Sunday, March 21, 2010

समवेदना

मिति ०६६ चैत्र ७
श्री सम्पादक ज्यू
.................
विषयः– समाचार संप्रेषण गरिदिनहुन ।
समवेदना

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाको ८७ बर्षको उमेरमा आज भएको दुःखद निधनले हाम्रो संगठन नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) स्तब्ध भएको छ ।
प्रजातान्त्रिक तथा लोकतान्त्रिक गणतन्त्र आन्दोलनका नेता श्री कोइरालाको निधनबाट मुलुकलाई अपुरणीय क्षति भएको छ । यस दुःखद् घडिमा मृतक श्री कोइरालाप्रति हाम्रो संगठन भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै कोइराला परिवार तथा नेपाली काँग्रेसप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
यस दुःखद् घडीमा हाम्रो संगठन सम्पूर्ण राजनीतिक दलहरुलाई संयमताका साथ जनआन्दोलनको मूलमर्म र भावना अनुसार निर्धारित समयमा सार्थक जनसंविधान निर्माण कार्यमा एकजुट भै अगाडि बढ्न आग्रह गर्दछ ।

.
(गुरु प्रसाद दाहाल)
सचिव तथा प्रचार विभाग प्रमुख
नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत)


No comments:

Post a Comment