Monday, March 1, 2010

युवा आन्दोलनः हिजो र आज

युवा कम्युनिस्ट, अंक १, वर्ष ३, असोज २०५५
पेज नं. २३
चिरन पुन
के.स. नेकपा (एकीकृत)
आरम्भ,
विश्व कम्युनिष्ट आन्दोलनमा युवा संगठन र आन्दोलनको गौरवमय ईतिहा“स छ । शोषणमुलक समाजलाई ध्वस्त पारेर शोषणविहिन समाज निमार्ण गर्ने ठुला–ठुला आन्दोलनहरु युवाहरुले संचालन गरेका छन । श्रमजीवि वर्गको अधिकारलाई स्थापित गर्ने जनवादी, समाजवादी र साम्यवादी राज्यव्यवस्था निमार्ण गर्ने आन्दोलनको् मुख्य कडि युवाहरुनै हुन भन्न अतियुक्ति हुदैन । विश्वका महान क्रान्तिकारी अग्रजहरुले क्रान्तिकारी आन्दोलनको शुरुवात युवा अवस्था बाटै शुरु गरेका हुन । सवैभन्दा उर्जाशिल, सिर्जनशिल, सक्रिय, जागरिलो, तागतिलो, सिकारु, जुझारु, लडाकु तप्का युवाहरुनै हुन । त्यसैले पुरानो व्यवस्थाको अन्त्य गरेर नया“ व्यवस्थाको शुरुवात गर्ने आन्दोलनमा युवाहरुले ऐतिहासिक महत्व बोकेका छन । महान नेतृत्व, जुझारु सिपाई, सक्रिय कर्मचारी, सिपमुलक बैज्ञानिक, मेहेनती डाक्टर, दक्ष ईन्जिनियर, चनाखो वकिल, सिर्जनशिल समाज, उर्जाशिल नागरिक निमार्ण गर्ने मुख्य आधार युवाहरुनै हुन । त्यसैले त “क. माओले सन् १९५७ नोभेम्वर १७ मा युवाहरुलाई भन्नु भएको थियो ।” “संसार तिमीहरुको हो, हाम्रो पनि हो, तर अन्तिम विश्लेषणमा तिमीहरुकै हो । शक्ति र चेतनापूर्ण तिमी युवकहरु विहान आठ–नौ बजेको सूर्यझै“ जीवनको फत्र“mदो बेलामा छौ । हाम्रो आशा तिमीहरुमै रहेको छ । संसार तिमीहरुको हातमा छ । भविश्य तिमीहरुकै हातमा छ ।”
नेतृत्व विकाशमा युवा,
क्रान्तिकारी आन्दोलनमा क्रान्तिकारी विचार, दर्शन, सिद्धान्त, राजनीतिको आवश्यकता पर्दछ । त्यसलाई प्रतिपादन गर्ने, परिचालन गर्ने, बुझ्ने, बुझाउने र व्यवहारमा लागु गर्ने दक्ष जनशक्तिको झनै आवश्यकता पर्दछ । समाजमा देखा परेका हरेक विचार, नीति, सिद्धान्त, दर्शन र राजनीतिको बीचमा अन्तरसंघर्षहरु संचालन भैरहेका हुन्छन । ति विचारहरुको बीचमा एकले अर्काको अस्तित्वलाई समाप्त पार्न हरदम कोशिस भैरहेको हुन्छ । विचार, नीति, सिद्धान्त, राजनीति र दर्शनको बीचमा हुने अन्तरविरोधले गर्दा समाजमा शोषण, उत्पीडन, अन्याय, अत्याचार भैरहेको हुन्छ । प्रतिक्रियावादी शक्तिहरुले श्रमजीवि वर्ग माथि सवै प्रकारको दमन गर्न भुमिका खेलिरहेको हुन्छ । प्रतिक्रियावादीहरुको दमनले गर्दा श्रमजीवि वर्ग, गरिखाने वर्गलाई प्रतिरोधमा उत्रन वाध्य पार्दछ । त्यही अन्तरविरोधले पुरानो व्यवस्थाको अन्त्य भएर नया“–नया“ व्यवस्थाहरुको स्थापना हुदै गैरहेको हुन्छ । त्यसै परिवेशमा उत्पीडित जनताले क्रान्तिकारी युवाहरु निमार्ण गर्दछन । क्रान्तिकारी युवाहरुबाट क्रान्तिकारी नेतृत्व स्थापित हुन्छन । क्रान्तिकारी नेतृत्वले सहि विचार, सिद्धान्त, राजनीति, दशृन र आर्दशहरुको प्रतिपादन, परिचालन गर्न सक्छन । फेरी त्यसलाई व्यवहारमा लागु गर्न र रुपान्तरण गर्न तिनै क्रान्तिकारी युवाहरु र जनताले नै महत्वपूर्ण भुमिका खेलेको हुन्छ ।
जर्मनीमा एउटा एहुदी परिवारमा सन् १८१८ मा जन्मनु भएका कार्ल माक्र्सले “संसारका मजदुर एक होऔं” भन्ने नारा दिई विश्वभरिका मजदुरहरुलाई गोलवन्द गर्न सक्नु भयो । कार्ल माक्र्सले ३० वर्षको कलिलो युवा अवस्थामै सन् १८४८ मा “कम्युनिष्ट घोषणा पत्र” लेखेर विश्व भरिका कम्युनिष्टहरुको महान गुरु हुनुभयो, र संसारभरीमा कम्युनिष्ट आन्दोलनको जग बसाल्नु भयो । सन् १८५९ मा “पु“जी” ४२ बर्षको उमेरमै लेखेर विश्वभरीनै हलचल भच्चाईदिनु भयो । कार्ल माक्र्सले पुजीवादको विरोध र साम्यवादको प्रतिपादन गरेका कारण महान दार्शनिकको शुचिमा अग्रीम रुपमा चिनिनुहुन्छ ।
यस्तै सन् १८७० मा भोल्गा नदीको किनार सिम्वस्र्क रुसमा जन्मनु भएका क. लेनिन २३ बर्षको कलिलो उमेरमानै साम्यवादी विचारको प्रचारक भैसक्नु भएको थियो । २८ बर्षको कलिलो उमेरमा क. लेनिनले सन् १८९८ मा बोल्सेविक पार्टीको स्थापना गरिसक्नुृ भएको थियो । सन् १९०५ मा ३५ वर्षको उमेरमानै क. लेनिनले रुसमा जारको तानाशाहको विरुद्ध क्रान्ति शुरुगर्नु भयो, तर त्यो असफल भयो । फेरी सन् १९१७ मा दोश्रो पटक क्रान्ति गरेर तानाशाही जारको सासन पल्ट्याई दिनु भयो र आफ्नो अध्यक्षतामा सरकार समेत बनाउनु भयो । अफ्रिकामा नेल्सन मन्डेला, चिनमा क. माओ, भियतनाममा होचिमिन्ह जस्ता अग्रजहरुको क्रान्तिकारी आन्दोलनको शुरुवात र निरन्तरता उहा“हरुको युवा अवस्थास“ग अभिन्न ढंगले जोडिन्छ । त्यसैले क्रान्तिकारी आन्दोलनका अग्रज नेतृत्वको उत्पादन, बिकाश र परिचालनमा युवाहरुको भुमिका महत्वपूर्ण हुदै आईरहेको छ, र निरन्तरतामा अगाडि बढिरहने छ ।
युवा आन्दोलनको अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रभाव,
युवा आन्दोलनको अन्तराष्ट्रिय तथा राष्ट्रिय रुपमानै अत्यन्त उल्लेख्य भुमिका रहेको छ । विश्व सर्वहारा वर्गका महान नेता क. लेनिनको नेतृत्वमा रहेको सोभियत कम्युनिष्ट पार्टीको नेतृत्व र निर्देशनमा स्थापीत युवकहरुको संगठन कम्सामोलले सोभियत समाजवादी क्रान्तिमा महत्वपूर्ण भुमिका निर्वाह गरेको थियो । सन् १८९८ को बोल्सेविक पार्टीको स्थापना काल, सन् १९०५ को क्रान्तिको समय त्यस्तै सन् १९१७ को क्रान्ति, बोल्सेविक र मेन्सेविकको बीच हुने गरेको चरम बैचारीक अन्तरसंघर्ष आदीमा सोभियत युवाहरुको क्रान्तिकारी संगठन कम्सामोलको उल्लेख्य भुमिका क्रान्तिकारीहरुको लागि आज पनि अजर र अमर रहेको छ ।
हाम्रै छिमेकी मुलुक चीनमा चीनिया कम्युनिष्ट पार्टीको सहायक संगठनको रुपमा युवाहरुको क्रान्तिकारी संगठन “योङ्ग कम्युनिष्ट लिग” परिचालित थियो । क. माओका नेतृत्व र चीनिया कम्युनिष्ट पार्टीको अगुवाईमा संचालित जनवादी क्रान्तिको कालमा श्रमजीवि वर्गको मुक्तिको निम्ति अदम्य सहास र बलिदानीपूर्ण भाव सहित युवा संगठन “योङ्ग कम्युनिष्ट लिग” ले खेलेको गौरवमय भुमिका हाम्रो अगाडि सुः स्पस्ट रहेको छ । सन् १९१९ मई देखि १९२१ जुन सम्म चीनिया मई ४ आन्दोलन र कम्युनिष्ट आन्दोलनको उत्थान, सन् १९२१ जुलाई देखि १९२६ जुलाई सम्म चीनिया कम्युनिष्ट पार्टीको स्थापना, श्रमिक वर्गको आन्दोलनको विकाश, क्रान्तिकारी मोर्चा गठनको पहल र आन्दोलनको निम्ति प्रयास, सन् १९२६ देखि १९२७ सम्म चलेको प्रथम क्रान्तिकारी गृह युद्ध र उत्तरी अभियान, सन् १९२७ अगस्त देखि १९३१ सम्मको क्रान्तिकारी आधार क्षेत्रको स्थापना, जापान विरोधी आन्दोलन र पार्टी भित्र चलेको अन्तरसंघर्ष, सन् १९३१ देखि को जापानी साम्राज्यवाद विरोधी चरणवद्ध आन्दोलन, आधार क्षेत्रको निमार्ण, आन्तरिक शान्तिको पहल जो १९४२ डिसेम्वर सम्म चल्यो । त्यसपछि सन् १९४३ जनवरी देखि १९४५ सम्मको मुक्त क्ष्ँेत्रद्धारा प्रत्याक्रमणको शुरुवात, प्रतिरोध युद्ध र अन्तिम विजयको संखघोष आन्दोलन, सन् १९४५ देखि १९४६ सम्म जापानी साम्राज्यवादको आत्पसमर्पण र घरेलु जनवादको लागि संघर्ष, सन् १९४६ देखि १९४७ सम्म क्वमिङताङ फौजको विरुद्ध जनमुत्ती सेनाद्धा भिषण प्रतिरोधको चरण र क्रान्तिकारी गृह युद्धमा रणनैतिक आक्रमण र जन क्रान्तिको देशव्यापी विजयको शुरुवात सन् १९४७ जुलाई देखि १९४९ अक्टुवर सम्मको यि सवै चरणहरुमा युवाहरु, युवाहरुको क्रान्तिकारी संगठन “योङ्ग कम्युनिष्ट लिग”ले खेलेको भुमिका अजङ्ग पहाड जस्तो हाम्रो सामु उभिएको छ ।
त्यसपछि पनि सन् १९६६ देखि १९७६ सम्म चलेको महान सर्वहारा सा“स्कृतिक क्रान्तिमा युवाहरुको उल्लेख्य भुमिका रहेको हो । त्यसैले त “क. माओले सन् १९६६ जुलाई २१ गते केन्द्रीय कमिटिको बैठकमा युवाहरुको बारेमा संवोधन गर्नु भएको थियो ।” “यहासम्म कि तपाईहरुले आफ्नै जिउमा आगो लगाउन तयार हुनु पर्छ, दनदन बोलिरिहेको आगोको ज्वालामा आफुलाई होम्न तयार हुनुपर्छ के तपाईहरुमा यसो गर्न हिम्मत छ ? तपाई हरुले एकचोटि मात्र होईन बारम्वार देशलाई समाजवादमा प्रवेश गराउन बल गर्नु पर्दछ । राजनीतिलाई कमाण्डमा राख्नुहोस, जनताको बीचमा जानुहोस, उनिहरुस“ग घुलमिल गर्नुहोस र महान सा“स्कृतिक क्रान्तिलाई अझ राम्ररी हाक्नुहोस ।” क. माओको उक्त भनाई आज पनि युवा आन्दोलन र युवाहरुको लागि महत्वपूर्ण रहेको छ । यसलाई आत्मसाथ गर्नु सवै सहि युवा आन्दोलनको दायीत्व हो ।
पेरिस कम्युनको स्थापना, भियतनामी क्रान्तिको सफलता र नेपालको सन्दर्भमा समेत युवा आन्दोलनको प्रभाव अथक र महत्वपूर्ण रहेको छ । नेपाल कम्युनिष्ट पार्टीको मातहतमा २०१२ सालमा नेपाल राष्ट्रिय युवक फेडेरेसनको स्थापना गरिएको थियो । उक्त संगठनको २०१२ जेठ २९ देखि असार ३ गते सम्म पाल्पामा भएको प्रथम सम्मेलनले विधान तथा नीतिहरु पारित गरेको थियो र त्यस सम्मेलनले संगठनको नामलाई बदलेर पश्चिम नेपाल युवक संघ राख्यो । त्यस्तै २०१४, १७, २७ र २९ सालमा पनि युवा संगठनको गतिशिलता थियो । यसैगरी २०३८ साल माघ महिनामा राष्ट्रिय स्तरको अखिल नेपाल युवक संघ स्थापना गरियो । त्यही निरन्तरतामा बहुदलीय व्यवस्थाको स्थापना पछि अन्य युवा संगठनहरु पनि निमार्ण भए । जो आज सम्म पनि आ–आफ्नै ढंगले क्रियाशिल रहेका छन । आन्दोलनको सन्दर्भमा २००७, ०१४, ०१७, ०२७, ०३६, ०४६, ०५२ र पछिल्लो समयमा ऐतिहासिक जनआन्दोलन ०६२÷६३ सम्म आईपुग्दा लाखौं–लाख युवाहरुले बलिदानीपूर्ण संघर्षमा भाग लिईसकेका छन । हजारौं युवाहरु सहीद भैसकेका छन । त्यसैले आजको आन्दोलनको मेरुदण्ड पनि युवाहरु नै हुन भन्न अतियुक्ति हुने छैन ।
युवा आन्दोलन प्रतिको अपेक्षा,
आज हाम्रो देशमा पनि समाजले युवाहरु र युवाहरुले संचालन गर्ने आन्दालन प्रति ठुलो विश्वास र भरोसा राखेको छ । विश्वस्तरमा पनि युवाहरुको आन्दोलनले ठुला–ठुला सफलताहरु चुमेको थियो । समाजले युवाहरु प्रति राखेको विश्वास र भरोसालाई पुरा गर्न आमुल परिवर्तनकारी आन्दोलनको प्रकृयालाई जोडतोडले विकाश गर्नु अनिवार्य रहेको छ । “कम्युनिष्ट समाज निमार्ण गर्ने वास्तविक कार्यभार युवाहरुको नै हो । श्रमजीवि वर्गको निम्ति वर्ग संघर्षमा होमिनु र कम्युनिज्म निमार्ण गर्न अगाडि बढ्नु युवाहरुको मुख्य कार्यभार हो” उक्त भनाई “क. लेनिनले सन् १९२० अक्टुवर २ मा युवाहरुको तेश्रो रुसी का“ग्रेसमा भन्नु भएको थियो ।”
रणनैतिक हिसावले जनवादी समाजवादी र साम्यवादी राज्य व्यवस्था निमार्ण गर्ने अभिष्टतालाई केन्द्रमा राखेर युवा आन्दोलन अगाडि बढ्नु पर्दछ । त्यसको साथै तत्कालमा देखा पर्ने समस्याहरुलाई पनि समाधान गर्न संघर्ष गर्न पछाडी पर्नु हुदैन । आज देशमा देखिएका समस्याहरुलाई समाधान गर्न पनि युवा आन्दोलनको खा“चो रहेको छ । त्यो भरोसा समाजले युवाहरु प्रति राखेको छ । यतिवेला तोकिएकै समयमा सार्थक अग्रगामी संविधान निमार्ण गर्न जोड दिनु पर्दछ । भारतीय विस्तारवादले नेपाली भुमि अतिक्रमण गरिरहेको छ त्यसलाई रोक्न राष्ट्रियताको आन्दालनको आ“धी–वेहरी सृजना गर्नु पनि अर्को महत्वपूर्ण जिम्मेवारी युवा आन्दोलनमा रहेको छ । सन् १९५० लगाएतका सम्पूर्ण असमान सन्धी—संझौताहरुलाई खारेज गरिनु पर्दछ । सरकारले गर्ने गरेको राष्ट्रघाती, जनघाती कामहरुलाई पूर्ण रुपले रोक्न फेरी पनि आन्दोलनको आवश्यकता पर्दछ । कमिसनतन्त्र, घुसखोरी, भ्रष्टाचार, तस्करीलाई तत्काल रोकिनु पर्दछ । पूर्ण शान्तिशुरक्षाको व्यवस्था, जनआन्दोलनका अपराधीहरुलाई कारवाही जस्ता विषयहरु पनि आजका मुख्य विषयहरु हुन त्यसैले आजका यि विषयहरुलाई हल गर्नको लागि फेरी ठुलो दवाब आन्दोलनको जरुरी रहेको छ । त्यसको नेतृत्व अझ युवाहरुले गर्नु पर्दछ । समाजले राखेको यो विश्वासलाई पुरा गर्न सम्पूर्ण युवाहरु र क्रान्तिकारी युवा संगठन ठोस योजनाका साथ लाग्नु आजको अनिवार्य प्रश्न हो ।
“एक युवक क्रान्तिकारी छ कि छैन भनेर कसरी जाच्नु पर्छ ? हामी कसरी छुट्ट्याउन सक्छौं ? यसको एउटा मात्र कडि हुन सक्छ, त्यो हो, उ मजदुर र किसानहरुको समुह सित एकाकार भई मिल्न ईच्छुक छ कि छैन र व्यवहारमा पनि त्यसै गर्छ कि गर्दैन । उ यसो गर्न ईच्छुक छ र वास्तवमा त्यस्तै गर्छ भने उ क्रान्तिकारी हो, नत्र उ अ–क्रान्तिकारी अथवा प्रतिक्रान्तिकारी हो । उसले आज मजदुर र किसानहरुको समुहमा एकरुप पार्छ भने उ आज क्रान्तिकारी हुन्छ, भोली उ त्यसो गर्न छाड्छ र साधारण जनतालाई थिच्न थाल्छ भने उ अ–क्रान्तिकारी अथवा प्रतिक्रान्तिकारी हुन्छ ।” “सन् १९३९ मे ४ मा युवा आन्दोलनको दिशा मा क. माओले उक्त कुरा बताउनु भएको थियो ।” आजको परिवेशमा पनि यहि कुरा सहि र सत्य छ । किनकी, हाम्रो देशमा क्रान्तिकारी आन्दोलनको लागि किसान र मजदुर वर्ग नै सवैभन्दा आधारभुत वर्ग हो । त्यो वर्ग नउठे सम्म र आन्दोलनमा नलागे सम्म आजको नेपाली क्रान्तिले सफलता चुम्न सक्दैन ।
अन्त्यमा,
युवा संगठन र आन्दोलनमा पनि विभिन्न अवसरवादी विचारहरु बारम्वार देखिने गरेको हुन्छ । एकातिर दलाल, नोकरशाही तथा सामन्ती प्रतिक्रियावादी विचारहरु युवा आन्दोलनका बाधक हुन भने अर्कोतिर दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी अराजकतावादको प्रकृयाबाट देखा पर्दछ । त्यस प्रकारको विचारले क्रान्तिलाई मदत गर्दैन बरु प्रतिक्रान्तिको सेवामा लाग्छ । उनिहरुले साम्राज्यवाद तथा विस्तारवादहरुस“ग संघर्षको होईन संझौताको नीति अवलम्वन गर्दछ । सत्ता, कुर्सी, सुख–सविधा, पद–प्रतिष्ठा, जनघाती तथा राष्ट्रघाती गतिविधीहरु उनिहरुको मुख्य कामहरुमा पर्दछन । यो गलत विचारबाट युवाहरुलाई सचेत पार्नु, युवा संगठनलाई यसबाट बचाउनु अनिवार्य रहेको छ ।
माक्र्सवाद, लेनिनवाद, माओविचारधारालाई पथप्रदशक सिद्धान्त मान्नु, सर्वहारावर्गको अधिनायकत्वलाई स्वीकार गर्नु, वर्ग संघर्षलाई हरेक समयमा आत्मसाथ गर्नु, सर्वहारा सा“स्कृतिक क्रान्तिको मुल्य मान्यतालाई स्वीकार गर्नु र यसैको आधारबाट युवा आन्दोलनलाई अघि बढाउनु हामी सवैको दायीत्व हो । यो प्रकृयामा सवै क्रान्तिकारी युवाहरु लाग्नु पर्दछ, भने त्यही परिवेशमा युवा आन्दोलनलाई चर्काउनु पर्दछ ।
धन्यवाद !



No comments:

Post a Comment