युवा कम्युनिस्ट, अंक १, वर्ष ३, असोज २०६६
पेज नं. ५५
नवीन सुनुवार
०६६÷०३÷२३ गतेको दिन, “चपचोमा झगडा गरेछन्, मेरो छोरा चाहीँ फर्केछन्, तपाइको छोरा लगायत ४ जनालाई अस्पतालमा भर्ना गरेको छ अरे” भन्ने अनिल नगरकोटीको आमाको भनाई सुनेपछि १० बजेको समाचार हेर्दा “आप्mनो छोराको हत्या भएको किटानी” पछि मृतक जीवन गाहा मगरको आमा र उक्त घट्नामा परेका अन्य सदस्यहरुका अविभावकहरुले घट्ना बारे खोजविन गर्न थालेपछि छरछिमेकहरु र उनीहरुका सहयोगिहरुबाट नविन कुमार सुनुवारको नेतृत्वमा तत्काल एउटा नागरिक अनुसन्धान समिति गठन गरियो । उक्त घट्ना अनुसन्धान गर्ने क्रममा घट्नाको आरोपी र पीडितहरु बीच घट्ना घट्नु पर्ने कारणहरुको खोजविन कार्य द्रुत गतिमा हुन थाल्यो ।पेज नं. ५५
नवीन सुनुवार
मिति ०६६÷३÷१२ गतेदेखि २३ गतेको बीचमा भक्तपुर, ठिमी निवासी अनिल श्रेष्ठ, भक्तपुर धुन्चेपाखा निवासी बसन्त अधिकारी र प्रदिप पौडेल बीच साामन्य आूखा तरातर भएको र सोही विषयलाई मिति ०६६÷३÷२२ गते मनिल श्रेष्ठले बसन्त लामालाई सुवास अधिकारी, प्रदिप पौडेल बसेको ठाउमा लिएर गएपछि मनिल श्रेष्ठले मलाई आखाँ तर्नेहरु यिनै हुन् भनी बसन्त लामालाई देखाएको र बसन्त लामाले मेरो साथीलाई किन आखाँ तरिस् ? भनी सुवास अधिकारी, प्रदिप पौडेललाई सोध्दा बसन्त लामालाई नाकबाट रगत आउनेगरी कुटपिट गरेको भन्ने सशस्त्र प्रहरी नीरिक्षकको छोरा अनुपम वि.क.को भनाईबाट घट्नाको शुरुवातको वास्तविकता के हो ? र घट्ना छानविनमा थप सहयोग मिल्ने अपेक्षा सहित कसरी तिमीहरु बीच चिनजान भयो त ? भनी सोधखोज गर्दा स्कूल फरक भएतापनि बसन्त लामा, मनिल श्रेष्ठ, अनुपम वि.क. सूगसूगै हिडडुल गर्ने साथीहरु रहेको अनूसन्धानको
मिति ०६६÷३÷२३ गतेको दिन अनिल नगरकोटीले मेरो साथीलाई हिजो किन नाक फुट्ने गरी हिर्काइस भनी प्रदिप पौडेललाई लात्तीले हानेपछि केहीबेर भनाभन भएपछि रमेश पौडेलले अपहरणकारी आयो भन्दै हल्ला फिजाएर सुनुयोजित तरिकाले मृतक विद्यार्थीहरुलाई आक्रमण गरेको घट्ना विवरण अगाडि आउछ । सुवास अधिकारी, प्रदिप पौडल लगायतले भक्तपुर जिल्ला, उपमहानगर पालिका, ठिमी, नगदेशका उपनामका ‘भोइ’ भन्ने नाम खुल्न नसकेको नेवार समुदायको व्यक्ति र नाम वतन खुलेको विक्रम ज्यापू, मदन हुजुलाई फोन गरी अपहरणकारीहरुलाई हामीले लखेट्दै ल्याएका छौं, त्यहाकोः हाम्रो सबै साथीलाई जम्मा गर भनी प्रदिप पौडल, ज्वाला लामा, सुवास अधिकारले फोन मार्फत खबर गरेर मुतकहरुलाई खेद्दै आक्रमण गरिएको थियो । यो घट्नाका मुख्य योजनाकार भने उक्त स्थानमा डेरा गरी बस्ने व्यक्तिहरुका अनुसार उनीहरु मध्ये रमेश पौडेल रहेछन् । प्रहरी वृत्त ठिमीमा घट्ना समय १२.३० बजे फोन गरेर जानकारी दिदादिदै पनि त्यहाकाँ प्रहरीले बेखबर जस्तो गरेकाले धुन्चेपाखाका स्थानीयबासी, प्रदिप पौडेल, सुवास अधिकारी, ज्वाला लामा, सन्जु लामा लगायतले ढु¨ा, इटा, खुकुरी र चक्कुले झटारो हान्दै आक्रमण गरेको तथ्य उक्त घटनाबाट बचेर आएका दुई जना युवाहरुलाई सोधखोज गर्दा पत्ता लाग्छ । साथीको बर्थ डे मा जाने होइन ? भनी सोध्दा, पख म साथी बोलाएर ल्याउछु भनी अनिल नगरकोटी दश–पन्ध्र मिनेटपछि उसको कोठाबाट निस्क्यो र हामीचाही कोठामा बसिरह्यौं, उसले एकजना साथी ल्यायो, मेरो साथी हो भनी परिचय गरायो, अब फुटवल खेल्न जाउ भनी ग्राउण्डतिर लिएर गयो । फुटवल खेल्ने होइन भनी हामीले सोध्दा पख साथीहरु आइपगेका छैनन् भन्यो, हामी कुरेर बस्यौ र एकछिनपछि मास्थिर जानु प¥यो भनी होटलको छेउमा लिएर गयो, त्यहा अनिल नगरकोटीले बोलाएर ल्याएको केटाले एक्कासी हिजो मलाई किन हिर्काइस भनी घट्नाको शुरुवात ग¥योे र अनिल नगरकोटीले केही साथीहरुलाई लात्तीले हानी उ चाहि त्यहीबाट भाग्यो र एकजनालाई त्यहाूको मान्छेहरुले बचाए भनि त्यो घट्नाबाट बचेर आएका मृतकका साथीहरुले तथ्यहरुलाई बाहिर ल्याउने काम गरे । हामीलाई ‘अपहरणकारी’ भन्न थालियो । त्यसपछि हामी रोडैरोड दौडियौं भन्ने व्यहोरा उक्त युवाहरुस“ग अनुसन्धान क्रममा खुल्न आयो ।
चापाचो चोक पुग्दा उक्त मृतक विद्यार्थीहरुलाई दुईवटा मोटरसाइकल, एउटा ट्याक्सी प्रयोग गरी चापाचोमा अपहणकारी भन्दै फेरी लखेट्न थालेपछि चारैतिरबाट स्थानीय वासीहरु जम्मा भई बाटो छेकी स्ल्याप, ढु¨ा, हेलमेटले क्रुर र वरवर, अमानवीय तरिकाले कुटपिट गरी खुट्टामा डोरी लगाई घिसार्दै गरेको अवस्थामा स्थानीयवासीहरुले कौसीकौसी, झ्याल झ्यालबाट नजिक गई यस्तोलाई त मार † मार † भन्दै गरेको रेकडहरु समेत मोवाइलमा खिचेको तथ्य बाहिर आयो । तर उक्त घट्ना रोक्न वा नियन्त्रण गर्न सकिने स्थिति हुदाहुदै उक्त क्षेत्रका डि.एस.पी. किरण बज्राचार्यले घट्ना रोक्न चासो नलिएको देखिन आउछ, जब कि घट्ना घटेको ठाऊ प्रहरी वृतदेखि करिब ४०० मिटरको दुरीमा छ ।
समाचारमा देखाइएको हातहतियार मृतकहरुको झोलामा सुवास अधिकारी, ज्वाला लामा, सन्जु लामा, प्रदिप पौडेल र धुन्चे पाखावासीले हानेको हातहतियारलाई नै समाचार सम्प्रेषण गरी दिग्भ्रमित पार्ने कार्यले यो संचार माध्यम, सरकार, प्रशासन कति कमजोर र खोक्रो रहेछ भन्ने प्रष्ट हुन्छ । यो घटनाप्रति गम्भीर भई मिति ०६६÷३÷२४ गते नविन कुमार सुनुवारको नेतृत्वमा गठित नागरिक संघर्ष समितिले वारदात स्थलको विवरण र हत्या भएको विद्यार्थीहरु अध्ययनरत संस्थामा गई विद्यार्थीहरुको आचरण के कस्तो छ भनी सोधबुझ गर्दा आजसम्म अनुशासित, गृहकार्य गर्ने, जो कोहीसग त्यति नबोल्ने, शिक्षकले भनेका कुरा मान्ने र गाउ छिमेकसूग बुझ्दा अति नै मिलनसार र कोही कसैसूग झै–झगडा नगर्ने, लागू पद्धार्थ सेवन नगर्ने भन्ने खुल्न आएकोले निर्दोष विद्यार्थीको हत्या भएको ठहर गर्दै मिति ०६६÷३÷२४ गते ११ बजे शान्तिपूर्ण आन्दोलनको घोषणा गरियो । उक्त शान्तिपूर्ण आन्दोलनमा मृतक परिवारलाई मलाम–पट्टि लगाउनुको सट्टा गृहमन्त्री भिमरावलको निर्देशनमा कोटेश्वर चोकमा हजारौं प्रहरी तैनाथ गरी मृतकको आमाहूलाई लछारपछार गरियो, निर्मम तरिकाबाट कुटपिट गरियो, कुटपिटबाट निजहरु वेहोस भई हस्पिटल समेत लानु पर्ने अवस्था सिर्जना भयो । आन्दोलनकारीहरुलाई चौकीभित्रै अंगभंग हुनेगरी कुटपिट गरियो । पटक–पटक शान्तिपूर्ण आन्दोलन गरिरहूदा व्यापक रुपमा प्रहरी धरपकट, कुटपिट र पक्राउ गर्ने कार्य गरिरहूदा कानुनी राज्यमा न्यायको लागि शान्तपूर्ण आन्दोलन गरिरहूदा यस्तो धरपकट हुन्छ भने कस्तो कानुनी राज्य हो ? साधरण जनताको लागि कहा छ न्याय ?
भक्तपुर महानगरीय प्रहरी वृत्त ठिमीमा किटानी जाहेरी दिनजाूदा सशस्त्र प्रहरीका इन्सपेक्टरको कमाण्डमा एक ट्रक सशस्त्र प्रहरी उतारी पीडित परिवार र संघर्ष समितिका सदस्यरुलाई डर र त्रास देखाई धम्काउने काम समेत गरियो । उक्त हत्यामा संलग्न भ.पु.जि.कार्यालयबाट पक्राउ परेका विक्रम ज्यापु, मदन हुजु आदि हत्या घट्नाका आरोपीहरुलाई छानविन गर्नुको सट्टा स्थानीय वासिन्दाहरुले चौकी घेरा गरी दबाव दिने वित्तिकै सामान्य प्रशासनमन्त्री रवीन्द्र श्रेष्ठ, नेमकिपाका नारायणमान विजुक्क्षे, एमालेका जिल्ला सचिव सोम मिश्र, नेपाली कांग्रेसका दिपेन्द्र के.सी. लगायत अन्य दलका प्रतिनिधि सुरेन्द्र प्रधान, रमेश थापा, महेश थापा लगायत भक्तपुर प्रशासनका सि.डि.ओ.को निर्देशनमा अपराधिहरुलाई छुटाइएको र संरक्षण गरिएको यस घटनाका तीता तथ्यहरु हुन् ।
घटनाको विजारोपण गर्ने मनिल श्रेष्ठप्रति मृतक विद्यार्थीसूगै धुन्चेपाखाबाट भागेर सूगै चापाचो वारदात स्थलसम्म पुगेको र अन्य विद्यार्थीहरुलाई कुटपिट गर्न थालेपछि मेरो घर यही हो, म नेवार हु, मलाई केही पनि नगर नेवारी शब्दमा भनीसकेपछि भीडका केही व्यक्तिहरुले ‘यो त नेवार रहेछ’, यसलाई बचाउनु पर्छ भनी ट्वाइलेटमा लुकाई भेन्टिलेशन फोडी स्थानीयवासीले भगाएका रहेछन् ।
घट्नाका योजनाकार रमेश पौडेलले प्रहरी प्रशासनदेखि अदालतसम्म १५ देखि २० लाख घुस खुवाएर प्रहरीसूग खुलेआम हिडिरहेका छन् भन्ने उक्त घट्नामा चासो लिइरहेका मान्छेहरुको टिप्पणी गरे जस्तै केहि संदिग्ध गतिविधीहरु पनि उक्त समयमा नभएको भने होईन । पुर्पक्षमा जेलपर्नेहरुलाई छुटाउने प्रयास गर्नु, प्रहरीले उक्त घटनाबाट बचेर आएका युवाहरुलाई सोधखोज नगर्नु, हत्या भएका विद्यार्थी अध्ययनरत संस्थामा गई उक्त विद्यार्थीको आचरण सम्बन्धी सोधखोज नगर्नु, घटनालाई भवितव्य दुर्घटनामा परिणत गर्न दुस्प्रयास गर्नु, राजनीति कार्यकर्ताहरुले हत्याराहरुलाई संरक्षण गर्नु, भक्तपुर प्रहरी वृत्तका डि.एस.पी किरणलाई अमेरिका पठाइनु यस घटनाको अर्को तितो यथार्थहरु हुन् । गृहमन्त्रीलाई ०६६÷४÷३ गते ज्ञापनपत्र बुझाउदा समेत सरकारबाट सुनुवाई नहुनु, चारवटा जिल्लाका सभासदहरु लगायतले मिति ०६६÷३÷१३ गते ध्यानाकर्षण ज्ञापनपत्र बुझाउदा पनि सरकारले मृतक परिवारप्रति संवेदनशिलता नअपनाउनु, प्रधानमन्त्रीलाई अनौपचारिक भेट्दा यो घटना मलाई थाहा छैन, कहिले घटेको हो भनी उल्टै मृतकको परिवारलाई प्रश्न गर्नु, प्रधानमन्त्री निवासमा ज्ञापनपत्र बुझाउन जाूदा ज्ञापनपत्र नबुझ्ने जवाफ पठाउनु र आफ्ना पीडाहरु सुनाउन जादा प्रहरी लगाई मृतकका आमाहरुलाई लछारपछार गरिनु, हत्यारालाई कारवाही गरिनु पर्छ र पीडितहरुलाई राहत दिनुपर्छ भनेर आवाज उठाउने संघर्षका समितिका सदस्यहरुलाई गिरफ्तार गरिनु, विनासर्त लास उठाउ भनी रातको ११÷१२ बजेसम्म धम्कीपूर्ण तवरले फोन गरिनु, भक्तपुरमा दुईपक्षबीचको वार्तापछि सहमति भएको मागहरु कार्यान्वयन नगरिनु, अपराधिलाई कठघरामा उभ्याउदै कडा कारवाही नगरिनु, गरिखाने गरिब वर्ग समुदायको लागि कानुनी निकायले समेत बेवास्ता गर्नु, के कसरी घटना घट्यो, उनीहरुको अवस्था कस्तो छ, उनीहरुलाई क्षतिपूर्तिको आवश्यक छ कि छैन भन्नेतर्फ कसैले चासो नलिनु, गरिखाने वर्गलाई अपहरणकारीको नाममा हत्या गरिदा भवितव्य दुर्घटनामा परिणत गराउनका निम्ति सत्तासिन राजनीतिक दल, वृद्धिजीवि लागिपर्नुले गरिखाने वर्गलाई कहि कतै कुनै निकायबाट न्याय पाउन नसकिने अवस्थाले न्यायप्रेमी समुदायलाई मर्माहित नपारिरहन सक्दैन । यो घट्नाले यो सत्य अगाडि ल्याउछ कि आफ्नो समुदाय, वर्ग र आधारका अन्यायबाट बच्च, लड्न, प्रतिवाद गर्न, माग पुरा गराउन हामीले व्यवस्थितिरुपमा सशक्त र संगठित हुन आवश्यक छ । त्यसो हुदा भविष्यमा होनाहार युवाहरुलाई संगठित र सचेत गराउदै कुसंस्कृतिबाट जोगाई क्रान्तिको बाटोमा लामबद्ध गराउन सकिन्छ । यो कार्य हामी सचेत युवाहरुले थालनी ग¥यौ भने मात्र यस्ता विसंगति र विकृति र जघन्य अपराधबाट आम युवा शक्तिलाई जोगाउन सकिन्छ ।
क्रममा खुल्न आयो ।
No comments:
Post a Comment