युवा कम्युनिस्ट, अंक १, वर्ष ३, असोज २०६६
पेज नं. ४४
के. बी. गुरूङ
के. स. नेकपा (एकीकृत)
नेपालीहरू विदेश पलायन हुने नया“ विषय होईन । यसको इतिहास लामो छ । यद्यपि मानिसहरू एकठाउ“बाट अर्को स्थान वा देशमा जाने मानव समाज विकासक्रम कै एउटा पक्ष हो । मानव समाज विकासको प्रारम्भमा मानिसहरूको पलायन वा वसाईसराई मुख्यत शुरक्षित स्थान र जिवन निर्वाहाको खाद्यन्नको खोजी हुने गर्दथ्यो । तर समाज विकास र समयको अन्तरालमा पलायनताका सार तथा रूपहरूमा विविध परिवर्तन हु“दै आएको छ । तथापि नेपालीहरूको पलायनताको रूपपक्षमा फरक भए पनि सारतत्वमा गुणातमक परिवर्तन आएको छैन । यहा“ नेपालीहरूको बाज्ूय अर्थात विदेशमा हुने पलायनताको पृष्ठभूमि, प्रवृति, प्रकृति र कारण तथा युवावर्गको पलायनताले नया“ जनवादी क्रान्तिको आन्दोलनमा पर्ने असर र क्रान्तिमा युवाहरूको भूमिकाको बारेमा चर्चा गरिने छ ।पेज नं. ४४
के. बी. गुरूङ
के. स. नेकपा (एकीकृत)
नेपालीहरूको विदेश पलायनताको पृष्ठभूमि
नेपालीहरू १९औ सताब्दीको दोस्रो दशक देखि विदेशिन थालेको देखिन्छ । सन् १८१४–१६को नेपाल र वृटिश इष्ट इन्डियाको विचमा भएको युद्धमा नेपाल पराजित भएपछि पराजित ‘गोर्खाली सेना’ खास गरेर पश्चिममा रहेका गोर्खाली सेनाहरू भारत पलायन स्वयं भएको र वृटिश इष्ट इन्डिया सेनाले बन्दी बनाएर लगेको देखिन्छ । वृटिशले भारतामा गोर्खा रेजिमेन्टको सुरूवात सन् १८१५, अप्रिल २४लाई मान्द छ । युद्धमा पराजित गोर्खाली सेनालाई लिएर तत्कालिन वृटिश सेनाका कमाण्डर अक्टरलोनीद्वारा ‘सिरमूर बटालियन’को स्थापनाको अनुरोधलाई तत्कालिन गवरनर जनरलले सम्मति प्रदान गरेका थिए । । यो नै नेपालीहरू औपचारिकरूपमा विदेश पलायनको इतिश्री पनि मान्न सकिन्छ । त्यही अवधि देखि हाल सम्म पनि वृटिश र इन्डियन आर्मीमा गोर्खा भर्तीको शीलशिला निरन्तर चल्दै आएको छ । अर्को पक्ष त्यतिवेला (१८१५) पंजाव हालको भारत र पाकिसतानमा विभाजित पंजाव समेतमा सिख राजा रणजीत सिंहको राज्य रहेको र त्यसको केन्द्र वर्तमान पाकिस्तानको पंजावको लाहोर शहर भएको र रणजीत सिंहको सेनामा गोर्खाली सेना भएको भनाई छ । त्यसले के दखाउ“छ भने गोर्खाली सेनाहरू युद्धमा पराजित पछि पश्चिमबाट कुमाव गडवाल हु“दै पंजावतिर लागेको र रणजीत सिंहको सेनामा सामेल भएको हुन सक्छ । वृटिशले स्थापना गरेको ‘सिरमूर बटालियन’ मार्फत वा रणजीत सिंहको सेनामार्फत नेपालीहरू अहिलेको पाकिस्तानी पंजावको शहर लाहोर पुगेको र त्यहा“बाट आउनेलाई नै ‘लाहुरे’ भनिएको र पछि सबै भारत तथा वृटिश सेनमा भर्ती हुनेलाई ‘लाहुरे’ भनिन थालेको र कालान्तरमा भारतमा जाने आम नेपालीलाई नेपालमा ‘लाहुर’े र भारतमा ‘गोर्खा’ भनिने आमचलन भएबाट नेपालीहरूको भारत पलायनको औपचारिक सुरूवात लाहोर पुग्ने भएको पुष्टि हुन्छ । त्यसैगरि १९औं शताब्दीको मध्यतिर नेपालको पूर्वी क्षेत्रका मानिसहरू कामको खोजिमा दार्जलिङ्ग र जलपाईगुडीमा चिया वगान तथा आसाम र मेघालयतिर जंगलहरूमा कामगर्न जाने गर्द थिए । जे होस नेपालीहरू उपर्युक्त अवधिहरू भन्दा पहिला भारतमा पलायन भएको कुनै संकेत र प्रमाण भेटिदैन ।
नेपालीहरूको विदेश पलायन हुने चरित्र
प्रारम्भिक पलायनतामा बाध्यातमक र आत्मग्लानीयुक्त भएको देखिन्छ । जस्तै– पराजित गोर्खाली सेनाहरू वृटिश ईण्डियाको बन्दी सेनाकोरूपमा र पराजयका कारण आत्मग्लानीले गर्दा भारततिरै पलायनभई रणजित सिंहको सेनमा सामेल गोर्खाली सेना । अर्कोतिर रोजगारीको लागि दार्जलिङ्ग लगायतका चियावगानमा काम गर्न गएका पूर्वतिरका नेपालीहरू पर्दछन् । तर चियावगानमा कामगर्न जाने आजको जस्तो बाध्यात्मक भन्दा ऐक्षिक र फुर्सदको समयलाई सदुपयोग गर्ने प्रकारको हुने गर्दथियो ।
नेपालीहरू पुस्तौं देखिको पलायनताले एकतिर विदेशिने परम्परागत जस्तो प्रवृतिको विकास भएको छ । आफ्नो काम आफै गर्ने र श्रम गर्नेलाई तुच्छ सम्झने सामन्ती संस्कृतिले उब्जाएको ढोंगी र अल्छी प्रवृति तथा अर्कोतिर स्वदेशमा रोजगारी अवसरको अभावले गर्दा रोजगारीको खोजीमा पलायनता ह“ुुनै पर्ने बाध्यात्म परिस्थिति रहेको छ ।
तर, आर्थिक वर्ष २०५०÷५१ देखि नेपालीहरूको भारत बाहेक अन्य अन्य मुलुकहरू विशेष गरेर खाडी मुलुक र मलेसियामा जानेको संख्यामा वृद्धि हुनेक्रम बढेको छ । सरकारी तत्थ्याङ्क अनुसार आर्थिक वर्ष २०५५÷५६मा भारत बाहेक विदेशिने नेपालीहरूको संख्या २७ हजार ७९६ थियो भने आव २०६५÷६६मा त्यो संख्या २ लाख १७ हजार १६४ रहेको छ । अहिले सम्म १०७ देशहरूमा वैदेशिक रोजगारको लागि खुल्ला गरिएको छ । त्यस मध्य निम्न देशहरू मुख्य छन्– मलेशिया, सायदी अरब, कतार, यु.ए.ई., इजरायल, कुवेत, बहराईन, मकाय, अफगानिस्तान, लिविया, अमेरिका, जापन, ब्राजिल, बंगलादेश दक्षिण कोरिया, अष्टे«लिया, सिंगापुर, डेनमार्क र डेनमार्क आदि हुन् । बैदेशिक रोजगारलाई ब्यवस्थित गर्न ऐन, नियम र गन्तब्य देशको पहि“चान र कुटनीतिक पहलहरूमा वृद्धि भए पनि सरकारले जवाफदेहि तरिकाले ब्यवस्थित गर्न नसक्दा विदेशमा नेपाली कामदारहरूले कैयन समस्या झेल्नु र अपमानित हुन परिरहेको छ ।
नेपालीहरूको विदेश पलायन हुने मुलभूत कारणहरू
नेपालीहरूको विदेश पलायनको मुख्य कारण राष्ट्रको जनविरोधि आर्थिक, राजनीतिक र सामाजिक ब्यवस्था र अवस्थाले सिर्जना गरको गरिवी र वेरोजगार तथा वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिय असमानताहरू नै हुन् । नेपालीहरूको वैदेशिक पलायनता करिव २०० वर्ष देखि विशेष गरेर भारतमा नै हु“दै आएको थियो र छ । सन् १८१६को सुगौली सन्धीले गर्दा भारत र नेपाल विच आवत जावत गर्न दुबै देशका नागरिकहरूलाई कुनै पासपोर्ट र भिसाको आबश्यकता नपर्ने र खुल्ला सिमाना तथा तीनतिरबाट भारतसंग सिमाना जोडिएको र नेपालमा भन्दा सानातिना भए पनि रोजगारिको अवसर पनि पाईने भएको ह“दा भारतमा नै नेपालीहरू बढी पलायन हु“दै आईरका थिए र छन् ।
तर, विगत करिव तीन दशक अघिदेखि नेपालीहरू अन्य देशहरूमा पनि रोजगारीको लागि जान थालेको देखिन्छ । जस्तै, आईडीको आधारमा हङकङमा जाने र दक्ष्णि कोरिया, जापन, जर्ममन, अमेरिका लगायतका देशहरूमा बैध÷अबैधरूपमा न्यून संख्यामा जाने गरेपनि ब्यवस्थित र ब्यापकता थिएन । त्यसैगरि भारतीय सेना र पुलिस तथा वृटिश सेना र सिंगापुर पुलिसमा पनि भर्ति हुनेक्रम जारि नै छ । नेपालमा पहिलो पल्ट बैदेशिक रोजगार ऐन–२०४२ बने पछि बैदेशिक रोजगोर केही मात्रामा ब्यवस्थित हुन सुरूगरकोे भए पनि त्यसले ब्यापकता पाउन सकेको थिएन । २०४६ सालको ऐहिासिक जनआन्दोलनले पञ्चायती ब्यवस्थाको अन्त गरेपछि पञ्चायतको तुलनामा लोकतान्त्रिक बातावरण सिर्जना भएको र भारतको तुलना धेरै नै तलव पाईने हुनाले रोजगारको लागि भारत बाहेक अन्य विकसित देशहरूमा जाने प्रवृतिमा वृद्धि भएको पाईन्छ । अर्को पक्ष माओवादी ‘जनयुद्ध’को समयमा पनि भारतमा र गा“उ बाट शहर तथा त्सपछि विदेश पलायन हुनेको संख्यामा उल्लेख्य वृद्धि भएको थियो ।
नेपालीहरूको विदेश पलायन हुने प्रकृति
नेपाल सरकारको सम्बनधीत मन्त्रालय, रोजगारमा पठाउने कम्पनी र स्वयं रोजगारमा जाने नेपालीहरूले बैदेशिक रोजगारमा जानु भन्दा पहिला आधारभूत ज्ञान र शिप तथा गन्तब्य देशको बारेमा न्यूनतम् आधारभूत जानकारी हासिल गर्ने गराउने बारे चासो राखेको पाईदैन छ । केही गरे पनि औपचारिकता मात्रको हुने गर्दछ । त्यसले गर्दा रोजगारमा जाने ब्यक्तिहरूले रोजगारमा जादा र पुगेपछि पनि कैयन समस्या ब्यहोर्नु र हण्डर खानु परेको घटनाहरू आईरहन्छन् । कुनै कामको शिप र ज्ञानको अभावमा निम्नस्तर र न्यून वेतनमा कामगर्न बाध्यहुनु पर्ने अवस्था छ । विभिन्न तत्थ्याङ्कहरूका अनुसार बैदेशिक रोजगारमा जाने नेपालीहरूको अवस्था ७१ प्रतिशत अदक्ष, २७ प्रतिशत अर्धदक्ष र २ प्रतिशत मात्र दक्ष रहेको छ ।
अर्को पक्ष अहिले आएर कुनदेशमा जाने भन्नेकुरा पनि वर्गीय अर्थात आर्थिक अवस्था अनुसार रहेन गरेको छ । जस्तै– सामान्य र ज्यादै नाजुक आर्थिक अवस्था भएकाहरूको मुख्य गन्तब्य भारत नै हुने गरेको छ । एक लाख वा त्यो भन्दा माथिको जोहो गर्न सक्नेहरूको गन्तब्य खाडी मुलुक र मलेशिया लगायत हुने गरेको छ भने चार देखि सात लाख सम्म ब्यवस्था गर्नसक्नेहरू कोरिया, इजारायल, लगायत र त्यो भन्दा माथिको आर्थिक ब्यवस्था गर्नसक्नेहरूको अमेरिका, जापन, बेलायत लगायत युरोपियन र पूर्वी एशियाका मुलुकहरू गन्तब्य हुने गरेको देखिन्छ ।
बैदेशिक रोजगार र विप्रेषण ९च्झष्ततबलअभ०
बैदेशिक रोजगारबाट देशमा उल्लेखमात्रामा विप्रेषण भित्रिने गरेको जगजाहेर छ । आर्थिक वर्ष २०६५÷६६मा १ खर्ब ४२ अर्व विप्रेषण ९च्झष्ततबलअभ० भित्रीयको राष्ट्र बैङ्कले जनाएको छ । अहिले देशको अर्थतन्त्रको कुल ग्राहस्थ उत्पादन ९न्म्ए० मा लगभग १८ प्रतिशत योगदान विप्रेषण ९च्झष्ततबलअभ० को रहेको छ । साथै अनऔपचारिकरूपा पनि ठुलैमात्रामा विप्रेषण आउने गरेको छ । यसरी आज एकातिर देशको गरिवी र बेरोजगारका कारण बैदेशिक रोजगार बाध्यात्मक बनेछ भने त्यसले मुलुकाको अर्थतन्त्रमा महत्वपूर्ण योदान पनि गरेको छ ।
विदेश पलायनको नकरात्मक र सकरात्मक तथा तात्कालिन र दिर्घकालिन पक्ष
नेपालीहरूको विदेश पलायन लाहुरे संस्कृतिकोरूपमा विकासहु“दै देशको अर्थतन्त्रको महत्पूर्ण अङ्गसम्म बन्न पुगेको छ । यसलाई कसरी लिने ? यो एउटा गम्भीर विश्लेषणको विषय बनेको छ । बैदेशिक रोजगारमा जानेको संख्या सामान्य नभएर उल्लेख रहेको छ र त्यो संख्यामा दिनप्रतिदिन वृद्धि हु“दै गईरहेको छ । भारत बाहेकका मुलुकहरूमा बैध÷अबैधरूपमा गरेर करिव ३० लाख नेपालीहरू विदेशिएको तत्थ्याङ्क विभिन्न स्रोतबाट प्रस्तुत भईरहेको छ । भारतमा कति गएका छन् ? त्यसको निश्चित आकडा निकाल्न संभव छैन । किन कि भारत जाने ईतिहास करिव २०० वर्षको रहेको र कुनै इजजात लिनु नपर्नुका साथै खुल्ला सिमानाले गर्दा भारतमा कति नेपालीहरू गएका छन् त्यसको बास्तविक आकडा कसैसंग पनि छैन । तर, भारतमा रहेका नेपालीहरूको विभिन्न संघ÷संस्था र एनजीओ÷ आईएनजीओहरूले गरेको अध्यान र अनुमान अनुसार ३०÷३५ लाख नेपालीहरू भारतामा मुलत रोजगारी र अन्य ब्यवसायहरूमा रहेका छन् ।
क) भारतमा जाने नेपालीहरूको कालो र कलङ्कित पक्ष
नेपालीहरूको भारत पलायनताको ईतिहास जति लामो छ । त्यसैगरि त्यसका सकरात्मक भन्दा नकरात्मक पक्ष बढी छन् । सुगौली सन्धी पछिका नेपालका शासकहरूले तत्कालिन ईष्ट इन्डिया कम्पनी सरकारलाई रिझाएर आफ्नो सत्ता टिकाउन त्यसका नाईकेहरूलाई अनेकौ उपहार पठाउने गर्दथे । उपहारमा कामगर्ने दास, दासी र नेपाली सुन्दर युवतीहरू समेत उपहारको रूपमा पठाउने गर्द थिए भन्ने भनाईरहेको छ । त्यसमा धेरै सत्यता छन् । भारत अंगे्रजबाट स्वतन्त्र भएपछि पनि अग्रेजको पाला देखि चलेको शासकहरूलाई खुशीपारेर सत्तामा पुग्ने र सत्तामा टिकिरहने प्रचलन र प्रवृतिको रूपहरू फेरिए पनि सारतत्वमा निरन्तरता नै छ ।
उपर्युक्त नकरात्मक र कलङ्कितरूप आज झनै विकराल र विकृतरूपमा अगाडी आएको छ । नेपालमा जस्को सरकार बने पनि सरकार प्रमुख भारतीय शासकाहरूको आशिवार्द थाप्न र उनीहरूलाई सलामी ठोकेर अघिल्ला सकार र प्रमुखहरूले गरेका भारतीय स्वर्थका कामकार्वाहीहरूलाई अझ परिमार्जान र परिस्कृतरूपमा अगाडी बढाउने प्रत्तिज्ञा गर्न भारत जानै पर्ने शीलशिला जारी नै छ । राजतन्त्रको अन्त र संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको घोषणा पश्चायत पनि त्यो क्रम अविछिन्नरूपमा जारि नै छ । यसले देशको राष्ट्रियता, स्वाधिनता र सार्वभौमिकतामा गम्भीर समस्या र चुनौती पैदा गरेको छ । अर्को पक्ष अग्रेजको पालामा सुन्दरी र दास–दासी उपहार पठाउने चलनले विकृतरूप धराण गरेको छ । भारतको कलकत्ता, मुम्वई, दिल्ली, लखनउ, कानपुर जस्तासहरमा मौलाएको यौन ब्यवसायमा नेपाली चेलीहरूको सप्लाई भईरहेको छ । भिविन्न सरकारी र गैरसरकारी आकडा अनुसार उक्त भारतीय सहरका कोठीहरूमा करिव दुई लाख नेपाली चेलीहरूले शरिर बेच्न बाध्य छन् । यो नेपाल र नेपालीहरूको लागि कालो कलङ्कको विषय हो । तर, राज्य तथा सरकार त्यति ठूलो संख्यामा आफ्नो देशको महिला दिदि बहिनीहरू बेचिदा र त्यसले देश र जनता कलङ्कितहु“दा पनि त्यसको समाधान तर्फ कुनै ठोस पहल कदमी चालिरहेको छैन । उल्टै प्रत्यक्ष वा अप्रत्यक्षरूपमा नेपली चेलीहरूलाई भारतीय बेश्यालयहरूमा लगेर बेचविखान गर्ने गिरोह र दलालहरूलाई संरक्षण गर्ने काम हुने गरेका छन् । अर्को पक्ष भारतमा नेपालीहरू हरेक पलमा अपमानित र डण्डित हुनु पर्दछ । नेपालीहरूको कुनै इज्जत हु“दैन र आफ्नो नामले भन्दा ‘गोर्खा’, ‘कान्छा’ र ‘बाहादुर’ आदि जस्ता शब्दले बोलाईन्छ ।
ख) विदेश पलायनको नकरात्मक र सकरात्मक पक्ष
विदेश जाने चलन आजको विश्वब्यापि आम प्रचलन भएको छ । तर हाम्रो जस्तो गरिव र अविकसित मुलुकको विदेश जाने पक्ष फरक छ । हरेक चिजको राम्रा र नराम्रा दुवै पक्ष हुन्छन् । नेपालीहरू विदेश जाने प्रचलनको पनि नकरातमक र सकरात्मक दुवै पाटा छन् । आज एकारित वैदिशक रोजगारले गर्दा नेपालीको आर्थिक, समाजिक र सा“स्कृतिक जिवन स्तरमा वृद्धि विकास भएको छ । देश कै अर्थतन्त्रमा करिव १८ प्रतिशत र गरिबी न्यूनिकरणमा ११ प्रतिशत योगदान पुगेको आकडा निकालिएको छ । यी सकरात्मक पक्षहरू हुन् ।
अर्कोतिर नेपालीहरूको विदेश पलायन हु“ने लामो ईतिहासको अनुभवहरूले के प्रस्ट गरेको छ भने यदि नेपालीहरूले विदेशमा गएर जुन प्रकारका हण्डर खाए र खाईरहेका छन् र अपमानहरू सहदै आएका छन् । जस्तो प्रकारको मेहनत परिश्रम गर्दै आएका छन् त्यसको आधा पनि देश भित्रै गरेको भए र गर्ने हो भने नेपालीहरू आज यसरी संसारभर भौतारिन पर्दैन थियो र पर्दैन । भाडाका सिपाही जन्माउने देश बन्दैन थियो । अब आएर निम्नस्तरको श्रमिक जन्माउने देश बन्दै छ । निम्नस्तरको काम र न्यून ज्यालामा काम गर्न र पलपलमा अपमानित भएर बस्न पर्ने थिएन । नेपालीहरू निमुखा र अपमानति नभएर स्वाभिमानी र सिर डाडो गरेर गौरवका साथ हिड्ने सभ्य नेपाली तथा नेपाल भिखमङ्गा देश नभएर सम्पन्न र संवृद्ध नेपाल हुने थियो ।
नेपालीहरूमा लामो समय देखि भारत र बेलायतको सिपाही र विभिन्न देशको तल्लोदर्जाको कामदार बन्दै कमँनडर र मालिकको आदेश पालन गर्दा गर्दै उनीहरूमा एक प्रकारको दास र दब्बु मनोवृति र संस्कृतिको विकास भएको छ । त्यसले गर्दा दासता, परस्तता र परनिर्भत्ँँ नेपालीहरूको प्रवृति र राष्ट्रिय संस्कृति जस्तो बन्न गएको छ । त्यसले गर्दा स्वाभिमान र सिर्जर्नामा ह्रास आएको छ । यो ज्यादै नकरात्मक पक्ष हो । किन कि स्वतन्त्र र स्वाधिन तथा सम्पन्न र संवृद्ध राष्ट्र निमार्णको लागि जनता स्वाभिान र सिर्जनशीलता हुनु अनिवार्य छ ।
ग) विदेश पलायनताको तात्कालिन र दिर्घकालिन पक्ष
आज लाखौं लाख नेपालीहरू काम र मामको खोजीमा बैध÷अबैधरूपमा संसारका धेरै देशहरूमा पुुगेका छन् । र, योक्रम दिनानुुदिन बढ्दो क्रममा छ । विदेश जाने नेपालीहरू भनेको मूलत १५ देखि ५० वर्ष उमेर समूहका जो देशको सक्रिय जन शक्ति हो । युवाहरू पनि यसै उमेर समूहमा पर्दछन् । नेपालको जनगणना २०५८ अनुसार १५–४९ वर्ष उमेर समूहका मानिसहरू १ करोड २३ लाख १० हजार ९६८ (५४.१५ प्रतिशत) छन् । विदेशमा जाने पनि यही उमेर समूहका मानिसहरू नै हुन् । भारतमा ३०÷३५ र खाडी मुलुक, मलेशिया, जापन, दक्षिण कोरिया, अमेरिका, युरोप लगायतका देशहरूमा बैद्य र अबैद्य गरि करिव ३० लाख नेपाली विदेशिएका छन् । जो देशको सक्रिय जनशक्तिको आधा जनसंख्या हो । यसरी कुनै पनि देशको पचास प्रतिशत सक्रिय जनशक्ति अथवा युवाहरू विदेश पलायन हुनु भनेको गम्भीर प्रश्न हो ।
देशमा गरिवी र वेराजगारको आजको अवस्थामा ठूलो संख्यामा बैदेशिक रोजगारमा गएर स्वदेशमा विप्रेषण ९च्झष्ततभलअभ० भित्राउनु र देशको अर्थतन्त्रमा योगदान पुु¥याउनु र गरिवी न्यूनिकरण गर्नु तात्कालिन हिसावले ठिकै जस्तो देखिन्छ । तर, नेपालको विकास, संवृद्धि, र सम्पन्नताको लागि सक्रिय अर्थात युवा जनशक्तिको अनिवार्यताको विकल्प छैन । यदि सक्रिय युवा जनशक्तिको विदेश पलायनताको जुन रफ्तारले वृद्धि भईरहेको छ । त्यही अवस्था रहिरहने हो भने नेपाल युवा जनशक्ति विहिन मुलुुक बन्न धेरै समय लाग्ने छैन । एउटा संभाव्य कल्पना गरौं त ? सक्रिय युवा जनशक्ति विहिन देश † जस्को आर्थिक मेरूदण्ड बैदेशिक विपे्रषण ९च्झष्ततबलअभ० बनेको हुन्छ, विश्वमा अहिलेको भन्दा भिषण आर्थिक मन्दी आएर नेपालीहरू अचनाक नेपाल फर्कनुु प¥यो ? देशमा रोजगारको ब्यवस्था छैन । त्यो वेला नेपालको अवस्था कस्तो होला ?
युवा शक्तिको विदेश पलायन र नया“ जनवादी आन्दोलन
युवाहरू शारिरिक र मानसिक दुवैरूपले समाजको सबै भन्दा क्रियाशील शक्ति हो । आज त्यही युवा शक्ति लाखौको तादात्मा धमाधम विदेश पलायन भईरहेको छ । यसले तत्कालमा रोजगारको समस्यामा राहत र देशको अर्थतन्त्रमा विप्रेषणको योगदान गरे पनि नेपाली समाजको आधार खोक्रो र उर्जाहिन बन्दै गईरहेको छ । त्यसले देश र समाजमा तत्कालमा कम असर परे पनि दिर्घकालमा गम्भीर नकरात्मक असर पर्नेछ । लामो समय सम्म विदेश पलायनताले युवाहरूमा आफ्नो देश र समाज प्रतिको दायित्व र कर्तब्य भुल्दै जाने तथा राष्ट्र र रष्ट्रियता प्रति उदासिनता र समर्पणभाव क्षिण हु“दै जान सक्दछ । युवाहरूमा विकास हुन सक्ने उपरोक्त नकरातमक पक्षले वर्तमान र भविष्यमा राष्ट्रिय स्वाधिनता र स्वभिमानमा गम्भीर असर पर्न सक्ने वास्तविकता प्रति समयमै सचेतभई समाधानको बाटो पहिलाउनु पर्दछ ।
समाज विकास र परिवर्तन तथा क्रान्तिमा युवा शक्तिको अहंम भूमिका रहन्छ । युवा शक्तिको अभावमा समाजको परिवर्तन र क्रान्तिले गति लिन सक्दैन । नेपाली समाज परिवर्तनमा गति सुस्त हुनुका पछाडी पनि नेपाली युवा शक्तिहरूको लामो समय देखि हु“दै आएको विदेश पलायनताको प्रत्यक्ष र अप्रत्यक्ष भूमिका रहेको छ । नेपाली समाजको संवृद्धि र सम्पन्नताको लागि विद्यमान आर्थिक, राजनीतिक र सामाजिक व्यबस्था र अवस्थामा आमूल परिवर्तनको न्यूनतम् आधारभूत आबश्यक्ता नया“ जनवादी क्रान्ति नै हो । नेपालको सन्दर्भमा नया“ जनवादी ब्यवस्था नै समाजवादी समाजद्वारको सघार पनि हो ।
नेपालमा नया“ जनवादी ब्यवस्था स्थापनाको लागि युवा शक्तिलाई माक्र्सवाद–लेनिविाद–माओ विचारधारको सिर्जनात्मक आलोलकमा सैदान्तिक, बैचारिक र राजनीतिक तथा शारिरिकरूपमा शिक्षित र प्रशिक्षित गर्दै सचेत र संगठित गर्नु अनिवार्य आवश्यकता हो । मानसिक र शारिरिकरूपमा प्रशिक्षित युवाहरूले नै नया“ जनवादी आन्दोलनको प्रवाहालाई अगाडि बढाउन सक्दछन् । तर, जसरी र जुन रफ्तारमा नेपाली युवा शक्तिको विदेश पलायन भईरहेको छ, यसले तत्कालिक र दिर्घकालिन दुवैरूपमा नया“ जनवादी क्रान्तिको आन्दोदनलाई नकरात्मक असर गरिरहेको र गर्नेछ । प्रतिक्रियावादी र यथास्थितिवादीहरूलाई नै सहयोग पुगीरहेको र पुग्नेछ । त्यसकारण युवा वर्गमा राष्ट्रिय स्वाधिनता र स्वाभिमानी भावनाको जागृत गराउदै समाजको परिवर्तन र जनवादी क्रान्तिमा युवाहरूको भूभिका र आवब्यकता तथा उनीहरूको दायित्व र कर्तब्यवोध गराउनु जरूरी छ । रोजगारीको लागि विदेश पलायन भएर होईन, देश भित्रै रोजगारको सिर्जना गर्ने अभियान र आन्दोलनमा लाग्न युवाहरूलाई उत्प्रेरित र संगठित गर्नु अनिवार्य छ । निष्कर्षमा भन्नुपर्दा बेरोजगारको समस्या समाधान बैदेशिक रोजगार होईन, स्वदेश मै स्वरोजगारको सिर्जना हो । त्यसका लागि सम्वृद्धि र सम्पन्न नेपाल निमार्णको निम्ति नया“ जनवादी ब्यवस्थाहु“दै समाजवादी ब्यवस्थाको अपरिहार्यतालाई आत्मसाथ गर्दै नया“ जनवादीको क्रान्ति आन्दोलनमा युवा वर्ग समर्पित हुनुको विकल्प छैन ।
अन्तमा
नेपाल र नेपालीहरूले समयमै सोच विचार गरेनौं भने देशले ठूलौ दूर्भाग्य बेहोर्नुपर्ने संभावनालाई नकार्न सकिदैन । त्यसकारण बैदेशिक रोजगारले जसरी तत्कालमा नेपाल र नेपालीको आर्थिक अवस्थामा सुधार र राहत दिईरहेको छ । भविश्यमा यदि यो प्रवृति अर्थात सक्रिय युवा जनशक्ति विदेश पलायन हुने अवस्थामा न्यूनिकरण गर्दै युवा जनशक्तिलाई स्वदेश मै आफ्नो श्रम शक्ति र जोस–जा“गर लगाउने वातावरण सिर्जना र उनीहरूमा लामो विदेश पलायनताको कारणले पैदा भएको दास र पलायनवादी मनोवृतिलाई स्वाभिमानी र देश भक्तिपूर्ण भावनामा परिवर्तन गर्न प्रयात्न गरिएन भने सम्पन्न, संवृद्ध र सभ्य नेपाल बन्न सक्दैन ।
बैदेशिक रोजगारलाई तत्कालमा ब्यवस्थित र मर्यादित बनाउनु र विप्रेषण बाट आउने रकमलाई उत्पादनको क्षेत्रमा लगाउने वातावरण र योजनाको तर्जुमा र कार्यान्वयन गर्नु एउटा पक्ष हो । आजै देखि स्वदेशमै रोजगारको सिर्जना गरि बैदेशिक रोजगारलाई न्यूनिकरण गर्दै अन्त्य गर्नेतिर कदम चाल्नु प्रधान पक्ष हो र हुनपर्दछ । देशको अर्थतन्त्रको मुल आधार बनेको कृषिललाई आधुनिकिकरण र औधोगिककरण गर्न अनिवार्य छ । प्रकृति प्रदत्त प्रचुर जलसंपदालाई विद्युत उर्जा उत्पादन र सिचाईलगायतमा भरपुर उपयोग तथा प्राकृतिक सुन्दरतालाई ब्यवस्थितगरि पर्याटन ब्यवसायलाई उद्योगको रूपमा स्थपित गर्न गुरू योजनाबानई देशको सक्रिय जनशक्ति बिशेष गरेर युवा शक्ति र स्रोतलाई राष्ट्र निमार्ण जनअभियानका साथ अगाडि बढाउन राज्य तथा सरकारले जनतालाई जागरूक र संगठित गर्न कृतसंकल्प हुनु आवश्यक छ । अनि मात्र सम्पन्न, संवृद र सभ्य नया“ नेपालको निमार्ण हुने छ । तर, विद्यमान राज्य सत्ता र ब्यवस्थाबाट सम्पन्न, संवृद र सभ्य नया“ नेपालको निमार्णको आशा पुरा हुन सकिदैन । त्यसकारण विद्यमान आर्थिक, राजनीतिक र समाजिक ब्यवस्था र अवस्थालाई नै आमुल परिवर्तनको लागि नया“ जनवादी क्रान्तिको बाटो रोज्नुको कुनै विकल्प छैन ।
२०६६ असौज ५ गते ९क्भउत। द्दज्ञ, द्दण्ण्ढ०
पभकजबचनगचगलन२नmबष्।िअयm
No comments:
Post a Comment