Monday, March 1, 2010

सम्पादकीय

युवा कम्युनिस्ट, अंक १ , वर्ष ३, असोज २०६६
पेज नं २
थोरै आफ्नो कुरा
हामीले जनआन्दोलन ०६२÷६३ पूर्व पनि आफ्नो संगठनको विचार तथा दृष्टिकोण र सत्यतथ्य घट्नाहरुको विश्लेषण गर्ने मुल्यमान्यता अगाडि बढाउने कार्यलाई प्रश्रयका साथ उठाउने गरेका थियौं । तर कम्युनिस्ट आन्दोलनको फुटजुटस“गै हाम्रो मुखपत्रको निरन्तरतामा पनि सामान्य प्रभाव नभएको होईन । फेरि पनि हामी हाम्रो संगठनको प्रकाशनलाई आवश्यकता अनुसार निरन्तरता दिने थालनी गरेका छौ । हामीले यो भन्दा अगाडी “युवा गर्जन”, युवा बुलेटिन” प्रकाशन गर्ने गरेका थियौं । ०६३ सालदेखि “युवा आवाज” को नाममा प्रकाशन ग¥यौ । अहिलेको हाम्रो संगठनको निर्णय अनुसार त्यहि “युवा आवाज” मुखपत्रलाई “युवा कम्युनिस्ट” नामाकरण गरेका छौं । आधारभुत वर्गको आवाजलाई बुलन्द पार्न र न्यायको पक्षमा प्रकाशन मार्फत संघर्षलाई जारी राख्न यसको प्रकाशन गर्दै जाने छौ । प्रकाशन गर्ने हाम्रो अभियानलाई सहयोग गरिदिनु हुने सबै सहयोगी व्यक्ति र संस्थाहरुलाई धन्यवाद दिदै अगामी हाम्रो प्रकाशन अभियानमा पनि उत्तिकै सहयोग रहने कुरामा हामी विश्वस्त छौ ।

केही देशको कुरा
ठूला राजनीतिक दलहरु संविधानसभाको समय वा आयु सिद्दिदै जादा पनि सरकार ढलाउने, गठन र पुनर्गठन गर्ने, विस्तार गर्ने र टिकाउने यो समयको शन्दर्भमा निस्कृष्ठ खेलमा लागिरहेका छन् । अडाई करोड जनताको भविष्य जोडिएको सार्वभौमसत्ता सम्पन्न सार्थक संविधान निर्माण हुन्छ कि हुदैन ? अन्यौलमा परेका छन् । यो अवरोधको मुल कारण ठूला दलहरुमा भएको पुरानै सोच र क्रियाकलापहरुको प्रतिविम्ब नै हो भन्ने कुरामा दिनको घाम झै छर्लड्ड हु“दै गएको छ । यो प्रकारको समस्याबाट राष्ट्रियता, स्वतन्त्रता र जनजिविकाको सवालहरुमा पनि बहुआयमिक नकारात्मक असर पर्दै गएको छ । समस्या हाम्रो काबुबाट भागिरहेको छ । यो प्रकारको तगारोलाई भत्काउन अर्को ठूलै जनदवावको आवश्यकता बढेर गईरहेकोप्रति सचेत हुन आवश्यक छ ।

No comments:

Post a Comment