पाउने अधिकारको कुरा उपयुक्त छैन ।” उहा“को धारणा सही गलत के छ त्यसवारे वेग्लै छलफल गर्न सकिन्छ । यो सबैलाई थाहा भएको कुरा हो कि उहा“को यो अवधारणा एमाओवादीको धारणा भन्दा फरक मात्र होइन, उल्टो छ । उहा“को त्यो अवधारणा नेकपा (मसाल)को अवधारणासंग मिल्दोजुल्दो छ । तर उहा“ आप्mनो धारणा भन्दा ठीक उल्टो धारणा राख्ने पार्टीमा जान पार्टी फुटाउनु भएको छ । वहा“को यसप्रकारको व्यवहारले पार्टी एकताको लागि नीति, सिद्धान्त र कार्यक्रमलाई मुख्य आधार बनाउनु भन्दा पनि आप्mनो व्यक्तिगत स्वार्थलाई आधार बनाउनु बनाएको कुरा प्रष्ट हुन्छ ।
वहा“को अर्को प्रवृत्तिको वारेमा पनि उल्लेख गर्न यहा“ सान्दर्भिक होला । उहा“ले हाम्रो एकताको सातौं महाधिवेशन नजिकै आएको बेला माओवादीसंग पार्टी एकता गर्नका लागि महाधिवेशन रोकेर त्यसलाई राष्ट्रिय भेलामा परिणत गर्ने कुरा गर्नु भएको थियो । हामीले उहा“को कुरालाई स्वीकार गरेनौं र महाधिवेशन सम्पन्न गर्नतिर लाग्यौं । महाधिवेशनमा उहा“ले माओवादी पार्टीसंग पार्टी एकता गर्नुपर्दछ भन्ने प्रस्ताव ल्याउनु भएन । तर महाधिवेशन सकिएको एक महिना नपुग्दै फेरी माओवादीसंग पार्टी एकताको नाममा अनुशासनविहिन र गुटजन्य गतिविधिहरु गर्न शुरु गर्नुभयो । वहा“ले महाधिवेशनमा माओवादीसंग पार्टी एकता गर्नुपर्दछ भन्ने आप्mनो विचार किन राख्नु भएन ? किनकी महाधिवेशनमा वहा“को यो विचारले ठाउ“ पाउने अवस्था थिएन । त्यसकारण वहा“ले आप्mनो उक्त विचार त्यहा“ राख्नु भएन । यसरी राज्यको पुनसंरचनाको सम्बन्धमा आप्mनो अवधारणा भन्दा विपरित अवधारणा राख्ने माओवादीसंग पार्टी एकताको लागि प्रस्ताव गर्नु र महाधिवेशन भन्दा अगाडि र पछाडि माओवादीसंग पार्टी एकताको नाममा गुटवन्दीजन्य गतिविधि गर्नु, तर महाधिवेशनमा त्यसवारे एक शब्द पनि नबोल्ने क.नवराज सुवदीको क्रियाकलापले पनि क्रान्ति परिवर्तनको लागि भन्दा पनि आफूलाई केन्द्रमा राखेर नै यी क्रियाकलापहरु गरेको कुरामा कुनै शंका छैन । यसप्रकारको प्रवृत्ति महाधिवेशनले पारित गरेको सिद्धान्तनिष्ट पार्टी एकताको नीति नभएर अवसरवादी प्रवृत्ति नै हो । यस्ता प्रवृत्तिको विरुद्ध संघर्ष गर्दै सिद्धान्तनिष्ट पार्टी एकताको निम्ति पहल र प्रयत्न गर्नुपर्दछ ।

भ्रुण अवस्थामै विवादित संघीयताको स्वरुप

युवा कम्युनिस्ट, अंक २, फाल्गुन २०६६
पेज नं. १७
कमल चौधरी
पोलिटब्युरो सदस्य, नेकपा (एकीकृत)
राज्यको पुनसंरचना तथा राज्य शक्तिको बा“डफा“ड समितिद्वारा गठित उपसमितिले तयार गरेको संघीय स्वरुप पत्रपत्रिकामा आएको पाइयो । संघीय स्वरुपको निर्माण जाति÷समुदाय, भाषा, संस्कृति, भौगोलिक निरन्तरता र सामथ्र्यलाई आधार बनाइएको उल्लेख छ । नक्सामा उल्लेखित १४ वपटा प्रदेश र त्यसको विकल्पमा ६ वटा प्रदेशको व्यवस्था गरिएको छ । प्रदेशहरु केही जातीय, भौगोलिक र सामुदायिक पहिचानलाई आधार दिएर नै छुट्याइएको देखिन्छ । संगसंगै प्रादेशिक राजधानीको स्थान पनि सिफारिस गरिएको छ, जुन राणाकालमा तराईमा जिल्लाका सदरमुकाम भारतीय रेलको सम्पर्क विन्दूलाई ध्यानमा राखेर निर्धारण गरे जस्तै हुन गएको जस्तो लाग्छ । पंचायत कालका जिल्लाहरु र अञ्चलहरुका सीमाहरुमा बा“धिएर प्रदेश छुट्याउने प्रयास अन्ततः थोरै हेरफेरका साथ यथास्थितिकै भौगोलिक आधारलाई अपनाउन खोजिएको छ । भाषिक आधारको कुरा गरिए पनि प्रदेश त्यस अनुरुप छैन पनि र भाषिक आधारलाई सम्बोधन गरिएको पनि देखिदैन । तराईका मैथिली, थारु, भोजपुरी, अवधि जस्ता स्थापित भाषिक र ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक पहिचान हुने आधारलाई संबोधन गरिदिएको देखिदैन । ती भाषाभाषि समुदाय माथि अन्याय गरिएको छ र मात्र मधेशवादी समूहको प्रभाव र दवावमा नेपालको भू–भागमा कुनै ऐतिहासिक आधार नभएको ‘मधेश’ प्रदेश जबर्जस्ती लाद्ने प्रयास गरिएको छ । भारत, पाकिस्तान (लाहोर)मा बसोबास गर्ने आर्यावर्तीय आर्यको केही वंशजहरुले पहिचानको निम्ति ‘मधेशीया’ पदावली प्रयोग गर्ने गरेको पाइन्छ । नेपालको ‘मधेशी’ पनि सोही शाखाको हो तर यहा“ खस मूलका पहाडी कर्मचारीहरु राणाकालमा तराई झर्दा कुमाउ–गडवाल दक्षिणको तल्लो भागको मधेश फा“टको सम्झनामा नेपालको तराई भागलाई पनि ‘मधेश’ र सबै तराईवासीलाई हेपेर ‘मधेशी’ भनेर बोलाउने क्रम सुरु भएको हो । तराईका आदिवासी जनजातिहरु, मुसलमानहरु र आष्ट्रिक मूलका दलितहरु ‘मधेशी’ पहिचानलाई स्वीकार गरेका छैनन् । अहिले इतिहासको पाना गुम गरेर त्यस पदावलीलाई राजनीतिकरण गरिएको छ । जनताका भावुकता उचालेर भावना दोहन गर्ने प्रयत्न गरिदैछ । राजनीतिको नाममा अंधजातिवाद वा क्षेत्रीयवादको भ्रम बेच्नलाई काम मिलेको छ । सीमापारीको रुचि र आशिर्वाद पनि छ । नेपालमा भएका मधेशी नेपाली नागरिक हुन्, तिनीहरु भेदभावमा परेका छन् र तिनीहरुलाई अधिकार सम्पन्न बनाउन कुनै कोताही गर्नु हुन्न भन्ने कुरामा सचेत चिन्तन भएका नेपाली माझ दुईमत छैन । तर चिन्ता लाग्दो कुरो के हो कि तराईमा मधेशी पहिचानको अधिनस्थता स्वीकार नगर्नेलाई विस्थापनको अवस्थामा पु¥याउने गरिएको छ । मधेशवादी राजनीतिक नेतृत्वलाई आरोप लगाउने कुरा त होइन तर यो भन्न करै लागेको छ कि तिनीहरु एकात्मक केन्द्रीकृत शासन गर्ने शासक कै आदर्शलाई पछ्याई रहेका छन् । जति सुकै संघीयता र लोकतन्त्रको कुरा गरे पनि अरुको आत्मनिर्णयको सम्मान गर्ने र जातीय सहअस्तित्वप्रति असहिष्णुता तिनीहरुमा प्रवल रुपमा देखा परेको छ । तराईमा जातीय, भाषिक, सांस्कृतिक र धार्मिक विविधता छ तर मधेशी नामको भाषा, संस्कृति र जाति छैन, तापनि त्यस पहिचानलाई थोपर्ने प्रयास गर्दा कतिको न्यायपूर्ण हुन्छ । कोचहरुको आदिभूमि रहेको इतिहास स्मरण गर्न नसक्ने इतिहासविदहरु धार्मिक आग्रहमा काल्पनिक महाभारतको विराट राजाको झण्डा कोचिला भूमिमा गाड्न खोजेका छन् । निमूखा राजवंशी, धिमाल, गनगाई, दनुवार, झा“गर, ताजपुरिया, थारु, धानुक, मेचे, किसान, नुंडा, सतार जस्ता आदिवासी जनजातिहरुको चित्कार संविधान निर्माताहरुको कानमा खोई पुगेको ? चितौन मकवानपुरको दक्षिणी खोंज, सिन्धुलीको कमला खाेंज, उदयपुरको त्रियुगा जस्ता थारु भाषा समूहका भाषिक (माझी, दनुवार र थारु भाषाको रुपमा बोलिने) क्षेत्रका आदिवासी बहुल भित्री तराईलाई पहिचान नखुल्ने गरी अन्यत्र गाभ्न त्यहा“ वसोवास गर्ने आदिवासी जनजातिहरु दनुवार, दरै, बोटे, माझी र थारु माथि कत्तिको न्याय हुन्छ ? यस सन्दर्भमा राजकुमार लेखीद्वारा व्यक्त गरिएको “सबैलाई अधिकार दिन खोज्दा कसैले नपाउने स्थिति एकातिर खडा गरिएको छ भने अर्कोतिर मधेशी समुदायलाई विशेष व्यवहार गरिएको छ, विशेषाधिकार दिइएको छ” (कान्तिपुर १२ पुष, ०६६) भित्रको वेदना र आकांक्षालाई आकरण भन्न मिल्दैन । दोस्रो नक्साको आधार स्पष्ट गरिएको छैन । भूगोल कोरेर संघीयता भै हाल्छ भन्ने सोच काम चलाउ सोचको उत्पादन हो । संघीय संरचनाको कुरा गर्दा माओवादीको वारेमा चर्चा गर्न आवश्यक हुन्छ । त्यसको प्रादेशिक संरचनामा धेरै असहमति गरिरहनु पर्ने त छैन तर अस्थिर मनस्थितिले गर्दा नीकै भ्रमहरु उत्पन्न गरेका छन् । खास गरी तराईमा माओवादी निकै अलमलिएको बुझिन्छ । संघीयता अधिकार विहिन जनतालाई अधिकार सम्पन्न गराउने र विकासको मूलधारमा ल्याउनको निम्ति प्रयोगमा ल्याउने व्यवस्था हो । कुनै जाति समुदायको आकर्षणको निम्ति उचालिने नाराको प्रयोजनमा होइन । माओवादीले जाति, भाषा र क्षेत्रलाई संघीय स्वरुपको निम्ति अपनाएको आधार सैद्धान्तिक रुपले ठिकै थियो । तराईमा बहुप्रादेशिकताको नीति गलत होइन तर उनीहरुको दंभी व्यवहारले गर्दा र खास गरी लाहान काण्डले गर्दा माओवादी प्रति मधेशी समुदायमा उत्पन्न अरुचि गम्भीर हुदै तराईमा माओवादीको स्थिति निकै कमजोर बन्न पुग्यो । मधेही समुदायमा आप्mनो प्रभाव बढाउन माओवादीले नया“ मधेश नीतिको योजना तय गरेको छ । एक मधेश बहु प्रदेश अरे † माओवादीको नीति र व्यवहार यति तरल छन् कि कुन बेला कता बग्ने हो थाहा हुदैन । मधेशीलाई खुशी पार्न एक मधेशको नीति लिन पुगेको माओवादी मधेशी समुदायको कुन वर्गको निम्ति कसरत गर्दैछ ? सामन्ती र अभिजात मधेशीलाई शासन गर्न एक मधेश चाहिएको छ भने श्रमजीवि मधेशी जो सदैव अधिकारबाट बञ्चित अवस्थामा सामन्ती दासत्व झेलिरहेका छन्, तिनलाई सार्वभौम नागरिक बन्ने अधिकार र शोषणबाट मुक्त सम्मानित जीवन चाहिएको छ । मधेश भित्र मधेशी मालिकको दासत्व कुनै पनि श्रमजीवि झैं मधेशी श्रमजीविलाई स्वीकार हुने कुरा होइन । सर्वहारा वर्गको निम्ति पार्टी बनाएको भन्ने तर राजनीति बसीखाने वर्गको निम्ति गर्ने कम्युनिस्टहरुको दोधारे चरित्रको कारण संघीय शासनमा श्रमजीवि वर्गले प्राथमिकता नपाउने सम्भावना बढेर गएको छ । यो प्रष्ट हुनु आवश्यक छ कि सामन्ती वर्गको मधेशी जहिले पनि दलाली गर्दै शासन सत्ताको वरिपरि रहने गरेको तथ्य छ । माओवादीले अहिले अझ तातो खीर झैं राष्ट्रियताको आधारमा गणराज्यहरुको भागवण्डामा लागेको छ । नीतिको निर्माण वैज्ञानिक र सैद्धान्तिक आधारभित्र गरिने कुरा हो, पीपलपाते नीतिले कसैको हित गर्दैन । माओवादीले मौजुदा नेपाली समाजलाई बहुराष्ट्रिय समाजको रुपमा बुझ्न कति सही हो, त्यसको वारेमा छलफल जारी रहला तर संघीय स्वरुपको निर्माणको घडीमा माओवादी उत्पीडित जाति, वर्ग, समुदायको पक्षमा उभिने दृढता देखाउन सक्नुपर्दछ । संविधानसभाको सबभन्दा ठूलो दलले इतिहासकै ठूलो कलंक बोक्ने तयारीमा जादैन होला । इतिहासले कहिले काही मजाक पनि गर्दछ । कथम कदाचित त्यस्तो भयो भने माओवादी त्यसको पात्र नबनोस् भनेर कामना गर्नु वाहेक पनि केही गर्न सम्भव भए प्रयत्न जारी रहनु पर्दछ ।
जाति र समुदायको नाममा अन्धजातिवादका अभिलक्षणहरु संघीय सीमा निर्धारणको क्रममा प्रवल रुपले उठ्ने गरेको पाइएका छन् । यसमा मुख्य रुपले संघीयता विरोधी वा प्रतिगामी जातिवादीहरुको घुसपैठ रहेको बुझिन्छ । जानीनजानी सोझा सिधा युवाहरु पनि फसेका छन् । संघीयता भनेको कुनै जाति समुदायको विरुद्ध अर्को जात समुदायले लडाई गर्ने व्यवस्था होइन । एउटा जाति अर्को जाति माथि शासन गर्नको निम्ति पनि होइन । अन्य जातिको उत्पीडन गर्ने जात आफू पनि स्वतन्त्र हुन सक्दैन भन्ने कुरा जो कोहीले बुझ्नु जरुरी छ । नेपाली समाज विविधतायुक्त छ त्यसको समुचित व्यवस्था र विकास संघीयता अन्तर्गत हुन सक्दछ भन्ने उद्देश्य हो । मुख्य रुपले जाति, भाषा, संस्कृति र क्षेत्रलाई आधार मानेर संघीय स्वरुप निर्धारण गरिए पनि साझा जीवन र सहकारितापूर्ण समाजको निर्माण गर्न सक्नु नै संघीयताको सफल पक्ष हुनेछ । आत्मनिर्णयको अधिकार र जातीय सह–अस्तित्वको सम्मान गर्ने नीतिलाई राज्य र नागरिक कतैबाट उल्लंघन नगरिने आधार बन्नु पर्दछ । संघीयताको निम्ति मुख्य तत्व साझा भाषा, साझा क्षेत्र र साझा आर्थिक जीवनले नया“ राष्ट्रिय जीवनको दिशामा डो¥याउछ । नया“ संविधानले त्यस प्रकारको संघीयता देला वा नदेला निश्चित रुपले भन्न सकिदैन त यो निश्चित छ कि इतिहासको निर्माण गर्ने जनतालाई कुनै संविधानले घेरावन्दी गरेर गतिहिन बनाउन सक्नेछैन ।

प्रगतिवादको सैद्धान्तिक परम्परा

युवा कम्युनिस्ट, अंक २, फाल्गुन २०६६
पेज नं. १९
– प्रेमसागर पौडेल
केन्द्रीय अध्यक्ष, प्रसास
१. विषय प्रवेश
वर्तमान समयको प्रगतिवादी साहित्यको स्वरूप र अवस्थामाथि विचार गर्दा माक्र्सवादी दर्शनले प्रभाव पारेका देशहरूमा कला–साहित्यसम्बन्धी क्षेत्रमा माक्र्सवादी चिन्तनको व्यापक असर र प्रभाव देखिन्छ । यद्यपि यसको परम्परा माक्र्सवादी दर्शनले स्पष्ट आकार लिनुभन्दा पहिलेको अवस्थाबाटै प्रारम्भ भएको मत पनि विभिन्न साहित्यिक चिन्तक एवं समालोचकहरूले राख्ने गरेका छन् । यहा“नेर के कुरामा स्पष्ट समझदारी बनाउन सकिन्छ भने जसरी विभिन्न दार्शनिक परम्पराले विकासका क्रम पार हुदै हेराल्किटस, हेगेल र फायरवाखको अवस्थासम्ममा शास्त्रीय जर्मन दर्शन समृद्ध भएर ऐतिहासिक र द्वन्द्वात्मक भौतिकवादको माक्र्सवादी दर्शनले मूर्तरूप लियो । त्यसैगरी माक्र्सवाद पूर्वीय दर्शनहरूको विकासक्रम र तिनीहरूमा अन्तरनिहित रहेको जीवनदायी, गतिशील र क्रान्तिकारी तत्वहरूको प्रभाव समकालिन साहित्यमा पर्नु स्वभाविक थियो । तसर्थ माक्र्सवादी दर्शनले मूर्तस्वरूप ग्रहण गर्नु पूर्वको अवस्थामा जसरी दर्शनको क्षेत्रमा सापेक्षिक वैज्ञानिक दृष्टिकोणहरू विकसित ह“ुदै आएका थिए, त्यसैगरी तात्कालीन समाजमा व्याप्त विभिन्न सामाजिक सम्बन्धहरूका बारेमा, विकृति र विसंगतिका विरुद्धमा स्वाभाविकरूपमा प्रश्न उठ्दथ्यो र साहित्यिक चिन्तक एवं सर्जकहरूले वस्तुगत धरातलको यथार्थतामा खडा भएर अवश्य पनि अपेक्षित भविष्य र परिणामका बारेमा आफ्ना धारणा एवं सिर्जनाहरू प्रस्तुत गर्दथे । यसरी यथार्थको यान्त्रिक चित्रण गर्ने तहबाट जब वस्तुनिष्ट यथार्थवादी प्रबृत्तिको विकास भयो । त्यही धरातलमा नै अहिलेको प्रगतिवादी साहित्यको जग रहेको छ भनी ठम्याउन सकिन्छ । त्यही जगबाट प्रारम्भ गरी नेपालको वर्तमान प्रगतिवादी साहित्यको अवस्थासम्म यसले पार गरेको कालक्रमिक अवस्थामा स्थापित परम्पराहरूको अध्ययन गरी रेखाङ्कन गर्नु यस लेखको मुख्य उद्देश्य हो । अध्ययनका क्रममा प्राप्त सूचना, विवरण र जानकारीहरूलाई व्यवस्थित प्रकारले प्रस्तुत गर्न यसको ऐतिहासिक पृष्ठभूमि, राजनैतिक एवं दार्शनिक चिन्तनको परम्परा, सौन्दर्यशास्त्रीय चिन्तन प्रणालीहरू विशिष्ट व्यक्तित्व एवं नेपालको सन्दर्भमा यहाको राजनैतिक पृष्ठभूमि, साहित्यिक पृष्ठभूमि र वर्तमान अवस्था जस्तो विभिन्न उपशिर्षकहरूको सृजना गरिएको छ ।

२. ऐतिहासिक पृष्ठभूमि
प्रगतिवादी साहित्यको सैद्धान्तिक परम्पराको ऐतिहासिक पृष्ठभूमिको अध्ययनलाई मुख्यतः यसले जग हालेको पृष्ठभूमि, यसले सुस्पष्ट दार्शनिक मार्गदर्शन प्राप्त गरेको पृष्ठभूमि, यसको विकासमा विभिन्न राजनैतिक दार्शनिक चिन्तनहरूले पु¥याएको योगदान, विभिन्न देशमा स्थापित भएका मूल परम्परा र विशिष्ट व्यक्तित्वहरूलाई स्पष्ट रेखाङ्कन गर्नु आवश्यक देखिएको छ । तसर्थ माक्र्सवादले स्पष्ट आकार ग्रहण गर्नुपूर्वको स्थिति, माक्र्सवादका संस्थापकहरू एवं यसका दार्शनिक राजनैतिक प्रवर्तकहरूले विकसित गरेको परम्परा र त्यसको आलोकमा विश्वका विभिन्न देशहरूमा विकसित परम्परा मध्ये मुख्यतः नेपालको प्रगतिवादी साहित्यको क्षेत्रमा बढी प्रभाव राख्न सफल चिन्तन प्रणाली एवं विशिष्ट व्यक्तित्वहरूलाई विभिन्न उपशिर्षकमा प्रस्तुत गरिएको छ ।

२.१. माक्र्सवाद पूर्वीय सैद्धान्तिक परम्परा
अहिलेको विश्वमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट जीवन र जगत्को अध्ययन गर्ने र त्यसलाई कलाका माध्यमबाट अभिव्यक्त गर्ने साहित्यिक सिद्धान्तका रूपमा प्रगतिवादलाई स्वीकार गरिएको छ । ‘समाजवादी यथार्थवाद’ का नामले समेत बुझ्न सकिने प्रगतिवादको विकासको प्रारम्भ तात्कालीन समाजको कला–साहित्यमा प्रचलित यथार्थवादी चिन्तन परम्पराबाट भएको देखिन्छ । दार्शनिक स्तरमा सुनिश्चित रूपमा भौतिकवादी चिन्तनको परम्परा बसी नसके पनि दर्शन, कला–साहित्यका क्षेत्रमा देखापरेको यथार्थवादी चिन्तनले भौतिकवादी चिन्तनका निम्ति पृष्ठभूमिको निर्माण गरेझै साहित्यका सन्दर्भमा पनि प्रगतिवादलाई प्रगतिवादपूर्वको यथार्थवादी चिन्तनले वस्तुपरक प्रबृत्तितर्फ अभिमुख गराउन आवश्यक मार्गदर्शन गरेको (गौतम, २०४९ ः ७)१ बताउ“छन् । मानव जातिको उत्पत्तिसंगै प्रारम्भ भएको कला–साहित्यले अपूर्व मानवीय श्रम संगसंगै विकसित हुने क्रममा सामाजिक परिघटनाहरूलाई अभिव्यक्त गर्ने विभिन्न पद्धतिको पछिल्लो कडीको रूपमा यथार्थको अंकन गर्ने चिन्तन प्रणाली विकसित गरेको देखिन्छ । पुनर्जागरणकालको आरम्भसम्म कला–साहित्यलाई दैवी शक्ति र वरदानका रूपमा सिमित गर्ने गरिएको थियो । त्यो परम्पराबाट माथि उठेर जीवनको बाह्य प्रकृति एवं मानवीय प्रवृत्तिको उद्घाटन गर्ने साहित्य सिर्जनाको थालनी रेंवलेज, सरवेन्तिज तथा शेक्सपियरले गरेको उनीहरूका कृतिमा देखिन्छ । दार्शनिक क्षेत्रमा देकार्त र बेङ्कनको यथार्थवादी चिन्तनले जीवन र जगतलाई वस्तुगत रूपमा हर्दै उदीयमान अन्तरविरोध र असंगतिलाई ठम्याएर मानवीय अस्तित्वलाई धार्मिक रुढीबाट मुक्त पार्ने जुन योगदान पु¥यायो त्यसले नै कला–साहित्यलाई माक्र्सवाद पूर्वीय वस्तुगत यथार्थवादतर्फ निर्देशित गरेको पाइन्छ । भौतिक जगतको अस्तित्वलाई चेतनाको अधिनमा राख्ने पुरानो दार्शनिक मतलाई खण्डित गर्दै देकार्तले भौतिक पदार्थलाई अस्तित्वमान यथार्थवस्तु बताएर वस्तुगत यथार्थवादी चिन्तन परम्परालाई नया“ दृष्टि प्रदान गर्ने प्रयत्न गरे पनि उनले यथार्थलाई द्वन्द्वात्मक रूपमा व्याख्या र विश्लेषण गर्न नसकेको (मिश्र, १९७३ ः ६–७)२ देखिन्छ । उनको चिन्तन मुख्यरूपमा दार्शनिक पक्षसंग सम्बद्ध भए पनि यसको प्रभाव समकालिन साहित्यमा परेको पाइएको छ ।
फ्रान्सेली राज्यक्रान्ति (१७८९ ई.) यथार्थवादी चिन्तनलाई स्पष्ट आकार लिने अनुकूलता प्रदान गर्ने पृष्ठभूमि बन्न पुग्यो । यसले सामन्तवादी राज्यसत्तालाई प“ूजीवादतर्फ संक्रमण गराइ दिए पछि चिन्तनको परम्परागत प्रणालीप्रति गहिरो सन्देह उत्पन्न हुनु स्वभाविकै थियो । आर्थिक, सामाजिक प्रणालीमा नया“ वर्ग उदीयमान भए पनि त्यसले सामाजिक अन्तरविरोधहरूलाई ठीक प्रकारले संबोधन गर्न सकेको थिएन । पुराना विसंगतिको थुप्रो लिएर फ्रान्सको पू“जीवादसंगै प्रकट भएको पू“जीपतिवर्गका नया“ सामाजिक मूल्यहरू उसकै सांस्कृतिक विरासदले गर्दा जब कामयावी बनेनन् तब त्यो असंगतिले समकालिन समाजको यथार्थवादी साहित्य चिन्तनमा मुख्य भूमिका खेल्यो । यथार्थवादी दृष्टिबाट सम्पन्न रचनाकारले मात्र प्राप्त गर्न सक्ने सफलता यस समयका यथार्थवादी रचनाकारहरूले प्राप्त गरेको दृष्टिकोण (सुखोव, १९७० ः २३)३ राख्दछन् । अठारौं शताब्दीको दार्शनिक परम्परालाई विश्लेषण गर्ने क्रममा राल्फ फक्सले आदर्शवादका विरुद्ध अठारौं शताब्दीले डटेर मुकाविला गरेको बताउदै यथार्थवादी साहित्यिक आन्दोलन उपन्यास संगसंगै देखापरेको ठान्दछन् । अठारौं शताब्दीलाई ‘उपन्यासको स्वर्ण युग’ बताउने फक्सले युग सत्यलाई निर्भिकतासाथ चित्रण गर्ने प्रवृत्तिका कारणले यथार्थवाद विकसित हुन सकेको मत राख्दछन् । त्यस बेलाको यथार्थवादले सामाजिक सम्बन्धका आधारभूत अन्तरविरोधहरूलाई ठम्याउन र त्यसको समाधानका वैज्ञानिक आधारहरू प्रस्तुत गर्न नसके पनि पू“जीवादी पद्धतिमा देखिएका खराब पक्षहरू एवं विघटन हु“दै गएको पतनशील सामन्तवादी समाजका स्वरूपहरूको यथार्थ चित्रण गर्न यथार्थवादी साहित्य चिन्तन समक्ष थियो भन्ने मतहरू पाइन्छन् ।
उन्नाइसौं शताब्दीमा दर्शनको क्षेत्रमा यथार्थवाद बढी समृद्ध र विकसित हुन पुग्यो । त्यसबेलाका अग्रणी दार्शनिकहरू अन्स्र्ट माख, हेगेल र फायरवाखले यस धाराको विकासमा नया“ दृष्टि र महŒवपूर्ण योगदान दिए । इन्द्रिय संवेदनाको जटिलतालाई नै यथार्थ बताएर यसैलाई प्राथमिकता दिई वस्तुगत जगतपति अभिमूख हुनुलाई सही यथार्थदृष्टि बताउने अन्स्र्ट माखको दर्शनले यथार्थ जगतको वस्तुपरकतालाई ठम्याउन सकेको थिएन । यसै अवधिमा फायरवाखको यान्त्रिक भौतिकवादी दृष्टिकोण र हेगेलको ‘आदर्शवादी यथार्थवाद’ यथार्थवादको परम्परा देखा परे । द्वन्द्ववादलाई स्वीकार्ने तर आदर्शवादलाई त्याग्न नसक्ने हेगेल र भौतिवादलाई स्वीकार्ने तर द्वन्द्ववालाई आत्मसात् गर्न नसक्ने फायरवाखको दर्शनमा चिन्तनसम्बन्धी गम्भीर कमजोरी रहेको भए पनि यसले यथार्थवादी रचना पद्धतीमा पर्याप्त नविनताहरू थपेको टिप्पणी दार्शनिकहरूले गरेका छन् । यी विविध दृष्टिकोण, मान्यता र विश्लेषणलाई आधार बनाएर हेर्दा माक्र्सवादको विकास हुनु पूर्व विद्यमान दार्शनिक चिन्तन परम्परा यथार्थवादी भएको र यही पृष्ठभूमिले नै माक्र्सवादी दर्शन र प्रगतिवादी साहित्यलाई स्पष्ट दृष्टिकोण, नविनतम मूल्य र मान्यताका साथ विकसित हुने आधार प्रदान गरेको मानिन्छ ।
माक्र्सवाद पूर्वको वस्तुगत यथार्थवादी दार्शनिक परम्परा जसमा हेगेलको आदर्शवाद र फायरवाखको यान्त्रिक भौतिकवाद मुख्यतः प्रभावशाली थिए, त्यसकै वरिपरि समकालिन साहित्यको चिन्तन परम्परा सिमित भएको पाइन्छ । यद्यपि उनीहरूको भूमिका र योगदानले सामाजिक विकासका सिद्धान्तलाई सम्बद्ध पारेको थियो । बेलिन्स्की, गेर्चेन, चेर्निशेभ्स्की जस्ता उन्नाइसौं शताब्दीका रसियाली क्रान्तिकारी प्रजातन्त्रवादीहरूले पनि सामाजिक विकासको सिद्धान्तमा ठूलो योगदान पु¥याएका थिए । सामाजिक विकासमा अर्थतन्त्रको भूमिका, इतिहासको निर्माणमा जनताको देन, शोषकहरू र शोषितहरूको वर्गीय हितमा देखिने विरोधाभाष, दर्शनशास्त्र, साहित्य–कला, इत्यादिको वर्गीय चरित्रबारे उनीहरूले आफ्नो समयको निम्ति गहकिलो विचार पोखेका थिए (आफानासेयभ, २०५४ ः २२०)४ । दासप्रथा तथा सामन्तवादको तीव्र आलोचना गर्ने क्रान्तिकारी विचारक विस्सारियन ग्रिगेरियेविच बेलिन्स्की आफ्ना सिर्जनाहरू मार्फत तात्कालीन अवस्थाको घृणास्पद वास्तविकताप्रति सशक्त विद्रोह, साहित्यकारमा हुनुपर्ने जनप्रतिबद्धता, जीवनको आन्तरिक र बाह्रय चित्रणमा यथार्थताको आग्रह एवं वास्तविकता यथार्थ एवं कलात्मक यथार्थका बीचको अन्तर सम्बन्ध आदि विषयहरूलाई मुखरित गर्न (अनु. नागर, १९८० २६–२८)५ सफल देखिएका छन् । सामाजिक रूपान्तरणको आन्दोलनमा सक्रियतापूर्वक क्रियाशील रहदा जेल एवं निर्वासनको सजाय समेत भोगेका अलेक्जेण्डर इवानोवीच हर्जनको समेत विशिष्ट र मौलिक योगदान पाइन्छ । ‘शास्त्रीयतावाद र स्वच्छन्दतावाद’, ‘पुरातन र नवीनको सङ्घर्ष’ ‘शास्त्रवादको उदय’ आदि जस्ता प्रसस्त रचनाहरू मार्फत हर्जनले प्रचलित साहित्यिक परम्पराका विशेषता र सिमाहरूलाई विश्लेषण गरेर यथार्थ जगतका सापेक्षतामा कलात्मक चिन्तन र साहित्यको मूल्यांकन गर्ने वस्तुवादी प्रबृत्तिको विकास गरेको पाइन्छ । साहित्यकारबाट स्पष्टतः विश्वदृष्टिकोणको अपेक्षा गर्ने हर्जनले विश्वदृष्टिकोणको सापेक्षतामा कला–साहित्यलाई हेर्नु पर्ने मत राख्दछन् ।
माक्र्सवादी दर्शनका संस्थापक माक्र्स–एंगेल्सले महान रुसी विद्वान, आलोचक एवं चिन्तकका रूपमा आफ्ना साहित्यहरूमा प्रसस्त चर्चा गरेका निकोलाई ग्राबिलोविच चेर्निशेब्स्कीले माक्र्सवाद पूर्वको कला–साहित्यसम्बन्धी दृष्टिकोणलाई नया“ दिशा दिएका छन् । फायरवाखको यान्त्रिक भौतिकवादीे दर्शनस“ग सम्बद्ध ह“ुदाह“ुदै पनि इतिहास सम्बन्धी विषयगत, समाजदर्शन तथा समाजको आलोचनाको सन्दर्भमा उनले फायरवाखका दार्शनिक सीमाको अतिक्रमण समेत गरेका छन् र नया“ क्रान्तिकारी विन्दुको खोज तथा त्यसलाई प्राप्त गर्ने पद्दतिका क्रममा असंगति तथा अन्तरविरोधबाट ग्रस्त भए पनि भविष्यका केही महŒवपूर्ण दिशाको संकेत उनीबाट हुन गएको जर्ज लुकासको (नागर, १९८० ः १०२)६ मत रहेको छ । ‘रुसी साहित्यको गोगोल युग’, ‘सौन्दर्य र कलाकार’, ‘कविको कृतित्व’, ‘चरित्र चित्रण’, ‘बेलिन्स्कीको युग’, ‘वास्तविकताको ज्ञान’ जस्ता कैयन महŒवपूर्ण रचनाका स्रष्टा चेर्निशेब्स्कीले साहित्य र यथार्थ जगतको तथा यथार्थ जगत र सौन्दर्यका बीचको अन्तरसम्बन्ध प्रष्ट पार्दै प्रकृति तथा मानव जीवनका सन्दर्भमा सौन्दर्यको भौतिकवादी व्याख्या प्रस्तुत गरेर समकालिन चिन्तन परम्परालाई विशिष्टता प्रदान गरेका छन् ।
माक्र्सवाद पूर्व विशिष्ट प्रगतिवादी चिन्तकका रूपमा दोब्रोल्यूबोबले दास प्रथा, जारशाही शासन र सामन्तवादी पू“जीवादी व्यवस्थाका कुरूपताको कडा आलोचना गर्दै दर्शन, राजनीति र साहित्य सिर्जनामा आफूलाई सक्रिय पारे । ‘अध्यारो राज्यमा’, ‘रुसी जीवनको चित्रणका विशिष्टताहरू’, ‘कलाकारको धर्म’, ‘आलोचक र कलाकार’, ‘कलाकारको दृष्टिकोण’, ‘यथार्थवादी आलोचक’, ‘कलाको कसौटी’, ‘आलोचनाको शैली’, ‘हाम्रा कथाकारहरू’, (नागर, १९८० ः २०९–२५६)७ जस्ता कैयन सृजनाहरूमार्फत् दोब्रोल्यूबोबले साहित्यको स्वरूप, कार्यशैली तथा कला–साहित्य र आलोचनाको दायित्व आदिबारे वस्तुवादी दृष्टिकोण प्रस्तुत गर्ने प्रयत्न गरेका छन् । यथार्थ र कलात्मक प्रतिबिम्बका बीचको अन्तरसम्बन्ध तथा कलात्मक प्रतिविम्बन र लेखकीय दृष्टिकोणका बीचको वस्तुगत सम्बन्ध आदि विषयलाई उनले आफ्ना मौलिक चिन्तकहरू मार्फत् महŒवपूर्ण योगदान दिएका छन् ।
भाववादी धरातलमा रहेको साहित्य चिन्तन परम्परालाई यथार्थवादी जगमा ल्याईपु¥याउन उल्लेखनीय कदम चालिएको योे चरणको चिन्तन परम्पराले निश्चित प्रगतिवादी मान्यतालाई समेत स्थापित गरेको निष्कर्ष निकाल्न सकिन्छ । यसले प्रथमतः कला–साहित्य र युगिन परिस्थितिका बीचमा वस्तुगत अन्तरसम्बन्धको आवश्यकता देख्दछ । ‘साहित्यलाई समाजको ऐना’ ठान्ने परम्परागत मान्यतामा सन्देह प्रकट गरी समाजलाई जनताको अर्थमा प्रयोग गर्ने जनपक्षीय धारणा राख्दै साहित्यलाई जनताको दर्पण अथवा समग्र मानव जातिको आन्तरिक जीवनको दर्पण र त्यसको प्रतीक ठान्दछ । श्रम र कला चेतनालाई अन्तर सम्बन्धित देख्नु यसको तेस्रो मान्यता हो भने कलात्मकरूप वस्तुगत गुणलाई स्वीकारी वस्तुगत जगतको कलात्मक सृजनालाई आत्मसात गर्ने अर्काे मान्यता पनि स्थापित भएको देखिन्छ । यस चरणको प्रगतिवादी मान्यताले साहित्यमा समग्र मानवीय भावहरूको अपेक्षा गरेको वस्तुनिष्ठता मात्र नभएर त्यसको सजीव चित्रणलाई विशेष महŒव दिएको देखिन्छ ।

२.२. माक्र्सवादी चिन्तन परम्परा
कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्वारा प्रतिपादित माक्र्सवाद द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन थियो । त्यसको स्थापनाले प्रगतिवादलाई निश्चित दार्शनिक आधार प्रदान ग¥यो । माक्र्स–एंगेल्सले बृहत्तररूपमा कला–साहित्य सम्बन्धी चिन्तकका रूपमा खास सक्रियता नदेखाएका भए पनि समाज विकासका विभिन्न पक्षहरूको व्याख्या, विश्लेषण गर्ने क्रममा त्यसको एक महŒवपूर्ण शाखाका रूपमा रहेको कला–साहित्यबारे चिन्तन गरेका छन् । उनीहरूले द्वन्द्वात्मक एवं ऐतिहासिक भौतिकवादको वैज्ञानिक दर्शनका आधारमा कला–साहित्यका बारेमा विस्तृत अवधारणाहरू अगाडि सारेका छन् । सर्वप्रथम सौन्दर्यबोधको प्रादुर्भाव कसरी भयो भन्ने प्रश्नलाई भौतिकवादी ढंगले समाधान गर्दै माक्र्स एंगेल्सले– मानिसको कलात्मक प्रतिभा, सौन्दर्य विज्ञानको दृष्टिले जगतको अध्ययन गर्ने उसको क्षमता, सौन्दर्यबोधको प्रतिभा र कला कृतिहरूको सिर्जना गर्ने योग्यता मानव समाजको दीर्घकालीन विकासको फलस्वरूप उत्पन्न भएका हुन् र यी कुरा मानव श्रमका नतिजा हुन् (माक्र्स–एंगेल्स, २०६३ ः १२७–१३२)८ भनेर स्पष्टतापूर्वक यो प्रश्नलाई भौतिकवादको जगमा खडा गरिदिएको पाइन्छ ।
कलाको विकासमा सापेक्षिक स्वतन्त्रतालाई एउटा विशिष्टता ठान्दै कला कृतिहरू ऐतिहासिक दृष्टिले निश्चित सामाजिक रूपहरूसंग जोडिएका भए पनि ती रूपहरू नष्ट हुने बित्तिकै तिनको महŒव हराउ“छ भन्ने कुरालाई माक्र्सवादले सही मान्दैन । यस सन्दर्भमा माक्र्सले प्राचीन युनानी कला तथा महाकाव्यहरूको दृष्टान्त प्रस्तुत गरेका छन् । त्यसले आज पनि हामीलाई बौद्धिक सन्तुष्टि प्रदान गरेको बताउदै कतिपय कुराहरूमा एक आदर्श र अलभ्य नमुना बनिरहेको विश्वास प्रकट गर्दछन् । माक्र्सले यस प्रकारका घटनाको अत्यन्त सारगर्भित व्याख्या प्रस्तुत गर्दै भनेका छन्– यसको कारण के हो भने युनानी कलाले मानव जातिको लागि लाक्षणिक विकासका ती प्रारम्भिक चरणहरूमा, उसको तथाकथित बालककालमा विद्यमान वास्तविकताको सरल, स्वस्थ्य तथा स्वाभाविक अनुभूतिलाई प्रतिविम्बित गर्दछ, त्यस ‘नैसर्गिक सत्य’ को कामनालाई प्रतिविम्बित गर्दछ, जसको आफ्नै अनुपम आकर्षण र सबैमाथि समानरूपले लागू हुने विशिष्ट संमोहन छ (माक्र्स–एंगेल्स, २०६३ ः ८८)९ भनेका छन् । माक्र्स–एंगेल्सले आफ्ना कृतिहरूमा प्रतिपक्षतापूर्ण समाजमा कलाको वर्गीय चरित्रबारे कतिपय अत्यन्त सारगर्भित विचार प्रकट गरेका छन् । ती महान् लेखकहरूले समेत, जो आफ्नो वर्गीय स्थितिको विपरित पनि यथार्थ जीवनको सही तथा सर्वाङ्गीण चित्र प्रस्तुत गर्न समर्थ हुन्छन्, वर्गीय समाजको अवस्थामा सत्तारुढ वर्गहरूको विचार र स्वार्थको भार अनुभव गर्दछन् र आफ्ना कला कृतिहरूमा उनीहरूलाई महŒवपूर्ण छुट दिन पुग्दछन् भन्ने कुरा उनीहरूले देखाएका छन् । ग्योटे, शिलेर, बाल्जाक तथा अन्य लेखकहरूको दृष्टान्तमा माक्र्स र एंगेल्सले ती लेखकहरूको लागि लाक्षणिक विरोधाभास उनीहरूको मनोस्थितिको विशुद्ध व्यक्तिगत विशेषता नभएर सामाजिक जीवनका वास्तविक अन्तर विरोधहरूको वैचारिक प्रतिबिम्ब हो भन्ने देखाएका छन् ।
कलालाई वर्गहरूको बीचमा वैचारिक सङ्घर्षको महŒवपूर्ण हतियार बताउ“दै माक्र्सवादका संस्थापकहरूले कलाले शोषकहरूको सत्ता बलियो पार्ने मात्रै होइन, त्यसलाई हल्लाउन पनि सक्छ, वर्गीय उत्पीडनको संरक्षण गर्न सक्दछ, अथवा यसको विपरित श्रमजीवी जनताको आत्मचेतनाको विकासमा सहयोगी पनि बन्न सक्दछ (माक्र्स–एंगेल्स, २०६३ ः २०)१० भनेका छन् । उनीहरूका अनुसार वर्ग भनेको सदासर्वदाको लागि निर्धारित तथा अपरिवर्तनशील कुरा होइन । ऐतिहासिक विकासको क्रममा वर्गहरूका बीचको पारस्परिक सम्बन्ध बदलिंदै जान्छ, सामाजिक, जीवनमा तिनको भूमिका आधारभूतरूपमा बदलिन्छ । तसर्थ ज्ञानसम्बन्धी आफ्नो द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तलाई कला–साहित्यको विश्लेषणमा प्रयोग गर्दै कुन दृष्टिकोण निर्माण गरेको पाइन्छ भने कलाकृति वास्तविकतालाई प्रतिबिम्बित गर्ने मात्रै नभएर त्यसलाई अनुभव गर्ने र चिन्ने पनि साधन हो, यो मानव जातिको बौद्धिक विकासमा प्रभाव पार्ने सबैभन्दा प्रवल यन्त्र हो ।
इतिहास र ऐतिहासिक घटनाक्रमहरूको विश्लेषण गर्ने माक्र्सवादी दृष्टिकोणले पूर्ववर्ती यथार्थवादी दर्शनको कालमा भएका साहित्यिक चिन्तन र प्रभावको वैज्ञानिक र तथ्यपरक मूल्यांकन गर्द प्रगतिवादी साहित्य चिन्तनको परम्परालाई समृद्ध पारेको देखिन्छ । पूर्ववर्ती यथार्थवादलाई परिभाषित गर्दै एंगेल्सले यथार्थवादको तात्पर्य सही विवरणको अतिरिक्त सामान्य चरित्रहरू तथा सामान्य अवस्थाको यथार्थ चित्रण बताएका छन् । माक्र्स–एंगेल्सले यथार्थवादी चित्रणलाई वास्तविकताको काटीकुटी नक्कल नभएर घटनाहरूको सारसम्म पुग्ने तरिका, कलात्मक सामान्यीकरणको एउटा विधि र निश्चित युगका लाक्षणिक विशेषताहरूको उद्घाटन गर्ने पद्दति (माक्र्स–एंगेल्स, २०६३ ः ९४)११ बताएका छन् । शेक्सपियर, सेर्भान्तेस, ग्योटे, बाल्जाक, पुश्किन तथा अन्य यथार्थवादी साहित्यकारहरूको रचनामा उनीहरूले यसै गुणलाई सबैभन्दा बढी महŒव दिएका छन् । माक्र्सले डिक्केन्ज, थ्याक्करे, ब्रोन्टे र गास्केल जस्ता उन्नाइसौं शताब्दीका अंग्रेज यथार्थवादीहरूलाई उपन्यासकारहरूको त्यस्तो चम्किलो तारामण्डल भनेका छन्– जसका सजीव तथा ओजपूर्ण पुस्तकहरूमा सबै पेसेवर राजनीतिज्ञहरू, पत्रकारहरू तथा नैतिकतावादीहरू मिलेर प्रस्तुत गरेका राजनीतिक तथा सामाजिक सत्यभन्दा कता हो कता बढी मात्रामा राजनीतिक तथा सामाजिक सत्य प्रस्तुत गरिएको छ (माक्र्स–एंगेल्स, २०६३ ः २९०)१२ ।
कुनै पनि कलाकृतिको लागि सत्य चित्रण, चित्रित घटनाहरूप्रति निश्चित ऐतिहासिक दृष्टिकोण र पात्रहरूमा त्यस्ता सजीव, व्यक्तिगत गुणहरू आवश्यक हुन्छन् जसले त्यस्तो वर्गीय परिवेशको चरित्र र मनोस्थिति व्यक्त गर्दछ भन्ने दृष्टिकोण माक्र्स–एंगेल्सको पाइन्छ । वास्तविक यथार्थवादी कलाकृतिका रचनाकारले पाण्डित्यपूर्ण दर्शन छा“टेर होइन, बरु त्यस्ता प्रतिभाशाली प्रतिभाहरूको माध्यमबाट पाठक समक्ष आफ्नो विचार प्रकट गर्दछ, जसले कलात्मक अभिव्यञ्जनाद्वारा पाठकको मस्तिष्क र हृदयलाई प्रभावित तुल्याउ“छ । साहित्यलाई राजनीतिमाथि उभ्याउने प्रयत्न र ‘कला कलाको लागि’ भन्ने जस्ता सिद्धान्तको तीव्र आलोचना गर्दै यथार्थवादी लेखकहरूका कृतिहरूमा प्रगतिशील दृष्टिकोण प्रतिविम्बित हुनुपर्छ, यी कृतिहरू प्रगतिशील विचारधाराद्वारा ओतप्रोत हुनुपर्छ र वास्तवमा नै आफ्नो समयका जल्दाबल्दा समस्यासंग गा“सिएको हुनुपर्छ भन्ने स्पष्ट धारणा माक्र्स–एंगेल्सको रहेको छ । उनीहरूको यो विचारले साहित्यमा पक्षधरता र विचारधारात्मक तथा राजनीतिक प्रतिबद्धतालाई स्पष्टरूपमा निर्देश गरेको छ । ‘म सामान्यरूपमा पक्षधर काव्यको विरोधी होइन’ भन्ने सन्दर्भ जर्मन लेखिका मिन्ना काउत्स्कीलाई लेख्दै एंगेल्सले भनेका छन्– बियोगान्त साहित्यका जन्मदाता एरिखलुस र प्रहसनका जन्मदाता आरिस्तोफान दुवै अत्यन्त प्रयोजनमुखी कवि थिए । दान्ते र सेर्भान्तेस पनि कम प्रयोजनमुखी थिएनन् र शिलेरको कृति ‘विश्वासघात र प्रेम’ को मुख्य विशेषता नै के छ भने यो पहिलो जर्मन राजनीतिक प्रयोजनमुखी नाटक थियो । उत्कृष्टतम् उपन्यासहरूको रचना गर्ने सबै आधुनिक रुसी तथा नर्वेली लेखकहरू प्रयोजनमुखी छन् (माक्र्स–एंगेल्स, २०६३ ः ९२)१३ भन्ने एंगेल्सको भनाइबाट साहित्यमा पक्षधरता र विचारधारात्मक तथा राजनीतिक प्रतिबद्धताको आवश्यकता राम्ररी प्रष्टिन्छ । आफ्ना रचनाहरूमा व्यक्त दृष्टिकोणहरूले माक्र्स–एंगेल्स एकलका“टे नीति प्रवचन, कलात्मक विधिको स्थानमा उपदेशवादी तथा सजीव प्रतिभाहरूलाई एकनासे रूपरेखा परिणत गर्ने कुरालाई स्विकार गर्दैनथे भन्ने बुझिन्छ ।
साहित्य चिन्तनको लामो ऐतिहासिक परम्परा र समकालीन विश्वमा प्रचलित मुख्यमुख्य चिन्तन प्रबृत्तिहरूको गहन विश्लेषण गरेर माक्र्सवादी दर्शन वा माक्र्सवादी साहित्यिक चिन्तनले प्रगतिवादी साहित्यलाई गहनतम् जीवन क्रियाहरूको यथार्थको अभिव्यक्ता बनाएको छ । प्रगतिशील साहित्य अग्रणी विचारको उद्घोषक र समाजका प्रगतिशील शक्तिहरूको हितको रक्षकका रूपमा स्थापित गरेको छ । पू“जीवादी समाजमा कलाको विकासमा देखिने विरोधाभासपूर्ण चरित्रलाई सम्पूर्ण बुर्जुजा समाजकै अन्तरविरोधपूर्ण प्रकृतिको अभिव्यक्तिका रूपमा विश्लेषण गर्दै माक्र्सवादका संस्थापकहरूले केवल सर्वहारा क्रान्ति तथा सामाजिक पुननिर्माणको आधारमा मात्रै कलात्मक रचनाको क्षेत्रमा रहेका अन्तरविरोधको समाधान गर्न सकिने मान्यतालाई विकसित पारेका छन् । नया“ साम्यवादी समाजका आधारभूत गुणहरूको परिकल्पनामा अनुपम दुरदर्शिता देखाएको माक्र्सवादी चिन्तन परम्पराले साम्यवादलाई सबैभन्दा पहिले व्यक्तिको सर्वतोमुखी सामाञ्जस्यपूर्ण विकासको लागि आवश्यक वास्तविक स्वतन्त्रता भनेको छ । यस दृष्टिकोणलाई पुष्टि गर्दै माक्र्सले– स्वतन्त्रताको राज्य वस्तुतः केवल त्यही मात्रै सुरु हुन्छ, जहा वाध्यता र सांसारिक आवश्यकताद्वारा निर्धारित श्रमको अन्त्य हुन्छ (माक्र्स–एंगेल्स, २०६३ ः ९२)१४ भनेका छन् ।
माक्र्सवादी साहित्यिक चिन्तन परम्पराले वस्तुगत यथार्थवादको लहरोमा अल्झिरहेको प्रगतिवादलाई दार्शनिक, राजनैतिक र साहित्य सम्पूर्ण पक्ष र आयामहरूमा विकसित तुल्याएर समाजवादी यथार्थवादको दार्शनिक धरातलमा खडा गर्ने कार्य ग¥यो । शोषणबाट मुक्त श्रम समाजवादी व्यवस्थाका सम्पूर्ण बौद्धिक र सौन्दर्यात्मक सिर्जना प्रतिभाको स्रोत बन्ने भविष्यप्रतिको अनुपम दुरदर्शिताका साथ साम्यवादी समाज स्थापनाको कार्यभार उद्धेश्य र प्रयोजन प्रस्ट्यायो । यसका लागि प्रगतिवादी साहित्यले अग्रणी विचारको उद्घोषक बन्दै प्रगतिशील शक्तिहरूको हितको रक्षकका रूपमा आफूलाई क्रियाशील पार्नुपर्ने अवस्था समेत प्रस्ट्यायो । वास्तविक आर्थिक, राजनैतिक तथा बौद्धिक स्वतन्त्रताको वातारणमा मात्रै मानिसको सृजन प्रतिभाले पूर्णरूपमा विकास गर्न सक्ने प्रष्टाउदै सर्वहारा क्रान्तिले मात्रै बौद्धिक संस्कृतिको विकासका असिमित सम्भावनाहरू उत्पन्न गर्ने कुरा ठम्यायो । जगतको साम्यवादी पुनर्निर्माणलाई नै सर्वहारावर्गको महान् र ऐतिहासिक दायित्व ठानेन माक्र्सवादले त्यस्तो दायित्व पूरा गर्ने, संसारलाई बदल्न सक्ने, अर्थतन्त्र र राजनीति मात्रै नभएर संस्कृतिको क्षेत्रमा पनि उत्तरोत्तर विकासका ढोकाहरू खोल्दै मानव जातिका उच्चतम नैतिक एवं सौन्दर्यात्मक मूल्यहरूलाई मूर्तरूप दिन सामथ्र्यवान शक्ति सर्वहारावर्ग मात्र रहेको निष्कर्ष प्रस्तुत ग¥यो ।
माक्र्सवादी दर्शनका संस्थापक माक्र्स–एंगेल्सले दर्शन, राजनीति, अर्थशास्त्र आदि विभिन्न वैचारिक एवं संगठनात्मक कार्यको अत्यन्त व्यस्थताका बीच साहित्यिक चिन्तन र कला–साहित्यसम्बन्धी माक्र्सवादी अवधारणाको विकास मात्र गरेनन् आफ्नो जमानाका सर्वाेत्तम प्रगतिशील लेखकहरू तयार पार्ने, उनीहरूलाई समाजवादी आन्दोलनभित्र तान्ने, उनीहरूका रचनाहरूमा देखापरेका कमजोरीहरूलाई हटाउन मद्दत गरी साहित्यमा सर्वहारा क्रान्तिकारी परम्परालाई अगाडि बढाउन महŒवपूर्ण योगदान समेत पु¥याए । जर्मन कवि हाइनरिख हाइने त्यसका ज्वलन्त उदाहरण थिए । ‘सिलेजिएनका जुलाहाहरू’ र ‘जर्मनी जाडोको कथा’ जस्ता कविताका सर्जक हाइनेलाई ‘आधुनिक जर्मन कविहरू मध्ये सबैभन्दा महान् कवि’ (माक्र्स–एंगेल्स, २०६३ ः ३००)१५ भनेर एंगेल्सले उनका सृजना संग्रहको समेत मूल्यांकन गरेका छन् । १८४८–४९ ई. को क्रान्तिको समयमा माक्र्स–एंगेल्ससंग घनिष्ट मित्रका रूपमा का“धमा का“ध मिलाएर सक्रिय जर्मन कविहरू गेओर्ग भेएर्त र फेर्दिनान्द फ्रेइलिग्राथले पनि यो साहित्यिक चिन्तन परम्परालाई विकसित पार्न महŒवपुर्ण योगदान पु¥याए । भेएर्तको मृत्युपछि उनका साहित्यिक रचनाहरूको संकलन र जर्मन सामाजिक जनवादी पत्रपत्रिकामा प्रकाशित गरेर व्यापक प्रचार प्रसार गर्ने कार्य स्वयं माक्र्स र एंगेल्सले गरेका थिए । माक्र्सवादी दर्शन र माक्र्स–एंगेल्सको साहित्यिक परम्पराले नै १८४८–४९ ई. मा जर्मन क्रान्तिकारी काव्यका विभूतिहरूको पंक्तिमा फेइलिग्राथ उभिन पुगे । माक्र्सको मृत्युपछि नवौं र अन्तिम दशकमा यो साहित्यिक चिन्तनको परम्परालाई अगाडि बढाउन एंगेल्सले अथक प्रयत्नलाई जारी राखे । उनले यस समयमा पनि त्यस किसिमका लेखक तथा कलाकारहरू तयार पार्ने प्रयास गरिरहे, जसले शास्त्रीय साहित्यका सर्वाेत्तम परम्परालाई आत्मसात गर्दै सर्वहारावर्गका मुक्ति संग्राममा सक्रिय भाग लिन सकून, क्रान्तिकारी सङ्घर्षका अनुभव तथा कार्यभारहरूको व्यापक समझदारीको आधारमा अग्रसर हुन सकुन ।

२.३. विशिष्ट माक्र्सवादी विचारकहरूको चिन्तन परम्परा
कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सले स्थापना गरेको माक्र्सवाद विभिन्न चरणहरूमा विकसित ह“ुदै आएको छ । प्रतिस्पर्धात्मक पू“जीवादको एउटा विशिष्ट चरणमा माक्र्स–एंगेल्सद्वारा प्रतिपादित सिद्धान्तलाई देश, काल र परिस्थितिअनुसार विकसित गर्ने क्रममा संसारमा धेरै ठूलठूला उथलपुथलहरू भए । उत्पादन प्रणाली र समग्र सामाजिक सम्बन्धहरूमाथि आएको परिवर्तनले माक्र्सवादलाई विकसित तुल्यायो । यस क्रममा माक्र्सवादको विकास र प्रवद्र्धनमा उल्लेखनीय योगदान दिने महान् राजनैतिक चिन्तकहरू देखा परे । तसर्थ अहिलेको सन्दर्भमा माक्र्सवाद भन्नाले माक्र्स–एंगेल्सद्वारा प्रतिपादित सिद्धान्त मात्र नभएर त्यसको प्रयोग र व्यवहारको विशिष्टतामा मुख्यतः लेनिन, स्टालिन र माओसम्मका योगदानहरूको समष्टीलाई बुझिन्छ । यसबाट के कुरा प्रष्ट हुन्छ भने अहिलेको माक्र्सवाद भनेको ‘माक्र्सवाद, लेनिनवाद, माओविचारधारा’ हो । यद्यपि यस दर्शनलाई मार्गनिर्देशक ठान्ने नेपालका कम्युनिस्ट पार्टीहरू विभिन्न समूहमा विभाजित रहेको अवस्था छ र उनीहरूको माक्र्सवाद–लेनिनवाद प्रति मोटो समझदारीमा समानता रहे पनि माओका योगदानको मूल्यांकनका प्रश्नमा बेग्लाबेग्लै मान्यताहरू राख्दछन् । माओका विचार र योगदानलाई वादकै रूपमा परिभाषित गर्ने, तिनीहरूलाई विचारधाराको रूपमा आत्मसात गर्ने र माओका विचार र योगदानलाई सिद्धान्तका रूपमा आत्मसात नगर्ने मूलतः तीनवटा प्रवृत्तिहरू देखापरेका भए पनि तथ्यहरूको अध्ययनले अहिलेको माक्र्सवाद भनेको ‘माक्र्सवाद, लेनिनवाद, माओविचारधारा’ हो भन्ने वैज्ञानिक र ठोस आधारहरू प्रदान गरेको पाइन्छ । यद्यपि माओका योगदानहरूको दार्शनिक र राजनैतिक मूल्यहरू खोज्ने विषय यस अध्ययनको मूल विषय नभएकाले राजनैतिक दार्शनिक विवादको छानविनलाई यहा“नेर महŒव दिनु आवश्यक देखिंदैन । यहा“ स्पष्ट हुनुपर्ने एउटा मात्र कुरा के छ भने माक्र्स–एंगेल्सको प्रतिस्पर्धात्मक पू“जीवादी युग पछाडि विश्व जब साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा प्रवेश ग¥यो, त्यसले माक्र्सवादलाई विकसित गर्दै लेनिनवादको स्थापना ग¥यो । पछि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाका राष्ट्रहरूलाई सामन्त, दलाल एवं औपनिवेशिक शक्तिको पंजाबाट मुक्त गर्ने सन्दर्भमा माओ त्से तुङले विशिष्ट योगदान दिए र नया“ जनवादी क्रान्तिको बाटोलाई अवलम्बन गरेर माक्र्सवाद, लेनिनवादको सफलतापूर्वक प्रयोग गर्न माओ त्से तुङ सफल भए । राजनैतिक सङ्घर्षको कुरा मात्र होइन, द्वन्दवादका नियमहरूलाई व्यापक अर्थमा परिभाषित गर्दै स्पष्ट दार्शनिक समझदारीको विकास गर्न माओसम्मका योगदानहरू अत्यन्त महŒवपूर्ण रहेकाले र माक्र्सवादी दर्शनकै अंगका रूपमा यी विचार र मान्यताहरू विकसित भएकाले बेग्लाबेग्लै देश, काल र परिस्थितिमा विकसित भए पनि लेनिन, स्टालिन र माओ त्से तुङका योगदानलाई माक्र्सवादकै अंगका रूपमा आत्मसात गर्नुपर्दछ । तसर्थ लेनिन, स्टालिन र माओ त्से तुङले अगाडि सारेका कला–साहित्य सम्बन्धी मान्यता र चिन्तन परम्परालाई कुनै देश विशेषमा स्थापित प्रगतिवादी चिन्तन परम्पराभन्दा बेग्लै र विशिष्ट अर्थमा अध्ययन गर्नु आवश्यक देखिएको छ ।

क. लेनिनवादी चिन्तन परम्परा
जारशाही शासकको पञ्जाबाट रुसलाई मुक्त गर्ने महान् राजनैतिक आन्दोलनको नेतृत्व प्रदान गर्ने कार्यमा क्रियाशील रह“दारह“दै पनि माक्र्सवादी साहित्यिक चिन्तनलाई सैद्धान्तिक र व्यवहारित क्षेत्रमा विकसित पार्ने काममा लेनिनको महŒवपूर्ण भूमिका देखिन्छ । वर्गसङ्घर्षको अत्यन्त जटिल मोडमा रुसी क्रान्तिलाई हा“केका लेनिनले विकसित तुल्याएका माक्र्सवादी साहित्यिक मान्यताको केन्द्रमा वर्गसङ्घर्षका जटिलताहरू पाइन्छन् । साहित्य सम्बन्धी उनका विचारहरू विभिन्न रचनाको रूपमा छरिएका भए पनि ‘पार्टी संगठन र पार्टी साहित्य’ तथा ‘रुसी क्रान्तिका दर्पण लेभ तोल्सतोय’लाई माक्र्सवादी साहित्य चिन्तनका आधारभूत दस्तावेजका रूपमा लिन सकिन्छ । साहित्य, समाज र जनताको सम्बन्ध, साहित्य र कलाको वर्गीय चरित्र, साहित्यको सामाजिक हतियारको रूपमा प्रयोग, पार्टी प्रतिबद्धता, इतिहासको मूल्यांकन र क्रान्तिकारी आशावाद जस्ता मान्यताहरूको विकासमा लेनिनको महŒवपूर्ण योगदान पाइन्छ । जसरी माक्र्स–एंगेल्सले साहित्य र वर्गसङ्घर्षलाई जोडका थिए, त्यसैगरी लेखकहरूको सृजनात्मक कार्यलाई राजनीतिक पार्टीका नीति र कार्यसंग जोड्ने काम लेनिनले गरेका छन् । लेखकहरूलाई पार्टी प्रतिबद्धताका लागि गरिएको आव्हान प्रगतिवादी साहित्यलाई वर्ग सङ्घर्षको माध्यम बनाउने आग्रहको रूपमा रहेको र त्यही पार्टी प्रतिबद्धतासम्बन्धी उनका धारणाहरू पछि गएर समाजवादी यथार्थवादमा प्रतिस्थापित ह“ुदै समाजवादी यथार्थवादका आधारहरू बनेका हुन् (मैचेको, १९६९ ः ८)१६ भन्ने मानिन्छ । प्रतिबद्धताको सवालमा लेनिन जति सजग देखिन्छन्, उती नै लेखकको सृजनात्मक कल्पना, रचनात्मक स्वतन्त्रता र कलात्मक सौन्दर्यप्रति लेनिनको उच्च सम्मान पाइन्छ ।
सर्वहारा कला र संस्कृतिको विरुद्धमा क्रियाशील विभिन्न साहित्यिक मान्यता र प्रबृत्तिहरूको प्रतिरोध गर्न लेनिनले सर्वहारा वर्गको साहित्यलाई सांस्कृतिक हतियारको रूपमा विकसित गर्नुपर्ने बताए । उनले राजनीतिक र आर्थिक क्षेत्रमा गरिने सङ्घर्षलाई सांस्कृतिक क्षेत्रसंग जोडेर वर्गसङ्घर्षका हरेक पक्षलाई तीव्रता प्रदान गर्नुपर्ने औलाएका छन् । पू“जीवादी नाफाखोरहरूको स्वार्थको रक्षा गर्ने उद्धेश्यले प्रकाशित साहित्यभन्दा पृथक साहित्यलाई सर्वहारावर्गको विकसित र विस्तारित गर्नुपर्दछ भन्ने लेनिनको दृष्टिकोण पाइन्छ । पार्टी कार्यक्रम र साहित्यलाई प्रतिबद्धतापूर्वक अगाडि बढाएर मात्र क्रान्तिकारी साहित्यले आफ्नो जिम्मेवारी पुरा गर्न सक्ने स्पष्ट दृष्टिकोण राख्दै उनले भनेका छन्– साहित्य सर्वहारा वर्गको साझा उद्देश्यको एउटा अंश हुनुपर्दछ र सम्पूर्ण मजदुर वर्गको सम्पूर्ण वर्गचेतन शक्तिद्वारा सञ्चालित अभिन्न महान् सामाजिक जनवादी यन्त्रको ‘दा“ती र पूर्जा’ हुनुपर्दछ (लेनिन, १९७४ ः २३२)१७ ।
कला–साहित्यका सम्बन्धमा लेनिनले तीनवटा पक्षलाई विशेष जोड दिएको पाइन्छ । उनले वर्गीय पक्षधरता, कला–साहित्यको क्रान्तिकारी भूमिका र लेखकको सृजनात्मक कल्पनागत स्वतन्त्रतालाई ज्यादै राम्ररी पक्रेका छन् र एकापसमा अन्तरसम्बन्धित बताएका छन् । लेखकहरूसंग पार्टी प्रतिबद्धताको आव्हान गर्नुलाई लेनिनले लेखन कार्यलाई समूहबद्ध, संगठित र योजनाबद्धरूपमा विकसित गर्नु हो भन्दछन् । लेखकको सर्जनात्मक एवं कल्पनागत कार्यलाई प्रष्टाउदै लेनिनले भनेका छन्– साहित्यले यान्त्रिक समिकरण समतलन, अल्पमतमाथि बहुमतको प्रभुत्व सबैभन्दा कम स्वीकार गर्छ भन्ने कुरा निर्विवाद छ र सर्वहारा वर्ग र साहित्यको सम्बन्ध वा कार्य अरु कार्य जस्तो हु“दैन भन्ने कुरा पनि यसबाट प्रष्ट भएको छ (लेनिन, १९७४ ः २३२)१८ । अभिव्यक्ति स्वतन्त्रताका मौलिक पक्षहरू र सौन्दर्यगत मान्यतालाई यान्त्रिक ढंगबाट होइन, द्वन्द्वात्मक ढंगबाट बुझ्न आग्रह गर्दै पार्टी प्रतिबद्धता र सिर्जनशील कार्य एकअर्काका विरोधी नभएर पुरक हुन् भन्ने कुरामा सर्जकहरूलाई विश्वस्त गराउनु र क्रान्तिकारी उत्साहको संचार गराउनु नै पार्टी लेखन सम्बन्धी लेनिनका धारणाहरूको उद्धेश्य रहेको बुझिन्छ ।
‘कला कलाका लागि’ भन्ने मान्यताको माक्र्स–एंगेल्सले दृढतापूर्वक खण्डन गरेजस्तै वर्गीय समाजमा साहित्यको स्वतन्त्ररूपलाई प्रष्ट पार्दै लेनिनले वर्गीय समाजमा स्वतन्त्र र वर्गभन्दा परका साहित्य हु“दैन भन्ने कुरा प्रष्टाएका छन् । आफूूलाई वर्गभन्दा पर, राजनीतिभन्दा माथि र तटस्थ ठान्ने लेखकहरू वास्तवमा प्रतिक्रियावादी वर्गका पृष्ठपोषक हुन भन्दै लेनिनले उनीहरूलाई– प“ूजीवादी महोदयहरू, नितान्त स्वतन्त्रताको कुरा केवल धोका र षड्यन्त्र मात्र हो भन्ने कुरा म भन्न चाहन्छु । पैसामा आधारित समाज जहा“ मेहनतकश जनताहरू गरिबीमा र मुट्टीभरहरू परजीवी झै रहन्छन्, त्यहा“ असली र सा“चो स्वतन्त्रता हुन सक्दैन (लेनिन, १९७४ ः २५४)१९ भनेका छन् । लेनिनले त्यस्तो साहित्य मात्र स्वतन्त्र साहित्य हुने सम्भावनालाई बताइएका छन्– जुन साहित्यले मानव जातिको क्रान्तिकारी चिन्तनको अन्तिम उद्धेश्यलाई समाजवादी सर्वहारा वर्गको अनुभव तथा जीवित कार्यद्वारा फलदायी बनाउ“छ । एउटा वर्गले अर्काे वर्गमाथि शोषण गर्ने र दवाउने स्थिति कायम रहेसम्म स्वतन्त्र साहित्यले मूर्तरूप ग्रहण गर्न नसक्ने लेनिनको मान्यता रहेको छ ।
‘हामीले सपना देख्नुपर्छ’ (लेनिन, १९८० ः २२)२० भन्ने लेनिनको प्रसिद्ध युक्ति पाइन्छ । उनको यो विचारले साहित्य–कलाका सर्जकहरूलाई क्रान्तिकारी भविष्यदृष्टि प्रदान मात्र गरेको छैन वर्तमानको चित्रणमा सिमित नरहेर भविष्यलाई चियाउने आदर्श कला–साहित्यमा प्रतिविम्बित गर्न दिशाबोध गराएको छ । उनले राजनैतिक विषयका सन्दर्भमा सपना देख्नु पर्ने कुरा व्यक्त गरेका भए पनि यसलाई राजनीतिमा मात्र सीमित नराखी हरेक क्षेत्रमा लागु गर्न जोड दिएका छन् । वर्तमानको शोषक समाज र शासकहरूस“ग घनिभूत सङ्घर्षमा सहभागी भएर शोषक समाज र यसको शासक वर्गलाई पराजित गर्न र नया“ समाज व्यवस्थाको स्थापनासंगै शोषित वर्गको राज्यसत्ता कायम गर्न सम्भव छ भन्ने निश्चितता, दृढता र विश्वास कला–साहित्यमा प्रतिविम्बित हुनुपर्ने आवश्यकतालाई लेनिनको सपना देख्ने सन्दर्भसंग जोडेर हेर्नु पर्छ । सपना देख्नु कोरा सपना र भावनाको कुरा नभएर सपना र क्रान्तिकारी चिन्तन बीचको द्वन्द्वात्मक सम्बन्धलाई लेनिनले सृजनात्मक कल्पना, भविष्यदृष्टि र आशावादका रूपमा व्याख्या गरेका छन् ।

ख. माओको चिन्तन परम्परा
अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक आर्थिक अवस्थामा रहेका मुलुकहरूको क्रान्ति सम्बन्धमा माक्र्सवादलाई सृजनात्मक ढंगले प्रयोग गरी चीनिया समाजको रूपान्तरणको नेतृत्व गरेका माओ त्से तुङ राजनैतिक व्यक्तित्व हु“दाहु“दै दर्शन र कला–साहित्य एवं संस्कृतिको विकासमा मौलिक र विशिष्ट योगदान दिन सफल चिन्तक मानिन्छन् । नौलो जनवादी संस्कृति सम्बन्धी अवधारणाबाट सर्वहारा सांस्कृतिक क्रान्तिको संचालनसम्म माओले समाजलाई केन्द्र बनाएर समाज र संस्कृतिका आयामहरूलाई द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणले अध्ययन चिन्तन गरेका छन् । साहित्य र कलालाई वैचारिक सङ्घर्षको महŒवपूर्ण हतियारमात्र बनाएनन् लामो वर्गसङ्घर्षको प्रक्रियामा माओले यसकाके प्रयोगलाई उच्च प्राथमिकता दिए । कला–साहित्य सम्बन्धी चिन्तनको क्रममा माओले साहित्यको स्रोत, साहित्य र कलाको उद्धेश्य, कलात्मकता र विचारको समन्वय, वर्ग सङ्घर्ष र संस्कृतिजस्ता विभिन्न सम्बन्धहरूमाथि व्यापक चर्चा गरेका छन् । १९४२ ई. को कला–साहित्य सम्बन्धी येनान गोष्ठीमा प्रवचन दिने क्रममा व्यक्त अवधारणाहरूलाई माक्र्सवादी साहित्य चिन्तन सम्बन्धी महŒवपूर्ण दस्तावेजका रूपमा लिइन्छ ।
समाज र सामाजिक जीवनलाई कला–साहित्यको प्रमुख स्रोत बताउदै जीवन, जगत र सामाजिक गतिविधिहरूको तथ्यपरक, यथार्थ, वस्तुनिष्ठ र वैज्ञानिक ज्ञानका अभावमा कला–साहित्यले आफ्नो उद्देश्य पूरा गर्न नसक्ने माओको दृष्टिकोण पाइन्छ । समाज नै साहित्य प्रमुख स्रोत भएकाले लेखक कलाकारहरूको मानसिकतामा त्यो वस्तुजगतले पारेको प्रतिविम्बको प्रभाव साहित्य र कलामा व्यक्त हुने उनको ठम्याई छ । माओका अनुसार– विचारधारात्मक रूपमा साहित्यिक रचना र कलाकृतिहरू मानव मस्तिष्कमा सबै प्रकारका सामाजिक जीवनका प्रतिविम्बात्मक उपज हुन् । क्रान्तिकारी कला र साहित्य क्रान्तिकारी लेखक र कलाकारहरूको मस्तिष्कमा सामाजिक जीवनको छापको प्रतिविम्बात्मक उपज हो । जनताको जीवन वस्तुतः साहित्य र कलाको लागि कच्चा पदार्थको भण्डार हो, एउटा यस्तो कच्चापदार्थ जुन स्वाभाविकरूपमा विद्यमान रहन्छ, जुन अपरिपक्व भएर पनि सजीव, समृद्ध र मौलिक हुन्छ । यसको दा“जोमा समस्त कला–साहित्य पूर्ण फिक्का र निजीव प्रतीत हुन्छन् । जनजीवन कला–साहित्यको एक मात्र स्रोत हो र अनन्त स्रोत हो (माओ, १९६७ ः १८)२१ । यसरी माओले साहित्यको स्रोत मात्र प्रष्ट पारेका छैनन् उनले लाखौंको संख्यामा रहेका शोषित पीडित जनताले शोषणका विरुद्ध जारी राखेको सङ्घर्षमा साहित्यले सहयोगीको भूमिका निर्वाह गर्नुपर्छ र साहित्य वास्तवमा तिनै जनताको हितका पक्षमा हुनुपर्छ भन्दछन् ।
साहित्यको पक्षधरता र लेखकको प्रतिबद्धताको सवाल जुन निरन्तर उठ्दै आएको थियो, त्यसलाई अझ विस्तारितरूपमा परिभाषित गर्ने काम माओले गरेका छन् । उनी कुनै पनि साहित्य निश्चित उपयोगितावादमा अडिएको हुन्छ र सर्वहारा वर्गका लेखकहरूले सर्वहारा वर्गको उपयोगितावादलाई अगाल्नु पर्दछ भन्दछन् । सङ्घर्षका विभिन्न रूपहरूमध्ये राजनैतिक सङ्घर्षलाई प्रमुख बताउ“दै माओले यसलाई सफल पार्न सांस्कृतिक सङ्घर्षको महŒव उत्तिनै आवश्यक देख्दछन् । यस किसिमको कार्य सर्वहारावर्गको सङ्घर्षमा प्रतिबद्ध क्रान्तिकारी लेखकहरूबाट मात्र सम्भव हुने माओको ठम्याई पाइन्छ । शत्रुलाई हराउन हामीले मुख्य गरी बन्दुकधारी पल्टनमा भर पर्नुपर्छ । तर यस पल्टनले मात्र पुग्दैन हाम्रा मानिसहरू माझ एकता ल्याउनु र शत्रुलाई हराउन हामीसित सांस्कृतिक पल्टन पनि हुन अत्यन्त जरुरी छ (माओ, १९६७ ः १०)२२ भन्ने माओको स्पष्ट मान्यता पाइन्छ ।
वर्गीय समाजमा हरेक वर्गको आ–आफ्नो राजनीतिक र कलात्मक कसी हुन्छ र हरेक वर्गले आ–आफ्नो वर्गस्वार्थ अनुरूप कलात्मक एवं वैचारिक मानदण्ड तयार पार्दछ भन्दै माओले कलाकृतिमा अन्तरवस्तु र रूपको प्रश्नलाई गम्भीररूपमा लिएका छन् । राजनीति र कलात्मकता वा अन्तरवस्तु र रूप दुवैको वर्ग चरित्र हुने हुनाले प्रत्येक वर्गले राजनीतिक कसीलाई नै प्रमुख स्थान दिन्छ भन्ने कुरा व्यक्त गर्दै कलात्मक राजनीतिक अन्तरवस्तु प्राप्तिको साधन भएकाले हरेक लेखकले यसैलाई केन्द्रमा राखेर नै अन्तरवस्तु र रूपको निर्वाह गर्ने बताएका छन् । यसबाट माओले वैचारिक पक्षलाई पहिलो र कलात्मक पक्षलाई गौण महŒव दिएको बुझिए पनि यस प्रश्नमा उनले निरपेक्ष दृष्टिकोण राख्दैनन् । अन्तरवस्तुले प्राथमिकता पाउनुपर्छ भन्नुको अर्थ कृतिलाई विचारको उद्बोधनमा मात्र सीमित राख्ने नभएर कृतिमा विचार र कलात्मकताको सुन्दर तालमेल हुनुपर्दछ, स्तरीय विचार, सुसंगठित विषयवस्तु र कलात्मक शैलीको एकताले नै कृतिलाई उन्नत बनाउ“छ भन्ने माओको स्पष्ट दृष्टिकोण पाइन्छ । कुनै पनि कलाकृतिको उद्देश्य पाठकलाई सौन्दर्य चेतना प्रदान गरी वैचारिक उर्जा लिन सघाउनुु हुने भएकाले उच्च विचार र यथार्थवादी रचना शिल्पबाट मात्र यो कार्य सम्भव हुने उनको धारणा छ । उनी भन्दछन्– राजनीतिक तवरले जतिसुकै प्रगतिशील भए पनि कलात्मक सीप नभएका कलाकृतिहरूमा कुनै ज्यान ह“ुदैन । त्यसो हुनाले हामी गलत राजनीतिक दृष्टिकोण भएका कलाकृतिहरूकै सिर्जना गर्ने रुझानको विरोध गर्छाै र त्यसका साथै राजनीतिक तवरले सही भए पनि कलात्मक ज्यान नभएका पोस्टरे र नारावादी शैलीयुक्त कृतिको पनि हामी विरोध गर्दछौं (माओ, १९६७ ३०)२३ ।
जनताको लागि साहित्य लेखिंदा उनीहरूको सौन्दर्यचेतना र सौन्दर्य अनुभूत गर्ने सामथ्र्यलाई केन्द्रमा राख्नु पर्ने भन्दै जनताको साहित्य सरल भाषामा लेखिएको हुनुपर्ने, यसको अभिव्यक्ति बोधगम्य र संप्रेषणयुक्त हुनुपर्ने माओको दृष्टिकोण पाइन्छ । सरलीकरण र स्तरीयताको प्रश्नलाई द्वन्द्वात्मकरूपमा व्याख्या गर्दै साहित्यमा सरलताको प्रश्न जस्तै स्तर निर्माणको प्रश्नलाई पनि गम्भीर बताएका छन् । समाजमा रहेका क्रान्तिकारी अगुुवा, समर्थक र कार्यकर्ताहरूको सौन्दर्य चेतनाको स्तरमा असमानता रहेका कारणले पाठकको चेतनास्तरलाई ख्याल गरेर चेतनास्तर उठाउ“दै लैजाने र पाठकको सौन्दर्यचेतना अनुरूपको गुणात्मकता कायम गर्न ध्यान पु¥याउने दुइवटा कार्यभार पूरा गर्नुपर्ने माओको दृष्टिकोण पाइन्छ । उनले के भन्दछन् भने– हाम्रो दृष्टिकोण अनुसार स्तर उकास्ने काम सरलीकरणमा आधारीत हुन्छ अनि सरलीकरणको काम स्तर उकास्ने कुराबाट निर्देशित हुन्छ । त्यसै हुनाले नै हामीले भनेका हौं सरलीकरणको कामले स्तर उकास्ने काममा अड्को थाप्ने कुरा त परै जाओस् झन् यसले त उकास्ने कामका लागि आधार तयार पारिदिन्छ (माओ, १९६७ ः २१)२४ । सांस्कृतिक वा अधिरचनाका विभिन्न रूपहरूमा परिर्वतन हुनासाथ सम्भव नहुने भएकाले माओ नया“ जनवादी चरणबाट समाजबाट निर्माण हु“दै साम्यवादसम्म पुग्ने प्रक्रियामा निरन्तर वर्ग सङ्घर्षको आवश्यकता देख्दछन् । त्यसका लागि कलाकारहरूको सृजनात्मक कार्यलाई अझ व्यापक विविधतायुक्त र शिल्प सजगताले धारिलो पार्ने कुराप्रति उत्साहित पार्दै माओले १९५७ ई. मा ‘सयौं फूल फुल्न देऊ र हजारौं प्रतिभाहरूलाई प्रतिस्पर्धा गर्न देऊ’ भन्ने नारा अगाडि सारेका थिए । सर्वहारा वर्गको उद्धेश्य प्राप्तिको प्रक्रियामा पू“जीवादी र संशोधनवादी तत्वबाट लगातार बाधा र व्यवधानहरू हाल्ने सम्भावनालाई आत्मसात गरेर त्यसका विरुद्ध निरन्तर सङ्घर्षको नीति अगाडि सारेको पाइन्छ । यही वास्तविकतालाई आत्मसात गरी माओले १९६६ ई. देखि चीनमा ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को आरम्भ गरेका थिए, जुन उनको मृत्युपश्चात टुंगिन पुग्यो । यसरी माक्र्सवादी दर्शनका आधारमा कला–साहित्यको चिन्तन गर्नुका साथै त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न माओले जीवनमा सङ्घर्ष गरेर उच्च प्रकारको प्रगतिवादी साहित्यिक चिन्तन परम्परालाई विकसित गरेको पाइन्छ ।

२.४. साहित्यिक चिन्तक–सर्जकहरूको चिन्तन परम्परा
माक्र्सवादी दर्शनले प्रभाव पारेका देश तथा माक्र्सवादी सिद्धान्तको प्रयोगका सन्दर्भमा त्यसको अंगका रूपमा विकसित भएको माक्र्सवादी राजनैतिक विचारकहरूका चिन्तन परम्पराका अलावा विश्वका विभिन्न देशहरूमा कला–साहित्यको क्षेत्रमा विशिष्ट प्रकारको चिन्तन परम्पराको विकास भएको छ । १९१७ ई. को अक्टोवर क्रान्तिबाट सोभियत संघमा यसको प्रत्यक्ष प्रभाव देखापरे पछि विश्वका धेरै देशहरू प्रभावित भएको र त्यहा“ कला–साहित्य र संस्कृतिमा प्रगतिवादको प्रभाव बढ्दै गएको ऐतिहासिक तथ्यहरूको अध्ययनबाट ज्ञात हुन्छ । नेपालको प्रगतिवादी साहित्य चिन्तनको परम्परा मुख्यतः भारतीय परम्पराबाट प्रभावित भए पनि जर्मन, रुस, बेलायत र चीन लगायतका देशहरूमा विकसित भएको परम्परा तथा हंगेरीका जर्ज लुकास, अष्ट्रियाका अन्स्र्ट फिशर र अमेरिकाका हावर्ड फास्टजस्ता व्यक्तिहरूको चिन्तन परम्पराको प्रशस्त प्रभाव र असर अनुभूत गर्न सकिन्छ ।
प्रगतिवादी साहित्य चिन्तनको क्षेत्रमा विभिन्न देशका लेखक समीक्षकहरूको चिन्तन परम्पराको महŒव रहने भए पनि माक्र्सवादी सौन्दर्यशास्त्रीय मूल्यहरूको प्रतिपादन र नेपालमा परेको असर र प्रभावलाई आधार बनाएर हेर्दा निम्नानुसारका साहित्यिक चिन्तन परम्परा उल्लेखनीय हुन आउ“छन् ।

क. जर्मनेली चिन्तन परम्परा
जर्मनी शास्त्रीय दर्शनको विकासमा महŒवपूर्ण योगदान पु¥याएको देश हो र कार्ल माक्र्स तथा फ्रेडरीक एंगेल्स यसै देशका नागरीक पनि हुन । माक्र्सवादी दर्शनका संस्थापक भएका नाताले यहा“को शास्त्रीय दर्शन र परम्परागत सांस्कृतिक परम्पराको उनीहरूमाथि जसरी प्रभाव परेको थियो त्यसैगरी माक्र्सवादी चिन्तन प्रणालीको विकासमा जर्मनेली चिन्तन परम्पराको प्रभाव पर्नु स्वभाविकै थियो । साहित्य र कला क्षेत्रमा प्रगतिवादी सौन्दर्यचिन्तनको परम्परा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सबाटै सुरु भएको पाइन्छ । यद्यपी, त्यस क्षेत्रमा माक्र्स–एंगेल्स स्वयम्को सैद्धान्तिक योगदानका बारेमा भने माथिनै चर्चा गरिएको छ ।
माक्र्स–एंगेल्समा कला–साहित्यप्रति अगाद पे्रम थियो । आफ्नो यौवनकालमा माक्र्स–एंगेल्स दुबैले कविता लेख्दथे । एंगेल्सले त एकपटक आपूmलाई कवि नै बनाउने विचार समेत बनाएका थिए । उनीहरूको कला–साहित्यप्रति यति धेरै अनुराग हु“दाहु“दै पनि त्यस क्षेत्रमा केन्द्रित र सिमित बन्न सकेनन् । यद्यपी, उनीहरूमा विश्वकलाको राम्रो ज्ञान थियो । साहित्य, शास्त्रीय संगीत तथा चित्रकारीताप्रति गहिरो प्रेम थियो । माक्र्सले व्यस्त कार्यका बीचबाट समय निकालेर साहित्यिक चिन्तन र सृजना गर्न चाहन्थे तर त्यो सम्भव भएन । उनले साहित्य–कला सम्बन्धमा बेग्लै रचना गर्न नसके पनि द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादको विकास एवम् राजनैतिक अर्थशास्त्रको आलोचनाका सन्दर्भमा सामाजिक घटनाक्रमहरूलाई व्याख्या गर्ने क्रममा महŒवपूर्ण वैचारिक मान्यताहरू अगाडि सारेका छन् । माक्र्स–एंगेल्सका साहित्यिक चिन्तनस“ग सम्बन्धित मान्यताहरू साहित्य र कला नामक कृतिमा संग्रहित गरिएको छ । यस कृतिको अध्ययनबाट उनीहरूमा कला–साहित्य सम्बन्धि अध्ययन ख“दिलो थियो भन्ने कुरा मात्र प्रष्टिदैन समाजवादी यथार्थवादको साहित्यिक चिन्तन परम्परालाई वैचारिक एवं सैद्धान्तिक मार्गनिर्देश पनि प्राप्त हुन्छ ।
एंगेल्सले विभिन्न रचनाहरूका सन्दर्भमा कला–साहित्य सम्बन्धि महŒवपूर्ण मान्यतालाई व्यक्त गरेका छन् । ‘वा“नरबाट मान्छेमा संक्रमणमा श्रमको भूमिका’, ‘परिवार, नीजि सम्पत्ति र राज्यको उत्पत्ति’, ‘प्रकृतिको द्वन्द्ववाद’, ‘जर्मन जनपुस्तकहरू’, ‘फ्रान्सेली तथा जर्मन इतिहासको सामग्री’, ‘इङ्गल्याण्ड तथा आयरलेण्डका इतिहासमाथि टिप्पणी’, ‘आरम्भिक इसाई धर्मका इतिहासका विकासमा’, ‘लुडविक फायरवाख र शास्त्रिय जर्मन दर्शनको अन्त्य’जस्ता कृतिहरूमा उनको प्रगतिवादी साहित्यिक चिन्तन परम्परा राम्ररी अभिव्यक्त भएको पाइन्छ ।
माक्र्स–एंगेल्सले संयुक्त रूपमा तयार पारेका कृतिहरू ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’, ‘जर्मन विचारधारा’ र ‘पवित्र परिवार’ले साहित्य सम्बन्धि माक्र्स–एंगेल्सको चिन्तनलाई प्रष्ट पारेका छन् । सा“च्चै भन्ने हो भने यी कृतिहरूलाई साहित्यसम्बन्धि माक्र्सवादी धारणाका प्रस्थापनाका रूपमा लिन सकिन्छ ।
फ्रेञ्ज महेरिङ्गले माक्र्स–एंगेल्स पछाडि उनीहरूको उत्तराधिकारीका रूपमा जर्मनेली चिन्तन परम्परालाई विकसित गरे । उनले हेगेलका सौन्दर्यशास्त्र सम्बन्धि भाववादी मान्यताको विरोध गर्दै माक्र्सवादी सौन्दर्यशास्त्रलाई वृहत्तर रूपमा स्थापित गरे । ‘कार्ल माक्र्स जीवनको कथा’ (१९१८) जस्तो प्रसिद्ध कृतिका सर्जक फ्रेञ्ज महेरिङ्गको माक्र्सवादी सौन्दर्यशास्त्रीय मान्यताले जर्मनको साहित्यिक चिन्तन परम्परालाई समृद्ध पार्न उल्लेख्य योगदान पु¥याएको पाइन्छ । जर्मनेली चिन्तन परम्परालाई विकसित तुल्याउने कार्यमा विसौं शताब्दिका सर्वाधिक चर्चित कविता र नाटकका रचयिता ब्रटोल्ट ब्रेख्तको योगदान समेत उल्लेखनिय मानिन्छ ।
बाल्टर बेञ्जामिन अर्का जर्मनेली साहित्यिक चिन्तन थिए जसले हरेक युगका रचानाकारले भविष्यको सपना मात्रै देख्दैन, स्वप्नद्रष्टाका स्थितिमा सजगता ल्याउनका निम्ति प्रेरित पनि गर्छ भन्ने मान्यता राख्दथे । उनका अनेकौं सौन्दर्यशास्त्रीय विचार र विवेचनाले प्रगतिवादी साहित्यमा जर्मनेली चिन्तनलाई उजागर गरेका छन् । यसका अतिरिक्त हर्वर्ट मारक्यूज, एडर्नो आदि जर्मनेली साहित्यिक चिन्तकहरूले माक्र्सवादी सौन्दर्यशास्त्रको विकासमा विशेष भूमिका खेलेको पाइन्छ ।

ख. रसियाली चिन्तन परम्परा
पूर्व सोभियत संघ प्रगतिवादी साहित्यका लागि मात्र नभएर माक्र्सवादको विकास र प्रयोगका लागि नै महŒवपूर्ण कर्मथलोको रूपमा विश्वप्रसिद्ध रह्रयो । लेनिनको नेतृत्वमा १९१७ ई.को अक्टोवर क्रान्तिस“गै माक्र्सवादी दर्शनलाई पहिलो पल्ट व्यवहारिक कार्यान्वयनमा ल्याउने काम रसियाबाटै भयो । माक्र्सवादलाई लेनिनवादमा विकसित तुल्याउने लेनिनको विचारधारात्मक योगदानका बारेमा लेनिनवादी चिन्तन परम्परामा चर्चा गरिएको छ । यद्यपि रसियाली साहित्यिक चिन्तन परम्पराको सन्दर्भमा लेनिनको नाम छुटाउन संभव भएन । लेनिन राजनैतिक व्यक्ति र विचारक मात्र नभएर कुशल साहित्यिक चिन्तक र स्रष्टासमेत थिए । विभिन्न कविता र कैयन साहित्यिक लेखहरूको रचना गरेका लेनिनको ‘क्लारा जेट्किनस“गका कुराकानी’ मा पनि साहित्य सम्बन्धि धारणा र चिन्तनहरू बडो प्रष्टरूपमा देखिन्छन् । लेनिनको पुस्तक ‘साहित्यका बारेमा’ले प्रगतिवादी साहित्यिक चिन्तनलाई महŒवपूर्ण सैद्धान्तिक आधार दिएको छ र नया“ दृष्टिका साथ मार्गदर्शन गरेको पाइन्छ । ‘पार्टी संगठन र पार्टी साहित्य’ ‘हर्जन युजेपोŒार, टाल्सटाय आदिको मूल्याङ्कन’, ‘रुसी क्रान्तिका दर्पण लियो टाल्सटाय’, ‘लियो टाल्सटाय र आजको मजदुर आन्दोलन’, ‘लियो टाल्सटाय र सर्वहारा’ जस्ता महŒपूर्ण रचना गर्ने क्रममा लेनिनले लेखक र रुसी समाजका विभिन्न पक्षहरूमा विषद चर्चा गरेका छन् ।
‘रुसीहरूको राष्ट्रिय गौरव’ रचनामा व्यक्त लेनिनको राष्ट्रियता सम्बन्धि चिन्तन, ‘क्लारा जेट्किनस“ग कुराकानी’ रचनामा निजी सम्पत्तिमा आधारित समाजमा कलाकार र साहित्यकारको स्थान एवं यौन प्रेम सम्बन्धी एक गिलास पानीको सिद्धान्तले साहित्यिक चिन्तनको रुसी परम्परालाई नया“ मूल्यबोध गराएको पाइन्छ । कला र संस्कृतिको वर्गीय पक्षधरता र प्रतिभाहरूको योगदानको मूल्याङ्कनजस्ता रचनामार्फत साहित्यिक चिन्तन परम्परालाई नया“ उचाइमा स्थापित गराउन लेनिन सफल भएको देखिन्छ । कतिपय सैद्धान्तिक मूल्यहरूमा गम्भीर असमझदारीका बावजुद ‘साहित्य र क्रान्ति’ नामक कृतिमार्फत ट्राटस्कीले कला–साहित्य सम्बन्धि महŒवपूर्ण विचारहरू व्यक्त गरेका छन् । कला–साहित्यमा दृष्टिकोण प्रश्न, रूपवादको बारेको प्रगतिवादी दृष्टिकोण, यथार्थवादको कलात्मक मूल्य आदिमा ट्राटस्कीका मौलिक चिन्तनले रसियाली प्रगतिवादी चिन्तन परम्परामा ऐतिहासिक मूल्य प्रतिस्थापित गरेको (मिश्र, १९७३ ः १५९)२५ बताइन्छ ।
जी.भी. प्लेखानोव रसियाली साहित्यिक परम्परालाई समृद्ध तुल्याउने अग्रणी चिन्तकका रूपमा देखा पर्दछन् । ‘कला र सामाजिक जीवन’ नामक पुस्तकमा उनले कला–साहित्यसम्बन्धी आधारभूत मान्यताहरू अगाडि सारेका छन् । विचारको व्यापकता र कलाको विशिष्टतालाई स्पष्ट पार्दै प्लेखानोवले विचारबाट अलग रहेको कुनै विषय हु“दैन र सबै विचार कला हुन सक्दैन भनेका छन् । माक्र्सवादका संस्थापकहरूले आर्थिक आधार र माथिल्लो बनोटको सम्बन्धमा व्यक्त गरेका अवधारणाहरू माथि विशेष प्रकाश हाल्न उनको कृति ‘माक्र्सवादका मूल समस्याहरू’ सफल भएको छ । इतिहासमा व्यक्तिको भूमिका सम्बन्धी वहसका सम्बन्धमा बुर्जुवाहरूले माक्र्सवादी सौन्दर्य दृृष्टिमा व्यक्तिको सत्तालाई निषेध गरिन्छ भनेर लगाएको आरोपको खण्डन गर्दै ‘इतिहासमा व्यक्तिको भूमिका’ नामक पुस्तकमा विषद छलफल गरी यो विषयलाई निराकरण गर्न सफल भए । यसरी दर्शन, साहित्य, कला, सामाजिक सिद्धान्त र विचारधाराका बारेमा प्रसस्त कृतिहरूको रचना गरी रुसी साहित्यिक चिन्तन परम्परालाई अगाडि बढाउने प्लेखानोव रुसको प्रथम माक्र्सवादी साहित्यिक चिन्तकका रूपमा स्थापित थिए ।
साहित्यिक चिन्तकभन्दा बढी सृजनात्मक साहित्यकारका रूपमा विश्वप्रसिद्ध रसियाली लेखक म्याक्सिम गोर्की स्रष्टाका माध्यमबाट चिन्तन गर्न पछाडि परेनन् । ‘व्यक्तित्वको विघटन’ नामके महŒवपूर्ण सैद्धान्तिक लेखमा उनले समकालिन रसियाको मात्र होइन समग्र प्रगतिवादी साहित्यिक चिन्तनका आधारभूत मूल्यहरूलाई प्रस्तुत गरेका छन् । कला–साहित्यको पूनर्सिजनाका श्रोत लोककथाहरू रहेको बताउ“दै लोककाब्यको प्रेरणा श्रोत ग्रहण गरेर नै मिल्टन, दा“ते, मिकीबीज, गोथे, र शिलरले कल्पनाको उच्च शिखरमा उडान पु¥याउन सकेको दृष्टान्त प्रस्तुत गर्दै लोकप्रिय साहित्य सृजनाका आधारहरू प्रष्ट्याएका छन् । गोर्कीले आप्mनो लेख ‘रचना शिल्पको कुरा’ मार्फत सारा संसार अध्ययनको सामग्री भएको, शक्ति लगाएर आफ्नो उद्देश्य अनुसार संसार बदल्न सकिने, सिक्न नसकिने कुनै वस्तु नभएको हु“दा पृथ्वीलाई अध्ययन गरी प्रत्येक वस्तुबाट ज्ञान लिएर आफ्नो उद्धेश्य अनुरूप पृथ्वीलाई बदल्नुपर्ने विचार राख्दै कला र साहित्यको उद्धेश्यलाई छर्लङ्ग्याउने काम गरे । गोर्कीले विचारको उत्पत्तिका विषयमा व्यापक चर्चा गर्दै विचारको सृजना पृथ्वीबाट हुन्छ । अनि यो श्रमका माटाबाट फुट्छ र पर्यवेक्षण, तुलना तथा अध्ययनका प्रयोगले गर्दा तथ्य ठहर्न पुग्छ भन्ने दिशाबोध गराउ“दै श्रमका संसारले आवश्यक देखेमा क्रान्तिका चेतनालाई सहयोग पु¥याउनु साहित्यको कर्तव्य हो भन्ने प्रष्ट्याए ।
अनातोली लुनाचास्र्की रसियाका अर्का विशिष्ट प्रतिभा थिए । नया“ समाजका चिन्तक वैज्ञानिक, पत्रकार र कुशल वक्ताका रूपमा परिचित लुनाचास्र्कीले शास्त्रीय कला–साहित्य, सङ्गीत र संस्कृति सम्बन्धी प्रश्नमा गहन चिन्तन गरी पन्ध्रसय जति लेख रचनाको सृजना गरे । उनको ‘अन लिटरेचर एण्ड आर्ट’ पुस्तकले रसियाली साहित्य चिन्तनको परम्परालाई विस्तारीत गरिदिएको पाइन्छ । उनका समकक्षी चिन्तक, समालोचकहरूमा लियो ट्राटस्की, शोलोखोव आदिको नाम अग्रपङ्तीमा आउ“छ । भ्लादिमीर मायाकोव्स्की अर्का प्रसिद्ध रसियाली कवि हुन् । उनले कविता कसरी लेख्ने भन्ने बारेमा महŒवपूर्ण धारणाहरू प्रस्तुत गरेको पाइन्छ । रूपवादी भविष्यवाद र यथार्थवाद माथि आलोचनात्मक टिप्पणी लेखेर कला–साहित्यलाई अभिजात गृह, विशाल भवन र पुस्तकालयसम्म सिमित राख्ने परम्परालाई भत्काउ“दै सडक, गल्ली, चिया पिउनेहरू जम्मा हुने दोकान र सबै मानिसहरूसम्म सम्प्रेषित गर्नुपर्ने धारणा राखे ।
‘साहित्य आमसर्वहारा ध्येयको अंग’ बताउने शोलोखोव मूलत स्रष्टा भएकाले उनको साहित्यिक चिन्तन र मान्यताहरू रचनाहरूमै व्यक्तिएको पाइन्छ । ‘लोकवुद्धिको मूल्यवान निधी’ नामक लेखमा शोलोखोवले लोकसाहित्यका कतिपय मरणशील पक्षहरूलाई छोडेर जीवनशील पक्षहरू अंगाल्ने बुद्धिमत्ता लेखकमा हुनुपर्ने धारणा राखेका छन् । समसामयीक रुसी परिवेशका सौन्दर्यशास्त्री र साहित्य चिन्तनका रूपमा ए.जीस (आब्नेर जीस)को योगदान पनि महŒवपूर्ण देखिन्छ । ‘कलाकार र काल’ (१९६३ ई.) ‘कला र सौन्दर्यशास्त्र’ (१९७५ ई.) ‘कलाका विधाहरू’ (१९७९ ई.) ‘माक्र्सवादी सौन्दर्यशास्त्रको सिद्धान्त’ (१९८२ ई.) ‘माक्र्सवादी सौन्दर्यशास्त्रको आधार’ (१९७७ ई.) ‘कलाका वैचारिक र सौन्दर्यात्मक पक्षहरू’ (१९८५ ई.)जस्ता कृतिहरू मार्फत उनले रसियाली साहित्यिक चिन्तन परम्परालाई विकसित पार्दै महŒवपूर्ण अवधारणाहरू व्यक्त गरेका छन् ।
अलेक्जेण्डर पुश्किन, दोस्तोवेवस्की, तानेयेव, अलेक्जेण्डर ब्लेड, यूरी बारावास, ए. येगोरोव, के. डलगोव, एम.ओव्स्यानिकोव, अलेक्सेई तोलस्तोई, को.फेदिन, फाद्येभ, अलेक्जेण्डर बखोव, अनातोली गुलारोफ, येझेभोव, निकोलाई सिलायेव र वि.लुक्यानोव जस्ता रसियाका प्रगतिवादी साहित्यिक चिन्तकहरूले माक्र्सवादी सौन्दर्यशास्त्र, प्रगतिवादी साहित्य सृजना र समालोचनाको प्रारम्भ, विकास र प्रयोगमा उल्लेखनीय योगदान पु¥याउ“दै रसियाली प्रगतिवादको चिन्तन परम्परालाई विकसित गरेको देखिन्छ ।

ग. बेलायती चिन्तन परम्परा
माक्र्सवादी आदर्शको रक्षार्थ स्वयंसेवकको रूपमा स्पेनको मुक्ति युद्धमा जुटिरहेको बेला (१९३७ ई.) मा तीस वर्षको उमेरमा मृत्युवरण गरेका क्रिस्टोफर कडवेल (१९०९ ई.) बेलायतको प्रगतिवादी साहित्य–सिद्धान्त सम्बन्धी चिन्तन परम्पराका उल्लेखनीय व्यक्तित्व मानिन्छन् । प्रगतिवादी साहित्य–सिद्धान्त सम्बन्धमा मूख्यतः कवितालाई कडवेलले अध्ययनको मूलक्षेत्र बनाएका थिए । ‘इल्युजन एण्ड रियलिटी’, ‘ए स्टडी इन डाईङ्ग कल्चर’, ‘फर्दर स्टडी इन डाईङ्ग कल्चर’ र ‘रोमान्स एण्ड रियलिज्म’ जस्ता कृतिका सर्जक कडवेलले ‘इल्युजन एण्ड रियलिटी’ पुस्तकमा कविताको चिनारी दिने प्रसङ्गमा सबै समाज व्यवस्था, उत्पादन–पद्दती, सभ्यता, साहित्य, संस्कृति र कलाको जानकारी गराएका छन् । यसलाई उनको विशद रूपमा माक्र्सवादका सबै आधारभूत कुराहरू र यूरोपेली साहित्यको इतिहास समेत समावेश गरी लेखिएको बेजोड पुस्तक मानिन्छ । उनले जर्ज बनार्ड शा, टि.ई. लरेन्स, डि.एच.लरेन्स, एच.जि. वेल्स जस्ता प्रसिद्ध लेखकहरूका माध्यमबाट अतिमानव, शौर्य, कलाकार तथा यूरोपियासम्बन्धी बुर्जुवा धारणाको खण्डन गर्दै (शोलोखोव, १९६६ ः १७८)२६ बेलायती प्रगतिवादी चिन्तन परम्परालाई माक्र्सवादी दर्शनको आधारभूमिमा खडा गर्ने प्रयत्न गरेका छन् ।
राल्फ फक्स पनि त्यस्तै प्रतिभाशाली विचारक र महान् योद्धा थिए, जो कडवेलजस्तै स्पेनको मुक्तियुद्धमा स्वयंसेवकको रूपमा लड्दा मारिए । राल्फ फक्सले अध्ययनको क्षेत्र मुख्यतः उपन्यास विधालाई बनाएका थिए । उपन्यास विधाको विकास–प्रक्रिया, उपन्यासका उत्प्रेरक युगिन तŒवहरू, उपन्यास विधामा प्रतिबिम्वित युगीन जनजीवन आदिको विश्लेषणात्मकरूपमा चर्चा गर्दै उपन्यासविधालाई उनले पू“जीवादी युगको महाकाव्यका रूपमा (फक्स, १९७९ ः ८०–८२)२७ चित्रित गरेका छन् । उनले उपन्यासका विशिष्टतातर्र्फ संकेत गर्दै उपन्यास खालि कथात्मक गद्यमात्र नभएर मानव जीवनको गद्य भएको जानकारी (फक्स, १९७९ ः १०)२८ दिएका छन् । कलात्मकरूपमा अन्तरवस्तु र रूपको संयोजनका लागि क्रान्तिकारी विचार र वातावरण, लोकजीवनको भाषा, व्यङ्गको दृष्टि, कल्पना जस्ता कुराहरू औपन्यासिक उपयुक्तताका लागि आवश्यक देख्ने दृष्टि फक्सको पाइन्छ र कला विचार दुबै कोणबाट उपन्यासले फेरी नयँ“ जीवन प्राप्त गर्नसक्ने दिशाको जानकारी गराएको देखिन्छ । यसबाट राल्फ फक्सको साहित्य चिन्तन खाली आफ्नो स्पष्टता मात्र नभएर आफ्नो प्रखरता तथा गहिराईमा माक्र्सवादी साहित्य चिन्तनको एउटा महŒवपूर्ण शृङ्खला भएको (मिश्र, १९७३ ः २९१)२९ शिवकुमार मिश्रको राय पाइन्छ । राजनैतिक विश्लेषणलाई विशेष चासो र महŒवका साथ लिने जर्ज थमसन बेलायती साहित्य चिन्तन परम्पराका अर्का हस्ती भेटिन्छन् । ‘माक्र्सवाद र कविता’ कृतिका लेखक थमसनले माक्र्सवादी दृष्टिकोणमा आधारीत भई कविता र काव्य स्रोतको वस्तुगत विश्लेषण गरेका छन् । कविताको उद्भव, प्रक्रिया र स्रोत सम्बन्धमा कडवेलस“ग समान मान्यता राख्ने थमसनले नाटक विधाको उद्भव, स्रोत र विधा वैशिष्ट्यताका बारेमा चर्चा गरेका छन् । ‘एकिलस एण्ड एथेन्स’, ‘माक्र्सिज्म एण्ड पोयट्री’ र ‘ह्युमेनियम’ जस्ता महŒवपूर्ण रचना मार्फत बेलायती प्रगतिवादी चिन्तन परम्परालाई विकसित गर्न थमसनको महŒवपूर्ण भूमिका रहेको बुझिन्छ ।
हर्वर्टरीड, टि.एस. इलियट, मिल्टन मरे माथि टिप्पणी गर्ने ‘क्राइसिस एण्ड क्रिटिसिज्म’ का लेखक ऐलिक वेष्टले पनि बेलायती साहित्यिक चिन्तन परम्परामा विशिष्ट स्थान बनाएका छन् । सबै समकालीन समालोचना सिद्धान्तलाई उपभोगको सिद्धान्त हो भन्ने धारणा राख्ने रेमण्ड विलियम महŒवपूर्ण चिन्तक ठहरिएका छन् । उनले कुनै कलावस्तु लाभप्रद र सही उपभोगको हुन सकोस (रोहिताश्व, १९९१ ः १३३)३० भन्ने उद्देश्य राखेको प्रष्ट्याइएको छ । मानवीय शोषणका विरुद्ध नारी पुरुषका संयुक्त सङ्घर्षमा प्राचिन साहित्यका अनुशीलनबाट वर्तमान द्वन्द्वलाई सम्झन सकिन्छ र त्यसलाई बदल्नका लागि प्रभावपूर्ण ढंगले काम गर्न सकिन्छ (रोहितश्व, १९९१ ः १२७–२८)३१ भन्ने मान्यता राख्ने ‘माक्र्सिज्म एण्ड लिटरेरी क्रिटिसिज्म’ कृतिका लेखक टेरी इगल्टनले समेत बेलायती प्रगतिवादी चिन्तन परम्परामा उल्लेखनीय योगदान पु¥याएका छन् ।
नेपालमा बढीजसो क्रिष्टोफर कडवेल, राल्फ फक्स् र जर्ज थमसनको प्रभाव देखिएको भएपनि उल्लेखिक चिन्तकका अतिरिक्त ‘द कमिङ स्ट्रगल’ र ‘लिटरेचर एण्ड डाइलेक्टिकल’ का लेखक जान स्टैची, ‘द प्रोग्रेस अफ रेडिकल’ का सर्जक टि.ए. जेक्सन, ‘पोयट्री एण्ड सोसाइटी’ र ‘नोवेल टुडे’ का सर्जक फिलिप हैण्डरसन, ‘जान बनायान–मेकर अफ मिथस्’का लेखक जैक लिड्से, ‘ट्रेडिसन एण्ड डिजाइन इन होमर’ का लेखक सि.एम. बाबरा तथा ‘द एस्थेटिक्स अफ जर्ज लुकास’ का सर्जक किर्ल फाल्वा जस्ता प्रगतिवादी साहित्यिक चिन्तकहरूको बेलायती परम्परामा विशेष भूमिका देखिन्छ ।

घ. चीनीया परम्परा
भौगोलिक प्रतिकुलताका कारण नेपालको उत्तरी छिमेकी देश चीन भएर पनि सामाजिक सांस्कृतिक सम्बन्धको विस्तार एवं जातिय अन्तरघुलनमा सहजता छैन । यद्यपी तात्कालीन चीनको जस्तै अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक आर्थिक, सामाजिक अवस्थामा रहेको नेपालमा आर्थिक समृद्धि र विकासका लागि चीनीया ढा“चाको राजनैतिक परिपाटीको परीकल्पना बढेपछि नेपालमा चीनीयँ“ प्रगतिवादी साहित्यको प्रभाव बढ्न पुगेको पाइन्छ । चीनको साहित्यिक चिन्तन परम्परा माओकालीन अवस्थाबाट बढी प्रभावशाली रूपमा देखा परेको मानिन्छ । येनानको कला–साहित्यसम्बन्धि गोष्ठीमा दिएको भाषणलाई माक्र्सवादी सौन्दर्यचिन्तनको तेस्रो चरण मानिन्छ । माक्र्सवादको प्रयोेग र विकासका सन्दर्भमा लेनिनवादलाई माओले अरु समृद्ध र विकसित तुल्याएपछि माक्र्सवाद ‘माक्र्सवाद–लेनिनवाद’का रूपमा मात्र नभएर ‘माक्र्सवाद–लेनिनवाद–माओविचारधारा’को रूपमा विकसित भएको थियो । दर्शन र राजनीतिका साथै माओका सौन्दर्यचिन्तनका मान्यताहरूले समग्र माक्र्सवादी सौन्दर्यचिन्तकका क्षेत्रमा गुणात्मक विकास गरेको पाइन्छ । माक्र्सवादलाई विकसित तुल्याउन माओका वैचारिक योगदान बारे चर्चा गर्दा साहित्यिक मान्यताको समेत गरिएकाले चीनको साहित्यिक चिन्तकका रूपमा क्रियाशिल अन्य विशिष्ट व्यक्तिहरूका बारेमा केन्द्रित हुनु सान्दर्भिक हुनेछ ।
माओ त्से तुङ पछि चाउ एन लाएको नाम चीनीया प्रगतिवादी चिन्तकहरूको परम्परामा समाविष्ट भएको पाइन्छ । उनले कवि कलाकारलाई श्रमिक जनताको एक अंग मानेका छन् र कला र सृजनालाई मानवीय श्रमस“ग एकाकार तुल्याउ“दै सामाजिक जनजीवनका जीवन्त वास्तविकताको चित्रणतर्फ जोड दिएका छन् । चीनीया प्रगतिवादी समालोचक कू–मो–जोले क्रान्तिपश्चात कला–साहित्यको नव निर्माणमा देखापरेका समस्याहरूमाथि चर्चा गर्ने क्रममा माओको संयुक्त मोर्चा सम्बन्धी नीतिलाई प्रस्ट पार्दै विभिन्न विचारधारा भएका लेखकहरूका बीचमा संयुक्त मोर्चाको आवश्यकता बारे प्रकाश पार्दै गैर प्रगतिवादीहरूका साहित्यिक चिन्तनको समेत कदर गर्नुपर्ने चाउ (चाउ एन लाए, १९९० ः ३४)३२ स्थितिलाई विश्लेषण गरेका छन् । कवि, कलाकार र जनजीवनका बीचको सम्बन्ध रचनात्मक निर्माणको मूल श्रोतका रूपमा यथार्थ चित्रण मा कवि कलाकारको प्रतिवद्धता,जनसङ्घर्षको सैद्धान्तिक पक्ष र प्रगतिशील साहित्यको सैद्धान्तिक पक्षका बीचको अन्योन्य सम्बन्ध, कला–साहित्यमा गरिने परम्परागत चित्रण, यथार्थवादी धारणा र वर्तमानको यथार्थवादी प्रगतिवादी धारणा आदिका बीचमा पाइने अन्तर आदि विषयमा कू–मो–जोका मौलिक दृष्टिकोणहरू (चाउ एन लाए, १९९० ः ३४–५०)३३ पाइन्छ ।
साहित्य चिन्तकका रूपमाभन्दा बढी सर्जकका रूपमा स्थापित लु शुनले कला–साहित्यको स्वरूप तथा उद्देश्यका विषयमा आफ्ना मान्यताहरू अगाडि सारेका छन् । जीवनका यथार्थपक्षका बारेमा जानकारी प्रदान गर्ने सत्यता, सामाजिक प्रगतिका लागि हितकारी हुने शिवत्व र आत्मिक सुख प्रदानगर्ने सुन्दरतालाई लु शुनले कला–साहित्यका आवश्यक तŒव मान्दछन् । कला–साहित्यले घटित तथ्यको मात्र विवरण प्रस्तुत नगरी घट्न सक्ने घटनाको पनि परिकल्पना गरिएको यथार्थको पनि अपेक्षा गर्छ (ल्यू चाए पूm, १९९२ ः१०३)३४ भन्ने लु शुनको स्पष्ट दृष्टिकोण पाइन्छ । साहित्यलाई राष्ट्रिय संस्कृतिको प्रतिबिम्बका रूपमा हेर्ने (लु शुन, २०३४ ः १४)३५ लु शुनले साहित्यकारको चेतनाको श्रोत समाजको वर्ग विभाजन र त्यसबाट कला–साहित्यमा परेको प्रभाव, कला–साहित्य र श्रमिक वर्गका बीचको अन्र्तसम्बन्ध, क्रान्तिकारी युगचेतना र क्रान्तिकारी कला–साहित्य प्रकृति आदि विषयमा आफ्ना मान्यताहरू प्रस्तुत गरेका छन् । नारी स्वतन्त्रताका विषयमा पुरुष बराबरको आर्थिक अधिकारको आवश्यकतालाई टड्कारो देख्ने लु शुनले नारी र पुरुषको सम्बन्धलाई स्पष्ट रूपले परिभाषित गर्दै बुर्जुवा मान्यतालाई खण्डन गरेका छन् ।
समाजवादी यथार्थवादको स्वरूप निर्धारणमा मौलिक मान्यता राख्ने चीनीया सौन्दर्यचिन्तक चाउ याङ– कुनै कृति समाजवादी यथार्थवादको भावनाबाट उत्प्रेरित भएर लेखिएको छ कि छैन भन्ने विषयमा केन्द्रित नभएर समाजवादी दृष्टिकोणबाट क्रान्तिकारी विकासका सापेक्षतामा जीवनलाई चित्रित गरिएको छ कि छैन भन्ने विषयमा ध्यान दिनु पर्ने बताउ“छन् । अन्य विचारकहरूले भनेजस्तो उनको दृष्टिमा समाजवादी वास्तविकताको चित्रण नै समाजवादी यथार्थवादको मूल चरित्र होइन, समाजवादी वास्तविकतामा आधारित भएर गरिने जीवनको गतिशील प्रक्रियाको चित्रण हो (चाउ याङ, १९५४ ः ९५–९७)३६ । याओ वैन युआनले साहित्यिक चिन्तन मूलतः व्यक्ति जीवनका सुन्दर र खराव पक्ष, विषय र अभिव्यक्तिको सम्बन्ध, राजनीति र साहित्यको अन्योन्य सम्बन्धका साथै साहित्यद्वारा राजनैतिक भूमिकाको निर्वाह आदि विषयमा केन्द्रित भएर द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको दृष्टिमा कला–साहित्यका विशिष्ट प्रवृतिको विश्लेषण गरेका छन् ।
उल्लेखित साहित्य चिन्तकहरूका अतिरिक्त चीनको प्रगतिवादी साहित्य चिन्तनको परम्परालाई अगाडि बढाउन माओ तुन ची श्येनलीन, ल्यू आनऊ, फन त्वान ची, उ वनवेई, वाङ मिङ लिङ, हू शिङभ्येन, चओ चिख्यान, ह्वाङ पाओ शङ, श्ये आनतिङ, येन शाओत्वान, शान युन, जिन दिङहान, ह्वाङ छाओ मेई, ल्यू छिङ हो, लिङ ह्वे, भी वनखाए, उ काङ, यू इनह्वान, चिन ई, स्वो ना, चुक्याङ चिन आदि सौन्दर्यचिन्तनक एवं समालोचकहरूकोे महŒवपूर्ण भूमिका देखिन्छ ।

ङ. भारतीय चिन्तन परम्परा
नेपालको आर्थिक, सामाजिक, राजनैतिक, धार्मिक एवं सांस्कृतिक सम्बन्ध छिमेकी भारतसंग प्रत्यक्षरूपमा जोडिदै आएको र नेपालका गरीबहरू रोजगारीका लागि भारत जाने आउने एवं नेपालका विद्यार्थीहरू उच्चशिक्षाका लागि पनि भारततिरैै जानुपर्ने बाध्यात्मक परिस्थितिले भारतको हिन्दी साहित्यको ठूलो प्रभाव नेपालमा परेको पाइन्छ । नेपाल र भारतका बीचमा रहेको विशिष्ट सम्बन्धका कारण प्रगतिवादी साहित्यको प्रभाव भारतमा जुन ढंगले प¥यो त्यसको प्रतिबिम्ब नेपालमा परेको हुनाले भारतीय चिन्तन परम्पराले विशेष अर्थ र महŒव राखेको पाइन्छ । भारतमा प्रगतिवादी साहित्यिक चिन्तन परम्परालाई विकसित तुल्याउन विशिष्ट योगदान दिने र विद्यमान पुराणपन्थी, रीतिवादी, आधुनिकतावादी एवं रूपवादीहरूका धेरै किसिमका जनविरोधी र इतिहासविरोधी दृष्टिकोणका विरुद्ध सङ्घर्ष गर्ने कार्यमा रामचन्द्र शुक्ल, हजारीप्रसाद द्विवेदी र रामविलास शर्मा विशिष्ट श्रेणीमा पर्दछन् । भारतका प्रसिद्ध सर्जकहरू प्रेमचन्द्र, राहुल सांस्कृत्यायन, राघेय राघव र गजाननमाधवहरूले आफ्ना सृजना मार्फत प्रगतिवादी साहित्यिक चिन्तनको परम्परामा मौलिक योगदान दिएका छन् ।
रामविलास शर्मा भारतीय साहित्यिक चिन्तन परम्पराका एक विशिष्ट सौन्दर्यचिन्तक एवं समालोचक हुन् । उनले जीवनमा सौन्दर्यको स्थान कला–साहित्यको विशिष्टता, साहित्यिक चिन्तनको सार्थकता आदि महŒवपूर्ण पक्षहरूमा प्रकाश पार्ने काम आफ्ना कृतिहरूबाट गरेका छन् । ‘साहित्य और लोकजीवन’, ‘परम्पराका मूल्याङ्कन’, ‘आस्था और सौन्दर्य’ जस्ता सुन्दर कृतिहरूमा रामविलास शर्माका साहित्यिक मान्यता र मौलिक चिन्तनहरू सुस्पष्ट पाइन्छ ।
‘हिन्दी साहित्य के असी वर्ष’, ‘प्रगतिवाद’, ‘साहित्यानुशीलन’, ‘प्रगतिवादी साहित्यिक समस्याए“’ जस्ता कृतिहरू मार्फत कला–साहित्यलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले विश्लेषण गर्दै प्रगतिवादी चिन्तन परम्परालाई अगाडि बढाउन शिवदानसिंह चौहानको महŒवपूर्ण योगदान रहेको पाइन्छ । नामवरसिंहको कृति ‘कविता के नये प्रतिमान’ लाई रामविलास शर्माले भाववादी भनेर आलोचना गरेका भएपनि त्यसलाई भाववादी र गैर–प्रगतिवादी नभएको दावी अरूहरूको पाइन्छ । उनले ‘छाया“वाद’ र ‘दूसरी परम्पराकी खोज’ नामक पुस्तकहरूबाट आफ्ना मान्यताहरूलाई अभिव्यक्त गरेका छन् ।
रामचन्द्र शुक्ल र रामविलास शर्मालाई आफ्नो गुरु ठान्ने शिवकुमार मिश्र भारतको प्रगतिवादी साहित्यिक चिन्तन परम्पराका महŒवपूर्ण व्यक्ति हुन । ‘नया“ हिन्दी काब्य’, ‘आधुनिक कविता और युग दृष्टि’, ‘प्रगतिवाद’, ‘माक्र्सवादी साहित्य चिन्तन’, ‘यथार्थवाद’, ‘दर्शन साहित्य और समाज’ जस्ता मौलिक कृतिहरू मार्फत भारतीय प्रगतिवादी चिन्तन परम्परामा माक्र्सवादी साहित्य चिन्तनलाई प्रतिस्थापन गर्न सक्रिय मिश्रले ‘जनताको नया“ साहित्य’, ‘माक्र्सवाद और साहित्य’, जस्ता विदेशी कृतिहरूको सम्पादन र अनुवाद गरी प्रगतिवादमा स्थापित विभिन्न देशका चिन्तनहरूलाई भारतीय चिन्तन परम्परामा सम्प्रेषण गर्ने काम गरेका छन् ।
हिन्दी साहित्यमा माक्र्सवादी चेतना र प्रेमचन्द्रका साहित्यमा वर्गचेतना देखाउ“दै जनेश्वर बर्माले भारतीय चिन्तन परम्परामा महŒवपूर्ण योगदान पु¥याएका छन् । कला–साहित्य, दर्शन, इतिहास विभिन्न क्षेत्र र विषयमा विशद चर्चा र विश्लेषण गर्दै महापण्डित राहुल सांकृत्यायनले भारतको साहित्यिक चिन्तन परम्परालाई समृद्ध तुल्याएका छन् । प्रगतिवादी सौन्दर्य चिन्तन परम्पराको विश्लेषण गर्दैै द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा भारतीय प्रगतिवादी सौन्दर्यचिन्तन परम्पराको विशद् मूल्याङ्कन अमृत रायले गरेका छन् ।
कर्णसिंह चौहान, मैनेजर पाण्डेय, मन्मथनाथ गुप्त, प्रकाशचन्द गुप्त, विश्वम्भरनाथ उपाध्याय, रमेश कुन्तल मेघ, ई.एम.एम. नरदिरिपाद, रोहिताश्व, श्यामसुन्दर मिश्र, क“ुवरपाल सिंह, चञ्चल चौहान, रेखा अवस्थी, सम्पत ठाकुर, नन्दकिशोर नवल, चन्द्रभूषण तिवारी, रामकृपाल पाण्डेय, रणजीत, सुरेन्द्र चौधरी, मुरलिमनोहर सिंह जस्ता प्रगतिवादी साहित्यिक चिन्तकहरूले भारतको प्रगतिवादी साहित्यिक परम्परालाई अगाडि बढाएको पाइन्छ ।

च. अन्य विशिष्ट चिन्तन परम्परा
नेपालको प्रगतिवादी साहित्य चिन्तनको परम्परामा अन्य विभिन्न देशका साहित्यिक परम्पराको समेत प्रभाव देखिएको छ । हंगेरी, अष्ट्रिया, अमेरिका आदि देशहरूमा सापेक्षिकरूपमा माक्र्सवादी सौन्दर्यचिन्तनले प्रारम्भीक अवस्थादेखि नै विकसित हुने अनुकुलता प्राप्त गरेको देखिन्छ । यद्यपी ति देशहरूको वृहत्तर परम्पराका बारेमा चर्चा गर्नु यो लेखको सिमितताका कारण संभव छैन । तैपनि, नेपालको प्रगतिवादी साहित्यिक चिन्तनको परम्परामा बिशेष र विशिष्ट महŒवराख्ने हंगेरीका जर्ज लुकास, अष्ट्रियाका अन्स्र्ट फिशर तथा अमेरिकाका हावर्ड फास्टको संक्षिप्त चर्चा गर्नु अत्यावश्यक महशुस भएको छ ।

अ. जर्ज लुकास
‘युरोपीय यथार्थवादको अध्ययन’, ‘समकालिन यथार्थवादको अर्थ’, ‘टमसम्यानसम्बन्धी निबन्धहरू’ जस्ता गहनतम विश्लेषणात्मक कृतिहरू मार्फत प्रगतिवादको महŒवपूर्ण विश्लेषण प्रस्तुत गरेका जर्ज लुकास पश्चिमी मुलुकका महान सौन्दर्यशास्त्रीका रूपमा चिनिन्छन् । लुकासले समकालीन यथार्थवाद र प्रगतिवादको तुलनात्मक अध्ययन गर्दै प्रगतिवादको यथार्थवादी प्रवृत्तिको विश्लेषण गरेका छन् । गोर्कीले चर्चा गरेको ‘क्रान्तिकारी स्वच्छन्दतावादी प्रवृत्ति’ प्रति असहमति व्यक्त गर्दै लुकासले त्यस प्रवृत्तिलाई आर्थिक व्यक्तिवादको सौन्दर्यशास्त्रीय पर्याय हो भनेका छन् । वस्तुगत जगत र यसको प्रकृति, यथार्थ र कलात्मक सत्यका बीचको सम्बन्ध, यथार्थको कलात्मक प्रतिबिम्बन, कलात्मक गुण र यसको वस्तुगत गुण, आधुनिकतावादी अस्तित्ववादी विचारधारा र यसका वैचारीक असङ्गतिहरू तथा आलोचनात्मक यथार्थवाद र समाजवादी यथार्थवादका बीचको अन्तरसम्बन्ध आदि विषयमा लुकासको चिन्तन परम्परामा मौलिक मान्यताहरू पाइन्छन् (लुकास, २०३१ ः १२५)३७ ।

आ. अन्स्र्ट फिशर
अन्स्र्ट फिशरले माक्र्सवादी दृष्टिकोणबाट कला–साहित्य सम्बन्धी विभिन्न सैद्धान्तिक समस्याहरूको विवेचना गर्दै कला–साहित्यको उद्भव तथा त्यसका उद्देश्यमाथि प्रकाश पारेका छन् । मानवीय श्रम र कला–साहित्यको उद्भव, आदिम भाव र आदिम कला–साहित्यका बीचको सम्बन्ध, पू“जीवादी समाज व्यवस्था र पू“जीवादी कला–साहित्यको चरित्र, कला–साहित्यमा अखण्ड मानवचेतनाको चित्रण, कला–साहित्यमा वस्तु र रूपको व्यवस्थितीगत युगिन परिस्थितिको भूमिका आदि विषयमा फिशरले गहन विवेचना गरेर प्रगतिवादको साहित्यिक चिन्तनलाई स्पष्ट पारेका छन् ।

इ. हावर्ड फास्ट
रचना क्षेत्रका साथसाथै चिन्तनका क्षेत्रमा पनि सक्रिय अमेरिकी साहित्यिक चिन्तकहरूले दोश्रो विश्वयुद्ध पूर्व अमेरिकामा माक्र्सवादी चिन्तन परम्परालाई शसक्त रूपमा अगाडि बढाएको पाइन्छ । अमेरिकाको प्रगतिवादी चिन्तन परम्परालाई अगाडि बढाउन विभिन्न साहित्यिक पत्रपत्रिकाको निकै ठूलो योगदान रहेको देखिन्छ । त्यसरी प्रगतिवादी आदर्शप्रति त्यती प्रतिवद्ध र समर्पित नभएका पत्रपत्रिकाहरूको समेत प्रयोग गरेर कला–साहित्य सम्बन्धि विचारहरूलाई जनसमक्ष ल्याउने विचारकहरूमा प्mलाइन डेल, मैक्स इष्टम्यान, वि.एफ.कावरटेन, फिलिप राव, ग्रेनवाइल हिक्स, न्यूट्रन अर्विन, केमेथ वर्क, एडमण्ड विल्सन, वि. जे. जेरोम, हावर्ड फास्ट आदि रहेका थिए । विचार र चिन्तनका दृष्टिकोणले अन्य विचारकहरूका योगदान उल्लेखनीय हु“दाहु“दै पनि नेपालको प्रगतिवादी साहित्यिक चिन्तनमा हावर्ड फास्टका रचना र विवेचनाको विशेष प्रयोग र प्रभाव रहेकोले उनका विचारहरूमाथि नै यो टिप्पणी केन्द्रीत गरिएको छ ।
‘साहित्य र यथार्थ’ नामक फास्टको कृतिले नेपालको प्रगतिवादी साहित्यिक आन्दोलनमा विशिष्ट स्थान हासिल गरेको छ । यस कृतिमा वस्तु यथार्थ र कलात्मक यथार्थका बीचको द्वन्द्वात्मक प्रकृतिलाई फास्टले स्पष्टसंग औंल्याएका छन् । उनले प्रगतिवादको झै साहित्यिक संश्लेषण नभएको प्रकृतीवादलाई यथार्थबाट पलायन भएको मात्र नभएर चयन र रचनाका क्रममा पाठकमा यथार्थप्रति भ्रम पैदा गर्ने साहित्य सिद्धान्त (फास्ट, १९५५ ः २०)३८ का रूपमा लिएका छन् । अतित तथा भविष्यस“ग यथार्थ चेतनालाई संयोजित तुल्याउने क्रममा द्वन्द्वात्मक दृष्टिकोणका आधारमा समीक्षकले अतितका जीवन्त तत्वको स्वीकार र मरणशील तत्वको अस्वीकार गर्नुपर्छ भन्ने उनको मान्यता पाइन्छ (फास्ट, १९५५ ः २७–२८)३९ । उनले कला–साहित्य र वस्तुगत सत्य, कला–साहित्य र अतित चेतना तथा भविष्यदृष्टि, कला–साहित्य र नैतिकता, वस्तुतत्व र रूपतत्व आदिका बीचको अन्तरसम्बन्ध, स्रष्टाका भाव र पाठकका भावका बीचको सम्प्रेषणीयता आदिका बारेमा मौलिक निष्कर्षहरू प्रस्तुत गर्दै अमेरिकी प्रगतिवादी चिन्तन परम्परामा अद्वितिय चिन्तकका रूपमा स्थापित भएका छन् ।

३. निष्कर्ष
प्रगतिवादका सैद्धान्तिक परम्पराको अध्ययन गर्दा अरु क्षेत्रमा जस्तै कलासाहित्यको क्षेत्रमा माक्र्सवाद एउटा महŒवपूर्ण दृष्टिकोणका रूपमा स्थापित भएको पाइन्छ । माक्र्सवादी द्वन्द्वात्मक–भौतिकवादी दर्शनलाई साहित्यमा निरूपण गर्दै देश, काल र परिस्थिति अनुरूप विश्वका विभिन्न देशहरूमा प्रगतिवादलाई माक्र्सवादको साहित्यिक सिद्धान्तको रूपमा विकसित गरेको देखिन्छ । यही अन्तर्राष्ट्रिय प्रयोग अनुभव र परम्पराद्वारा नेपाली साहित्यिक आन्दोलन प्रभावित बनेको र त्यसको पछिल्लो केडीका रूपमा नेपालमा प्रगतिवादी साहित्यिक चिन्तन परम्पराले प्रवेश पाएको स्थिति छ । नेपालमा प्रगतिवादको प्रारम्भ र विकसकाका बारेमा विस्तृतरूपमा बेग्लै चर्चा गरिने भए पनि यहा“नेर अन्तर्राष्ट्रिय क्षेत्रमा यसप्रकारले विकसित हु“दै आएको प्रगतिवादका सैद्धान्तिक आधार र परम्पराबाटै नेपालको प्रगतिवाद प्रभावित, स्थापित र निर्देशित बन्न पुगेको स्पष्ट हुन्छ ।
प्रगतिवादका सैद्धान्तिक आधार र परम्पराहरूको अध्ययनले कला–साहित्यको व्याख्या विश्लेषण र मूल्यांकन गर्न माक्र्सवादी दृष्टिकोणलाई आधार बनाउनु पर्ने आवश्यकता औल्याएका छन् । प्रगतिवादप्रति चासो राख्नेले माक्र्सवादका मूल प्रस्थापना र कला–साहित्यसम्बन्धी अवधारणाको जानकारी राख्नै पर्ने देखिन्छ । यसरी प्रगतिवादको मूल दर्शनका रूपमा माक्र्सवाद (माक्र्सदेखि माओसम्म विकसित हु“दै आएको माक्र्सवाद) र त्यसका मूल पक्षहरू द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको सही र स्पष्ट समझदारी निर्माण नगरिकन प्रगतिवादी आधारलाई पक्रेर साहित्य सिर्जना गर्न र त्यसको आधारमा साहित्यिक समालोचना तथा विश्लेषण मूल्यांकन गर्न नसकिने स्पष्ट हुन्छ । कला–साहित्यका सन्दर्भमा प्रगतिवादी धारणा र मान्यताहरूलाई मुख्यतः आर्थिक धरातल र कला–साहित्यको सम्बन्ध, कला–साहित्यको उद्देश्य, आवश्यकता, वर्गीय पक्षधरता, इतिहासको मूल्यांकन पद्धति, यौन, प्रेम र नैतिकता अथवा संक्षेपमा यसका आर्थिक, सामाजिक, राजनैतिक र सांस्कृतिक मूल प्रवृत्ति वा आयामहरूसम्बन्धी दृष्टिकोणहरूले प्रष्ट पार्दछन् ।
माक्र्सवादका संस्थापक, माक्र्सवादको स्रोत र संघटक अङ्गहरू, माक्र्सवादको प्रवद्र्धनमा उल्लेख्य भूमिका निर्वाह गरेका घटनाहरू, राजनैतिक व्यक्तित्व, विशिष्ट प्रगतिवादी सौन्दर्यशास्त्री, चिन्तक, समालोचक र प्रतिनिधि स्रष्टा–सर्जकहरूका दृष्टिकोण, मान्यता र अवधारणाहरूको गहन अध्ययनले प्रगतिवादलाई ठम्याउन, त्यसको अन्तरवस्तुलाई पक्रेर उद्देश्यपूर्ण साहित्यिक रचनाको सिर्जना गर्न र विद्यमान साहित्यिक कृतिहरूको वस्तुनिष्ट, आलोचनात्मक र तथ्यपूर्ण अध्ययन विश्लेषण कार्य गर्न सम्भव हुने देखिन्छ । तसर्थ समकालिन प्रगतिवादी नेपाली उपन्यासका पात्र विधानको अध्ययन प्रगतिवादका आधारलाई पक्रेर सम्पन्न गर्न प्रगतिवादका सैद्धान्तिक परम्पराको यस अध्ययनले मार्ग निर्देशन गर्नेछ ।

फूटनोटहरू
१. गौतम, देवीप्रसाद (२०४९) । प्रगतिवाद ः परम्परा र मान्यता । काठमाडौं ः मुना गौतम ।
२. मिश्र, शिवकुमार (१९७३ ई) । माक्र्सवादी साहित्य चिन्तन । भोपाल ः मध्यप्रदेश हिन्दी ग्रन्थ अकादमी ।
३. सुखोव, बोरिस (१९७० ई.) । हिष्ट्री अफ रियलिज्म । मास्को ः पिपुल्स पब्लिकेशन पृ. २३)
४. आफनासेयभ, भिक्टर (२०५४) । दर्शनशास्त्रको प्रारम्भिक ज्ञान । (अनु. राजेन्द्र मास्के) काठमाडौं ः सहभागी प्रकाशन दो.सं. ।
५. बेलिन्स्की र अरुहरू (१९०० ई.) । दर्शन साहित्य और आलोचना । दि.सं. (अनु. नारोत्तम नागर) नया“ दिल्ली ः पीपल्स पब्लिसिङ हाउस ।
६. उही
७. उही
८. माक्र्स–एंगेल्स (२०६३) । साहित्य र कला । (अनु. राजेन्द्र मास्के) काठमाडौं ः विवेक सृजनशील प्रकाशन ।
९. उही ।
१०. उही ।
११. उही ।
१२. उही ।
१३. उही ।
१४. उही ।
१५. उही ।
१६. मैचेल, अलेक्सी (१९६९ ई.) । प्रोबलम्बस अफ मोर्डन एस्थेटिक्स । (सम्मा. एस. मोंज्यागन) मास्को ःप्रोगे्रस पब्लिसर्स ।
१७. भि.आई. लेनिन (१९७४ई.) । संकलित रचनाए“ । भाग १, दो.सं. मास्को ः प्रगति प्रकाशन ।
१८. उही ।
१९. उही ।
२०. भि.आई लेनिन (१९८० ई.) । साहित्य और कला । (सम्पा, रमेश सिन्हा) लखनउ ः इण्डिया पब्लिसर्स ।
२१. उही ।
२२. उही ।
२३. उही ।
२४. उही ।
२५. मिश्र, शिवकुमार (१९७३ ई.) । माक्र्सवादी साहित्य चिन्तन । भोपाल ः मध्यप्रदेश हिन्दी ग्रन्थ अकादमी ।
२६. शोलोखोव र अरुहरू,(१९६६ ई.) । सोभियत लिट्रेचर । भाग ८, मास्को ः प्रोग्रेस पब्लिसर्स ।
२७. फक्स, राल्फ (१९७९ ई.) । उपन्यास और लोकजीवन । तृ.सं.(अनु.नरोत्तम नागर) नईदिल्ली ः पिपुल्स पब्लिसिङ हाउस ।
२८. उही ।
२९. उही ।
३०. रोहिताश्व (१९९१ ई. ) । माक्र्सवादी सौन्दर्यशास्त्रको भूमिका । नया“ दिल्लीः राधाकृष्ण प्रकाशन ।
३१. उही ।
३२. चाउ एन लाए र अरूहरू (१९५० ई.) पिपुल्स न्यू लिट्रेचर । पेकिङ ः कल्चर प्रेस ।
३३. उही ।
३४. पूm, ल्यू चाए (१९९२ ई.) । समिक्षाका सौन्दर्यशास्त्रीय प्रतिमान, कु“वरपाल सिंह (सं.) साहित्य समिक्षा और माक्र्सवाद । दिल्ली ः पीपुल्स लिटरेसी ।
३५. लु शुन, (२०३४) । क्रान्तिकालको साहित्य संकल्प (५÷१५) माघ–चैत्र ।
३६. याङ, चाउ (१९५४ ई.) । चाइनाज् न्यू लिट्रेचर एण्ड आर्ट, पेकिङ ः फरिजन ल्याङवेजेज् प्रेस ।
३७. लुकास, जर्ज (२०३१) । साहित्यिक सिद्धान्त (अनु लीलप्रसाद शर्मा) काठमाडौं ः ने.रा.प्र.प्र. ।
३८. फास्ट, हावर्ड (१९५५ ई.) । लिट्रेचर इन रियालिटि, न्यू दिल्ली ः पिपुल्स पब्लिसिङ हाउस ।
३९. उही ।