Monday, March 1, 2010

पार्टी एकीकरण र निर्माण तथा अनुशासन र एकताको प्रश्नमा केही सैद्धान्तिक र व्यवहारिक अन्तरबस्तु

युवा कम्युनिस्ट ,अंक १, बर्ष ३, असोज २०६६
पेज नं. ३
उदय राई
नेपालको कम्युनिस्ट आन्दोलनमा हिजो भन्दा कयौ गुणा बढि संशोधनवादी अवसरवादको विरुद्धको आन्दोलनको आवश्यकता बढेर गएको छ । यहि सवाल विश्व कम्युनिस्ट आन्दोलनको अत्यन्तै चुनौतिपूर्ण र घनिभुतरुपमा भण्डाफोर र निर्मम संघर्ष गर्नु पर्ने तड्कारो सवाल पनि हो । यसको मुल स्रोत व्यक्तिवादी महत्वकांक्षा वा निम्नपू“जीवादी चिन्तनको अवसरवादी छटपटाहट हो । अधिभुतवादी चिन्तनको एउटा दृष्य अंश हो । अहिले यो वास्तविकता हाम्रो सामु छ कि यो प्रवृति र चिन्तनसंग माक्र्सवादीहरुले व्यवस्थित संघर्ष र लडाइ लड्न नसक्नुको परिणाम आज संसारभरि कम्युनिस्ट आन्दोलनमा उनीहरुको उपस्थिति हावी भएको छ । यसको अर्थ सच्चा माक्र्सवादीहरुको उपस्थिति उल्लेखिय रुपमा छैन भन्ने होईन । सर्वहारा विश्वदृष्टिकोणप्रति दृढता र चुनौतिपुर्ण संघर्षशिलताप्रति उदासिनता, अलमलता वा अवसरवादी व्यक्तिहरुकै कारण कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी विसर्जनवादी र प्रतिक्रयावादीहरुको रुचाइने खरिदविक्रिको वस्तु बनाइएको छ भने अर्कोतिर उग्रवामपन्थी र संकिर्णतावादी सोच र प्रवृतिबाट पनि कम्युनिष्ट आन्दोलनलाई ठुलो मात्रामा क्षति पुर्याउने काम भई नै रहेको छ । संकीर्ण सो“च र प्रवृतिले सबै ग्ँतिविधि र अनुशासनलाई सीमित र सा“घुरो नेराघेरामा हेर्ने गर्दछ । यो आफै यस्तै भड्काव हो, जसले अन्य भडकावहरुलाई मलजल र अतिवादलाई जन्म दिने वातावरण सृजना गर्दछ । उग्रवामपन्थी भड्काव, संकीर्णता र अन्य अवसरवादी रुपका भड्काव तथा दक्षिणपन्थी विर्सजनवाद निम्न पु“जीवादी वा अधिभुतवादी विश्व दृष्टिकोणको नै परिणाम हो । दक्षिणपन्थी विर्सजनवाद तथा अन्य रुपका अवसरवाद अति उदारवाद, अनुशासनहिनता, सैद्धान्तिक तथा राजनीतिक लडाइमा दृढता होइन सम्झौता र व्यक्तिगत महत्वकांक्षाको परिणामबाट जन्म लिन्छन् । यो प्रवृति र चिन्तन त्यतिखेर परास्त हुन्छ जतिखेर सर्वहारा विश्व दृष्टिकोणको आलोकमा सामुहिक प्रयत्न चरम उत्कर्समा पुर्याउन सकिन्छ । त्यहा“ न त भावनात्मक सम्बन्धले काम गरेको हुन्छ, न त त्यहा“ चिनेको र लामो कालसम्म संगै उठबस गरेको पुरानो साथीको सम्बन्ध नै हुन्छ, न त त्यहा“ अन्य सम्बन्धले मौलाउ“ने मौका नै पाउ“छ । त्यहा“ स्पष्ट र निर्मम सैद्धान्तिक संघर्ष हुन्छ । त्यहि अनुसारको राजनीतिक आन्दोलनले आमुने सामुने लडाइको चरणमा सबै कु्राको फैसला गर्दै जान्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा आज आएर फेरि यहि प्रश्नमा वहस शुरु भएको छ । संकीर्णता, उग्रवामपन्थी, फेरि अवसरवाद, संशोधनवाद, दक्षिणपन्थी विसर्जनवाद वा निम्न पू“जीवादी चिन्तनको विभिन्न दृष्यरुपहरु नेपाली कम्युनिस्ट आन्दोलनमा सुरक्षित र भद्धा तरिकाका साथ विद्यमान छन् । यसको नेतृत्व एमाले र माओवादी मध्ये कसले गर्ने भन्ने होडबाजी नै चलेको छ भन्दा अत्तित्युक्ति नहोला । अवसरवादीहरुको सशक्त ध्रुविकरण र पुनर्मिलनको ठुलो लहर नै आउने अवस्था प्रवल छ । हिजो एमालेको आकार बढ्ने समयमा क्रान्तिकै नाममा एकीकरण र ध्रुविकरणको अभियान चलेको थियो भने अहिले फेरि माओवादीको नाममा त्यहि काम पुनरावृति भएको छ । यो अवस्थाको उजागर निकट भविष्यमा नै हुने स्थिति प्रवल संभावना छ । अब यी पक्षहरुसंग जोडिएका सैद्धान्तिक, राजनीतिक र व्यवहारिक पक्षको वारेमा चर्चा गरौं ।
माओले “पार्टी अनुशासन र एकता” बारेमा अवसरवादी र वुर्जुवाहरुले अपनाउने रुखको बारेमा वा उनीहरुको लुच्छो प्रवृतिको बारेमा ११ सेप्टेम्वर सन् १९५९ को सम्मेलनमा दिनु भएको भाषणमा भन्दछन्,“...पुग्दो सु“गुरको मासु, पुग्दो तरकारी, पुग्दो साबुन, पुग्दो मात्रामा महिलाहरुको कपाल च्याप्ने चिम्टी पाइएन भने उनीहरु त्यसैलाई पक्रेर भन्नेछन्, ‘तिमीहरुले बर्वाद बनायौ †’ उनीहरुले यसो पनि भन्नेछन् कि यो पुरा गर्ने जिम्मेवारी तिमीहरुको हो, हाम्रो होइन । संगठनले बैठक र निर्णय गर्दा उनीहरु चु“सम्म पनि गर्दैनन्,...” यसबाट यो स्पष्ट हुन्छ कि अवसरवादी वुर्जुवाहरु, पार्टीका तुच्छ मनोकांक्षा भएका निम्न पू“जीवादीहरु कतिसम्म गिरेर आफ्नो परिचय दिन्छन्, तर उनीहरुलाई लाज र सरम दुनिया“मा कति पनि लाग्दैन भन्ने कुरा ।
माक्र्स, लेनिन र माओ भन्दछन्,“सर्वहारावादीहरुको एकता सम्बन्धि नारा हो–संसारका मजदुर एक हौ †” यो दुई उदहरणबाट माक्र्सवाद र अवसरवादले अपनाउने असलीरुप छर्लङ्ग हुन्छ । उनीहरुको प्रवृति पार्टीको सैद्धान्तिक र वैचारिक पक्षमा अडान र संघर्ष, ठिक कार्यदिशा र सर्वहारावादी लक्ष्यको बारेमा होशियार र संवेदनशिलता तथा सचेतता अपनाउने दृढताप्रति कुनै सम्बन्ध हुदैन । उनीहरुले पार्टीभित्र अवसर, पद, व्यक्तिगत सुरक्षा र कार्यकर्ताको बलिदानको उद्देश्यप्रति उदासिनता, पार्टीभित्र आफ्नो ठाउ“को चिडचिडाहट आग्रह र त्यहि अनुसारको व्यवहार प्रस्तुत गर्दछन् । अवसरवाद अनुशासनहिनतामा परिणत हुन्छ भन्ने कुरालाई माओ यसरी उल्लेख गर्दछन्,“उनीहरु (अवसरवादीहरु)को ध्याउन्न कसरी संगठन बलियो बनाउ“न सकिन्छ भन्ने भन्दा पनि कसरी भत्काउ“न सकिन्छ भन्नेमा हुन्छ ।” अवसरवादीहरुलाई सन यात सेनसंग तुलना गर्दै माओ भन्दछन्,“चाङ वेन तेन पनि सन यात सेनासंग तुलनायोग्य व्यक्ति होइनन् ।” यसको अर्थ क्रान्तिकारीहरु जो आफुलाई माक्र्सवादी भन्छन् उनीहरु (अवसरवादीहरु) बुर्जुवा दर्शनबाट निर्देशित व्यक्तिहरु भन्दा पनि अनुशासन र सिद्धान्तमा तल हुन्छन् । उनीहरु माक्र्सवादी त कहा“ हो कहा“ सामान्य बुर्जुवा भन्दा पनि आधारभुतरुपमा लायक हुदैनन् । माओ यो सत्यतिर हाम्रो ध्यान आकृष्ट गर्दछन् कि सिद्धान्ततः अवसरवादीहरु आफुले गरेको कमजोरीहरु स्वीकार गर्न सक्दैनन् र मान्दैनन् । उनी भन्दछन्,“जनतालाई (सामान्य मान्छेलाई) त्यसतिबेलासम्म बोल्न दिनुहोस् जतिबेलासम्म उनीहरुको बोल्ने कुरा सकिदैन । उनीहरुले तपाईका बारेमा कुरा काट्न छाडे भने त्यतिखेर तपाई बुभ्mनुहोस् कि तपाई सच्चिनु भयो ।” यसबाट यो सहज निस्कर्ष निस्कन्छ कि अवसरवादीहरुले अपनाउने एकता र फुट तथा पार्टी निर्माणको लक्ष्य तत्कालिन व्यवहारिक फाइदासंग जोडिएको हुन्छ । माक्र्सवादीहरुले पार्टी एकता र फुट सिद्धान्तको आधारमा अर्थात सर्वहारा विश्व दृष्टिकोणको आधारमा गर्नुपर्दछ । एउटा व्यक्तिसंगको सम्बन्ध र सरोकारको विषयमा उदारता र कठोरताको द्वण्द्वात्मक व्यवहार उनीहरुको पक्षधरता, विश्व दृष्टिकोण र व्यवहारिक गतिविधि अनुसार हामी माक्र्सवादीहरुले व्यवहारतः लागू गर्न सक्नु पर्दछ न कि भावनात्मक र विचारामा । यसरी माओले अनुशासन र एकताको बारेमा धेरै प्रसंगका साथ धेरै सन्दर्भहरु पेश गर्नु भएको छ ।
जनवादी केन्द्रीयताको प्रश्नमा माओ भन्दछन््,“पार्टीभित्र होस् या वाहिर होस् पूर्णतः जनवादी जीवन ह्ुनुपर्दछ । त्यसो भन्नुको अर्थ जनवादी केन्द्रीयतालाई सचेतताका साथ लागू गर्नु हो ।...आलोचित र आलोचना एउटा विधि हो, ...के हो त केन्द्रीयता ? पहिलो कुरा, यो सहि बिचारहरुको केन्द्रीकरण हो जसको बुझाइ, नीति, योजना, नेतृत्व र काममा एकता कायम हुन्छ ।” यो उद्धहरणबाट यो कुरा उजागर हुन्छ कि एउटा माक्र्सवादी व्यक्तिले जनवादी र केन्द्रीयतालाई ठिक ढंगले बुझ्नु पर्दछ । तर हामी देख्दछौ कि आफुलाई भैंकर बुझेका र जानेका छौं भन्नेहरुले यसको अन्तरसम्बन्धलाई बुझ्न नसकेको वा बुझेर पनि आफ्नो व्यक्तिगत उद्देश्यमा लगातार उन्मुख र परिणत भएको । उनीहरुमा एकता, आलोचना, आत्मालोचना, जनवादी केन्द्रीयताका प्रश्नहरुमा सर्वहारा विश्व दृष्टिकोणको आधार हुदैन । जनवादी केन्द्रीयताको बारेमा माओ भन्दछन्, “जनवादी केन्द्रीयताले दबाउनेहरु हुन्–जमिनदार, धनी किसान, प्रतिक्रान्तिकारी तत्वहरु, कम्युनिस्ट विरोधी दक्षिणपन्थी तत्वहरु र गलत तत्वहरु ।” वर्ग संघर्षको ्राजनीतिक लडाइमा दया, माया, सम्बन्ध, उठबस, पुरानो साथी वा गठबन्धन र सहकार्य आदि प्रश्नहरुलाई पनि सर्वहारावादी विश्व दृष्टिकोणकै आधारमा हेरिनु पर्दछ । गलत विचार जो कसैले प्रवाह गरे पनि आलोचनात्मक सृजनशिलता अपनाइनु पर्दछ । वास्तवमा हाम्रो गल्ति भनेको हामीसंग जे छ, जे गर्न सकिन्छ र जे गर्न आवश्यक छ त्यो भन्दा बढि फुर्तिफार्ति गर्नु हो ।
हाम्रो पार्टीको केहि कामरेडहरुले माओवादीहरुसंग पार्टी एकताका आधारहरु खोज्ने र पार्टी एकीकरण गर्न सकिन्छ भन्ने तर्कहरु दिइरहनु भएको छ । यहि प्रसंगमा उल्लेखनीय पक्षतिर ध्यान दिन र गंभिर छलफल गर्न आवश्यक छ । राजनीतिक लडाइमा सैद्धान्तिक पक्ष र त्यसले पार्ने दुरगामी असर पक्षको कति महत्व हुन्छ भन्ने कुरा माथि संक्षिप्त उल्लेख गरि सकियो । अब माओवादी र हाम्रो पार्र्टीको संद्धान्तिक, नेपाली क्रान्तिको कार्यदिशाको बुझाई र आफ्नो पार्टीको सैद्धान्तिक बुझाइ अनुसारको क्रियाकलाप र व्यवहारिक रुखतिर विश्लेषणात्मक ध्यान दिऔं ।
नेपाली कम्युनिस्ट आन्दोलनमा मुलतः ‘माओवादी’ वाक्यांशको प्रयोग ०५१–०५२ सालको समयावधिदेखि चलनचल्तिमा ल्याइयो । त्यो भन्दा अगाडि “वाद”संग जोडिएको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद र लेनिनवादलाई मात्र लिइन्थ्यो । माओको नेतृत्वमा माओकै जीवनकालमा पनि माओको विचार र योगदानलाई “वाद” वा के मान्ने बहस चल्यो । चिनको कम्युनिस्ट पार्टीले उनले माक्र्सवादी आन्दोलनमा गरेको योगदान र विचार प्रवाहलाई विचारधारा मान्न सकिन्छ भनेर उच्च मुल्यांकनका साथ टुंग्यायो ।
यो वाक्यांशको प्रवेश मुलत षडयन्त्रकारी लिन प्याओ र त्यस्तै पात्र वा पदका भोकाहरुले माओले वैकल्पिक नेतृत्वको आवश्यकताको विषयमा विचार प्रवाह गर्न थालिरहेको अवस्थामा विशेषत माओको चाकरी गर्ने र नेतृत्व हत्याउने गलत मनसायले ल्याएका थिए । “वाद”को प्रश्न दार्शनिक र सैद्धान्तिक छलफलसंग जोडेर ल्याएका थिएनन् । उनीहरुले नेतृत्व हत्याउन अन्तिम अवस्थासम्म माओले बोलेका शब्द–शब्दलाई अतिरञ्जित ढंगले बढिचढाइ गरि नै रहे । तर यो विषयमा आम वहस गरि सकेपछि चीनी कम्युनिस्ट पार्टीले ठिक विश्लेषणका साथ यो समस्यालाई टुंग्यायो । तर उनीहरुको षडयन्त्रकारी र भद्धा निम्न पू“जीवादी चरित्र त्यतिखेर उदाङ्गो भयो, जतिखेर माओको हत्या गर्ने योजना विफल भयो । यसबाट यो स्पष्ट हुन्छ कि कुनै पनि चिज र वस्तुस्थिति तथा त्यसप्रति अपनाइने रुखको प्रश्नमा दार्शनिक र सैद्धान्तिक प्रश्न जोडिएको हुन्छ र अवसरवादीहरुले व्यक्तिगत उद्देश्यको लागि जे पनि गर्न तयार हुन्छन् भन्ने कुरा दिनको घाम झै छर्लङ्गै हुन्छ । एउटा समयावधिमा विश्वास गरेका लीन प्याओ र त्यस्तै अन्य पात्रहरुको त्यससंग जोडिएका सैद्धान्तिक र दार्शनिक तथा उनीहरुका निम्न पू“जीवादी चिन्तन र प्रवृतिको पछि माओले खुलेरै भण्डाफोर गरे, जतिखेर लिन प्याओहरुले माओलाई “महामानव” को रुपमा मान्नु पर्दछ भनेर बढिचढाई व्याख्या गरिरहेका थिए । यसो गर्नुमा उनीहरुमा सैद्धान्तिक र दार्शनिक पक्षमा आएको भड्कावलाई उजागर गर्नु थियो ।
माओको मृत्यु पश्चात विश्व कम्युनिस्ट आन्दोलनमा संशोधनवादी तथा दक्षिणपन्थी प्रतिक्रियावादीहरुको हावी भयो । त्यो अवस्थालाई सैद्धान्तिक प्रतिवाद गर्न कतिपय व्यक्तिहरुले राम्रै मनसायले पनि प्रतिक्रियावादी अवसरवाद र संशोधनवाद विरुद्ध माओले चलाएको सांस्कृतिक क्रान्तिको उच्च मुल्यांकन गर्दै माओवाद वाक्यांशको प्रयोग पनि गर्ने गरियो । तर त्यस विरुद्धको सहि प्रतिवाद गर्न “माओवाद” शब्दको प्रयोग ठिक थिएन, बरु सहि नीति र कार्यनीतिको निरन्तरको प्रयोग नै हुनुपर्दथ्यो ।
अब “वाद” वाक्यांशको व्यष्टि र समष्टि विश्लेषणतिर जाऔ । “वाद” अग्रेजीको ूष्कmू हो । ूष्कmूको शाब्दिक अर्थ विज्ञान पनि हो । विज्ञानले कुनै पनि चीज र वस्तुस्थितिको तथ्यसंगत व्याख्या–विश्लेषण र शंलेषण गर्दछ । विज्ञानका अध्ययन क्षेत्र वृहत भए पनि व्यष्टिगत रुपले एउटा आधारलाई अध्ययनको क्षेत्र बनाउन सकिन्छ । त्यसैले निश्चित अवस्था र अवधिको समाजिक सभ्यताको बैज्ञानिक व्याख्या र त्यस अवधिको क्रान्तिको समग्र व्याख्या ूष्कmू वा “वाद” हो । त्यसैले यसमा चुरो कुरा यो छ कि “वाद”ले सामाजिक अवस्था र चरणको सामाजिक क्रान्तिको सापेक्षिक व्याख्या गर्दछ । अथवा “वाद” एउटा सामाजिक अवस्था र चरणमा सामाजिक क्रान्तिको वस्तुगत व्याख्या–विश्लेषण हो । त्यसप्रतिको प्रक्रियागत व्याख्या हो । त्यसैले शब्दहरुको प्रयोगमा हामी जसरी रुखलाई घर, घरलाई गाडि, गाडिलाई साडि भन्न सकिदैन, त्यसरी नै “वाद” वाक्यांशको ठाउ“मा विचारधारा वा विचारधाराको ठाउ“मा “वाद” भन्न सकिदैन । किनभने त्यसले निश्चित बोझिलो र गहकिलो दार्शनिक अर्थ बोकेको छ । वा यो यस्तो शब्द हो जो आफैमा दार्शनिक अर्थ छ । यदि त्यस्तो नहुदो हो त वा दार्शनिक पक्षमा भिन्नता नहुदो हो त तत्कालिन गतिविधिमा आकास जमिनको फरक हुदैन थियो । एउटा मान्छे निर्देशित हुने कुरा भनेकै उसको दार्शनिक पक्ष नैै हो । त्यसैले माओवादको व्याख्या–विश्लेषण गर्ने शक्तिहरुद्वारा एउटा अतिवादी भड्कावको प्रतिवादमा अर्को अतिवादद्वारा गर्ने असफल कोशिस मात्र हो । नेपालको शन्दर्भमा वास्तवमा यो वाक्यांशको संस्थापकद्वारा जसरी दार्शनिक भड्काव र व्यवहारिक अवसरवादी कोणद्वारा प्रयोग गर्ने योजनाबाट ल्याइएको थियो । अहिले पनि विश्व कम्यनिस्ट आन्दोलनमा भड्काववादी दृष्टिदोषद्वारा नै प्रयोग गर्ने निरन्तरता छ ।
केहि साथीहरुले जो माओवादीसंग पार्टी एकता गर्न सकिन्छ र त्यहिभित्र बसेर पनि माक्र्सवादी आन्दोलनको लागि योगदान र संघर्ष गर्न सकिन्छ वा दुई लाइनको संघर्ष जारी राख्न सकिन्छ भनेर माओवादीले गरेका गंभिर सैद्धान्तिक र बैचारिक भड्काव विरुद्धको संघर्षप्रति नजरअन्दाज गर्ने षडयन्त्रकारी धोकाधडी प्रवृति मौलाउन प्रश्रय दिनु भएको छ । यो माक्र्सवादप्रतिको धोका हो । वाद वा विचारधारा एउटै हो, वा विचारधारा÷माओवाद राखेर पार्टी एकता गर्न सकिन्छ भनेर उदार पक्षको जिकीर सुन्न पाईन्छ । उनीहरुले यो जिकीर गर्न सकेका छैनन् कि यदि यो प्रश्न एउटै हो भने माओवादीहरु विचारधारात्मक संघर्षमा पछि विचारधारा मान्न सक्छन् वा सैद्धान्तिक लडाइमा आफु माओवाद तथा प्रचण्डपथ पनि मान्न सक्छौ । तर यस्तो नभने पनि यो कुरा सहज सतहमा आउ“दछ कि यो प्रश्नमा व्यक्तिवादी व्यवहारिक सम्झौतातिर क्रान्तिकारिताको नाममा जाने बौद्धिक कसरत हो ।
वास्तबमा माओवादीहरुले माओको पछाडि “वाद” थप्नु पर्ने कारण नै प्रचण्डपथ जोड्नलाई नै थियो भन्ने कुरा दिनको घाम झै छर्लङ्गै भएको छ । माओवादी र जनमोर्चा, नेपाल बीच पार्टी एकता हु“दा प्रचण्डपथ शब्दलाई ‘हाइड’ गर्ने सहमति भएको थियो । तर उनीहरुका कयौं कार्यालयहरुमा स्पष्टरुपमा प्रचण्डपथ–जिन्दावाद लेखिएको छ । यसबाट यो बुझिन्छ कि मानिलिऔं यदि यो विषयलाई छलफल गर्ने उच्च निकायमा लाने हो भने बहुमतले नै यो विचारलाई निरन्तरता दिने निश्चित छ । किनभने यो वुझाइको निरन्तरताको श्रृंखला टुटेकै हुदैन । जहा“ बसेर पनि संघर्ष गर्न सकिन्छ भन्ने ‘महान’ उदारतामा जाने हो भने सहि माक्र्सवादीहरुको अलग पार्टीको आवश्यकता पर्दैन थियो । कांग्रेस वा एमाले पार्टीमा बसेर पनि संघर्ष गर्न सकिने थियो । भड्काववादी सोचहरुबाट भएको पार्टी निर्माण आज आएर फेरि अर्को भड्कावमा गएर अवसान हुने देखिन्छ । यो पार्टी यस्तो जटिल मोडबाट गुज्रिरहेको छ, सेना साथमा छ तर राजनीतिक कार्यदिशा भने दक्षिणपन्थी संशोधनवादी दिशातिरको उन्मुखतामा क्रमशः गइरहेको छ । यस्तो स्थिति यो मात्रामा संसारमा विरलै हुने गर्दछ । तर माओवादीहरु त्यो दिशामा नजाउ“न भन्नका लागि हामीले नेपाली कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिक र बैचारिक लडाइलाई दृढताका साथ अगाडि बढाउन आवश्यक छ । यद्यपी यो प्रश्नले धेरै कामरेडहरुमा भ्रम दिएको छ, अलमलता ल्याइदिएको छ । यदि यो पक्षलाई मिहिन तरिकाले बुझ्न नखोज्ने हो भने अबको आधुनिक संशोधनवादलाई परास्त र भण्डाफोर गर्न सकिदैन । यसो नगर्ने हो भने देखि माक्र्सवादी मर्ममाथि वा आन्दोलनप्रति धोका हुन्छ, संशोधनवादीहरुको चालबाजीको शिकार हुइन्छ । यो कुरा पनि सबैले बुझ्न आवश्यक छ कि पार्टीभित्र रडाको मच्याएर, खैलाबैला गरेर, अनुशासनहिन काम गरेर, बैचारिक स्तर कम भएकालाई लविङ्ग गरेर पार्टी एकता हुदैन । विचार र कार्यक्रमको सामिप्यताले नै पार्टी एकीकरणको दिशामा लैजान्छ । त्यसैले अहिलेको आवश्यकता पार्टी निर्माण पनि हो । बैचारिक संघर्षहिन निरपेक्ष पार्टी एकीकरणको हामीले विरोध गरेर जानु पर्दछ ।

No comments:

Post a Comment