Monday, March 1, 2010

युवाहरु हो, राजनीति तिर ध्यान देउ

युवा कम्युनिस्ट, अंक १, वर्ष ३, असोज २०६६
पेज नं. ४८
डाचाराज वाग्ले
के.स. नेकपा (एकीकृत)
Justify Full१. ४० प्रतिशत भन्दा बढी नेपाली जनता निरपेक्ष गरिबीको रेखामुनी रहेको (सरकारी आकडा ३० प्रतिशत भन्दा बढी भन्ने रहेको छ, तर झुट र आधारहिन छ, सिंगो पश्चिमी पहाडी जिल्ला लगायतका अरु पहाडी जिल्लामा अहिले देखिनै व्याप्त भोकमरीले सरकारी आकडालाइ गिज्याइदिएको छ) हाम्रो देशमा युवा जमातको त्यतिनै प्रतिशत निरपेक्ष गरिबीको रेखामुनी स्वत हुने भए । अब सामान्य गरीब तथा मेहनत मजदुरी, कुटोकोदालो गदै दुःख जेलो गर्दै कष्टस“ग छाक टार्दै जेनतेन आप्mनो जीविका धानिरहेका मेहनतकश गरिखाने जनताको ठूलो हिस्सा समेत गर्दा लगभग ८०–८५ प्रतिशत आम मान्छेहरूले अत्यन्त कष्टकर जीवन बिताइरहेका छन् । यसो हुदा त्यही अनुपातमा कर्मठ नेपाली नवजवानहरूले पनि स्वतः त्यस्तैखाले जीवन बा“चेका छन् । यसको सोझो अर्थ यो हुन्छ कि जम्मा १५–२० प्रतिशत युवा जमात मात्र खातापिता सम्पन्न छन् । त्यो यस कारणले गर्दा छ कि, वर्तमान दलाल तथा नोकरशाही पूजीपति वर्गको राज्यसत्ताले बसिखाने वर्गका मान्छेहरू र त्यस्तै युवाहरूको हित र स्वार्थका प्रतिनीधित्व र रक्षा गर्दछ । यसको सोझो अर्थ के हुन्छ भने बहुसंख्यक गरिखाने मेहनतकश जनता र त्यससग सम्बन्धित युवाहरूको हित र स्वार्थको प्रतिनिधीत्व र रक्षा अहिलेको प्रतिक्रियावादी राज्यसत्ताले गर्दैन र उनीहरू यो सत्ताबाट अपहेलित प्रताडीत र पीडित छन् । आम नेपाली नवजवानहरूको बेरोजगारी र कंगालीको जरो कारण यही हो । त्यसै भएर यो व्यवस्था गरिखाने आम नेपाली जनता तथा त्यससग सम्बन्धित विशाल संख्याका युवाहरूको विरुद्धमा छ । यहि भएर यो शासन–सत्ता अन्यायपूर्ण छ । मुख्य रुपमा यहि कारणले यो पू“जीवादी, सामन्ती व्यवस्थालाई Ïयाकेर गरिखाने वर्गको नया“ जनवादी राज्यव्यवस्था स्थापना गर्ने काम हाम्रो केन्द्रीत विषय बन्न गएको छ । यस प्रकारको नया“ जनवादी राज्यसत्ताले मात्र सम्पूर्ण गरिखाने देशभक्त जनताको हित र स्वार्थहरूको रक्षा गर्नेछ । यसो भयो भने मात्र आज कंगाल, बेरोजगार, प्रताडित र अपहेलित भएर बा“चेका लाखौलाख बहुसंख्यक युवाहरूको हित र स्वार्थको पनि रक्षा हुनेछ ।
२.यसो भनेर सिधै के भन्न खोजिएको हो भने अव हामीले अहिलेको दलाल्, नोकरशाही, सामन्ती, पूजीपति वर्ग र राम्राज्यवाद तगा विस्तारवादबाट शाषण र शासनमा परेको हाम्रो अर्धसामन्ती र अर्धऔपनिबेशिक समाजलाई परिवर्तन गरेर स्वाधिन, समुन्नत, न्यायपूर्ण र असमानताको मुक्ति, राष्ट्रिय आत्मनिर्भर पू“जीवादी जनवादी समाजमा परिवर्तन गर्नु पर्दछ । के परिवर्तन हुन्छ ? परिवर्तन गर्न सकिन्छ ? सकिन्छ भने त्यो कसरी ? अब हामी यस विषयमा चर्चा गरौ ।
यो संसारमा हरेक बस्तु वा पदार्थ गतिमा छ । भएको–देखिएको कुनै पनि बस्तु त्यहि रुपमा रहिरहन्न । अन्त्यतः सुक्ष्म तरिकाले निरन्तर परिवर्तन भइरहेको हुन्छ । पुरानो अन्ततः मासिन्छ, फेरी त्यसबाट नया पैदा हुन्छ । यो कुरा मानव समाजमा पनि लागू हुन्छ, भएको छ । यसरी समाजको सामजिक संरचना, त्यसको ढा“चा, व्यवस्था वा सत्तामा पनि परिवर्तनको यहि नियम लागू हुन्छ । उत्पादनका साधनमा हुने परिवर्तनले समाजिक व्यवस्थाहरूमा पनि त्यही प्रकारको अनिवार्य परिवर्तन ल्याउ“छ । उत्पादनका साधनमा निम्नबाट उच्च प्रकारको, कमसलबाट असल प्रकारको र सीमितबाट व्यापक प्रकारको परिवर्तन निरन्तर र अनिवार्यरुपमा भइरहेको हुन्छ, र यो भइरहने छ । त्यासो हुदा हाम्रो समाजिक व्यवस्था पनि त्यहिरूपमा परिवर्तन भइरहेको छ र भइरहेने छ । कुनै पनि युग त्यस अन्तटरगत निर्मित सत्ता र संरचना त्यहि कारणले कसैले स्थायी बनाइराख्न पनि सक्दैन र हु“दा पनि हुदैन । कमारो युग लाखौलाख कमाराहरूलाई मालिकहरूले मार्दा पनि टिक्न सकेन । सामन्तवाद आयो, त्यो सामन्तवाद कमारो युगभन्दा राम्रो थियो । समाजमा सामन्तवादी युग पनि अड्न सकेन । राजा–महाराजा, भाइभारदार, पुरोहित पादरी, सेना पुलीसका हाकिम आदिले लाखौंलाख मान्छेहरूलाई मार्दा पनि सामन्तवाद संसारमा टिक्न सकेन । पू“जीवाद आयो । सामन्तवादी व्यवस्थाको तुलनामा प“ूजीवादी व्यवस्था प्रगतिशिल व्यवस्था हो । हाम्रो देशमा पनि जति मान्छे मार्दा पनि, दमन गर्दा पनि सामन्तवादको नायके राजतन्त्र टिक्न सकेन, लखेटिनु प¥यो । (२००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएर राजतन्त्र Ïयाक्नु पर्छ, २००७ सालको दिल्ली सम्झौता धोका हो भनेर थोरै संख्यामा रहेका नवजवान कम्युनिस्टहरूले भन्दा त्यतिखेर सामान्य न्युन चेतना भएका मान्छेहरूलाई राजतन्त्र एकदिन Ïयाकिएला भनेर कहा“ विश्वास लागेको थियो र ? †) आज संसार पू“जीवादी बाटोमा धेरै अगाडि गइसक्यो । हाम्रो देश विस्तारै पू“जीवादी व्यवस्थाको बाटोमा जादैछ (यसको चरित्र दलाल तथा नोकरशाही छ ) । जसरी संसारमा यस अगाडि स्थापना भएका सत्ताहरू टिकेनन्, त्यसरी नै अहिले भएको प“ूजीवाद व्यवस्था पनि मासिनु अनिवार्य छ । उत्पादनका मुख्य साधन कलकारखानामा अजंगका मसीन औ“जार, तिनलाई चलाउन आवश्यक पर्ने हजारौहजार मजदुर (जो पहिले कहाकहाछरिएर
रहेका थिए ) लाई पूजीपति वर्गले एकै ठाउ“ भेला बनाइदिएको छ । यो उसको बाध्यता हो । किनभने यसो नगरे ठूलो पैमानामा सामान बन्दैन । ठूलो पैमानामा सामान नबने पू“जीपति वर्गलाई नाफा हुदैन । उसले यसरी एकै ठाउ“मा थुपारी दिएको हजारौहजार मजदुरहरूको सगै सामुहिक रुपमा काम गर्ने, एउटै क्षेत्रमा बस्ने, उस्तैउस्तैखालका जिवन बाच्ने कुराले छरिएर बसेका बखतको म, मेरो भन्ने भावनालाई हामी, हाम्रो भन्ने सामुहिक भावनामा विकास गराउ“छ । यसरी म, मेरोबाट हामी, हाम्रो भन्ने सामुहिकता, सहकारिता र समानताको मजदुर वर्गीय संस्कृतिको जन्म हुनजान्छ । अब एकातिर यस्तो उच्च मानवीय संस्कृति भएको हजारौ संख्याको मजदुर वर्गको फौज अनि अर्कातिर त्यी नै हजारौले कमाई नाफा खाएर म, मेरो भनेर बा“च्ने मालिक (प“जीप्ती) बन्नजान्छ । जब र जुन बखत मजदुर वर्गमा यो चेतना पस्ने छ, तर अनिवार्य पस्नेछ । त्यस बखत प“ूजीपति वर्गको लुटखसोटको स्वर्ग पू“जीवादी व्यवस्था चकनाचुर हुनेछ । (यसरी इतिहासमा मजदुर वर्ग पैदा गरिदिएर प“ूजीपति वर्गले आफ्नो चिहान खनेका छन् ।) त्यसमा अब समाजवादी व्यवस्था स्थापना हुन्छ । समाजवाद पनि जान्छ, साम्यवाद व्यवस्था आउ“छ । त्यो पनि जान्छ र त्यो भन्दा उन्नत व्यवस्था स्थापना हुन्छ । यसरी एकपछि अर्को नया“ नया“ युगहरू आउ“दै जान्छन् र मानव जातिले उन्नति, प्रगति र समृद्धिको एकपछि अर्को उचाई हासिल गदै जन्छ । यसरी यो संंसारमा परिवर्तनको नियम बाहेक अरु कुनै कुरा स्थायी छैन ।
३.यसो भनिसकेपछि हाम्रा युवा साथीहरूमा एउटा प्रश्न उठ्ला, त्यो के हो भने यसरी यदि समाज अनिवार्यरुपमा परिवर्तन हुन्छ भने हामीहरू मरिहत्ते गरेर, दुःखकष्ट सहेर उन्नत व्यवस्थाहरू प्राप्त गर्न किन लाग्ने ? त्यो आफै आओस । वास्तवमा नया“ समाज नया“ व्यवस्था आउ“छ, तर त्यो आफसेआफ आउ“छ भन्यौ भने त्यसले धेरै लामो बाटो काटेर आउ“नु पर्छ । असाध्यै धिमा गतिमा त्यो अगाडि बढ्छ । शोषक वर्गले आफ्ना लुटको स्वर्ग टिकाउ“न नजाने कति लाख–करोड मान्छेहरू मार्नेछन् । त्यो लामो अवधिसम्म हामीले यहि रुपमा शोषण सहि रहनु पर्नेछ । त्यसकारण हामी अब धेरै दिन असमानता सहन्नौ, शोषण सहन्नौ । यसलाई अन्त गर्न चाहन्छौ । पू“जीपति वर्गले आफ्नो सत्ता टिकाउन स्वतस्फुर्त विरोधलाई हिंसाद्वारा अन्त्य गर्छ । त्यसकारण हामी क्षणिक कठिन तर संगठित विद्रोह गर्न चाहन्छौ, ताकि प।रवर्तनको गतिमा तिब्रता आओस । वास्तवमा क्रान्तिकारीहरूले परिवर्तनको गति पैदा गर्ने होइन, गति त भइरहेकै हुन्छ, त्यसलाई तेज पार्ने हो । एउटी धाईको काम गर्ने हो । धाईले बच्चा पैदा गर्ने होईन, बरु बाहिर निस्कन लागेको बच्चालाई सही तरिकाले स–कुशल बाहिर निस्कन मद्दत गर्ने हो । परिवर्तन र कम्युनिस्टको सम्बन्ध पनि जन्मने बच्चा र धाई आमाको सम्बन्ध जस्तै हो । हाम्रा नौजवान साथीहरूले परिवर्तनको यो नियमलाई राम्रोसंग बझ्नु पर्दछ । त्यसलाई आफ्नो कर्ममा ढाल्नु पर्दछ । यसो भन्नुको अर्थ युवाहरू नया व्यवस्थालाई स्वागत गर्न तयार हुने मात्र होइन । त्यो त यसै गर्नु पर्छ । अब त्यो भन्दा बढि नया“ व्यवस्थाको संवाहक बन्नु पर्दछ । क्रान्तिको धाईआमा बन्न कोशिस गर्नु पर्छ ।
४. दश–पन्ध्र प्रतिशत मुठ्ठीभर शोषक वर्गको हातमा राज्यसत्ता भएको हाम्रो मुलुकमा उनीहरूले नै जानीबुझि अहिले फैलिएको स्वाइनÏलु जस्तै विषालु हल्ला फैलाएका छन् । स्कुल कलेजका नौजवान विद्यार्थीहरूले राजनीति नगर, पढ । के पढेको ? किन पढेको ? कसरी पढेको ? त्यो केहि नसोच, नसोध । पढ, वस पढ । गाउ“–शहरका नवजवानहरूले राजनीति नगर । बरु हल्लिएर हिड, ना“चगान गर, जुवातास खेल, दारुपानी खाउ, मारमुंग्री गर, मुन्द्राकुन्डल लगाउ, तर राजनीति नगर । राजनीति गरे मान्छे विग्रिन्छ । किन गरीब भइयो, त्यो नसा“ेच । त्यो त जागिर खाए भइहाल्छ, त्यसका लागि बरु विदेशतिर लाग । अरबका खाडी, भारतका मडवाडी कहा जाउ, तर यहा“ बसेर केहि सोधखोज नगर, त्यसो गरे राजनीति हुन्छ, अनि मान्छे विग्रिन्छ । कति नकचरा छन्, हाम्रा यहा“का प्रतिक्रियावादीहरू । आफु सत्तामा बस्ने, राजनीति गर्ने अनि अरुलाई राजनीति गर्न हुन्न भन्ने । किनकि बहुसंख्यक मान्छेहरूले अन्याय खप्न नसक्ने, नवजवानहरूले राजनीति गरे भने पू“जीपति वर्गको दिन सकिन्छन् । हो, आजसम्म राजनीति पू“जीपतिवर्गले ग¥यो, सत्तामा बसेर भ्रष्टचार ग¥यो, व्यभिचार ग¥यो, अत्याचार ग¥यो, हिंसा–हत्या अनेक ग¥यो । यहि कारणले आम मान्छेलाई लाग्छ, राजनीति गर्नेहरू प“ूजीपतिवर्ग जस्तै लुच्चा हुने गर्दा हुन् । तर होईन, अब क्रान्तिकारी नवजवानहरूले राजनीति गर्नु पर्छ । पू“जीवादी डाकाहरूको लुटाई अन्त्य गर्न । “सत्ता” जसको अगाडि अरु सबै कुरा बकम्फुसे हुन् । अब त्यो प्राप्त गर्न पू“जीपति वर्गले मच्याएको हल्लालाई खारेज गर्नु पर्छ । गरिखाने वर्गको राज्य सत्तासम्म पूग्ने बाटो राजनीतितिर विशेष ध्यान दिनु, लगाउ“नु पर्छ । अब हाम्रा नवजवान साथीहरूले एउटा नारालाई अभियान बनाएर उठाउ“नु पर्छ, “युवाहरूको बाटो कुलत र दुव्र्यशन होईन, चेतना, संगठन र राष्ट्र निर्माण हो ।” यसले आम नवजवानहरूलाई देश र जनताप्रतिको कर्तव्यतिर अभिमुख गर्नेछ र क्रान्ति परिवर्तनप्रति आशावादी, आस्थावान र लगनशिल बनाउ“ने छ ।
५.संसार बदल्ने नियम अर्थात परिवर्तनको नियमलाई आत्मसाथ गरेर त्यसलाई तेज पार्ने र सहि दिशा दिने ठीक दर्शन युवाहरूले ग्रहण गर्न सक्नुपर्छ । त्यो भनेको द्वण्द्वात्मक ऐतिहासिक भौतिकवाद नै हो । आज माक्र्सवाद, लेनिनवाद, माओविचारका रुपमा यो दर्शन हाम्रो सामु छ । यसलाई हामी आजको माक्र्सवाद भन्छौ । हामीले हाम्रो देशमा अब प“ूजीवादी जनवादी क्रान्ति सम्पन्न गर्नु पर्छ । अर्थात नेपालमा माक्र्सवादको विकास गर्नु पर्छ । तर कसरी ? महत्वपूर्ण प्रश्नमा हाम्रा युवा पुस्ताका साथीहरूले सोचविचार गर्न थाल्नु पर्छ । माक्र्सवाद लागू गर्ने बारे लेनिनको एउटा खुबै महत्वपूर्ण भनाई छ । माक्र्सवाद बारे वहा“ भन्नु हुन्छ, “...माक्र्सवाद शास्वत र पवित्र छैन । यसको उल्टो माक्र्सवादले यस विज्ञानको मात्र जग हालेको छ, जसलाई रसियन सामाजिक जनवादीहरू यदि जिवनमा पछि पर्न चाहादैनन् भने सर्वतोमूखी विकास गर्नु जरुरी छ । माक्र्सवादको विकास बेलायतमा एक प्रकारले हुन्छ भने फ्रँन्समा अर्को प्रकारले, फ्रान्समा एकप्रकारले हुन्छ भने जर्मनीमा अर्को प्रकारले, र जर्मनीमा एक प्रकारले हुन्छ भने रुसमा अर्को प्रकारले... ।” अब लेनिनको यो सटिक भनाइलाई हामीले एक पाइला अगाडी बढाएर थपौं । माक्र्सवादको विकास रुसमा एकप्रकारले हुन्छ भने भियतनाममा अर्को प्रकारले र चीनमा एक प्रकारले हुन्छ भने नेपालमा अर्को प्रकारले । अब प्रश्न उठ्छ, नेपालमा अर्को प्रकारले भनेको के हो ? हामी ठोकेर भन्न सक्छौं, त्यो चाही“ नपालीे प्रकारले । कसरी ? यस बारेमा हाम्रा सार नवजवानहरू घोत्लिनु पर्छ ।
अब हाम्रा सबै तहका कामरेहरूलाई विनम्रता पूर्वक भन्न सक्नुपर्छ, रुस–भियतनाममा वा यस्तै विभिन्न ठाउ“का क्रान्तिका विविध घटनाहरूको मात्र कथा हालेर जिविका चलाउ“ने काम अब कृपया बन्द गर्नोस् । हाम्रा आदरणीय अग्रजका विचारहरू रटेर कण्ठस्त पारेर वा बु“दामा टिपोट गरेर सुनाइ मात्र हिडेर पनि अब गुजरा चल्दैन । बरु वहा“हरूले आ–आफ्नो ठाउ“मा कसरी संघर्षलाई शुत्रबद्ध गर्नु भयो, कसरी क्रान्तिका रुपरेखाहरू तयार गर्नुभयो, अर्थात् आज हामी लेनिनलाई पढेर क्रान्तिका धारणाहरू परिकल्पनाहरू गर्छौ । लेनिनले पनि हामीले जस्तै अरु कसैले ग¥या जस्तो क्रान्ति गर्ने भन्या भए के हुन्थ्यो ? यि कुराहरूमाथि विचार गरौं, र नेपाली समाजको ठोस विशिष्टताको आधारमा माक्र्सवादलाई लागू गरौं ।
त्यसो गर्न नेपाली समाज विकासको गति र त्यसको नियमलाई पक्रौं । हाम्रो समाजमा भएका संघर्षका चरित्रलाई अध्ययन गरौं । सत्रौं शताब्दीको अन्त्यदेखि १८ औं शताब्दीको शुरुकालसम्म फिरिङ्गीहरूका विरुद्ध नेपाली जनताले गरेको विरतापूर्ण लडाई, जंगबहादुर कू“वरका विरुद्धको लखन थापाको विद्रोह, १९९६ देखिको प्रजापरिषद् तथा गंगालालहरूको राणा विरोधी अभियान, ००७ सालको मुक्तिसेनाको तत्कालिन सत्ता विरुद्धको शसस्त्रयूद्ध बारे के हामीलाई, नेपालका माक्र्सवादका घ–घडान विद्वानहरूलाई यस बारेमा गहिरो अध्ययन छ ? अध्ययन गर्ने रुची छ ? विराटनगर जुटमिल, त्रिजुद्ध म्याच फ्याक्ट्री खुलेदेखिको नेपाली समाजको चरित्र र आज सयौं बहुराष्ट्रिय कम्पनी, सयौं वित्तीय संस्थाले संजाल फि“जाएको वर्तमान अवस्थाका बीचको अन्तर वा समानता हाम्रो अध्ययनको विषय बन्नु पर्दैन र ? जब नेपालमा पू“जीवादले प्रवेश पायो, त्यसयता देखि खास गरी ००७ सालदेखि यता सुक्ष्म रुपमा फेरिदै गएको नेपाली समाजको चरित्र र त्यसले संघर्षको रुपमा पारेको जबरजस्त प्रभावलाई हाम्रो अध्ययनको विषय बनाउ“नु पर्दैन ?† अब हामीले नेपाली जनताको संघर्षबाट प्राप्त केही सीमित उपलब्धियूक्त संघर्षहरू ०३६, ०४६, ०५२÷५३ तथा असफलतामा टुंगिएका ०२८ को झापाली आन्दोलन, १० वर्षे माओवादी गतिविधीहरूको सांगोपांगो अध्ययन ग¥यौं भने हामीले नेपाली समाज विकासको गति र त्यसको नियम पत्ता लाग्छ । नेपाली जनताले भोगिरहेको शोषणको चरित्र पनि पत्ता लाग्छ ।
नेपाली जनता विशेष प्रकारले स्वस्फूर्त रुपमा संघर्षमा उत्रेका छन् । त्यसले कम–वेशी उपलब्धी पनि लिएको छ । तर हरेक संघर्षमा जनताको भन्दा राजनैतिक पार्टीको चेतना पछाडि परेको छ । नेपालका माक्र्सवादी हौं भन्ने कैयौंको दिमागमा एउटा परम्परागत सोंच र शैली जमेर बसेको छमू, आजको जिउ“दो ठोस नेपाली व्यवहारमा त्यसले तादाम्यता नखा“दा हाम्रो आन्दोलनको क्रियाशिलता रोपाइ“मा जुत्ता–मोजामा ठाटिएर खेत रोप्न जाने किसानको जस्तो भएको छ । त्यसकारण नेपाली समाजको विकास, त्यसको गति, नियम, आर्थिक सम्बन्धको पाटो, नेपाली समाजमा भएका संघर्ष आदि विषयका समाजशास्त्री र अर्थशास्त्रीहरूलाई प्रोत्साहन र स्वागत गर्नुपर्छ । अब ००७ सालपछि भएका व्यवहारमा त्यसले तादाम्यता नखा“दा वास्तवमा बेढंगले खेतमा जाने किसान जस्तो भएको छ । अब ००७ पछि नेपाली जनताले गरेका ०३६, ०४६, ०६२÷०६३ लगायतका संघर्षलाई ठिकस“ग नियालौं । नेपाली पू“जीवादी जनवादी क्रान्तिको चरित्र प्रष्ट देखिन्छ । त्यसलाई बुझेर हामीले योजनावद्ध तरिकाको श्रृंखलामा क्रान्ति प्रकृयालाई अगाडि बढाउ“न सक्छौं । यसका लागि यही परिवेशमा हुर्केको युवा पुस्ता शारीरिक कारणले मात्रै होइन, बरु अझ बढी विषय बस्तुका ग्रहणशीलताको कारणले पनि आजको नेपालको चरित्रको संघर्षमा उसको संलग्नता र सम्बन्ध राजनीतिमा अत्यन्त आवश्यक छ । तर युवाहरूले आपूmलाई मनोगतवादका आधारमा अगाडि बढाउने कुराबाट बचाउ“नु पर्छ । यसको अर्थ हो, पार्टीभित्र र बाहिरको दक्षिणपन्थी संशोधनवादी बाटो र उग्रवादी, जडसुत्रवादी बाटोबाट युवाहरूलाई बचाउ“नुपर्छ ।
६.माओले भन्नुहुन्छ, “युवाहरू हो, यो संसार तिमीहरूको हो, हुनत यो संसार हाम्रो पनि हो तर अन्ततः यो संसार युवाहरूको हो ।” यो भनाइलाई ठिकस“ग बुझौं । माओले अन्ततः युवाहरूको हो भन्नुभएको छ । युवा त जहिले पनि हुन्छन् नि † किन अन्ततः भन्नु भयो ? आजका हाम्रा युवाहरू कहिले ०५२ तिर बाढीपहिरो गएजस्तो एमालेतिर कुद्यो, कहिले एकवर्ष अघिदेखि कछाड कसेर माओवादीतिर कुद्यो, दक्षिणपन्थी पावरमा देखे त्यतै, उग्रवादी उदाउ“न थाले त्यतै । कति अझै मौका कुरी बसेका होलान् । के माओले त्यस्तै जतामल्खु त्यतै ढल्कु गर्ने युवाहरूलाई संसार जिम्मा लगाउ“न खोज्नुभएको हो ? होइन । वहा“ले भन्नु हुन्छ, अन्ततः युवाको हो । यसको अर्थ परिपक्वपन, दृढपन, सिद्धान्तनिष्ठावान्, कार्यकुशलवान्, सिद्धान्तलाई व्यवहारमा गास, आपूmलाई जनसमुदायस“ग गा“स, माक्र्सवादको अभ्यास गर, संशोधनवादको होइन, स्पष्ट बन, छलछाम होइन, जनतालाई फटाफट उपदेश दिने गुरु होइन, धैर्यवान बनेर सिक्ने खालका युवाहरू, जसलाई संसार जिम्मा दिन सकियोस् । यस प्रकारको सो“च समझदारी र स्पिरिट बोकेका उत्साही, आशावादी युवाहरूले नेपालको विग्रदो वर्तमानलाई परास्त गरेर मुठ्ठीभर शोषकहरूको हातबाट राजनीतिलाई खोसेर गरि खाने बहुसंख्यक जनताको हातमा ल्याउ“न महान संघर्षमा ठोस योगदान पु¥याउ“न सक्नेछन् । यसरी गरिखाने वर्गको हातमा शासनसत्ता आएपछि नै आम नेपाली जनताले कष्टका साथ भोग्नु परिरहेको समस्याबाट मुक्ति मिल्ने छ । यसरी नै र यसरी मात्रै आज युवाहरूले भोगेका समस्याको पनि सही निदान हुन सक्नेछ । हाम्रो पार्टी नेकपा (एकीकृत) ले तपाईं नवजवानहरूबाट यस्तै आशा गरेको छ ।

No comments:

Post a Comment