Thursday, March 4, 2010

अपिल

राष्ट्रियताको रक्षा र अग्रगामी संविधान निर्माणका निम्ति मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान–०६६ सफल पारौ
राष्ट्रप्रेमी सम्पूर्ण जनसमुदायहरु
सर्वप्रथम ने.क.पा.(एकीकृत) र यसको सहायक संगठन नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) ले “सीमा अतिक्रमण र वैदेशीक हस्तक्षेपको विरुद्ध हाम्रो अभियान, समृद्ध नेपालका लागि निर्धारित समयमा अग्रगामी संविधान †” भन्ने मुल नाराका साथ मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान संचालन गर्न गइरहेको कुरा यहा“हरुलाई सहर्ष जानकारी गराउन चाहन्छौ । हामीले यो राष्ट्रिय जनजागरण अभियान संचालन किन गर्न गइरहेका छौ ? भन्ने कुरा स्पष्ट गर्न चाहन्छांै ।
आज देशको राष्ट्रियताको अवस्था अत्यन्त नाजुक छ । राष्ट्रिय स्वाधिनताको रक्षा अहम् सवाल बनेको छ । हाम्रो मुलुक कहिल्यै विदेशी शक्तिहरुको अधिनमा परेन । विगतमा हाम्रा पूर्खाहरुले बैदेशिक हस्तक्षेप विरुद्ध लडेर मुलुकको राष्ट्रियताको जगेर्ना गर्न सके । यो दृष्टान्त सवैले गर्व गर्न सकिने प्रकारको छ । तर आज हाम्रो मुलुक विरुद्ध बैदेशिक दबाव र हस्तक्षेप तिब्र बढेको छ । विगत लामो समयदेखि कालापानीमा भारतीय सेनाको उपस्थिति कायमै छ । सन् १९५० लगायत विगतका कयौ असमान सन्धि–सम्झौताहरुका कारणले मुलुकले मुख्यतः भारतीय विस्तारवादी दवाव झेल्दै आएकोमा हाल आएर सुपुर्दगी सन्धि गर्न, सीमा नक्शामा हस्ताक्षर गर्न र हवाई मार्शल राख्नका लागि समेत भारतले दवाव दिदैआएको छ । आज हाम्रो देशको ताप्लेजुङ, कुनौली, ठोरी, सुस्ता, कोइलाबासदेखि ब्रह्मदेवमन्डी र कालापानी लगायत ५४ भन्दा बढी स्थानमा भारतद्वारा ६० हजार हेक्टर नेपाली भुमि अतिक्रमण गरिएको छ । सीमानामा भारतद्वारा अन्तर्राष्ट्रिय कानुन र प्रचलनका विरुद्ध बा“धिएका बा“धका कारण कयांै नेपाली भू–भाग डुबानमा परेर धनजनको क्षति ह“ुदै आएको छ । यी सबैका बारेमा संसदीय समितिले आधिकारिक रुपले प्रतिवेदन दिएर वा प्रमाणित गरेर सीमा मिचिएको वा बा“धका कारण नेपालमा व्यापक क्षति पुगेको ठहर गर्दासम्म पनि सरकार मौन रहनु आश्चर्यको कुरा भएको छ । त्यसैले यी सबै बैदेशिक अतिक्रमण, दवाब र थिचोमिचो विरुद्ध जुध्नु नेपालका हिमाल, पहाड, तराई र सबैतिर बसोबास गर्ने स्वाभिमानी नेपालीको कर्तव्य बन्दछ ।
एकातिर राष्ट्रियताको स्थिति यस्तो छ भने अर्कोतिर लोकतन्त्र पनि खतरामा पर्दै गएको छ । जनताको अदम्य साहस र बलिदानबाट संविधानसभाको निर्वाचन र संघीय गणतन्त्र स्थापना भएपनि संविधान निर्माण कार्य सुस्त प्रायः भएको छ । सत्ताधारी र प्रतिपक्षमा रहेका प्रमुख दलहरुको बेमेल, असहमति र बेग्लाबेग्लै स्वार्थ र सरकारको नेतृत्वको लागि हानथापका कारण संसद अवरुद्ध छ । शान्ति प्रकृया र सेना समायोजनको प्रश्न पनि जटिल बन्दै गएको छ । राष्ट्रपतिको असंबैधानिक कदम र त्यो कदम सच्याउ“न भएको ढिलाई र प्रमुख प्रतिपक्षको त्यस विरुद्धको कडा रबैयाका कारणहरुले पनि निकास अवरुद्ध हु“दै गएको छ । यथार्थमा नया“ संविधान निर्माणका निम्ति बेग्लाबेग्लै सिद्धान्त, नीति बोकेका भए पनि संघीय गणतन्त्र स्थापनाका पक्षधर शक्तिहरु बीच न्युनत्तम सवालहरुमा सहमति हुनु पर्ने हो, त्यो भएको छैन । पूर्वी पहाडका केही क्षेत्र र तराईका पनि कतिपय भू–भागमा राजनीतिक लेपमा कतिपय अपराधिक तत्वहरुको चलखेल बढेको छ । समग्रमा देश मुठभेड र हिंसात्मक भिडन्ततिर जाने खतरा पुनः बढेको छ । यी सबै गतिविधीहरुका कारण निर्धारित समयमा अग्रगामी संविधान निर्माणको कार्य पनि प्रभावित भएको छ । हालै मात्र संविधानसभाको कार्यतालिका छैठौ पटक संशोधित भयो । यि सबै प्रकारका गतिविधि समयमै अग्रगामी संविधान नबन्ने लक्षणहरु हुन् । अग्रगामी संविधान समयमा नबनेमा देशमा पुनः प्रतिगामी शक्ति वा विभिन्न खाले तानाशाही शासनको उदय हुने खतरा बढेको छ । अतः समयमा अग्रगामी संविधान निर्माणका निम्ति पनि चौतर्फी दवाव आजको अहम् राष्ट्रिय कार्यभार हो ।
आज नेपाली जनताले दैनिक जीवनयापनका सन्दर्भमा पनि अत्यन्त कठिन अवस्थाको सामना गर्नु परेको छ । देशका विशेष गरी हिमाली र पहाडी क्षेत्रमा खाद्यान्न अभाव र हैजाको प्रकोपबाट जनता आक्रान्त छन् । यता जलवायु परिवर्तनको असरले तराईम्ाँ पनि खाद्यान्न कम हुने अवस्था छ । कोशी पीडितहरुको राहत र पुनस्र्थापनाको प्रश्न पनि समाधान हुन सकेको छैन । उपभोग्य र उपयोगि सामानहरुको अत्यन्त बढ्दो मुल्य वृद्धि र बस्तुहरुको अभावले आम जनजीवन कष्टकर बनेको छ ।
एकातिर जनताको यस्तो अवस्था छ भने माधव कुमार नेपाल नेतृत्वको गठवन्धन सरकारले जम्बो आकारमा मन्त्रिमण्डल विस्तार गरेका कारण राष्ट्रिय ढुकुटीको ठूलो हिस्सा भत्ता र सुविधाका फजुल खर्चमा गएको छ भने जनताको जनजीविलाई सुविस्तायुक्त बनाउ“न सरकारको कुनै चासो र चिन्ता देखिदैन । यसरी समग्रमा जनताको दैनिक जिविकालाई यस्ता अवान्छित गतिविधिले अझ कष्टकर बनाउदै लगेको छ । त्यसलाई रोक्नका निम्ति जनजागरण र दवाबमुलक संघर्ष आवश्यक छ । यसरी समग्रमा उपरोक्त स्थितिमा मूलत ः राष्टिय स्वाधिनताको रक्षा, सीमा अतिक्रमणको विरोध, समयमै अग्रगामी संविधानको निर्माण र जनजीविकाको सुगमताका लागि देशव्यापी दवाव श्रृजना गर्न र जनचेतना जगाउ“न हामीले यो मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान–२०६६ संचालन गर्न गइरहेका छौ । हाम्रो यो राष्ट्रिय अभियानको दौरानमा गोष्ठी, अन्तरक्रिया, सभा, पर्चा वितरण, वालपेन्टिङ र मंसीर १० गतेदेखि २१ गतेसम्म मेची–महाकाली मोटरसाइकल ¥याली गरि देशव्यापी अभियान संचालन हुनेछ । हाम्रो यो जनजागरण कार्यक्रममा सयौं नेता÷कार्यकर्ता र हजारौ जनताको सहभागिता हुनेछ । हाम्रो यो कार्यक्रमलाई सफल बनाउ“न सदा झै देशका बुद्धिजीवी, युवा, महिला, मजदुर, किसान, विद्यार्थी, उद्यमी व्यवसायी सबैबाट सहयोगको अपेक्षा गरेका छौ र सवैसूग कार्यक्रम सफल पारिदिन हार्दिक आह्वान गर्दछौ ।
नाराहरm
सीमा अतिक्रमण– बन्द गर ।
अतिक्रमित भूमि– फिर्ता गर ।
भारतीय सेना कुटियाङ्दी– पारी जाऊ ।
१९५० लगायतका असमान सन्धी–सम्झौता– खारेज गर ।
राष्ट्रघाती महाकाली सन्धि– खारेज गर ।
निर्धारित समयमा अग्रगामी संविधान– जारी गर ।
मुल्यवृद्धि– नियन्त्रण गर ।
तस्कर तथा कालाबजारियाहरुलाई– कडा कारवाही गर ।
जनआन्दोलनका दोषीहरुमाथि — कारवाही गर ।
कोशी लगायतका बाढी पीडितहरुलाई राहत र पुर्नस्थापनको– व्यवस्था गर ।
युवा वेरोजगार– अन्त्य गर ।
जातीय, क्षेत्रीय भेदभाव– अन्त्य गर ।
साम्प्रदायिक सद्भाव– कायम गर ।
प्रचार प्रसार विभाग
मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान–०६६
मितीः २०६६÷६÷१


No comments:

Post a Comment