Monday, March 1, 2010

एकता र ध्रुवीकरणबारे द्वण्द्ववादी दृष्टिकोण

युवा कम्युनिस्ट, अंक १, वर्ष ३, असोज २०६६
पेज नं. ११
नवराज सुवेदी
केन्द्रीय सदस्य, नेकपा (एकीकृत)
नेपाली कम्युनिस्ट आन्दोलन चिराचिरामा विभक्त छ । विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामँ भए पनि नेपालमा कम्युनिस्ट नीति र आदर्शप्रति जनतामा आकर्षण छ । जनताले कम्युनिस्ट शासन पद्धति स्थापना भइदिए हुन्थ्यो भन्ने चाहन्छन् । त्यसै भएर अहिलेको अवस्थामा सडक र सदन सबैतिर कम्युनिस्ट विचार रँख्नेहरुको बर्चश्व छ । तर जनतामा त्यस किसिमको आकर्षण भए पनि कम्युनिस्ट पार्टीहरु भिन्न–भिन्न धारमा विभाजित छन् ।
ने.क.पा.को इतिहासलाई फर्केर हेर्दा यो विभिन्न मोड र घुम्तिहरुमा विभाजित र पुनर्गठित हु“दै आएको छ । क. पुष्पलाल सहितका पा“चजना कमरेडहरुबाट स्थापित कम्युनिस्ट पार्टी २०१९ साल अघिसम्म अविच्छिन्न र एउटै सग्लो कम्युनिस्ट पार्टीको रुपमा रहेको थियो । राजावादी दृष्टिकोण, का“ग्रेस परस्त दृष्टिकोण अनि विश्व कम्युनिस्ट आन्दोलनमा आएको महाविवादस“गै ने.क.पा.भित्र पनि भिन्दाभिन्दै धारहरुको जन्म भयो । तृतीय महाधिवेशनपछि छिन्नभिन्न पार्टीलाई पुनर्गठित गर्ने शिलशिलामा पुष्पलालको पहलकदमीमा २०२५ सालमा तेस्रो सम्मेलनको आयोजना गरिए पनि त्यसले विभाजित कम्युनिस्ट पार्टीलाई एक ठाउ“मा ल्याई नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउ“न सकेन । त्यसपछि केन्द्रीय न्युक्ल्यिस २०२८ र चौथो महाधिवेशन २०३१ एकहदसम्म कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने महत्वपूर्ण प्रयत्न थियो । त्यसैगरि विभिन्न समुहमा रहेका कम्युनिस्टहरुलाई एकजुट पार्न २०३५ सालमा ने.क.पा.(माले) गठन गरिएको थियो । त्यो पनि कम्युनिस्ट आन्दोलनलाई एकजुट पार्ने महत्वपूणर््ँ प्रयत्न थियो । तत्पश्चात २०५७ सालमा चौथो महाधिवेशन, मशाल र सर्वहारावादी श्रमिक संगठनसहित मिलाएर एकताकेन्द्र पुनर्गठन गरियो । आर्कोतिर त्यहि अवधितिरै तत्कालिन माले र माक्र्सवादी मिसिएर एमाले बन्यो । यि दुबै एकीकरण नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण मोडमा भएका थिए ।
२०६२÷६३ को राजतन्त्र विरुद्धको महान जनआन्दोलन पछि पनि भिन्न–भिन्न स्वरुप र तहमा कम्युनिस्ट आन्दोलनलाई पुर्नगठन गर्ने प्रयत्न पुनः नया“ रुपमा शुरु भएका छन् । ने.क.पा.को स्थापना कालदेखिको एउटा महत्वपूर्ण एजेण्डा गणतन्त्रात्मक शासन स्थापित गर्नु थियो । २०६२÷६३ को आन्दोलनले त्यो पुरा गरिदिएको छ । गणतन्त्र ल्याउन एकातिर सशस्त्र र अर्कोतिर शान्तिपूर्ण दुवै आन्दोलन मिसिएर दुवैको संयुक्त प्रयत्नले नै अहं भुमिका खेल्यो । त्यसरी सामन्ति राजतन्त्र धरासायि भई देशमा गणतन्त्र स्थापना भईसकेको सन्दर्भमा अव नया“ शिराबाट सामाजिक क्रान्ति सम्पन्न गर्न क्रान्तिकारी शक्ति बीचमा एकता र ध्रुविकरणको खा“चो छ । गणतन्त्र स्थापना विद्यमान राजनीतिक अवस्थामा महत्वपूर्ण परिवर्तन त हो, तर कम्युनिस्टहरुका लागि त्यो नै सबै कुरा होईन । अगाडीका दिनहरुमा वामपन्थी कम्युनिस्टरुको कर्तव्य लडेर प्राप्त गणतन्त्रलाई स्थागत गर्दै नया“ जनवाद र सामाजवाद तर्फ बढ्ने कार्यक्रम र कार्यदिशा तय गर्नु हो । त्यस किसिमको कार्यक्रम र कार्यदिशा तय गर्ने क्रान्तिकारी शक्तिहरु छरिनु पनि सहि होईन । त्यससंगै क्रान्तिकारी शक्तिहरु बीच एकीकरण र ध्रुविकरण उत्तिकै महत्वपूर्ण कुरा हो ।
कम्युनिस्ट आन्दोलनका विगतका केहि फुट सैद्धान्तिक र राजनीतिक मत भिन्नताका परिणाम हुन् भने कतिपय फुट कार्यनीतिक प्रश्नमा मात्र होईन, प्राविधिक प्रश्नमा समेत भिन्नताका कारणले भएका छन् । व्यक्तित्व टकराव, निम्न पू“जीवादी महत्वाकांक्षा र नेतृत्व बीचको अहंकारका कारणले पनि भएका छन् । आजको परिस्थितिमा यी सबै विषयहरुमा पनि व्यापक र गंभिरतम छलफल र समीक्षाको आवश्यकता छ ।
हाम्रो पार्टी ने.क.पा.(एकीकृत) भिन्न–भिन्न पूर्व समुहहरुमा रहेका संकीर्णतावाद, उग्रवामपन्थ, दक्षिणपन्थी अवरवाद, पराईप्रवृति, विसर्जनवाद र छद्म क्रान्तिकारीता विरुद्ध विद्रोह गरेर अगाडी आएका क्रान्तिकारीहरु बीचको एकता हो । भिन्दा–भिन्दैरुपमा कम्युनिस्ट आन्दोलनभित्र पैदा भएका यि विकृतिहरु विरुद्ध विद्रोह गरेर हामीले यौटा विशिष्ट समय र परिस्थितिमा एकजुट भएर ने.क.पा.(एकीकृत) को पुनर्गठन गरेका हौ । वामपन्थी कम्युनिस्ट आन्दोलनलाई संकीर्णतावाद, अवसरवाद, पराई प्रवृति र छद्म क्रान्तिकारीता जस्ता कुराबाट मुक्त गर्दै सैद्धान्तिक र वैचारिक संघर्षलाई बढाउ“न हाम्रो पार्टीको महत्वपूर्ण र अहं भुमिका छ । तर पनि सहि सैद्धान्तिक एवं वैचारिक दृष्टिकोण र संगठनात्मक अवस्था बीच ठूलो विरोधाभाष रहेको छ । संगठनात्मक अवस्थालाई हामीले देशव्यापी रुपमा र परिवर्तनको निर्णायक शक्तिका रुपमा परिणत गर्न सकेका छैनौ । यो स्थीतिमा हामीले एकातिर आफ्नो सैद्धान्तिक र सांगठानिक अवस्थालाई सुदृढ पार्दै र अर्कोतिर इमान्दार र परिवर्तनप्रति निष्ठा राख्ने अन्य वामपन्थी कम्युनिस्टहरुसंग एकीकरण र ध्रुविकरणको ढोकालाई हमेसा खुल्ला राख्नु पर्दछ ।
हाम्रो पार्टीको जनकपुरमा सम्पन्न एकताको सातौ महाधिवेशनद्वारा पारित तत्कालिन कार्यनीति सम्बन्धि प्रस्तावमा भनिएको छ “बदलिएको नया“ राजनीतिक परिस्थितिमा एकातिर सच्चा माक्र्सवादीहरु र अर्कोतिर अवसरवादीहरुको बीचमा ध्रुविकरण तिब्र भएर जानेछ । यस प्रकारको ध्रुविकरणको चरणमा सच्चा क्रान्तिकारी माक्र्सवादीहरुलाई एकीकृत गर्ने कुरामा विशेष ध्यान दिनु पर्दछ । सच्चा क्रान्तिकारी माक्र्सवादी, लेनिनवादी संगठन, समुह, पार्टी र व्यक्तिहरुसंग पार्टी एकताको लागि पहलकदमी गर्नु पर्दछ । पार्टी एकता सिद्धान्तनिष्ठ पार्टी एकता हुनुपर्दछ ।”(तत्कालिन राजनीतिक प्रस्ताव राजनीतिक र संगठनात्मक प्रतिवेदान, पृष्ठ–४६) । सातौ महाधिवेशनको त्यो निर्णयका आधारमा हाम्रो पार्टीको पोखरामा सम्पन्न केन्द्रीय समितिको चौथो बैठकले यस्तो निर्णय गरेको छ, “ हाम्रो पार्टी क्रान्तिकारी ध्रुविकरण र एकीकरणको नया“ शुरुवात गर्ने अठोटका साथ पुनर्गठन भएको हु“दा त्यसलाई ठँेस रुपम्ाँ परिभाषित गरि एकीकृत ने.क.पा.(माओवादी), मसाल लगायत छरिएर रहेका वामशक्तिहरुसंग सहकार्य, कार्यगत एकता र सिद्धान्तनिष्ठ प्ाँर्टी एकताका निम्ति वार्ता कमिटी निर्माण गरि मुर्तता दिने ।”
त्यसरी क्रान्तिकारी शक्तिहरु बीचको एकता र ध्रुविकरणलाई सातौ महाधिवेशन र त्यसपछिको बैठकले संवोधन मात्र गरेको छैन, बरु ने.क.पा.(एकीकृत) ले पार्टी एकताका लागि स्वयं पहलकदमी गर्ने कुरा पनि स्पष्ट गरेको छ ।
पार्टी एकता र ध्रुविकरणवारे नेपाली कम्युनिस्ट आन्दोलनमा विगतमा दुईथरी गलत प्रवृतिहरु देखिएका छन् । एउटा एकता गर्ने नाममा जोसंग पनि एकता गर्ने समन्वयवादी प्रवृति, अर्को हरहमेसा दुश्मन शक्तिसंग जस्तै ( यद्यपी राजनीतिमा दुश्मन वर्गसंग पनि कहिलेकाही संझौता हुनसक्छ ) वामपन्थी मित्रशपक्तिसंग पनि संझौताहिन संघर्षमा जोडदिने जडशुत्रवादी यान्त्रिकतावादी प्रवृति । यि मध्ये पहिलो प्रवृति एमाले प्रवृति हो भने दोश्रो प्रवृति ने.क.पा.(मसाल) को प्रवृति हो । हामीले यि दुवै प्रकारका गलत प्रवृतिको विरोध गर्नु पर्दछ । एकीकरणबारे द्वण्द्ववादी नीति अपनाउ“नु पर्दछ । त्यसको अर्थ हामीले अपनाउ“ने नीति एकता–सघर्ष–रुपान्तरणको नीति हो, हामीले एकातिर हाम्रो पहलकदमीबाट अन्य वामपन्थी क्रान्तिकारीहरुलाई सुधारको उद्देश्यबाट प्रेरित गरेर एकतामा ल्याउ“न प्रयत्न गर्नु पर्दछ भने अर्कोतिर क्रान्ति र परिवर्तनको वृहत्तर हितका निम्ति रणनीतिमा असर नपर्ने गरि आफु पनि लचिलो बन्न सक्नु पर्दछ । एकता र ध्रुविकरणबारे नीति त बनाउ“ने तर पहलकदमी र रुपान्तरणका लागि सार्थक प्रयत्न गर्दैनौ भने त्यो अतिभुतवादी नीति मात्र हुनेछ । हामीले समन्वयवादी नीति र अतिभुतवादी यान्त्रिकतावादी नीति छाडेर नै एकता र ध्रुविकरणबारे सहि नीति अपनाउ“न सक्दछौ ।

No comments:

Post a Comment