Thursday, March 4, 2010

प्रेस विज्ञप्ती

प्रेस विज्ञप्ती
नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) को केन्द्रीय समितिको आयोजनामा मकवानपुर जिल्लाको हेटौंडामा २०६६ भदौ १२ देखि १४ गते सम्म राष्ट्रिय प्रशिक्षण भेला र केन्द्रीय समितिको विस्तारित वैठक सम्पन्न भएको छ । देशका ५१ जिल्लाबाट प्रतिनिधित्व भएको हाम्रो संगठनकोे ३ दिने ऐतिहासिक हेटौंडा नगरीको कार्यक्रममा १२ र १३ गतेको प्रशिक्षण शेशनमा १० वटा निम्न महत्वपुर्ण विषयमा प्रशिक्षण भयो । समसामयिक राजनीतिक परिस्थिति र संगठनको भुमिका तथा संगठनात्मक पद्धतिको बारेमा ने.क.पा.(एकीकृत) का केन्द्रीय महासचिव क. रामसिंह श्रीस्, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको वर्तमान परिस्थिति र आजको माक्र्सवादी आन्दोलन साथै पार्टी, वर्गीय संगठन र जन÷वर्गीय संगठनको आन्दोलनमा भुमिका बारे अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा के.स. तेज प्रसाद कडेल, दर्शन र कम्युनिष्ट आन्दोलनमा “वाद” र “विचारधारा” को विषयमा विवाद र वास्तविकता वारेमा पोलिटव्युरो सदस्य कमल चौधरी, युवा आन्दोलनः राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भबारे के.स. डाचाराज वाग्ले, राज्यको नयाँ संरचना र सार्थक संविधानको निर्माणको प्रश्न साथै पार्टी एकीकरण, धु्रवीकरण र जनवादी क्रान्तिबारे प्रचार–प्रसार विभाग प्रमुख तथा के.स. टंक राई, संस्कृति, सांस्कृतिक आन्दोलन र माक्र्सवादी दृष्टिकोण बारेमा संगठनका सल्लाहकार तथा के.स. चिरन पुनहरुले प्रशिक्षण दिनुभएको थियो । १४ गतेको केन्द्रीय समितिको विस्तारित वैठकले राष्ट्रियताबारे मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान र तोकिएकै समयमा सार्थक संविधान बन्नु पर्छ भन्ने प्रश्नमा राष्ट्रव्यापी दवावमुलक कार्यक्रम मंसिर महिनाको अन्तिमतिरबाट थालिने निर्णय गरेको छ । यो कार्यक्रमको तयारीको लागि जिल्ला संगठनहरु गठन र पुर्नगठनको कामलाई शसक्तता र निरन्तरता दिइने निर्णय गरेको छ । कार्यक्रमको ढाँचा र रुटको बारेमा विस्तृत रुपमा संगठनको सचिवालयको आगामी वैठकले निर्णय गर्नेछ । तीन दिने कार्यक्रमको लागि हाम्रो आर्थिक अभियानलाई आर्थिक र भौतिक सहयोग दिएर क्रान्तिका संवाहक हामी युवाहरुको कार्यक्रमलाई सम्पन्न गर्न सवै प्रकारको सहयोग गरिदिनु हुने सम्पुर्ण मकवानपुरका सहयोगदाताहरुप्रति हाम्रो केन्द्रीय समिति आभार र धन्यवाद व्यक्त गर्दछ । धन्यवाद ।।।
................
(उदय राई)
अध्यक्ष



No comments:

Post a Comment