Sunday, February 28, 2010

नेपालको शिक्षा र युवाको अवस्था

युवा कम्युनिस्ट, अंक २, फाल्गुन २०६६
पेज नं. ३३
आर. बि.भण्डारी
पोलिटव्युरो, नेकपा (एकीकृत)
हाम्रो देशको शिक्षाको इतिहासलाई फर्केर हेर्दा त्यति धेरै लामो विकास क्रमरहेको पाईदैन । अध्ययनको दृष्टिकोणबाट यसलाई २००७ सालभन्दा अगाडिको काल, २०२८ सालसम्मको काल र तत्पश्चात हालसम्मलाई तीन खण्डमा राखेर हेर्ने हो भने छिटो र सरल हुने मान्दछु ।
नेपालमा जनस्तरमा विद्यालयको रुपलिएर पढाई भएको बि.सं. १९ शौं शताब्दिको मध्यतिरबाट भएको र त्यसबेलासम्म प्रमुख रुपमा गुरुकुल शिक्षा नै प्रचलनमा रहेको पाईन्छ । २००७ सम्म अत्यन्त न्युन विद्यालयहरु रहेका थिए भने जनस्तरमा शिक्षाको चेतना पनि कमै रहेको देखिन्छ । देशमा राणा शासनको अन्त भएपछि विद्यालय खुल्ने क्रमले व्यापकता पाएको देखिन्छ तर २०११ सालदेखि राष्ट्रिय शिक्षा आयोग विभिन्न नाम र समयमा बन्दै गएता पनि त्यसले सुझाब मात्रै दियो । त्यस सुझाब अनुरुपको शिक्षा पाठ्यक्रम तथा भौतिक प्रबन्ध बन्न सकेको पाईदैन । राजा महेन्द्रबाट २०२८ मा राष्ट्रिय शिक्षा पद्दति योजना (०२८–०३३) लागू गरेर देशभरका शिक्षालाई एउटै पाठ्यक्रम, निरीक्षणविधि, पाठ्यपुस्तकको प्रबन्ध, शिक्षकका स्तर निर्धारणका साथै उसले पाउने सुबिधा समेतको निश्चितता प्रधान गरि अघि बढाउने कार्य भएको पाईन्छ । तत्पश्चात गएको अवधिमा मुख्यत शिक्षाको क्षेत्रमा (२०३५÷३६, २०४५÷४६ तथा २०६२÷०६३ को आन्दोलनपछि) अघिल्ला नीति नियमको बोलिमा सामान्यत केहि अन्तर आएको पाईन्छ । यस अवधिमा पढेलेखेको जनसंख्या बढेको पाईन्छ तर उनीहरुमा प्राविधिक ज्ञान र देश भक्तिपूर्ण भावनाको विकास गर्न भने सफल पाईदैन । यसका कारणलाई तल छोटकरीमा चर्चा गर्ने प्रयत्न गरिन्छ ।
शिक्षा भनेको राज्य संचालनभित्रको एउटा प्रमुख अंंग हो र त्यसमा जस्तो प्रकारको सोचले राज्य चलाउने नीयति राखेका हुन्छन् त्यसै अनूरुपको शासन चलि आउने गरेको कुरामा शंका गर्ने ठाउ“ छैन । २०६२÷६३ भन्दा अघिको शिक्षण विधि दासतायुक्त र बैदेशिक कामदार बन्ने र बनाउने कुरामा सक्षम हुने जनशक्ति उत्पादन गर्ने पक्षमा जोड दिएको पाईन्छ र त्यसैलाई भरथेक गर्नका निम्ति नीजि र व्यापारीकरणयुक्त शिक्षालय संचालन गर्दै सरकार आफ्नो दायित्वबाट क्रमश पन्छिदै जाने र पैसा हूनेले पढेर ठुलो बन्ने र आर्थिक रुपमा कमजोरहरु सुबिधाबाट बन्चित हुदैजाने काममा तिब्रता आएको छ । मैले अगाडि नै भनिसकेको छु कि जस्तो प्रकारको सरकार हुन्छ शिक्षाले त्यस्तै प्रकारको जनशक्ति निमार्ण गर्ने भुमिका खेल्छ । हाम्रो देशमा हालसम्म पनि सामन्ति तथा दलाल मनोवृत्ति भएका शक्तिहरुको राज्यसत्ता भएकोले उसले उत्पादन गर्ने नागरिक पनि सोही सोचलाई भरथेक गर्ने गरि काम भैरहेको पाईन्छ । हाल केही शाब्दिक सुधारका कुराहरु पछिल्लो अवधिमा उल्लेख भएको पाइन्छ ।
अब प्रश्न उठछ पढेलेखेका युवा समुदायको अवस्था कस्तो छ ? यस्तो किन छ ? भन्ने कुरा गरौ । मैले माथि नै चर्चा गरिसके कि जस्तो प्रकारको राज्यसंंचालन सोच छ सोहि अनुसारको नागरिक बनाउने शिक्षा प्रदान गरिन्छ । उदाहरण हेरौ, राणाकालमा साधारण साक्षर र उनको ताबेदारी गर्ने प्रकारको शिक्षा नीति थियो भने राजतन्त्रको बेला राजपरिवार र उनका गुनगान गर्ने प्रकारको शिक्षा प्रचलनमा रहेका थिए । देशमा राजतन्त्र समाप्त भएको छ तर आजको अवस्थासम्म पनि पुरानो संरचनामा खासै कुनै प्रकारको परिवर्तन नआएकोले नागरिक उत्पादनको अवस्था उस्तै रहेको पाइन्छ । नेपाली युवा, खासगरि जुन जनशक्ति भविस्य निर्माणको आधार हो र उसैले नै देशको चौतर्पिm विकास गर्न सक्छ, उ सधै अन्यौल र बैदेशिक कामदारको रुपमा प्रशिक्षित भइरहेको छ । अतः अब हाम्रो देशका युवाहरुबाट मध्यम र उच्च स्तरीय जनशक्ति निर्माण गरी देश र जनताप्रति जिम्मेवार शक्तिको रुपमा विकास र प्रवद्र्धन गर्नुको सट्टा यहि प्रकारको घिसेपिटे पद्दतिलाई नै निरन्तरता दिदै भरसक सबै युवा विदेश पठाउने काममा तल्लीन बनाउने शिक्षामा जोड दिदै बढी भन्दा बढी कसरी युवाहरुलाई बाहिर पठाउन सकिएला भनेर बिभिन्न देशमा कुरा गरी सधै अर्काको देशमा अर्धदक्ष रुपमा कामदार पठाएर थोरै मात्र आउने रेमिट्यान्सले शासन चलाउने सपना देखिरहेको पाईन्छ । तर मुलुक चलाउने सरकारको सोच त सबै नागरिक मध्ये पनि पढेलेखेका युवासमुदायलाई मध्यम र उच्चस्तरीय जनशक्ति बनाएर श्रमप्रति सम्मान गर्ने र के कसरी राष्ट्रिय उत्पादनमा संलग्न हुन सकिन्छ भन्ने भावनाको विकास र दक्षताको निर्माण गराउदै आफ्नै देशमै बस्ने र सक्रिय बन्ने उत्प्रेरणा र वातावरणको श्रृजना गराई काममा लगाउने, राज्य वा सरकारले आफ्नै देशमा उद्योगधन्धाहरुलाई ठाउ“ र आवश्यकताको प्राथमिकतामा बढी भन्दा बढी नागरिक संलग्न हुने गरी काममा लगाउने वातावरण श्रृजना गर्नु प्रथम कर्तव्यभित्र पर्दछ । जुन सरकार आफुलाई जनपक्षिय भन्दछ, त्यसैले आफ्ना युवाजनशक्ति के कस्तो गर्दा विदेशिने कामबाट रोकिन्छन् र ति जनशक्तिलाई बढी भन्दा बढी उत्पादन कार्यमा संलग्न भै आत्मसम्मानका साथ बा“च्न सक्ने परिस्थिति बन्दछ सोहि अनुरुप प्रबन्ध मिलाईनु पर्दछ । आजसम्म त्यस्तो सोचको विकास नहुनुमा निम्न कुराहरु मूख्य बाधकका रुपमा रहेको देखिन्छ ।
१) शिक्षा दासत्वमुक्तिको भावनामा कमि,
२) प्राविधिक शिक्षामा जोड नहुनु,
३) दक्ष जनशक्ति पलायन हुने अवस्थालाई रोक्ने योजना नहुनु,
४) कामगर्ने उचित वातावरण नहुदा कामगर्दा गौरव महशुस नहुनु,
५) देश र जनताप्रति भन्दा व्यक्तिगत स्वार्थ प्रमुख ठान्नु,
६) नीति निमार्णमा उनीहरुको सक्रिय संलग्नताको कमी रहनु,
७ं) यो देशको समृद्धि मेरो पनि समृद्धि हो भन्ने भावदिन नसक्नु,
८) शिक्षाको बहुस्तर निमार्ण पद्दतिले गर्दा धेरैमा हिनताबोध पलाउनु,
९) देशले युवा स्वरोजगारको नारा दिएर पनि ठिकढंगले त्यसलाई कार्यान्वयनमा लैजानु नसक्नु,
१०) खोज र अनुसन्धानका आधारमा कहा“ के गर्ने भन्ने ठोस योजनाकासाथ प्राथमिकता दिई काममा नलगाउनू आदि छन् ।
यी कुरा बाहेक लामो समयदेखि विदेशमा गएर काम गरी एउटाले कमाएर ल्याएपछि घरमा हुने परिवारले कामको खासै वास्ता नगरि ऋणधन गरेर खाने र सानोतिनो आर्जनतिर लाग्नुभन्दा पनि युवा जमात तास, जुवा, जा“ड, रक्सी, अबैध नशालु बस्तु प्रयोग गर्ने लतमा लागेर समाजलाई अझै भयावह अवस्थामा पु¥याई रहेको यो बिकराल अवस्थामा राज्य र स्वयम् युवासमुदायले आजको यो बिग्रदो अवस्थाबाट कसरी बचेर अगाडि बढ्न सकिन्छ भनेर सोच बनाउन जरुरी छ । त्यसैले नया“ तथा सम्मुनत नेपाल निर्माणको लागि युवासमुदाय माथि उल्लेखित असहज परिवेशबाट माथि उठ्न र नेपालको परिवर्तनको बाटोलाई नया“ दिशा दिन कम्मर कसेर जिम्मेवारी बोधका साथ अघि बढ्नुको विकल्प छैन ।

No comments:

Post a Comment