युवा कम्युनिस्ट, अंक १, वर्ष ३, असोज २०६६
पेज नं. ३१
श्याम राई
उपाध्यक्ष
नेपालको राजनीति परिवर्तनमा युवाहरुको महत्वपूर्ण भूमिका रहदै आएको छ । हरेक अग्रगामी राजनैतिक परिवर्तनको सवालमा युवाहरु अग्रीममोर्चामा रहेर नेतृत्व गरेको इतिहासले देखाउ“छ । चाहे त्यो निरंकुश जहा“नीय राणाशासनको विरुद्धमा ००७ लड्दा होस् वा ०३६ र ०४६ को आन्दोलनको सन्दर्भमा होस्, युवाहरुले नेपाली जनता र राष्ट्रको मुक्तिको निम्ति आÏनो जीवन उत्सर्ग गर्न पनि तयार रहे । त्यही इतिहासको कडीलाई पहिल्याउ“दै युवाहरुले राजा ज्ञानेन्द्रद्वारा आप्mनो खुनी सामन्ती शासनलाई कायम राख्ने उद्देश्यका साथ चालिएका प्रतिगामी कदमको विरुद्धमा पनि सशक्त ढंगले युवाहरु अग्रिममोर्चामा रहेर राजतन्त्र मुर्दावाद र गणतन्त्र जिन्दावादको नारा लिएर आन्दोलनमा होमिए । यसरी राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्नको लागि युवाहरुले राजनीतिक पार्टीहरुलाई दवाव दिदा राजनीतिक पार्टी र नेताहरुले बग्गी अघिअघि घोडा पछिपछि भयो भनेर युवाहरुलाई आरोप पनि लगाईएको थियो । किनभने तत्कालिन अवस्थामा राजनीतिक पार्टीहरु गणतन्त्रमा जान सहमत थिएनन् । यि आरोपको बीचमा पनि युवाहरु आप्mनो युद्ध मैदानमा निरन्तर लडिरहे । परिणाम स्वरुप जनआन्दोलनले एउटा उचाई प्राप्त गर्न सफल भयो र २४० वर्षको केन्द्रीकृत सामन्ती शासनसत्तालाई खत्तम गरी मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । यसरी बलिदानीपूर्ण संघर्षद्वारा प्राप्त गरेका अधिकारहरुलाई यतिवेला जनता र राष्ट्रको मुक्तिको लागि भनेर संगठित भएको राजनैतिक पार्टीहरुले मुलुकको अग्रगामी राजनैतिक परिवर्तनलाई सही ढंगले आत्मसात गर्न सकिरहेको छैनन् । राजनैतिक पार्टीहरु सत्तालिप्सा, व्यक्तिगत सुविधा र भ्रष्टाचारमा लिप्त छन् । यसकारणले नेपाली जनताको बलिदानीपूर्ण संघर्षद्वारा प्राप्त भएको अहिलेको परिवर्तन त्यसको दिशालाई पनि प्रकारान्तरले विसजनमा लाने खतरा बढेर गएको छ । यथास्थितिवादी, पुनरुत्थानवादी र अवसरवादी शक्तिलहरुले उदाउदो जनताको पू“जीवादी व्यवस्थालाई जन्ममा मै गला रट्ने दुस्प्रयास गरिरहेका छन् । तर त्यसो हुन नदिन आज देशभरिका परिवर्तनकारी युवाहरु सचेत र संगठित हु“दै त्यस्तो चुनौतिलाई परास्त गर्ने सहासका साथ रणमैदानमा होमिनु पर्ने अझ आवश्यकता बढेर गएको छ । यो ऐतिहासिक जिम्मेवारीलाई पूरा गर्न सकिएन भने इतिहासले हामीलाई धिकार्ने छ । यो अभिभारा पुरा गर्नको लागि अग्रगामी जनपक्षीय सार्थक संविधानको निर्माण, जाति, भाषा, क्षेत्रको आधारमा राज्यको पुनसंरचना, आत्मनिर्णय सहितको स्वशासन र दिगो शान्तिको संस्थागत विकास गर्नु नै हो । आजका यि मुलभूत सवालहरुलाई पुरा गराउ“न क्रान्तिकारी देशभक्त युवाहरु सशक्त ढंगले लाग्नु पर्ने आवश्यकता छ । तर यी आवश्यकतालाई कार्यान्वयन गराउ“नको लागि ने.यु.क.संघ (एकीकृत) बाहेक कुनै पनि युवा संघ, संस्थाहरुले भूमिका खेल्न सकिरहेको छैनन् र सक्नेवाला पनि छैनन्, किनकी त्यी युवा संघ, संगठनहरु आप्mनो मातृ पार्टीको आदेश पालना गर्ने, विभिन्न मन्त्रालय, विभागदेखि युवाहरुको नामबाट मोटो रकम निकाल्ने र भ्रष्टाचार गर्ने वाहेक अरु आवश्यक गतिविधिहरु र विकल्पतिर लागेका छैनन् । सत्ताको सेरोफेरोमा घुमिरहने वाहेक कुनै दृष्टिकोण, विचार दिनसकिरहेका छैनन्, यथास्थितिवादमा नै रमाइरहेका छन् । त्यसकारण यो समयमा ने.यु.क.संघ ( एकीकृत) लाई अझ ठूलो जिम्मेवारी थपिएको छ ।पेज नं. ३१
श्याम राई
उपाध्यक्ष
१) आमुल परिवर्तनको लागि नेतृत्वदायी भूमिकाः
नेपाली जनताको लामो र बलिदानीपूर्ण संघर्षबाट मुलुकले अग्रगामी परिवर्तन गर्ने ऐतिहासिक अवसर प्राप्त गरेको छ । यो अवसरले केन्द्रीकृत सामन्ती राज्यसत्ताको अन्त्य, जातीय विभेदको मुक्ति, लि¨ीय, क्षेत्रीय विभेदको अन्त्य गरी आर्थिक, सामाजिक र सा“स्कृतिक समानता, सामन्ती उत्पादनको अन्त्य, राज्यसंचालनमा सबै जाति, वर्गहरुको सहभागिता गर्न गराउन सकिने एउटा महत्वपूर्ण अवसर हो । यो अवसरलाई छिन्नभिन्न पार्न मुठ्ठीभरका शक्तिहरु लागिपरेका छन् । विशेषत यो शक्ति विगतमा राज्य सत्तामा सहभागि बनेका व्यक्ति, संस्थाहरुको समुह, सामन्ती, यथास्थितिवादी, पू“जीवादी शक्तिहरु जिवन मरणको सवालमा लागि रहेका छन् । त्यसकारण क्रान्तिकारी शक्तिहरुका बीचमा ध्रुविकरण गराउदै नेतृत्व गर्न परिवर्तनशिल युवा शक्तिको रुपमा नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) को नेता तथा कार्यकर्ताले भुमिका खेल्न सक्नु पर्दछ । यो अवसरलाई कुनै राजनीतिक पार्टीले गम्भीरताका साथ लिएको पाइदैन । ठूला राजनैतिक पार्टीहरुले परिवर्तनका पक्षहरुलाई बेवास्ता गरी सत्ता लिप्सामा लागिरहेको छन् ।
२) राष्ट्रियता रक्षार्थको सवालमाः
नेपाललाई सुगौली सन्धि देखिकै भारतले अतिक्रमण गर्न शुरुगरेको देखिन्छ । सुगौली सन्धिमा नेपालको दुई तिहाई भू–भाग गुमाउ“नु प¥यो भने त्यसपछिको हरेक व्यापार, पारवहान सन्धी–सम्झौताहरुमा नेपाल ठगिनु परेको छ । अहिले ६२ ठाउ“हरुमा ६० हजार हेक्टर भन्दा बढ्ता नेपालको सीमा मिचिएको छ । जलासय उपयोग र त्यसबाट उत्पादन गर्न सकिने विजुलीको उपयोगको सन्दर्भमा पनि नेपाल ठगिन पुगेको छ । यसको ज्वलन्त उदाहरणहरु टनकपुृर, कोशी, गण्डकी, महाकाली, पञ्चेश्वर आदि परियोजनामा भएको सन्धि सम्झौताहरुलाई लिन सकिन्छ । सुगौली सन्धिबाट गुमेको भू–भाग फिर्ता गराउ“नु, असमान सन्धी–सम्झौताहरुको खारेजी गर्न, मिचिएको भूमि फिर्ता गर्न, व्यापार र पारवहानमा देखिएको असमानताको विरुद्धमा आम जनताहरुलाई ब्युझाउ“न र देशभक्तिपूर्ण आन्दोलनमा सहभागी गराउन आवश्यक छ । यो आन्दोलन गर्नु भनेको मुलुकलाई अर्ध–औपनिवेशिकताबाट मुक्त गराउ“नु पनि हो । यसरी गरिने देशभक्तिपूर्ण आन्दोलनले राष्ट्रको गुमेको भु–भाग प्राप्त हुन सक्दछ । किनकी भारतको गोआ राज्य पनि साढे सात सय वर्ष पूर्तगालको अधिनमा रहेर सन् १९६० मा त्यहा“का जनताहरुको देशभक्तिपूर्ण आन्दोलनबाट आफ्नो भुमि फिर्ता लियो ।
३) सा“स्कृतिक रुपान्तरणको पक्षमाः
२१ औं शताब्दीमा आइपुग्दा पनि हाम्रो समाजभित्रको चिन्तन, संस्कारहरु वैज्ञानिक र मर्यादित हुन सकिरहेको छैन । गलत संस्कार र चिन्तन भएकै कारण आजसम्म समाजमा जातीय, र¨, छुवाछुत र लि¨ीय विभेदहरु छदैछ । अझ त्यसमाथि सामाजिक चेतनाको अभावले गर्दा नया“ युवा पिढीहरु कुलतमा फस्ने, अपराधिक कार्यमा संलग्न हुने, भ्रष्टचारमा लिप्त हुने गरेको पाइन्छ । यस्ता संस्कारहरुकै कारण आज युवाहरुको ठूलो हिस्सालाई राजनीतिभित्र पनि गलत तरिकाले प्रभाव पारिरहेको छ । राजनैतिक नारा दिएर हत्या, हिंसा, लुटपाट, धम्की र हत्या जस्ता गलत प्रवृत्तिमा लागिरहेका छन् । यस्ता प्रकारको चिन्तन र संस्कारले साचो“ अर्थमा जनता र राष्ट्रको मुक्ति हुन सक्दैन । समाजको छा“डा संस्कृतिको अन्त्य, गलत संस्कार र चिन्तनहरुलाई निरुत्साहित गर्न सामाजिक सचेतना र विकृतिको भण्डाफोर अभियान गर्न जरुरी छ । हामी युवाहरु असल संस्कार र चिन्तन, सामाजिक सद्भाव, सबै किसिमको विभेदको अन्त र समानताको पक्षपाति हौ । गलत चिन्तन र संस्कारलाई निर्मुल पार्नु आजको सामाजिक रुपान्तरणको मुलभूत कुराहरु हुन् ।
४)आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा जोडः
राष्ट्रियताको रक्षा र सामाजिक रुपान्तरणपछि समाजको अर्को पक्ष हो आर्थिक क्रान्तिमा जोड दिनु । समाज, राजनीति र आर्थिक यी तिनवटा विषय एकआपसको परिपुरक हुन् । समाज, त्यसको आर्थिक र राजनीति सम्बन्ध घनिष्ट हुन्छ । राष्ट्रियताको रक्षा र असल समाज मात्र भएर हुदैन, मानिसको हरेक आवश्यकतालाई परिपूर्ति गर्नको लागि सबल आर्थिक अवस्था पनि आवश्यक छ । मानिसका आधारभुत आवश्यकतालाई पूरा गराउ“न एक्लैले मात्र सम्भव नभएकै कारण समूह, संघ, संगठन र राज्यको विकास भएको हो । हाम्रो मुलुकमा अहिले पनि सामन्ती र परनिर्भर अर्थव्यवस्था रहदै आएको छ । २०६६÷६७ को आर्थिक बजेटमा ठूलो हिस्सा अनुदान र ऋण रहेको छ । बैदेशिक ऋण प्रत्येक नेपालीको टाउकोमा सरदर रु.२५,०००।– पुगेको छ, तर यहा“को युवा जनशक्ति राष्ट्रिय आर्थिक उत्पादनदेखि टाढा छन् । त्यति मात्र होइन, मुलुकको ठूलो युवा जनशक्ति बैदेशिक रोजगारीमा निर्भर छन् । उनीहरुले आर्जन गरको रेमिट्यान्सले नेपालको आर्थिक क्षेत्रमा ठूलै टेवा पु¥याएको छ । तर यदि वैदेशिक अनुदानमा कमी वा रोजगारीमा प्रतिबन्ध भयो भने त्यसको विकल्प अहिलेसम्मका सरकारले खोजेको दृष्टान्त छैन । यसले भविष्यमा ठूलो र दीर्घकालीन संकट ल्याउने देखिन्छ । यी यस्ता परनिर्भर र सामन्ती अर्थव्यवस्थाको विरुद्ध पनि क्रान्तिकारी युवाहरु सशक्त ढंगले लाग्दै राष्ट्रिय उद्योग, घरेलु कलकारखानाहरुलाई प्रोत्साहन गर्न दवाव दिने र तिनीहरुले उत्पादन गरेको बस्तुहरुको उपयोग गर्न बैदेशिक उत्पादनका बस्तुहरुको आयतमा प्रतिबन्ध लगाउ“नुका साथै प्राकृतिक साधन र स्रोतहरुको बैज्ञानिक ढंगले अधिकतम उपयोग र प्रसोधन गर्न, विज्ञान र प्रविधिको विकास गर्न, प्राविधिक पाठशालाहरु खोल्न दवाव दिने जस्ता मुलभूत कुराहरुमा जोडदिन सकियो भने देशको अर्थतन्त्रको विकासका तगारहरु हट्दै जानेछन् । त्यसकारण मुलुकमा नै उद्योग–कलकारखाना खोलेर युवाहरुलाई आर्थिक विकासको अभियानमा लगाउ“न सक्नु पर्दछ । यो तर्फतिर पनि क्रान्तिकारी युवाहरुको विशेष भुमिका हुनु पर्दछ ।
No comments:
Post a Comment