Monday, March 1, 2010

कम्युनिस्ट आन्दोलनमा युवा कम्युनिस्ट संघको भुमिका

युवा कम्युनिस्ट, अंक १, वर्ष ३, असोज २०६६
पेज नं. ९
रामसिंह श्रीस
महासचिव, नेकपा (एकीकृत)
कम्युनिस्ट आन्दोलनलाई कम्युनिस्ट पार्टी तथा युवा कम्युनिस्टहरुले नै अगाडी बढाइरहेका छन् । कुनै पनि देशमा कम्युनिस्ट आन्दोलन कसरी अगाडि बढ्छ ? भन्ने कुरा त्यहा“का कम्युनिस्टहरुले अर्थात त्यहा“को कम्युनिस्ट पार्टीले कस्तो नीति तथा कार्यक्रम अगाडि बढाउ“छ, त्यसमा भर पर्दछ । कम्युनिस्ट पार्टीले पार्टी संगठन मात्र नबनाएर जन तथा वर्गीय संगठनहरु पनि निर्माण गरेर जनतालाई गोलबन्द गर्ने प्रयत्न गर्दछ । यसै क्रममा युवाहरुलाई पनि संगठित गर्न युवा संगठनको पनि निर्माण गर्दछ ।
युवा अवस्था भनेको किशोर अवस्था भन्दा माथि र प्रौढ अवस्था भन्दा तलको उमेर अवस्थालाई बुझिन्छ । नेपालमा १५ वर्ष भन्दा माथि र ४० वर्ष भन्दा तलको उमेर भएका पुरुष, महिला तथा अन्य लिङ्गीलाई युवा भनिन्छ । यो युवा अवस्था भनेको मानिसहरुको जीवनको भौतिक र मानसिक दुबै अवस्थाले अत्यन्तै क्रियाशिल अवस्था हो । त्यसकारण युवाहरु समाज परिवर्तनमा अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गर्ने शक्ति हुन्, अर्थात युवाहरुको सक्रियताविना समाजमा परिवर्तन गर्न गाह्रो हुन्छ । उमेरको आधारमा युवा भनिने ह“ुदा युवाको आफ्नो कुनै वर्ग हुदैन । मजदुर, किसान, निम्नपू“जीपति, सामन्त आदि सबै वर्गका युवाहरु हुन्छन् ।
वर्गीय समाजमा वर्गीय सत्ता हुन्छ । त्यसकारण वर्गीय समाजमा सत्ताधारी वर्गले आफ्नो वर्गीय सत्ता कायम राख्न चाहन्छ भने उत्पीडित वर्गले पनि त्यो शोषक वर्गीय सत्तालाई ध्वंस्त गरेर आफ्नै वर्गीय सत्ता स्थापना गर्न संघर्ष चलाउ“छ । । त्यसैले समाजमा युवाहरु पनि सत्ताको वर्गीय लडाईमा विभाजित भएका हुन्छन् । सत्ताधारी वर्गले आफ्नो वर्गीय सत्ता कायम राख्न वढि भन्दा बढि युवाहरुलाई संगठित गरेर परिचालन गर्ने प्रयत्न गर्दछ भने उत्पीडित वर्गले पनि विद्यमान सत्तालाई ध्वस्त गरेर आफ्नो वर्गीय सत्ता स्थापना गर्न युवाहरुलाई नै अगाडि बढाउ“ने प्रयत्न गर्दछन् । नेपालको सन्दर्भमा हे¥यौ भने पनि हिजो राणा शासन कालमा आफ्नो सत्ता टिकाउन राणाहरुले सेना, पुलिस आदिमा युवाहरुलाई नै बढि भन्दा बढि प्रयोग गरेका थिए । एकदलीय पंचायती शासन कालमा त पंचहरुले युवाहरुको छुट्टै संगठन निर्माण गरेर नै एकदलीय तानाशाही पंचायती व्यवस्थाको पक्षमा युवाहरुलाई व्यापक रुपमा परिचालन गर्ने प्रयत्न गरेका थिए । ठीक त्यसको विपरित राणाहरुको हुकुमी शासनको विरुद्धमा आवाज उठाउ“ने युवाहरु नै थिए र तिनैको सक्रियतामा राणा शासनको अन्त भएको थियो । र, पंचायती तानाशाही व्यवस्थाको क्रुर दमनको समयमा पनि ज्यानको बाजी लगाएर त्यसको विरुद्धमा संघर्षको मोर्चामा उत्रने युवाहरु नै थिए र अन्ततः प्रचायती तानाशाही व्यवस्थालाई ढलाइछाडे । युवा अवस्था भनेको मख्यत सिक्ने अवस्था हो । त्यसकारण विद्यार्थीहरु प्रायः सबै युवा नै हुन्छन् तर, सबै युवाहरु विख्द्यार्थी हुदैनन् । युवा र विद्यार्थीहरुले नै समाजलाई अग्रगामी दिशामा लैजान महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्छन् र गरिरहेका छन् । नेपालको इतिहासलाई हेर्दा पनि राणा शासन पल्टाउने आन्दोलनदेखि ०६२÷६३ को राजतन्त्र समाप्त गर्ने आन्दोलनसम्म युवा, विद्यार्थीहरुको भुमिका नै अत्यन्तै महत्वपूर्ण छ । ठीक त्यहि किसिमले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउ“ने प्रश्नमा पनि युवा कम्युनिस्टहरुको भुमिका महत्वपूर्ण हुन्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा पनि यो कुरा सत्य सावित भएको छ । जब ०१९ सालपछि नेपाल कम्युनिस्ट पार्टीमा विभाजन आयो, र पार्टी अकर्मन्य अवस्थामा पुग्यो । एकातिर पार्टीले देश र जनतालाई आन्दोलनको कार्यक्रम नै दिनसकिरहेको थिएन, अर्कोतिर निर्दलीय पंचायती व्यवस्थाको नाममा चर्को दमन थियो । त्यो अवस्थामा पनि युवा विद्यार्थीहरुले नै कम्युनिस्ट विचारधाराको प्रचारप्रसार र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा सशक्त आन्दोलनहरु चलाएका थिए । ठोस रुपमा भन्नुपर्दा अखिल नेपाल स्वतन्त्र युनियनको नामबाट युवा विद्यार्थीहरुले तानाशाही पंचायती व्यवस्थाको विरुद्धमा राष्ट्रियता र जनतन्त्रको पक्षमा व्यापक संघर्ष गरे । नेपालको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउ“ने क्रममा ठूलो योगदान दिए ।
युवा कम्युनिस्टहरुले वास्तवमा कम्युनिस्ट आन्दोलन भनेको के हो ? त्यो कुरा पहिले राम्ररी बझ्नु पर्दछ । कम्युनिस्ट आन्दोलन भनेको वास्तवमा शोषणरहित समाजको निमाण गर्न अर्थात वर्गहिन समाजको निर्माण गर्नु हो । अर्थात समाजमा हुने सबै प्रकारका शोषण, दमन, उत्पीडनको अन्त्य गर्नु हो । त्यो कुरा समाजको सबैभन्दा क्रान्तिकारी वर्ग सर्वहारा वर्गको सत्ता कायम गरेर मात्र सम्भव छ । त्यसकारण पहिले सत्ता प्राप्ति गर्ने संघर्षमा र सत्ता कायम भएपछि त्यसलाई टिकाइराख्ने काममा युवा कम्युनिस्ट संघको महत्वपूर्ण भुमिका हुनुपर्दछ । सर्वहारा वर्गको सत्ता प्राप्ति गर्ने आन्दोलनको नेतृत्व राजनैतिक पार्टी कम्युनिष्ट पार्टीले गर्दछ । त्यसकारण युवा कम्युनिष्ट बीचको मुख्य कार्य कम्युनिष्ट पार्टीको तात्कालिक कार्यभारलाई सफलताको विन्दुमा पु¥याउ“न महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्दछ ।
कम्युनिष्ट पार्टीको मुख्य उद्देश्य समाजवाद र साम्यवादको स्थापना गर्ने भएता पनि नेपाल जस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्था भएको देशमा नया“ जनवादी क्रान्ति हु“दै समाजवादमा पुग्ने कार्यदिशा हुनुपर्दछ । त्यसकारण नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) को अहिलेको तात्कालिक कार्यभार भनेको जनवादी क्रान्ति सम्पन्न गर्नको लागि आधार तयार पार्ने नै हो । नया“ जनवादी क्रान्ति सर्वहारा वर्गको नेतृत्वमा क्रान्तिकारी जनताको अधिनायकत्व भएको जनवादी व्यवस्था हो । युवा कम्युनिष्ट संघको मुख्य भूमिका पार्टीको तात्कालिक कार्यनीति र रणनीतिलाई सफल पार्न बढि भन्दा बढि युवाहरुलाई संगठित र क्रियाशिल बनाउ“ने हुनु पर्दछ । रुस, चीन लगायत विभिन्न देशका कम्युनिष्ट युवा बीचको कार्यलाई हेर्दा त्यहा“ सर्वहारा वर्ग तथा क्रान्तिकारी जनताको सत्ता प्राप्त नगर्दासम्म र सत्ता प्राप्ति गरेपछि त्यो सत्तालाई टिकाइ राख्ने काममा युवाहरु प्रतिवद्ध भएर लागेका हुन्छन् ।
नया“ जनवादी क्रान्ति मजदु्र–किसान एकताको आधारमा हुने सामन्तवाद र साम्राज्यवाद विरोधि क्रान्ति हो । मजदुर र किसान वर्ग सामन्तवाद र साम्राज्यवाद विरोधी आन्दोलनमा सशक्त रुपमा नउठेसम्म यो आन्दोलन सफल हुन सक्दैन । त्यसकारण मजदुर र किसानहरुमा चेतना ल्याउन, उनीहरुलाई संगठित गर्न र उनीहरुलाई नया“ जनवादी क्रान्तिको लागि हुने संघर्षमा सहभागी बनाउ“न युवा कम्युनिस्ट संघले अग्रणी भुमिका खेल्नै पर्दछ । त्यो भुमिका खेल्नका लागि युवा कम्युनिस्ट संघ मजदुरहरु र किसानहरुको बीचमा जानु पर्दछ । त्यसो त जनसंख्याको सबै भन्दा ठूलो भाग मजदु्र र किसान वर्गको नै छ । देशको जनसंख्याको अझै ९० प्रतिशत किसान र मजदूरहरु नै छन् । त्यसैले युवाहरुको ठूलो संख्या पनि यिनै मजदुर र किसानहरु वर्गको बीचमा नै छ । तर मजदुर र किसान वर्गका युवाहरुमा केही हिस्सा दलाल, नोकरशाही, नोकरशाही पू“जीपति र सामन्त वर्गको छा“प छ । त्यस्तै त्यस वगको युवाहरुमा निम्नपू“जीपतिहरु विभिन्नखाले अवसरवादी तत्वहरुको पनि प्रभाव छ । मजदुर र किसानको वर्गको युवाहरुलाई प्रतिक्रियावादी र विभिन्नखाले अवसरवादी तत्वहरुको प्रभावमा ल्याउ“नु युवा कम्युनिस्ट संघको कार्यभार हो ।
कम्युनिस्ट युवा संघले मजदुर तथा किसान वर्गका युवाहरुलाई मात्र संगठित र आन्दोलित गर्ने होइन कि स्वयं मजदुर र किसानहरुको संगठनलाई विस्तार गर्न, विकास गर्न र त्यसलाई अगाडि बढाउन अग्रणी भुमिका निर्वाह गर्नु पर्दछ । त्यसैले युवा कम्युनिस्ट संघ मजदुर र किसानहरुसंग एकतावद्ध हुनै पर्दछ । त्यसको लागि युवा कम्युनिस्ट संघले मजदुरहरु र किसानहरुको बीचमा जाने र उनीहरुस“ग एकता गर्ने कार्यमा ठोस योजना र कार्यक्रमहरु बनाएर अगाडि बढ्नु पर्दछ । युवा कम्युनिस्टहरु मजदुर र किसानहरुस“ग घनिस्ट सम्बन्ध राख्न तयार हुनै पर्दछ । कमरेड माओ भन्नु हुन्छ, “कुनै युवक क्रान्तिकारी हो कि होईन भनेर हामीले कसरी जा“च्ने ? यो कुरा हामीले कसरी भन्ने ? यसको एकामात्र कसी हुनसक्छ, त्यो हो, उ मजदुरहरु र किसानहरुको व्यापक समुहस“ग घनिस्टरुपले गा“सिन तयार छ कि छैन र व्यवहारमा त्यसो गर्छ कि गर्दैन । उ त्यसो गर्न तयार छ र साच्चि नै त्यसो गर्छ भने उ क्रान्तिकारी हो, होईन भने अक्रान्तिकारी वा प्रतिक्रान्तिकारी हो ।” संकलित रचना–भाग ५ पृ. २१७ । क. माओको यस भनाइले युवाहरुलाई मजदुरहरु र किसानहरुको बीचमा गएर काम गर्न निर्देश गर्दछ । युवा कम्युनिस्टहरुको मुख्य काम समाजमा रहेका उत्पीडित वर्गको मुक्ति गर्नु हो । समाजमा उत्पीडित वर्ग को हो त ? भन्दा मजदुर र किसानहरु नै हुन् । त्यसकारण जबसम्म युवाहरु मजदुर र किसानहरुको मुक्तिको लागि उनीहरुस“गै रहेर मुक्तिको लडाईको समयमा मुक्तिको लागि लड्न र मुक्तिपछि उनीहरुको मुक्तिलाई कायम राख्न संघर्ष गर्दछन्, त्यस वेलासम्म उनीहरु क्रान्तिकारी हुन्छन् । मजदुर र किसानहरुको मुक्तिको लडाई भन्दा जब युवाहरु बाहिर जान्छन्, त्यसवेला उनीहरु अक्रान्तिकारी बन्दछन् । यस कुरालाई जोड दिदै लेनिनले भन्नु भएको छ, “यो यसरी छ कि कम्युनिस्ट युवा संघ आफनो पढाई–लेखाई, आफ्नो अध्ययन तथा आफ्नो शिक्षादिक्षालाई मजदुरहरु तथा किसानहरुको श्रमस“ग एक्यैबद्धता गरोस, कि उ स्कुल चारदिवारभित्र बन्द नहोस तथा कम्युनिस्ट पुस्तक या पुस्तिकाको केवल पढ्नेसम्म सीमित नरहोस् । केवल मजदुरहरु तथा किसानहरुस“ग मिलेर श्रम गरेर नै वास्तविक कम्युनिस्ट बन्न सकिन्छ ।” यसरी लेनिनले पनि युवकहरुलाई मजदुर र किसानहरुस“ग मिलेर काम गर्न सल्लाह दिनु भएको छ । क. माओ र लेनिनको यो शिक्षालाई आधार मानेर नेपालको सन्दर्भमा हे¥यौ भने यो काम भएकै छैन भन्दा हुन्छ । क्रान्तिकारी युवा, विद्यार्थीहरुले मजदर र किसानहरुको मुक्तिको लागि सहि ज्ञानको चेतना दिने, उनीहरुलाई संगठित गर्ने र उनीहरुस“ग वर्गसंघर्षमा अग्रस्थानमा रहेर भाग लिने काम गर्नु पर्दछ । यसरी मात्र नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) ले आफ्नो कार्यभार पूरा गर्न सक्ने छ ।


No comments:

Post a Comment