Sunday, February 28, 2010

युवाहरुको क्रान्तिकारी दायित्व

युवा कम्युनिस्ट, अंक २, फाल्गुन २०६६
पेज नं. ३४
प्रेम सुवेदी
समाजमा सबैभन्दा गतिशिल र चलायमान शक्ति युवाहरु हुन, र उनीहरु चेतना, साहस र विचारले अन्य समुदाय भन्दा अगाडि हुन्छन् र छन् । समाजमा सदैव युवाहरु अग्रपंक्तिमा रहन्छन र परिवर्तनलाई निर्णायक वनाउदछन् । मानव समाजको विकासक्रमलाई हेर्दा त्यो कुरा राम्ररी पुष्टि हुन्छ । राजनैतिक परिवर्तन वा अन्य कुनै पनि नया“ कुराको खोजी कार्यलाई हे¥यौ भने त्यो गुण युवाशक्तिमा नै पाइन्छ । जस्तो आज विज्ञानले गरेको विकासलाई हर्ने हो भने युवापक्तिले नै त्यो कार्य सम्पादन गरेको देखिन्छ । वैज्ञानिक, दार्शनिकको ठुलो पक्तिलाई हे¥यौं भने त्यसमा युवाहरु नै अगाडि छन् । निश्चित रुपमा युवा अवस्था समयको एउटा कालखण्ड मात्रै हो । तर त्यो काल नै मानिसको मापन गर्ने बलियो आधार बन्दछ । त्यसैेले होला क.माओत्सेतुड्डले भन्नु भएको छ “हे युवा हो यो संसार तिमीहरुको हो, हाम्रो पनि हो र अन्तत तिमीहरु कै हो ।” माओको यो छोटो भनाईले नै प्रस्ट गर्दछ कि युवाहरुको वास्तविक शक्ति के हो भन्ने कुरा । संसारको कुनै पनि परिवर्तनमा निर्णायक भूमिका युवाहरु कै रहन्छ र त्यसैले युवाहरुको चेतना, साहस र विचारलाई समाजको अग्रगामी परिवर्तनको पक्षमा लगाउने दिशामा यथेष्ठ ध्यान दिनु पर्दछ ।
सामान्यतः युवाहरु यथास्थिति विरुद्ध उभिन्छन र रुढीवादको विरुद्ध विद्रोह गर्दछन् । यो विशेषता आम युवा पक्तिमा पाइने गर्दछ । तर त्यो विद्रोह वा संघर्षलाई सही दृष्टिकोणका आधारमा विकास गर्न नसक्दा त्यसबाट उत्पन्न हुने परिस्थिति र परिणाम त्यति सहज र स्वाभाविक हु“दैन । यो कुरा पनि सत्य हो कि समाजमा चल्ने संघर्षलाई जब वैचारिक नेतृत्व हु“दैन त्यसले स्वतस्फूर्तरुप लिंदा अराजकता र अन्यौलता पनि बढाउने गर्दछ र कैयौ पटक युवाहरुको विद्रोहरु त्यो प्रकारको अन्यौलताको शिकार भएका पनि छन् । जे होस् समाजको रुपान्तरणमा युवाहरुले निर्णायक भूमिका खेल्दछन् र प्रायः त्यो अग्रगमनको पक्षमा हुने गर्दछ । यति वेला युवाहरुको भूमिकाको चर्चा गर्दा मुख्यत क्रान्तिकारी आन्दोलनलाई केन्द्रमा राखेर उनीहरुको भूमिका र दायित्व, विद्यमान असमानता, विभेद र भेदभावपूर्ण समाजका विरुद्धको संघर्षमा खोजिनु पर्दछ र, दायित्वलाई केन्द्रमा राखेर मात्र क्रान्तिकारी आन्दोलनको सेवा हुन सक्दछ । बैचारिक मूल्य मान्यतालाई केन्द्रमा राखेर गरिने संघर्षले मात्र विद्यमान समाजको शोषणमूलक चरित्रलाई बुझ्न र त्यसलाई परिवर्तन गर्ने क्षमता राख्दछ । युवाहरुको सामन्य विशेषता भनेको परम्परा तथा रुढीवादी चिन्तनका विरुद्ध प्रकट हुने गर्दछ, तर त्यतिले मात्र आजको क्रान्तिकारी आन्दोलनको कर्तव्य पुरा हुन सक्दैन । क्रान्तिकारी विचारको निर्माण मुख्यत बैज्ञानिक विश्व दृष्टिकोणले मात्र पुरा गर्न सक्दछ । युवाहरुले आफुलाई त्यो उचाईमा विकास गर्ने तर्फ मुख्य ध्यान दिनुपर्दछ । आजको बैज्ञानिक विश्व दृष्टिकोण भनेको माक्र्सवाद–लेनिनवाद–माओत्सेतुड्ड विचारधाराको गहिरो अध्ययन र त्यसलाई व्यवहारमा प्रयोग गर्नु नै हो । जबसम्म माक्र्सवादी विश्व दृष्टिकोणलाई आत्मसाथ गरिदैन तबसम्म समाजको वास्तविकता बुझन सकिदैन । त्यसकारण युवाहरुको आन्दोलनलाई सही दिशा दिन र समाजको आमुल परिवर्तनको नेतृत्व गर्नका लागि विश्वदृष्टिकोण स्पष्ट हुनु पर्दछ । निश्चत रुपमा विचारमा स्पस्टता भएन भने त्यसले समग्र आन्दोलनलाई नै क्षतविक्षत बनाउने गर्दछ । सामान्य व्यक्तिको इच्छा, समाजको विकासप्रति सकारात्मक हुने गर्दछ तर त्यो सोचाईले मात्र समाजको परिवर्तनको आवश्यकतालाई पुरा गर्न सक्दैन । समाजको आमुल परिवर्तन भनेको मुख्यत उत्पादन सम्बन्ध र वितरण प्रणालीसंग अन्तरसम्बधित हुन्छ । समाजको विभेद र असमानता भनेको सामुहिक प्रकारको उत्पादनप्रणाली र व्यक्तिगत प्रकृतिको वितरण प्रणालीमा अन्तर्निहित छ । यस प्रकारको असमानताका विरुद्ध जवसम्म निर्णायक प्रकारको संघर्ष हु“दैन तबसम्म समाजमा वर्ग संघर्ष चलिरहन्छ र क्रान्तिकारीहरुले त्यो निर्णयक संघर्षको पक्षमा आफुलाई उभ्याउदै न्याय र समानताको पक्षमा खडा हुनुपर्दछ ।
आज समाजमा युवाहरुकोे भूमिका उनीहरुको नेतृत्वको प्रश्नस“ग जोडेर उठ्ने गरेको छ, र त्यो निश्चित रुपमा स्वाभाविक पनि छ । तर त्यो कुरालाई मात्र युवाको नेतृत्वसंग जोडेर हेरियो र अन्य पक्षहरु, सैद्धान्तिक राजनैतिक र उत्पीडित वर्गको हितसंग जोडिएन भने त्यसले समाजको अग्रगामी परिवर्तनको पक्षपोषण गर्न सक्दैन । युवाहरुको भूमिकाको खोजी गर्दा त्योस“ग जोडिएको विचारधारात्मक प्रश्नलाई कम अ“ाक्न मिल्दैन । विचारधारात्मक प्रश्नलाई उपेक्षा गर्दा त्यसबाट उत्पन्न हुने परिस्थितिप्रति पनि गंभिर हुनुपर्दछ । आजको आवश्यकता भनेको युवाहरुले वैचारिक, राजनैतिक रुपमा समाजलाई नेतृत्व गर्न, विद्यमान चुनौतिलाई परास्त गर्दै न्याय र समानताको पक्षमा आफुलाई खरो गरी उतार्नु पर्दछ । यो कुरालाई सामन्य अर्थमा भन्दा पनि त्योस“ग जोडिएको दृष्ट्रिकोणको कसीमा राम्ररी परिक्षण गरेर मात्रै त्यो दायित्व पुरा हुन सक्नेछ । यसको अर्थ यो होइन कि समाजका अन्य समुदायले त्यो परिक्षण गर्नु पर्दैन । निश्चित रुपमा क्रान्तिकारी आन्दोलन निरन्तर चल्ने प्रकृया हो र त्यो प्रकृयामा जसले विचारधारात्मक रुपमा नेतृत्व गर्दछ त्यो नै वास्तवमा क्रान्तिकारी आन्दोलनको नेता बन्न सक्दछ । अहिलेको आवश्यकता भनेकै युवासमुदायले आजको विश्वको आधारभूत चरित्र र देशको अन्तरविरोधलाई ठीक ढंगले बुझ्दै त्यसको समाधान गर्ने उद्देश्य सहित अगाडि बढ्नु पर्दछ । युवाहरुको आम विशेषता विद्रोही, लडाकू र मूलतः क्रान्तिकारी प्रकृतिको हुन्छ, त्यो आम प्रवृतिका साथै त्यसमा देखिने नकारात्मक प्रकारका सोचाई र दृष्टिकोणप्रति पनि स्पस्टताको खा“चो जरुरी छ । युवाहरुको भूमिकाको चर्चा गर्दा खाली त्यसको सकारात्मक पक्षलाई देख्ने र त्यसको गलत प्रवृति र भूमिकाप्रति नजरअन्दाज गर्ने सोचाई पनि पाइन्छ, त्यो वास्तवमा सही होइन । युवाहरुमा पाइने जोस, जागर र विद्रोही स्वाभावलाई जवसम्म क्रान्तिकारी विचारले लैस गरिदैन, त्यसले समाजमा सकारात्मक र अग्रगामी भूमिका खेल्न सक्दैन । युवाहरुको जोस, हिम्मत र प्रतिभालाई समाजको अग्रगामी परिवर्तनसंग जोड्नु नै आन्दोलनप्रति सही दृष्टिकोण हो र हुन्छ । त्यो मान्यतालाई स्थापित गर्ने भनेको समाजका विकृृती, विसंगति र शोषणका विरुद्ध संघर्ष गर्नु हो । शोषणका विरुद्धको संघर्षलाई नेतृत्व गर्नु भनेको माक्र्सवादी मूल्य मान्यता र दृष्टिकोणले आफुलाई लैस गर्दै ठोस परिस्थितिको ठोस विश्लेषण गरेर नै त्यो कार्यलाई पूरा गर्र्न सकिन्छ र गर्नुपर्दछ ।
युवा कम्युनिष्टहरुका बारेमा चर्चा गर्दै लेनिन मिखाइल इवनोविच भन्दछन “क्रान्तिकारी युवा पीडिलाई शिक्षित गर्नुको मुल उद्देश्य पहिले उनीहरुमा नागरिक साहसको भावना जगाउनु, उनीहरुलाई त्यस्ता राजनैतिक योद्धाहरु बनाउनु हुन्छ, जो सर्वहारावर्ग र श्रमजिवी जनताप्रति आत्मैदेखि वफादार होउन । त्यसको अर्थ के हुन्छ भने उनीहरुभित्र पू“जीवादी व्यवस्थाप्रति घृणाको त्यस्तो भावना जगाईदिनु पर्दछ, जसबाट उसले आवश्यक हुने वित्तिकै कुनै पनि बेला त्यसका विरुद्ध आत्मवलिदान गर्न तयार बनुन् ।” क्रान्तिकारी युवाहरुको मुल उद्देश्य नागरिक साहसको भावना जगाउनुका साथै सर्वहारा श्रमजीविवर्गप्रति बफादार हु“दै पू“जीवादी व्यवस्थाप्रति संघर्ष गर्न तयार हुनु हो । युवाहरुले क्रान्तिकारी विचार दृष्टिकोणले सुसंजित भएर मात्रै त्यो कार्यलाई सम्पादन गर्न सक्ने छन् र युवाहरुका आफ्नो भूमिका र दायित्व त्यतिवेला मात्र पुरा हुनेछ, जति बेला उनीहरु माक्र्सवादी–लेनिनवादी सिद्धान्तका अतिरिक्त अन्य विषयमा समेत आफुलाई निपूर्ण बनाएर आफ्नो कौशलता, क्षमता प्रर्दशन गर्दै उत्पीडनका विरुद्ध निर्णायक संघर्ष गर्नेछन् । युवाहरुले त्यो दायित्व पुरा गर्नका लागि आफ्ना व्यक्तिगत आकांक्षा र लाभभन्दा माथी उठेर मात्र संभव हुनेछ । क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्न मूख्यत विचारका साथ साथै त्याग, बलिदान, साहस र निरन्तरता अनिवार्य हुन्छ । धेरै मानिसहरुमा क्षणिक क्रान्तिकारी जोस् र जागर देखिन्छ तर विडम्वना त्यसको निरन्तरताको अभावले त्यस प्रकारको साहस कैयौं पटक निरर्थक बन्ने गरेका उदाहरणहरु समाजमा थुप्रै छन् । क्रान्तिकारी विचारधारको पक्षमा आफुलाई उभ्याउनु भनेको मुख्यत व्यक्तिका नीजि स्वार्थ र लाभलाई तिलाञ्जली दिनु हो । त्यस प्रकारको त्याग गर्न र क्रान्तिकारी विचारको पक्षमा जीवनभर आफुलाई खडा गर्नु त्यति सहज र सरल छैन । त्यही जटिल र कष्टकर कार्यलाई जसले आत्मसाथ गर्न सक्दछ त्यसले मात्र क्रान्तिकारी आन्दोलनको पक्ष्ँमा आफूलाई खडा गर्न सक्दछ । आजको युवा आन्दोलनको सन्दर्भमा चर्चा गर्दा त्यो विषयमा गंभिर छलफल हुन आवश्यक छ ।
अहिले युवा आन्दोलनको चर्चा मुख्यत तत्कालिक लाभहानीका आधारमा हेर्ने र त्यसैमा सीमित गर्ने प्रवृति देखिन्छ । यो वास्तवमा क्रान्तिकारी मूल्य मान्यतासंग मेलखाने कुरा होइन । समाजको आमूलपरिवर्तन गर्ने कुरा भनेको स्वयंं आफ्ना गलत विचार दृष्ट्रिकोणका विरुद्धको संघर्ष पनि हो भन्ने कुरामा स्पस्ट हुन जरुरी छ । भावनाका आधारमा कसैले गर्ने संघर्षको उद्घोष वा विद्रोहलाई क्रान्तिकारी विचार मान्न सकिदैन, वर्ग संघर्षका जटिल र कठिन मोडहरुबाट गुज्रीदै उत्पीडित वर्गप्रतिको निष्ठा,, त्याग र बलिदानले मात्रै त्यो कुरा फैसला गर्दछ । आज युवा आन्दोलनस“ग जोडिएको एउटा गंभिर प्रश्न बैचारिक स्पस्टताको नै हो । तात्कालिक युवाहरुका आवश्यकताको आधारमा संगठित हुने र संघर्षमा सामेल हने कुरालाई मात्र आधार बनाउनु भन्दा त्यो संघर्षलाई श्रमजीविवर्गको मुक्ति आन्दोलनसंग जोड्ने विषयलाई मुख्य ध्यान दिनु पर्दछ र, त्यसले मात्र क्रान्तिकारी आन्दोलनको मापन गर्न सकिने छ । नेपालको क्रान्तिकारी आन्दोलनमा युवाहरुले कैयौ ठुला ठुला संघर्ष गर्दै आएका छन् र उनीहरुको महत्वपूर्ण स्थान रहने गरेको छ । तर ती संघर्षमा देखिने उतारचढावले समग्र आन्दोलनमा पु¥याएको क्षति र नकारात्मक प्रभावको पनि लेखाजोखा गर्नु पर्दछ । यसो भन्नुको तात्पर्य यो कदापी होइन कि उनीहरुले गरेको संघर्षको औचित्य छैन र त्यसको अवमुल्यन गर्नुपर्दछ । निश्चित रुपमा युवा समुदायले समाज परिवर्तनको आन्दोलनमा खेल्दै आएको भूमिका निर्णायक रह“दै आएको छ र भविष्य उनीहरुकै हातमा छ । मात्र कुरा यति हो कि त्यस प्रकारको संघर्षलाई समाजमा कायम रहेको विद्यमान असमानता भेद्भाव र उत्पीडनका विरुद्ध न्याय समानता र स्वतन्त्रताको लागि चल्ने दिर्घकालिन संघर्षस“ग त्यो आन्दोलन अनिवार्य रुपमा जोडिनु पर्दछ र त्यसले मात्र क्रान्तिकारी दायित्व र कर्तव्य पुरा हुनेछ ।

No comments:

Post a Comment